सेगवेका इलेक्ट्रिक स्कूटर किन्दा शून्य ब्याजदर, १८ महिनाको इएमआइ
काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवे इलेक्ट्रिक स्कुटर शून्य ब्याजदरमा उलपब्ध गराउने भएको छ । स्कूटर खरिद गर्नेलाई फाइनान्सको सुविधा उपलब्ध गराउने र पाँच लाखसम्मको स्कूटर खरिदमा ब्याज नलिने कम्पनीले बताएको छ । कम्पनीले १८ महिनासम्मको सहज ईएमआई, निशुल्क मर्मत र उपकरण, एक्सचेन्ज अफर र ग्राहक अनुकुल डाउनपेमेन्टको सुविधा दिएको कम्पनीले बताएको छ ।
सरकारको प्रक्षेपण : ७ वर्षमा ९० प्रतिशत विद्युतीय कारको कारोबार
काठमाडौं । नेपालमा आयात हुने सवारी साधनमध्ये सन् २०२५ सम्ममा २५ प्रतिशत निजी र २० प्रतिशत सार्वजनिक विद्युतीय सवारी आयात हुने सरकारको प्रक्षेपण छ । उर्जा, जलस्राेत तथा सिंचाई मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटुवालले सोही प्रक्षेपण अनुसार नीति बनाइरहेको बताए । ‘सरकारले कुन समयमा कति विद्युतीय सवारी साधन ल्याउने भन्ने सोच सहित काम गरिरहेको छ’, उनले भने । सरकारले सन् २०३० मा पुग्दा निजी विद्युतीय सवारी साधनहरुको कारोबार ९० प्रतिशत र सार्वजनिक सवारी साधनहरुको कारोबार ६० प्रतिशत पुग्ने आकलन गरेको उनले बताए । पेट्रोलियम पदार्थको खपत कम गर्दै विद्युतको खपत बढाउने बारे १५ औं योजनाले जोड दिएको र सरकारले सोहीअनुसार काम गरिरहेको भेटुवालले बताए । सन् २०३० सम्ममा १५ प्रतिशत विद्युत खपत गर्ने महत्वपूर्ण माध्यम विद्युतीय सवारी साधन नै हुने सरकारको अनुमान रहेको सह-सचिव भेटुवाल बताउँछन् ।
एफ डी मोटर्सको इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकले ब्याजबिनै ३ लाखसम्म कर्जा पाउने
काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् । मंगलबार ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डी मोटर्स) र कुमारी बैंकबिच सो ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रडिट कार्डमार्फत् कर्जा उपलब्ध गराउने सम्झौता भएको हो । जसअन्तर्गत कुनै पनी ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिन सकिने बताइएको छ । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि सम्झौता भएको छ । एफ डी मोटर्सले हाल दुईवटा मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य २ लाख, हजार, ९९९ र एफ फाइब ए को मूल्य २ लाख, ९७ हजार, ९९९ रहेको कम्पनीले जनाएको छ ।