इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा, वुलिङ्गको विद्युतीय कार बिक्री गर्ने
काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ । कम्पनीले यस मार्फत ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जि मोटर्सको पनि लगानी रहेको उलिङ एयर इभी कार पनि लन्च गरेको छ । यो इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । २००/३०० किलाेमिटर माइलेज रहेको यस गाडीमा ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले बताएकाे छ । नक्शालमा रहेको उक्त शोरुम बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म खुल्ला रहने बताइएकाे छ ।
साढे ५ लाखसम्म पर्ने यूजीबेस्टको विद्युतीय स्कुटर नेपालमा सार्वजनिक
काठमाडौं । यूजीवेष्ट ब्रान्डको आर ३ र आर ३ प्रो विद्युतीय स्कुटर नेपालमा भित्रिएको छ । ग्लोबल सेभेन प्रालिले यूजीबेस्ट इलेक्ट्रीकको उत्पादन नेपाल नेपाल भित्र्याएको हो । कम्पनीले काठमाडौं उत्तरढोकामा आफ्नो पहिलो शोरुमबाट यूजीवेस्टका स्कुटरको विक्री प्रारम्भ गरेको छ । कम्पनीले छिट्टै देशका विभिन्न स्थानमा शोरुम स्थापना गर्ने योजना समेत अघि सारेको छ । यूजीबेस्ट आर ३ मा ४ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ६० भोल्ट ४० एएच क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिन्छ । आर ३ प्रोमा भने डबल ब्याट्री अप्सन रहेको छ । यसलाई एकपटक फुलचार्ज गरेर २०० किलोमिटरसम्म गुडाउन सकिन्छ । आर ३ प्रोमा फास्ट चार्जिङ सुविधासमेत रहेको छ जसले गर्दा यसलाई १ घण्टामा फुलचार्ज गर्न सकिन्छ । एकदमै स्पोर्टी डिजाइन भएको यो इलेक्ट्रीक स्कुटको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध रहेको छ । त्यस्तै यसमा फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध रहको छ । कम्पनीले आर ३ को मूल्य ३ लाख ८० हजार रुपैयाँ र आर ३ प्रोको मूल्य ५ लाख ३० हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले बिहीबारदेखि नै यी दुवै स्कुटरको बुकिङ खुल्ला गरेको पनि जानकारी दिएको छ । ग्राहकले यूजीवेस्टको शोरुममा सम्पर्क गरेर आर ३ र आर ३ प्रो स्कुटर बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले स्कुटर बुकिङ शुल्क ४ हजार ९९९ रुपैयाँ तोकेको छ । बुकिङ भएको स्कुटर २०२३ को जनवरी अन्तिसम्ममा डेलिभरी हुने कम्पनीले जानकारी दिएको छ ।
‘विद्युत बेच्ने जमाना गयो, अब हाईड्रोजन बनाउने हो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बेच्न जमाना गएको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको फिन इलेक्ट्रो टेक मेलामा उनले विद्युत बेच्न जमान गएर हाइड्रोजन बनाउने समय आएको बताएका हुन् । उनले पिपिए गर्ने कुरालाई ढिलाई नगरी सम्बन्धित निकायले छिटो गर्नुपर्ने बताए । ‘नेपालको समृद्धिको आधार भनेको उर्जा क्षेत्र हो, नेपालको अर्थतन्त्रलाई समृद्धिको दिशातिर अगाडि बढाउने पर्याप्त सम्भावना छ, सोही अनुसारको बजेट छ निति छ, हामी सबै मिलेर कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । यस्तै, उनले ब्याजदरको विषय समाधान गर्ने क्रममा सरकार रहेको बताए । उनले व्यवसायीले सडक रोज्नुभन्दा पनि सरकारसँग छलफलमा आउनुपर्ने बताए । ‘व्यवसायीले सडक रोज्ने होइन, तपाईंको सरकार हो आउनुस, निजी क्षेत्र बिना सरकार चल्ने अवस्था छैन, तर केही दवाब र चाप छ,’ उनले भने । उनले अर्थतन्त्रलाई समस्या पर्न नदिनेगरी व्यवसायीहरुसँग छलफल गर्न सरकार तयार रहेको बताए ।