हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना सुरु
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टले विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको सुरु गरेको छ । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक रहेको कम्पनीले ‘अपग्रेड योर जर्नि विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो । जसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख कायम गरिएको छ जुन हालसम्मको मुल्याङ्कनमा सबभन्दा बढी भएको कम्पनीले बताएको छ । कम्पनीको अनुसार यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्टिक वा आयोनिक फाइभको उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्ने कम्पनीले बताएको छ । यो एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।
बजाजको गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस् मात्र सक्कली
काठमाडौं । हंसराज हुलास चन्द एण्ड कम्पनीले बजारमा नक्कली स्पेयरपार्ट्सको विगविगीबाट ग्राहकलाई सचेत गराउन क्याम्पेन सञ्चालन गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक रहेको यस कम्पनीले उपभोक्ताहरुलाई सचेत गराउन सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ । कम्पनीले ग्राहकलाई बजाजको स्पेयरपार्ट्स आधिकारिक वर्कसपहरुमा मात्र किन्न आग्रह गरेको छ । आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस्हरु मात्र सक्कली रहेको कम्पनीले बताएको छ ।
३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै
काठमाडौं । जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । जगदम्बा मोटर्स टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य ग्राहकहरुसँग भेटघाट र अन्तर्कृया गर्नु रहेको बताए । ‘नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ, हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ,’ उनले भने । यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौं, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका उनले जानकारी दिए । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्ने कम्पनीले बताएको छ ।