फक्सवागनले ल्यायो स्प्रिङ एक्स्चेञ्ज अफर, फ्री समानदेखि फाइनान्ससम्मकाे सुविधा

काठमाडौं । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले स्प्रिङ एक्स्चेञ्ज अफर ल्याएको छ । सवारी साधान पारखीहरुलाई ध्यानमा राखेर कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले जर्मन प्रविधिको मास्टरपिस गाडीहरु प्रस्तुत गरेकोछ । त्यस्तै कम्पीको एक्स्चेन्ज अफरअन्तर्गत फ्री सामान, नगद छुट, फाइनान्स सुविधा तथा दुई वर्षसम्मको लागि असीमित किलोमिटरको वारेन्टी लगायत उपलब्ध गराएको छ । उक्त एक्स्चेञ्ज अफर १४ मार्च (बुधबार) देखि २० मार्च सम्म संचालनमा आउने जनाइएको छ । बसन्तऋतुको आगमनले खुशीयाली र उमङ्ग बोकेर आएजसरी नै ग्राहकहरुलाई खुशी प्रदान गरेर वहाँहरुलाई अनुपम अनुभूती दिलाउनको हामीले उक्त अफर ल्याएका हौं,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विवेक बिजुक्छेले भने । फक्सवागनका कम्प्याक्ट, एसयुभि, साना र मझौलाखा किसिमका यात्रुवाहक कारहरु विभिन्न साइजका बजारमा उपलब्ध छन् ।

एचएच बजाजको नयाँ शोरुम बर्दियाको गुलेरियामा

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नयाँ शोरुम बर्दियाको गुलेरियामा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको ‘बर्दिया अटो इन्टरनेशनल’ नामको शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । यस कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हो ।

सुजुकीको ‘सिलेरियो एक्स’ गाडी नेपाली बजारमा, मूल्य २६ लाख ९९ रुपैयाँ

काठमाडौं । सीजी मोटोकर्प, नेपालका लागि सुजुकीफोर व्हिलरसको आधिकारिक वितरक तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने र्स्पोटि र ट्रेन्डि ‘सिलेरियो एक्स’ बजारमा ल्याएको छ । सिलेरियो एक्स र्स्पोटस्मा एरोडाइनामिक शैलीअनि अग्रभागको वरिपरि एक्स् थीममाआधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुने कम्पनीले जनाएकाे छ । ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियर मालगाएको अत्यन्तचमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि-पिलर यसको अर्को ट्रेन्डि विशेषता हो । सिलेरियोले आफुलाई पूर्ण फेमिलीकारको रुपमा नेपालीबजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि र्स्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् । सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ र्स्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएको कम्पनीले जनाएको छ । सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम (एबीएस)को साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्राथप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्थागरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतकाविभिन्नआरामदायीबन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनिआरामदायी बनाउँछ । शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ केएमपीएलको माइलेज दिने दाबी गरिएको छ । कम्पनीले यस गाडीको शुभारम्भ मूल्य २६ लाख ९९ रुपैयाँ तोकेको छ ।