सडक भत्काउने ठूला सवारी नाकामौ, सडक जोगाउने सरकारको नयाँ आइडिया

काठमाडौं । राजधानी भित्रिने मालवाहक सवारीसाधनका लागि सीमा क्षेत्रमा छुट्टै पार्किङस्थल निर्माण गरिने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले अत्याधिक भारका मालवाहक सवारीसाधनले सडक भत्काएको र ट्राफिक जाम बढाएको भन्दै सीमा क्षेत्रमा ठूला सवारी पार्किङको अवधारणा ल्याएको हो । मालवाहक सवारीको अत्याधिक भारकै कारण सडक छिया छिया बनेको बताउँदै प्राधिकरण आयुक्त डा.भाइकाजी तिवारीले चालू आर्थिक बर्षदेखि नाका क्षेत्रमा पार्किङस्थल सम्भाव्यता अध्ययन गरिने बताए । अर्थमन्त्रालयले प्राधिकरण अन्तर्गत विभिन्न योजनालाई १५ करोड रुपैयाँ सम्भाव्यता अध्ययनका लागि छुट्टयाएको तिवारीले बताए । नागरिक दैनिकबाट ।

बजाजको नयाँ पल्सर एनएस १६० सार्वजनिक, मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ मात्र

काठमाडौं । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नेपाली बजारमा उक्त मोटरसाइकलको २ लाख ५९ हजार ९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् । यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ । पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा आउँछ । हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले बजारमा नेतृत्व लिनुको सबैभन्दा महत्वपूर्ण विषय भनेको यसको उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट ईन्जिन प्रविधीमा ध्यान केन्द्रित गर्नु हो र यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरी यो क्षेत्रमा नयाँ कन्स्पेस्टका साथ अगाडि आएका छौं । हामी यो विश्वास्त छौं कि पल्सर एनएस १६० ले चालकहरुको अपेक्षालाई पुरा गर्दै पावर टू प्ले भन्ने मुल मन्त्रलाई अंगिकार गर्नेछ ।’

अटाेलाेनमा कडार्इ गरेकाेमा नाडाकाे विराेध, निजी सवारी साधनको प्रयोग गर्ने नागिरक अधिकार नखाेस्न अाग्रह

काठमाडौं । निजी सवारी साधन खरिद गर्दा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्थाको अालाेचना गर्दै अटोमोबाइल्स डिलर्स एशाेसिएशन अफ नेपाल (नाडा) ले नेपाल राष्ट्र बैंकलार्इ अटाेलाेन नीतिमा पुर्नविचार गर्न माग गरेकाे छ । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विज्ञप्ती जारी गर्दै राज्यलाई बढी कर तिर्ने सवारी साधन अनुत्पादक नभएको भन्दै बैंकको ऋणको डिफल्ट नै नरहेको क्षेत्रमा सिमा तोक्नु गलत भनेका छन् । नाडाले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको सवारीको योगदानलाई बिर्सन नहुँने भन्दै नीति पुनरबिचार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिको मध्यावधी समीक्षामा अटो लोनमा कडाई गरेको थियो । ९० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ गर्दै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमात्र फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेको थियो । ‘राजश्वको हिसाबले पनि करिब करिब १ खर्ब रुपैयाँ प्राप्त सरकारले अटोमोबाइल्स क्षेत्रबाट प्राप्त गर्ने गरेको छ,’ नाडाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘अहिले पनि कोचिएर यात्रा गर्ने वर्ग कुल जनसंख्याको ९५ प्रतिशत रहेको छ भने करिब ५ प्रतिशतले मात्र आफ्नो साधन प्रयोग गरिरहेको छन् ।’ नाडाले निजी सवारी साधन प्रयोग गर्ने संख्या कम भएको भन्दै सवारी साधनको प्रयोग गर्ने नैसर्गिक अधिकार प्रत्येक नागरिकलाई रहेको बताएको छ । सर्वसाधारणको आवागमनलाई चलायमान बनाउँदै उत्पादकत्व बढाउन सहयोगीको भुमिका निर्वाह गर्दै आएको सवारी साधनको खरिद विक्रिमा अंकुश लगाउन खोज्नु भन्दा यस क्षेत्रबाट प्राप्त भईरहेको खरबौँको राजश्व कम हुने भन्दै सडक निर्माण, विस्तार र मर्मत सम्भार तिर प्रयोग गरी ट्राफिक जाम कम गर्ने तर्फ सरकारको नीति अवलम्बन हुन पर्नेमा जोड दिएको छ । नाडाले अहिलेको तरलताको समस्या आउनुको पछाडी सवारी आयात बढ्नाले हो भन्ने नेपाल राष्ट्र बैँकको सोचसँग सहमत हुन नसकिएको भन्दै एक अंश विदेशी मुद्रा त्यो पनि भारु खर्च हुँदा तीन अंश राजस्व प्राप्त भईरहेको परिप्रेक्षमा राजस्व परिचालन हुन नसक्नु नै अहिलेको तरलता अभावको कारक तत्व हो भन्ने प्रमाणित भएको बताएको छ ।