होन्डा नेपालले सार्वजनिक गर्यो सिटी इ–एच इभी

काठमाडौं । होन्डाले सिटी इ–एच इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । होन्डा सिटी हाइब्रिड भेरिएन्टमा आएको कम्पनीले बताएको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीसहित पर्यावरण मैत्री सवारीकोरूपमा सिटी इ–एच आएको कम्पनीले बताएको छ । उक्त सवारीमा एडभान्स सेनसिङ्ग स्वीट रहेको र यो सवारीचालक तथा पैदलयात्रीलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी भएको कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्रविधिअन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्ने बताइएको छ । सिटी इ–एच इभीको टेस्ट ड्राइभका लागि नजिकको होन्डा कार शोरूममा सम्पर्क सकिने कम्पनीले बताएको छ ।

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौं । सिप्रदी कम्पनीले ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । सिप्रदी र टाटा मोटर्सकाे  संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् । यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । समायोजित मूल्य श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ । साथै, सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५० हजार कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आईरहेको छ ।

भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम कान्तिपथमा

काठमाडौँ। भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम कान्तिपथमा खुलेको छ । भेस्पा र अप्रिलाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले सोमबार नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन भेस्पारअप्रिला भारतका देशीय प्रमुख सभानु प्रकाश सुधले गरेका थिए कार्यक्रममा डेल्टा अटोकर्वका प्रबन्ध निर्देशक पुल्कित भिमसरिया, निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोको उपस्थिति थियो । डेल्टा अटोकर्वका निर्देशक तथा प्रमुख कार्यकारि अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सहज सुविधा दिन नयाँ शोरुम र सर्भिस सञ्चालनमा ल्याएको बताए । डेल्टा अटोकर्वले काठमाडौ उपत्यकाको विभिन्न ठाउँ र उपत्यका बाहिर ५० भन्दा बढि ठाउँहरुमा सेवा दिइरहेको बताएको छ ।