विद्युतीय बसको सञ्चालन खर्च पाँच गुणा कम

काठमाडौं । विद्युतीय बस खरिद अरु बसभन्दा तुलनात्मक रूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताएका छन् । जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उनको भनाइ छ । खरिद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ । उनले भने, “सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।” विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उनले बताए । दुई महिना पहिलेदेखि प्रालिले चार वटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ । रासस

‘एनएस १६०’ भर्सेस ‘आरटिआर १६० ४भि’, कसको पल्ला भारी ?

खासगरी मोटरसाइकल किन्नु अघि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको ‘एनएस १६०’ र टिभिएसको ‘अपाचे आरटिआर १६० ४भि’ लाई लिन सकिन्छ । एउटै सेग्मेन्टको मोटरसाइकल भएता पनि यिनिहरुका बीच धेरै भिन्नता पाइन्छन् । आज हामिले यहि भिन्नताहरुलाई तपाईंका सामू प्रस्तुत गरेका छौं जसले तपाईंलाई यी दुई मोटरसाइकलमध्ये बाट कुनै एउटा चयन गर्नमा मद्दत पुग्नेछ । लुक्स एनएस १६० र आरटिआर १६० दुवैको लुक्स क्रमशः आफ्नो २०० सीसीको इल्डर सिबलिंग्स एनएस २०० र आरटिआर २०० ४भि जस्तै छ । एनएस १६० ले टल अपेरियन्स र स्लीक लुक्स पाएको छ भने आरटिआर १६० ४भिले स्पोर्टि लुक्स र मस्कुलर लुक्स पाएको छ । एनएस १६० मा एनएस २०० को जस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ भने आरटिआर १६० ४भि मा भएको कन्सोल फुल डिजिटल रहेको छ । त्यसैगरी तुलनात्मक रुपमा एनएस १६० को टायरहरु अलि पातलो रहेको छ। इञ्जिन एनएस १६० मा १६०.३ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन दिइएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क प्रोड्युस गर्दछ । आरटिआर १६० ४भि मा चाहिँ १५९.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन दिइएको छ जसले १६.२८ बीएचपीको पावर र १४.८ एनएमको टर्क प्रोड्युस गर्दछ । दुवै बाइकहरुमा ५–स्पिड गियरबक्स दिइएको छ । डाइमेन्सन एनएस १६० को सिट हाइट ८०५ मिलिमिटर छ भने आरटिआर १६० ४भि को चाहिँ ८०० मिलिमिटर रहेको छ । त्यसैगरी एनएस १६० को ग्राउण्ड क्लियरेन्स १७६ मिलिमिटर छ भने आरटिआर १६० ४भि को चाहिँ १८० मिलिमिटर छ । एनएस १६० को कर्व वेट १४२ के.जी. छ भने आरटिआर १६० ४भि को चाहिँ १४३ के.जी. रहेको छ । दुवै बाइकहरुको फ्युल ट्याङ्क क्यापासिटी भने १२ लिटर रहेको छ । ब्रेक र सस्पेन्सन बजाज र टिभिएस दुवैले उपरोक्त बाइकहरुका दुवै चक्कामा डिस्क ब्रेक दिएका छन् । एनएस १६० को एउटा भेरियन्टमा भने पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा दुवै बाइकहरुमा अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि चाहिँ मोनोशक दिइएको छ । टप स्पिड र माइलेज दुवै बाइकहरुको इञ्जिन क्षमता उस्तै नै भएको हुनाले यिनिहरुले दिने माइलेज र टप स्पिड पनि लगभग समान छ । एनएस १६० र आरटिआर १६० ४भि दुवैले ४५ केएमपीएल हाराहारी माइलेज र ११५ प्लस केएमपीएचको टप स्पिड दिन्छन् । पर्फमेन्स एनएस १६० को सिटिङ्ग पोजिसन अपराइट रहेको छ भने आरटिआर १६० चाहिँ तुलनात्मक रुपमा अलि कमिटेड रहेको छ । त्यसैगरी एनएस १६० को पावर डेलिभरी सवै आरपीएममा लिनियर नै रहेको छ भने आरटिआर १६० मा सुरुवाती अवस्थामा अलि बढि पावर फिल हुन्छ । मूल्य बजाज टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.लेपल्सर एनएस १६० को मूल्य नेपाली बजारमा दुई लाख ८६ हजार नौ सय रुपैयाँ तोकेको छ भने टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.लेअपाचे आरटिआर १६० ४भि लाई दुई लाख ८८ हजार नौ सय रुपैयाँ मूल्यमा विक्री वितरण गरिरहेको छ । एचएच बजाजले जनाए अनुसार एनएस १६० लाई अबको केहि दिनमै एबिएस सहित नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको छ र सो बाइकको मूल्य भने दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकिने छ ।

किन किन्ने यामाहाको ‘एफजि २५ एबीएस’? जान्नुस ६ कारण

काठमाडाैं । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले केहि दिन अघि मात्र एफजि २५ को एबीएस भर्जनलाई नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा एफजि २५ एबीएसको मूल्य चार लाख २९ हजार नौ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार एफजि २५ एबीएस नेपालमा लञ्च भएसँगै सो बाइकको नन-एबीएस भर्जनको भने विक्री वितरण बन्द भएको छ । १. लुक्स एफजि २५ को मस्कुलर ट्याङ्क, शार्प एज, फ्युचरस्टीक एलईडी हेडलाइट एवं टेल लाइट लगायतले यस बाइकलाई एकदमै एग्रेशिभ लुक्स प्रदान गरेको छ । त्यसैगरी यसको हेभि डाइमेन्सन र चौडा टायरहरुको कारण यस बाइकले दमदार रोड प्रेजेन्स पाएको छ । यसका साथै बाइकको विभिन्न पार्टस्हरुमा दिइएको म्याट ब्ल्याक फिनिसिङ्गले गर्दा यस बाइकले पर्फेक्ट फिनिसिङ्ग पाएको भान पनि हुन्छ । २. डुअल-च्यानल एबीएस नेपालमा लञ्च भए पश्चात् नेपालीहरुले एफजि २५ मा एबीएसको अनुभव लिन पाउने भएका छन् । दुवै चक्काहरुमा एबीएस दिइएको हुनाले यस बाइकको ब्रेकिङ्ग एकदमै सुरक्षित हुन पुगेको छ । ३. पावर र टर्क एफजि २५ मा २४९ सीसीको फ्युल इन्जेक्टेड, ओयल कुल्ड इञ्जिन समावेस छ जसले २०.९ एचपीको पावर र २० एनएमको टर्क प्रोड्युस गर्दछ । यस इञ्जिनको सवल पक्ष भनेको यसले केवल ६००० आरपीएम मै २० एनएमको टर्क उत्पादन गर्न सक्छ जसले गर्दा बाइकले राम्रो सुरुवाती पुल पाएको छ । ४. विश्वसनियता यामाहाले एफजि २५ मा राम्रो क्वालिटीका पार्टस्हरु प्रयोग गरेको छ । त्यसैगरी, यस बाइकको इञ्जिन आयु लामो हुनु, यामाहाको सर्भिस सेन्टर ठाउँठाउँमै तथा सबै पार्टस्हरु सजिलै उपलब्ध हुनु लगायतले एफजि २५ सबैको रोजाई बन्न सफल भएको छ । ५. तौल एफजि २५ को तौल केवल १५२ केजी रहेको छ जसले गर्दा यो बाइकलाई चलाउँदा हल्का फिल हुन्छ । त्यसैगरी यसको पावर २०.९ बीएचपी भएको हुनाले यसको पावर टु वेट रेसियो पनि राम्रो हुन गएको छ जसले गर्दा बाइकको सुरुवाती गती बढ्न पुगेको छ । ६. उत्कृष्ट माइलेज एफजि २५ ले ४३ केएमपीएलको माइलेज दिन्छ भनी कम्पनीले दावी गरेको छ । बजारमा ३० केएमपीएल हाराहारीको माइलेज दिने २०० सीसीका बाइकहरु रहेकोअवस्थामा यो २५० सीसी बाइकले यति धेरै माइलेज दिनुलाई यस बाइकको सवल पक्षका रुपमा लिन सकिन्छ ।