रोयल इनफिल्डद्वारा ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना
काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ आयोजना भएको छ। निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्ड टुरिजम डे को अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम आयोजन गरिएको कम्पनीले जानकारी दिएको छ। यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टिी अवारनेस, प्रमोटिङ सिस्टमेटिक राइडकल्चर’ र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको छ। असोज १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर कंलकी स्वयम्भु भगवानपाऊ छाउनी भिमसेनथान बसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्मको रहेको थियो। बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरियको थियो।
एकल अंकको ब्याजदरमा पनि गएन अटो लोन
काठमाडौं । गत भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२३’ सम्पन्न भयो । नाडा अटो शोमा विभिन्न कम्पनीका विद्युतीय गाडी प्रदर्शनीमा थिए । नाडा अटो शोलाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैंकले भदौ २५ गते एउटा स्कीम सार्वजनिक गर्याे । ‘आरबीबीएल इभी लोन फेस्टिभ अफर’ नामक विशेष योजना सार्वजनिक गर्याे । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ भन्ने नाराका साथ भदौ २६ गतेदेखि लागू हुने गरी उक्त विशेष योजना सार्वजनिक गरेको थियो । बैंकले ९.९५ प्रतिशत ब्याजदरमै विद्युतीय सवारी खरिद गर्न कर्जा दिने बताएको छ । बैंकले तोकेको कर्जाको दर वाणिज्य बैंकहरुमध्ये सबैभन्दा न्यून रहेको दाबी गरेको छ । बैंकका उपकार्यकारी अधिकृत (डीईओ) विनय रमण पाैडेलका अनुसार विद्युतीय सवारी खरिद गर्न सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकमा छ । ‘हामीले विद्युतीय गाडीलाई जोड दिन खोजेको हौं, प्रकृतिलाई जोगाउनु पर्छ भन्ने हाम्राे उद्देश्य हो, सरकारले पनि विद्युतीय गाडीलाई जोड दिइरहेको छ,’ उनले भने, ‘सरकारले अहिले बिजुली खपत गरौं भनिरहको छ, राज्यको नीतिलाई पालना गर्न/गराउन यो प्रडक्ट ल्याएका हौं ।’ बैंकले ल्याएको उक्त प्रडक्ट ग्रीन बैंकिङ्ग अन्तर्गत रहेको डीईओ पौडेले बताउँछन् । विद्युतीय सवारी खरिद गर्दा पेट्रोलियम पदार्थको खपत कम हुने र विद्युत खपत बढ्ने उनको भनाइ छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा जलविद्युत क्षेत्रको योगदान बढ्दै गएकाले विद्युतीय गाडीलाई जोड दिएको उनले बताए । ‘वाणिज्य बैंकहरुमै सबैभन्दा सस्तो ब्याजदर, ग्रिन बैंकिङ्गलाई जोड दिनु, ८० प्रतिशत फाइनान्स गर्नु मुख्य विशेषता हो,’ डीईओ पौडेलले भने । डीईओ पौडेलका अनुसार एक करोड रुपैयाँको विद्युतीय सवारी खरिद गर्नु पर्याे भने ग्राहकले २० प्रतिशत रकम मात्रै नगद जम्मा गर्नु पर्ने हुन्छ । बाँकी ८० प्रतिशत रकम बैंकले फाइनान्स गर्ने उनले बताए । तर, राष्ट्रिय वाणिज्य बैंकले सवारी कर्जा प्रवाह गर्दा १ करोड रुपैयाँभन्दा बढी मूल्य भएका र दुई पाङ्ग्रे सवारीको फाइनान्स नगर्ने उनले बताए । ‘सर्वसाधारण तथा मध्यम वर्गलाई मध्यनजर गरी यो प्रडक्ट ल्याएको हो, अहिले नेपाली बजारमा एक करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारी साधन धेरै छैनन्, अधिकांश विद्युतीय सवारी साधन एक करोड रुपैयाँभन्दा कम मूल्यका छन्,’ उनले भने, ‘त्यसैले सवारी साधन खरिद गर्दा विद्युतीय सवारीमा ग्राहकको आकर्षण बढोस् भन्ने हाम्रो चाहना हो ।’ बैंकका अनुसार उक्त प्रडक्ट तीन महिना अवधिका लागि ल्याइएको हो । यदि आगामी दिनमा उच्च माग भयो भने समय थप गर्न सकिने उनको भनाइ छ । तीन महिनाको अवधिमा १ सय वटा विद्युतीय सवारीका लागि कर्जाको माग आउने अनुमान गरेको उनको भनाइ छ । ‘बैंकले ल्याएको प्रडक्टको माग राम्रो छ, सकारात्मक प्रतिक्रिया पनि आएका छन्, हालसम्म १५/२० वटा फाइल बैंकमा आएका छन्, कर्जाको माग आउने क्रम बढ्दै गएको छ, १५/२० वटा फाइलहरुमध्ये टाटा नेक्सन, एमजी लगायत मध्यम रेञ्ज भएका गाडीहरु खरिदका लागि छन्, कम मूल्य भएका किया लगायतका सवारी खरिद गर्न कर्जाको माग कम छ,’ उनले भने । अन्य बैंकको आधार दर ११ प्रतिशत हुँदा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.५ प्रतिशत रहेको छ । बैंकले आधार दरमा १.४५ प्रतिशत प्रिमियम मात्रै थप गरेको हो । अन्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा राष्ट्रिय वाणिज्य बैंकले घटाउँदै आएको उनले बताए । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्व रहेको बैंक भएकाले सरकारको नीतिअनुसार विद्युतीय सवारीमा प्रवद्र्धन गर्न सस्तो ब्याजमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।
बीवाइडीको ब्लेड ब्याट्री टेष्ट कार्यक्रम सम्पन्न, एनसीएम ब्याट्री भन्दा सुरक्षीत
काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्री र एनसीएम ब्याट्री दुबैको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । आज काठमाडौंमा भएको उक्त परिक्षणमा रियोले दुबै ब्याट्रीलाई प्वाल पारिएको थियो । यसरी प्वालपार्दा ब्लेड ब्याट्रीले कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । त्यहि एनसीएम ब्याट्री भने पड्केर ठूलो आवाजसहित आगलागी भएको थियो । ‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो । त्यहि एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो । कम्पनीले बिक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको बताउँदै साइमेक्स इंकको सीईओ सहिल श्रेष्ठले भने, ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं । प्रोडक्ट रेन्जसँग बीवाइडीको ब्लेड ब्याट्रीको सुरक्षामा एकिन गराउन यो परिक्षण गरेका हौं ।’ बीवाइडी हेडक्वाटरको सहयोग र बीवाइडी भारत टेक्नीकल सपोर्टमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।