विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने
काठमाडौं । विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने भएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको हाे । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्न लागेको हो । ओएसएम रेजप्लस विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो,जसमा १०.८ किलोवाट ब्याट्री जडान गरिएको हुन्छ । त्यस्तै ओएसएम स्ट्रिम ८.५ किलोवाट पावरप्याक भएको विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी साधन हो । दुवै गाडीलाई सामथ्र्य प्रदान गर्ने सबै विद्युतीय मोटरले अधिकतम ७.४ किलोवाटको पावर र मोटरमा ४५ एनएम पीक टर्क उत्पादन गर्छ । रेजप्लस र स्ट्रिम दिगो ऊर्जामा चल्ने सवारीसाधनमा आकर्षित हुँदै गरेका उद्यमीहरू र साना व्यवसाय गर्ने अपरेटरहरूका लागि उत्तम समाधान भएको कम्पनीले जनाएको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने दाबी गरे । यस्तै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले नेपाल सरकार सवारी साधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको अवस्थामा यी विद्युतीय सवारी साधनले निकै ठूलो सहयोग गर्ने बताए । ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिनेछ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किलोमिटर र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किलोमिटरको यात्रा गर्न सकिनेछ ।
विद्युतीय सावारी साधनमा सर्वसाधरणहरुको आकर्षण बढ्दै
काठमाडौं । नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणहरुको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको इभि नेपाल एक्स्पोमा सर्वसाधरणहरुको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सय भन्दा बढी विद्युतीय सवारी साधन अवलोकन कर्ताहरु आएको आयोजकले बताएको छ । नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधरणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजकले जानकारी दिए । इभि एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधरणहरुको आकर्षक बढेको देखिएको बताए । उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेको भन्दा दोब्बर बढी सर्वसाधरणहरु एक्स्पो अवलोनक गर्न आएको बताए । क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरु आउन चाहेको बताए । उनले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभइ विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको जानकारी दिए । उनले विद्युतीय सवारीसाधनको लागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक रहेको बताए । उनले अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारी साधन पु¥याए मात्रै पनि धेरै नेपाली पैसा नेपाल भित्र नै रहने बताए । त्यस्तै विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेको भन्दा बढी अवलोकनकर्ताहरु आएको बताए । उनले नेपालमा अब विद्युतीय सवारी साधनहरुको भन्दा अरुको सम्भावना कम रहेको जानकारी दिए । उनले विद्युतीय सवारीसाधनप्रति मानिसहरुको आकर्षण बढ्नु सकारात्मक रहेको बताए । त्यस्तै, इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय बजारका मानिसहरु नेपालमा आएर विद्युतीय सवारीसाधनको एक्स्पो गर्दासमेत सर्वसारणको उपस्थित राम्रो रहेको बताए । उनले एक्स्पोमा भएको उपस्थितीले नेपालीहरुको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको बुझ्न सकिने जोड दिए । उनले नेपाल जलविद्युतमा धनी भएकाले अब सबै नेपालीले विद्युतीय सवारीसाधन प्रयोग गर्नु आवश्यक रहेको बताए । त्यस्तै,एक्स्पो अवलोकन गर्न आउने सर्वसाधरणले भने विद्युतीय सवारी साधन चढ्नुपर्ने भएपनि अत्याधिक महँगो भएको गुनासो गरे । उनले सामान्य सर्वसाधरण नेपालीले चढ्नसक्ने गरी राज्यले भन्सार कम गरेर वा मूल्य तोक्न आवश्यक देखिएको बताए । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्छ । एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा छन् ।
याडियाको स्कुटर खरिदमा २० हजार रुयैयाँ छुट, ९० हजारको टिभी पनि जित्न सकिने
काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका ई-स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्ड कप अफर घोषणा गरेको छ । यो अफर विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया व्राण्डको ई-स्कूटरका मोडेलहरूमा लागुहुने कम्पनीले बताएको छ । यस अफर अुनसरा हरेक याडिया ब्रान्डको ई-स्कुटर को खरिदमा २० हजार रुपैयाँ छुट पाउनेछन् । यसका साथै भाग्यशाली विजेताहरुले ९० हजार, ५५ हजार र ४१ हजारको स्मार्ट एल।ई।डी। टिभी पाउनेछन् । कम्पनीले ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनमा स्थलगत मूल्यकनको एक्सचेन्ज अफर पनि व्यवस्था गरेको जनाएकाे छ ।