२०० सीसीसम्मका १० चर्चित मोटरसाइकलहरू, जसको मूल्य ३ लाख भन्दा कम छ
काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले नेपाली बजारमा तीन लाख रुपैयाँ मूल्यसम्म पर्ने १५० देखि २०० सीसी सम्मका केहि चर्चित मोटरसाइकलहरुको वारेमा चर्चा गर्न गइरहेका छौं । बजाज पल्सर १५० पल्सर १५० मा १४९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.८ बीएचपीको पावर र १३.४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । बजाजले दुवै चक्कामा डिस्क ब्रेक भएको भेरियन्ट ‘पल्सर १५० टीडी’ लाई पनि उपलब्ध गराइरहेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले पल्सर १५० को मूल्य दुई लाख ५५ हजार नौ सय र पल्सर १५० टीडीको चाहिँ दुई लाख ६६ हजार नौ सय तोकेको छ । बजाज पल्सर एनएस १६० एबीएस एनएस १६० एबीएसमा १६०.३ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । बजाजले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल च्यानल एबीएस पनि समावेस गरेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले यस बाइकलाई दुई लाख ८९ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । हिरो एक्स्ट्रीम २००आर एक्स्ट्रीम २००आरमा १९९.६ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १८.१ बीएचपीको पावर र १७.१ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । हिरोले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल-च्यानल एबीएस पनि समावेस गरेको छ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले यस बाइकलाई दुई लाख ९५ हजार पाँच सय रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । होण्डा सीबी हर्नेट १६०आर हर्नेट १६०आर मा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १४.९ बीएचपीको पावर र १४.५ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यस बाइकलाई तिन लाख तिन हजार नौ सय रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । होण्डा सीबी युनिकर्न १६० सिबि युनिकर्न १६० मा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १३.८२ बीएचपीको पावर र १३.९२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा यस बाइकको मूल्य दुई लाख ७४ हजार नौ सय रुपैयाँ तोकेको छ । होण्डा एक्सब्लेड एक्सब्लेडमा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.९३ बीएचपीको पावर र १३.९ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५–स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यस बाइकलाई दुई लाख ९० हजार नौ सय रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । सुजुकी जिक्सर जिक्सरमा १५४.९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १४.८ पीएसको पावर र १४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले यस बाइकलाई दुई लाख ८१ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । सुजुकी जिक्सर एसएफ जिक्सरकै फेयर्ड भर्जनको रुपमा रहेको जिक्सर एसएफमा पनि १५४.९ सीसीकै सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ र यसले १४.८ पीएसको पावर र १४ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५–स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले नेपाली बजारमा यस बाइकको मूल्य दुई लाख ७७ हजार नौ सय रुपैयाँ तोकेको छ । टिभिएस अपाचे आरटिआर १६० ४भि आरटीआर १६० ४भि मा १५९.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १६.२८ बीएचपीको पावर र १४.८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले यस बाइकलाई दुई लाख ८८ हजार नौ सय रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यामाहा एफजि भी२ एफजी भी२ मा १४९ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.१ बीएचपीको पावर र १२.८ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले यस बाइकलाई दुई लाख ९७ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गरिरहेको छ ।
‘एस-प्रेसो’ मिनी एसयुभि: भारतमा बेजोड सफल, नेपालमा के होला ?
काठमाडाैं । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको विल्कुलै नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयुभिलाई नेपाली बजारमा केहि दिन अगाडि मात्र सार्वजनिक गरेको थियो । भारतमा निकै चर्चा कमाइ सकेको उक्त एसयुभिले यहाँ पनि दरो पकड जमाउनेछ भनी कम्पनीले विश्वास गरेको छ । सुरुवाती मूल्य २२ लाख ९९ हजार तोकिएको सो एसयुभिका चार अलग भेरियन्टहरु नेपालमा उपलब्ध रहेका छन् । हाल नेपालस्थित मारुती सुजुकीका ३६ ओटै रिटेल नेटवर्क मार्फत एस-प्रेसो विक्री वितरण भईरहेको छ । सुजुकीले ‘बेस्ट-इन-क्लास’ फिचरहरु दिएको एस-प्रेसोमा १० भन्दा बढि सेफ्टी फिचरहरु समावेस छन् । यस एसयुभिमा टफ स्पोर्ट वाचबाट सञ्चालित डाइनामिक कन्सोल, ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर, सेग्मेन्टमै पहिलो पटक दिइएको स्टेयरिङ माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल र त्यसैगरी म्युजिक इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि स्मार्ट प्ले जडित टच स्क्रिनजस्ता विशेषताहरु लोड गरिएको छ । हर्टटेक प्ल्याटफर्मको पाँचौं जेनेरेशनमा निर्माण गरिएको कारण यस एसयुभिले पैदलयात्रीको सुरक्षालाई पनि प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । मारुती सुजुकीले एस-प्रेसोको सेफ्टी फिचरहरुको रुपमा डुअल एयरव्याग, एबीएस सिस्टम, इबीडी सिस्टम, प्रि-टेन्स्नर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ्ग असिस्ट सिस्टम, हाई स्पिड वार्निङ अलर्ट र रिभर्स पार्किङ्ग सेन्सर लगायतलाई समावेश गरेको छ । एस-प्रेसोमा प्रयोग भएको इञ्जिन बीएस६ मापदण्डमा आधारित ९९८ सीसी पेट्रोल इञ्जिन हो जसले ३८ एचपीको पावर र ९० एनएमको टर्क प्रोड्युस गर्दछ । यस कारमा ५-स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने यस कारले २१.४ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी, ५ सिटर यस एसयुभिको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । थोरै मूल्यमै एउटा एसयुभिको फिल गराउने, उत्कृष्ट माइलेज क्षमता, ठूलो ग्राउण्ड क्लियरेन्स, बेस्ट-इन-क्लास फिचर लगायत ठूलो संख्यामा दिइएका सेफ्टी फिचर्सका कारण यो एसयुभिले भारतमा ठूलो लोकप्रियता कमाउन सफल भएको छ ।नेपाली बजारमा हालसालै मात्र भित्रिएको यस एसयुभिले नेपाली कार पारखीहरुको मन भने जित्न सफल होला या नहोला भन्ने बुझ्नका लागि केहि समय कुर्नै पर्ने देखिन्छ । एस-प्रेसोको नेपालमा उपलब्ध भेरियन्टहरुको मूल्य यस प्रकार रहेको छः
एफटेक मोटरसाईकलको तीन वटा मोडल नेपाली बजारमा, यस्तो छ सुरुवाती मूल्य
काठमाडौं । एफटेक मोटर्स इण्डिया प्रा.लि. ले आफ्नो उत्पादन एफटेक ब्राण्ड माटरसाईकलको तीन वटा मोडलहरु नेपाली बजारमा ल्याएको छ । भारत सरकारको ‘मेक इन इन्डिया’ को अभियान अन्तर्गत आएको मोटरसाईकल उत्पादक यस कम्पनीले टर्बो, नाइट राईडर र स्कोर्पियन गरी तीनवटा मोडल नेपाल भित्र्याएको हो । टर्बो मोडलको सुरुवाती अधिकतम खुद्रा मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ र नाईट राईडर तथा स्कोर्पियन मोडलको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । विभिन्न आकर्षक फिचरहरु रहेको यस बाइकमा १७० सीसीको शक्तिशाली इन्जिन, भारत स्टेज ४ उत्सर्जन न्यूनता तथा भारत स्टेज ६ कम्प्याटिबल इन्जिन, एन्टिलक ब्रेकिङ्ग सिस्टम, उच्च माईलेज (४५ कि.मी. प्रतिलिटर), ठूलो इन्धन ट्यांकी (२० लिटर), अतिरिक्त सुरक्षाको लागि साइड स्ट्याण्ड सेन्सर आदि रहेको छ । एफटेक मोटर्स इण्डियाले आफ्ना उत्पादन मोटरसाईकलहरु नेपालभर बिक्री वितरण गर्न म्याक्स भिजन लिमिटेडलाई एकमात्र आधिकारिक बिक्रेता नियुक्त गरेको छ । यस कम्पनीले नेपालभर डिलरहरुको सञ्जाल विस्तार गर्ने लक्ष राखेको छ । म्याक्स भिजन लिमिटेड विगतको एक दशकदेखि नेपालको अटोमोबाईल क्षेत्रमा कार्यरत पब्लिक लिमिटेड कम्पनी हो । यस कम्पनीले निकट भविष्यमा १२५ सीसी, ११० सीसी, २५० सीसी तथा ३१० सीसीका मोटरसाईकलहरु, स्कुटरहरु तथा विद्युतीय मोटरसाईकलहरु पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।