‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुल्यो
काठमाडौं । भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि स्टल बुकिङ खुलाएको हो । नाडाले स्टल बुकिङका लागि जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तोकेको छ । तोकिएको समयमा परेको आवेदनहरूबाट लक्की ड्र गरि बुथरब्लक छनोट गरिने नाडाले जनाएको छ । प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो ।
सीएफमोटो बाइक केयर क्याम्प सुरु
काठमाडौं । सीएफमोटो बाइक केयर क्याम्प र जीहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा मंगलबारदेखि ७ दिने सीएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार सीएफमोटो व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक वितरक परिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो । ‘बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवा’को नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्टस्को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ । यस क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि-बाइक वास, लेबर केयरमा ५० प्रतिशत छुट, लुब ओयलमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्र मार्फत सात जनाले सात दिनमा एक सालको लागि सीएफमोटोको स्पेयर पार्टस्मा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोला प्रथा मार्फत सात दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरुमध्ये एक जना भाग्यशाली बिक्रेताले फ्रि बाइक कोटिङ गराउन सक्ने छ । सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा अवस्थित छ । जहाँबाट ग्राहकहरुले सीएफमोटोलगायत जीहोको पनि सर्भिस तथा पार्टसको सुविधा पाउन सक्नेछन् । सीएफमोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पर्फमेन्स बाइकहरु पुनः यस सेन्टरले नेपाली बजारमा पुनस् पहिचान गरेको छ । साथ साथै इभी टु ह्वीलर सेग्मेन्ट मै प्रिमियम र डुरेबल मानिने उच्च प्रविधि जडित जीहोका इलेक्ट्रिक स्कुटर एइ ६ र एई६ प्लस एलआर तथा एई८ मोडलहरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।
टिभिएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको बानेश्वर शोरुमका सञ्चालक श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए । टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।