अब न्युरोडमा स्मार्ट पार्किङ, पहिले नै बुकिङ गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन । दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले जानकारी दिए । यस पार्किङ निर्माणबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ । न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी कामपाको छ । रासस

‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ वैशाख १४ गतेदेखि शुरू, बिजेतालाई गाडी उपहार

काठमाडौं । नेपालको लागी हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१८’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी वैशाख १४ र १५ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३/४ ह्यान्डी क्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर(नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिको), जुनियर विनर(१७ वर्ष उमेर मुनीको), हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमामा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान हुण्डाई ग्राण्ड आई १० गाडी प्रदान गर्ने घोषणा गरीएको छ । हुण्डाईले विश्वभर नै गल्फखेलको विकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पीजिए टुरको टुर्नामेन्टस् अफ द क्यापियनस् एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

विवेक अटोमोवाइलसद्धारा ‘इ सर्भिस राईड’ र्याली सम्पन्न

काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रा.लि.ले रोयल इन्फिल्ड “इ सर्भिस राईड” र्याली आयोजना गरि सम्पन्न गरेको छ । कम्पनीको शोरुम बालाजुबाट शुरु भएको राईडमा रोयल इन्फिल्डका सर्भिस मेनेजर बिबेक मिश्राले शुभारम्भ गरेका थिए । जुन माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्हृुटार, हात्तिगौडा, बुढानिल्कण्ठ, शिवपुरी हुदैँ काठमाडौंको शिवपुरीमा स्थित ग्रिनभ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । राइडर रमेश अवालेले रोड क्याप्टेनको भुमिका निभाएका थिए । यस राइडमा ३३ वटा रोयल इन्फिल्ड सहित ४० जना राइडरहरुले सहभागीता जनाएका थिए । यस र्यालीको मुख्य उद्देश्य भनेको राइडर्सहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, पर्यावरण एंव वातावरण मैत्री सडक अनुशासनको सन्देश प्रवाह गरेका थिए । साथै राइडर्सहरु बिच भातृत्व कायम गरि भाइचाराको भावना र सद्भाव बढाउनु पनि यस र्यालीको उद्देश्य थियो । राइडमा सहभागि राइडहरुले वन लेन राइड र सेफ्टी राइडको नियमहरु पालना गर्दै राइड गरेका थिए । रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तराष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक बिक्रेता विवेक अटोमोवाइलसले १९ वटा शाखा तथा डिलर बाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरी रहेको छ ।