विकासन्युज

१४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो । विभागले चालु आवमा सिमेन्ट, टिएमटी छड, रङ, एचडिपीई पाइप, सिपीभीसी पाइप, यूपीभिसी पाइप, जस्मिन हाईजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढ्दै गएको बताए । ‘अघिल्ला वर्षको तुलनामा पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिन्ह लिने उद्योगको सङ्ख्या राम्रो हुँदै गएको छ,’ उनले भने । चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा गुणस्तर प्रमाण चिह्न लिनेको सङ्ख्या बढेको उनको भनाइ छ । सिमेन्ट, छड, एलपिजी सिलिन्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पिभिसी केबुललगायत १५ वस्तुमा सरकारले गुणस्तर चिन्ह अनिवार्य गरेको छ । विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको छ महिनामा प्राविधिक समितिबाट १६ वस्तु तथा उद्योगको गुणस्तर पारित गरेको छ । प्राविधिक समितिबाट पारित भएको वस्तु तथा उद्योगको गुणस्तर परिषद्मा पठाउने गरिन्छ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीको अध्यक्षतामा बस्ने गुणस्तर परिषद्को बैठक बस्न नसक्दा सो अवधिमा एउटा पनि गुणस्तर पारित नभएको विभागले जनाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको छ । विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्सटाइल प्रयोगशाला छन् । रासस

रास्वपाको निर्णय : मन्त्री फिर्ता बोलाउने, समर्थन कायम राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने बैठकले निर्णय गरेको छ । सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन् । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेका थिए ।

आइएमई पेको मन्थ अफ लभ अफर : ५ जनाले सामसुङ स्मार्टफोन जित्ने

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । उक्त अफर यहीँ फेब्रुअरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत  विजेताहरुको घोषणा हुनेछ । डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन यस अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

तस्वीरमा हिमालय शमशेर राणाको दाहसंस्कार (फोटोफिचर)

काठमाडौं । आइतबार बिहान मृत्यु भएका हिमालय शमशेर जवराको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ९५ वर्षको उमेरमा निधन भएका उनको दाहसंस्कारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत उच्च सरकारी अधिकारी उपस्थित भएका छन् । दाहसंस्कार अघि नेपाली सेनाको एक टुकुडीले उनलाई अन्तिम सलामी अर्पण गरेको थियो ।

विजेता घोषणा गरी प्रमाणपत्र पाऊँ भन्दै उमेश श्रेष्ठले दिए निवदेन

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर:२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार काठमाडौंको आयोगको कार्यालयमा पुगेर उनले यस्तो निवेदन दिएका हुन् ।निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने श्रेष्ठको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभाको उमेदवार रहेका श्रेष्ठलाई भारी मतान्तरले हराएको थिए । लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका छन् । यता आयोगले भने पद रिक्त भएको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।

रविबारे सर्वोच्चको फैसलाप्रति संसदमा ओलीको विरोध, अदालतले कसलाई न्याय दियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना गर्दै उनको बचाउ गरेको छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आइतबार संसदमा बोल्दै अदालतको फैसलाको कडा शब्दमा आलोचना गर्दै लामिछाने प्रति उच्च सहानुभूति व्यक्त गरेको छन् । ‘रवि लामिछानेको नागरिकता विवादबारे गरेको फैसला सुनेर म अचम्मित भए, सर्वोच्च अदालतको फैसलाबाट कसले न्याय पायो रु अदालतले कसलाई न्याय दियो ?’ ओलीले संसदबाट अदालतलाई प्रश्न गरेका छन् । रवि लामिछानेले राज्यको अहितमा पनि काम नगरेको र कानुनी मिच्ने काम पनि नगरेको ओलीको दावी छ । ‘नागरिकले राज्यलाई नोक्सान गर्यो, कानुन मिच्यो भने कानुनी कारवाही हुन्छ, तर अदालतको फैसलाले शुक्रबार रवि लामिछानेको नागरिकता गुम्यो आइतबार पुरानै नागरिकता पाए, अदालतको फैसालाको के अर्थ रह्यो, के मूल्य रह्यो,’ ओलीले प्रश्न गरेका छन् । लामिछाने ढोका खुला देखेर फुत्त संसदमा नछिरेको ओलीको भनाई छ । ‘निर्वाचन आयोगले तोकेका सबै मापदण्ढ पूरा गरेका छन्, सर्वाधिक मतले चुनाव जितेका छन्, उनलाई लोकले सांसद बनाएको हो, त्यत्तिकै संसदमा छिरेका होइनन्,’ उनले भने । ‘सर्वोच्च अदालतको फैसलाले पछि रवि लामिछानेको उपप्रधानमन्त्री पद गयो, गृहमन्त्रीको पद गयो, संसाद पद गयो, पार्टी अध्यक्ष पद गयो, यसले उनी र उनको पार्टीलाई गम्भिर असर परेको छ, अदालतको फैसलाले न्याय कसलाई भयो ?’ ओलीले फेरी प्रश्न गरे । ‘रवि लामिछानेसँग मेरो नाता सम्बन्ध पनि छैन । मेरो पार्टीको मान्छे पनि होइन । विचार मिल्ने मान्छे पनि होइन,’ एमाले अध्यक्ष ओलिले भने, ‘शुक्रबार नागरिकता गुम्यो, आइतबार पुरानै नागरिकता पायो, विदाका एक दिन नागरिकता खारेज गरेर सर्वोच्चको फैसला किन गर्यो ? अदालतको फैसलाको के अर्थ रह्यो, प्रक्रिया पुगेको छैन, आइतबार नागरिकता लिएर आउँ मात्र भनेको भए भैहाल्थ्यो ।’ यस्तै, लामिछानेको बारेमा गरिएको फैसलाले गैरआवासीय नेपाली र विदेशमा रहेका तर मतदानको अधिकार माग गरिरहेका नेपालीमा ठूलो चोट परेको पनि उनले सुनाए । ‘विदेशमा बसेका नागरिकलाई मतदानको अधिकार माग उठिरहेको छ, मतदान अधिकार दिएपछि उम्मेदवार पनि बन्न पाउँछन, यस्तो अधिकार विदेशीले पाउँछन् कि पाउँदैनन, रवि त विदेशी नागरिक होइनन्, विदेशी नागरिकता त्यागिसकेका छन्, यो फैसलाले विदेशमा रहेका नेपालीलाई कस्तो असर गर्छ, गैर आवासीय नेपालीलाई कस्तो असर गर्ला ?’  उनले भने । यी विषयमा संसद गम्भिर बन्नुपर्ने र कानुनमा कमि कमजोरी छन् भने सुधार गर्नुपर्ने उनको भनाई छ ।

झिनो अंकले बढ्याे सेयर बजार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा बढी भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै, आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् भने इस्टर्न हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने

काठमाडौं । मेटलाइफ फाउन्डेशनले महिला नेतृत्वको व्यवसाय विकासका लागि ५० हजार डलर दिने भएको छ । फाउन्डेसनद्वारा पौरखी नेपाललाइ महिला नेतृत्वको व्यवसाय विकासका लागि अमेरिकी डलर ५० हजार सहयोग गरेको हो । मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गर्दैछ । यस कार्यक्रम अन्तर्गत पौरखीले यी महिलाहरुको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्नेछन् । अमेरिकी डलर ५० हजारको सहायताद्वारा यस परियोजनाले ४ महत्त्वपूर्ण क्षेत्रहरू जस्तै उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्ने छ । पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पुर्याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन् । यो परियोजना एम एस सी ग्लोबल कन्सल्टिङसँग समन्वय गरीएको छ, जुन बुटिक परामर्शदाता फर्म हो जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको जनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘नेपाल जस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौतीहरू सामना गर्छन् । यी महिलाहरूलाई आफ्नो उद्यमहरू निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ । मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।’ मेटलाइफ फाउन्डेसनको महिला–नेतृत्व व्यवसायको लागी सहयोगको एक भागको रूपमा, फाउन्डेशनले पौरखी जस्तै साझेदारहरु संग काम गर्न को लागी तथा उनीहरुको क्षमताहरु निर्माण गर्नको लागी मार्गदर्शन र वित्तीय सेवाहरुको प्रावधान संग काम गर्नेछ जसले उनीहरुलाई सम्बन्धित कठिनाईहरु पार गर्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समतालाई अंगाल्ने विषयको समर्थनमा, मेटलाइफ फाउन्डेसनको कार्यक्रमले महिला–नेतृत्व व्यवसायका महिलाहरुका लागि भारत, नेपाल र भियतनाममा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्दै राम्रो जीवनयापनका अवसरहरू निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।