यामाहाको ‘एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ बाइक सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालमा यामाहाको नयाँ मोटरसाइकल ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड’ सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सो मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ डिजाइन र आकर्षक लुक्ससँगै आधुनिक विशेषता भएको सो मोटरसाइकल कालो र निलो गरी दुई रङमा उपलब्ध छन् । बाइकमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी रहेको कम्पनीले बताएको छ । एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले युवा पुस्ताको बिचमा यो मोटरसाइकल लोकप्रिय हुने बताए । ‘एमएडब्लुले यामाहाका नयाँ नयाँ भेटिरियन्टका स्कुटरका तथा मोटरसाइकल नेपाली बजारमा ल्याउँदै आएको छ, नयाँ मोटरसाइकल सार्वजनिक गर्दा खुसी छौं, यस बाईक पनि सबैले रोजाइमा पर्ने विश्वास लिएका छौं,’ उनले भने । एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल १४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित छ । इन्धनबाट चल्ने इन्जेक्टेड इन्जिन भएको यस मोटरसाइकल नेपाली सडकको लागि उपयुक्त रहेको कम्पनीले बताएको छ । यो बाइकले औसत ४५ देखि ५० किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्दछ । ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर-केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलको मूल्य कम्पनीले तीन लाख ७९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यसको सस्पेन्सन ड्युटीहरु अगाडि ४१ मिलिमिटर टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअप रहेको छ । एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ । जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्नुका साथै राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा बढाउने बताइएको छ । कम्पनीले एफजेड एफआई भीभी स्ट्यान्डर्ड मोटरसाइकल देशभरका यामाहाको डिलरहरूमा उपलब्ध रहेको बताएको छ ।  

अनलाइन अटो शो गर्दै नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अनलाइन अटो शो गर्ने भएको छ । सो सम्बन्धमा नाडा र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ । असोज १८ गते नाडाको सचिवालय टेकुमा आयोजित एक कार्यक्रममा दुई संस्थाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त पत्रमा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडाडटहाम्रोबजारडटकमबाट दैनिक रुपमा प्रसारण गर्ने छ ।

हुन्डाईले तीन दिने ‘फेस्टिभ कार्निभल’ गर्ने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर संचालन गरिरहेको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत नै ‘फेस्टिभ कार्निभल’ आयोजना गर्न लागेको हो । यसलाई दशैं अगाडिको शुभकामना आदान प्रदान गर्ने थलोको रुपमा लिएको कम्पनीले जनाएकाे छ । कार्निभलमा हुन्डाईको सबै शोरुमहरुमा फरक(फरक कार्यक्रमहरु आयोजना गरिनेछ । लाइभ फुड स्टल, लाईभ सांगितिक प्रस्तुति, बच्चाहरुको खेल्ने क्षेत्र, गाडी सम्बन्धि आवश्यक विभिन्न टीप्स र ट्रीक, निःशुल्क गाडीको परीक्षण र चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी सम्बन्धि विशेष जानकारी र अन्तर्क्रिया, ईभीको हाई भोल्टेज चेकअप, मोटोर र्याली जस्ता विभिन्न कार्यक्रम संचालन हुनेछन् । तीन दिन चल्ने कार्निभललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुन्डाई टीकटक प्रतिस्पर्धा, एक्सटर ट्रेजर हन्ट, टेष्ट ड्राइभ एण्ड विन र महिला चालकहरुप्रति लक्षित ‘ह्वील अन हिल्स’ कार्यक्रम संचालन हुनेछ छ । कार्निभलमा समावेस भएर विजेता बन्ने सहभागीले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा होलपुलकाका वाशिङ मसिन, माइक्रोवेभ ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।