उपत्यकाबाट टेम्पो र माइक्रोबस विस्थापन हुँदै, साना सवारी हटाएर ठूला यात्रुबस संचालन गरिदैँ

काठमाडौं ।  राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ। साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ। पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ। फाइल तस्बिर राजधानीको प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजना बनाएको विभागका सूचना अधिकारी डा. टोकराज पाण्डेले बताए। पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ। ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ। यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म गुड्नेछन्। ‘काठमाडौं दिगो सहरी यातायात आयोजनाु अन्तर्गत साना सवारी व्यवस्थापन गर्न लागिएको हो। चलिरहेका टेम्पो र माइक्रोबस कम्पनी दर्ता गरेर आए ठूला सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ऋण र १५ प्रतिशत सिड मनी दिने व्यवस्था रहेको जानकारी सूचना अधिकारी पाण्डेले दिए। आयोजनालाई एसियाली विकास बैंक ९एडीबी० ले आर्थिक सहयोग गरेको छ। विभागका अनुसार गोंगबु(सिनामंगल रुटमा यो कार्यक्रम सफल भएपछि राजधानीका अन्य रुटमा पनि साना सवारीसाधन विस्थापन थालिनेछ। टेम्पो व्यवसायी संघ सिनामंगलका कोषाध्यक्ष नरेन्द्र अधिकारीले सरकारी योजनाको सराहना गर्दै माइक्रोबस सञ्चालक संघ, सामाखुसी यातायात र सिनामंगल सफा टेम्पो संघ मिलेर नयाँ ठूला बस खरिद गर्न कम्पनी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। अहिले देशभर दुई हजार दुई सय १६ माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो सञ्चालनमा छन्। तीमध्ये अधिकांश माइक्रोबस र टेम्पो राजधानीमै छन्। यी दुई प्रकारका साना सवारीसाधनलाई व्यवस्थित गर्दा राजधानीको करिब ३० प्रतिशत ट्राफिकभार कम हुने विभागको विश्वास छ। सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ। २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो। पुराना सवारीसाधन नवीकरण नगरेका सवारीधनीलाई राजस्व तिराएर त्यस्ता सवारी पत्रु गराउने तयारी विभागको छ। २० वर्ष पुराना सवारीको नवीकरण नहुने र वातावरणमैत्री हरियो स्टिकर नपाउने हुँदा त्यस्ता सवारी स्वतः हट्ने विश्वास विभागले लिएको छ। विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र अहिले ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन दर्ता भए पनि राजधानीबाहिर दर्ता भएका समेत गरी यहाँ करिब १० लाख सवारीसाधन गुड्छन्। यीमध्ये २० वर्ष पुराना सवारीको संख्या १ लाख ५ हजार ५ सय ६२ छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजधानीमा प्रदूषण र ट्राफिक जाम बढ्नुको मुख्य कारक २० वर्ष पुराना गाडी भन्दै हटाउने निर्णय गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐनले सवारी सञ्चालनयोग्य भएनभएको जाँच्न परीक्षण मापदण्ड बनाएको छ। सवारीको यान्त्रिक स्थिति, लम्बाइ, चौडाइ, उचाइ, बनोट वा स्वरूप, सवारीबाट हुनसक्ने प्रदूषण, सवारी चलाउन सकिने अवधिलाई प्राथमिकता दिई परीक्षण मापदण्ड निर्धारण गरिएको छ। सवारी सञ्चालनयोग्य भएको प्रमाणपत्र दिने क्रममा जाँचपास गर्ने/नगर्ने, सवारी दर्ता गर्ने÷नगर्ने अधिकार विभागमा निहित भएकाले सोही आधारमा पुराना सवारी हटाउन लागिएको हो। अन्नपूर्ण पोस्टबाट ।

महिन्द्रा टू व्हीलरको दशैं स्किमको बम्पर विजेता छनौट, ताप्लेजुङ्गका हरि खतिवडाले पाए पाँच लाख नगद उपहार

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यस पाली, लख पति बनौं दुई ताली” नामक स्किमको विजेता बुधबार घोषणा गरिएको छ । यस योजना अनुसार विर्तामोड–७, झापा स्थित साई अटोमोबिल प्लाजा अन्तर्गत ताप्लेजुङ्गका हरि खतिवडाले पाँच लाख नगद उपहार समेत पाएका छन् । स्किम अनुसार स्क्रयाच् कार्ड मार्फत उनले सो धनराशि जितेका हुन् । यसरी समय समयमा विभिन्न चाडपर्व तथा अन्य कार्यक्रमहरुको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई स्किम तथा अफरहरु मार्फत अतिरिक्त सेवा प्रदान गराउँदै आएको छ ।

फियाट्को ‘गेट मोर विथ पुन्टो प्युअर’ नेपाली बजारमा, मूल्य २२ लाख ८९ हजार रुपैयाँ मात्र

काठमाडौं, १२ माघ । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार नयाँ स्किम- ‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त कार  खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । त्यसयता, यो युरोपेली कारले कार पारखीहरुको मन जित्न सफल भइरहेको छ । कम्पनीका अनुसार पुन्टो प्युअर १२ सय सीसीको इन्ट्रिलेभर कार हो । युरोपियन विल्ड, फोर सिलिन्डर, स्पेसियस इन्टेरियर र क्लास लिडिङ ग्राउन्ड क्लेरेन्स यसका विशेषताहरु हुन् । पुन्टो प्युअर एक्जोटिक रेड, हिपहप ब्ल्याक र सेतो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । दुई सय ८० लिटर बुट भएको पुन्टो प्युअरको ग्राउन्ड क्लेरेन्स एक सय ९५ सीसी रहेको छ जसले गर्दा खराब सडकमा पनि आरामदायी यात्राको अनुभव दिलाउँछ । यसमा फायर प्रिभेन्सन सिस्टम समेत रहेको छ । कम्पनीका अनुसार यो प्रविधिले दुर्घटना हुँदा इन्धनको आपुर्ति काटेर आगलागी हुनेबाट रोक्छ । फियाट् इटालियन ब्रान्डको गाडी हो जुन संसारभरि लोकप्रिय छ । यो ब्रान्डका गाडी ६६ देश र सबै महादेशमा उपलब्ध छन् । नेपालीमा लाइफ अटोमोबाइलले पुन्टो प्युअरबाहेक एभेन्च्युरा, पुन्टो इभो, अबार्थ पुन्टो र एभेन्च्युरा पावर्ड बाई अबार्थ बिक्री गर्दै आएको छ । नेपाली बजारमा पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।