सिप्रदीले अब बाग्लुङबाट पनि सेवा दिने
काठमाडौं । टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङबाट पनि हुने भएको छ । सिप्रदी ट्रेडिङ्गले बागलुङमा २६औं शाखा संचालनमा ल्याएको छ । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरेको हो । सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्ने प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए । साथै, टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरु प्राप्त गर्न सकिने उनले जानकारी दिए । टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ, यदि नभएमा प्रति दिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ, उनले भने । ‘त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित बीमा दाबी सुविधाको साथमा ६० दिन भित्र गाडि मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ, ग्राहकहरुको गाडि संचालन खर्चलाई न्यूनिकरण गर्नको लागि विविध खालको एएमसि सुविधाहरु पनि प्रदान गर्नेछ, अफरोड भएका गाडिहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ,’ उनले थपे । उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरु भएकाे छ ।
वैशाख १ गतेदेखि श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने
काठमाडौं । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन् । अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पु¥याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ । आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेको भनाइ छ । यसअघि सातवटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको कामा अघि बढाइएको थियो । त्यसपछि पनि श्रमिकलाई दुःख दिने, फाइलहरु अनावश्यक रुपमा अल्झाउने गुनासाहरु मन्त्रालयमा पुग्ने गरेका थिए । सोही आधारमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले जनाएको छ ।
रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक, कोको परे ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो । रास्वपाले चितवन क्षेत्र नं २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे तथा बारा क्षेत्र नं २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । सो पार्टीले प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय आज दिउँसो ११ बजेसम्मका लागि तय गरेको प्रवक्ता डा ढकालले बताए ।
महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण
काठमाडौं । साहित्यकार महेशराज खरेलको पहिलो उपन्यास ‘यात्रा जिन्दगीको’ एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीलगायतले सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै सभामुख घिमिरेले खरेलको उपन्यासमा पूर्वी पहाडी जीवन छर्लङ्ग देखिएको बताए । उनले भने, ‘यस उपन्यासमा हामी हुर्किएको समाज, हामीले भोगेको पूर्वी पहाडको जीवन र त्यहाँको परिवेशको यथार्थ चित्रण गरेका छन् ।’ उपन्यास सार्वजनिक उप्रान्त भएको परिचर्चामा पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. फणिन्द्रराज निरौलाले खरेलको उपन्यास प्रगतिधारामा उभिएको बताए । उनले यस कृतिमा खरेलका जीवन भोगाइ प्रस्तुत भएकोले यसलाई उपन्यास भन्ने कि नभन्ने विषयमा शंका रहेको उल्लेख गरे । अर्का समीक्षक डा. रजनी ढकालले उपन्यासको केन्द्रमा उपन्यासकार खरेलकी आमा अयोध्या खरेल रहेको, उनको त्याग, समर्पण र संघर्षका कथाहरू भएको उल्लेख गर्दै कृतिको नाम ‘अयोध्या’ राखेको भए हुने जिकिर गरिन् । नेपाली साहित्यिकवृत्तमा पहिले पनि अनुभवोन्यासहरू आइसकेकाले यसलाई उपन्यास भन्न सकिने उनको तर्क थियो ।शुभकामना मन्तव्य दिँदै प्रा.डा. गोविन्दराज भट्टराईले खरेलको कृतिमा जीवन दर्शन रहेको उल्लेख गरे । त्यस्तै प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वी पहाडबाट बसाइ सर्न बाध्य पारिएका परिवारहरूको कथा यसमा रहेको बताए । शब्द संयोजन साहित्यिक मासिक पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उपन्यासकार खरेलकी ९१ वर्षीया आमा अध्योध्या खरेल, उपन्यासकार खरेल, कवि वासुदेव अधिकारी, सुमी लोहनीलगायतले बोलेका थिए ।
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : विष्णु पौडेल
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महशुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए । ‘अहिले म तिथिमितितिर जान्न, मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो, यसरी वा त्यसरी जे होस् कुनैपनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ, यदी एमालेले त्यो आवश्यक्ता महशुस ग¥यो भने केही हप्ताको काम हुन्छ,’ उनले भने । उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको जानकारी दिए उनले वर्तमान संसदले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताए ।
उडानका क्रममा भिडियो खिच्ने तीन क्याबिन क्रु निलम्बनमा
काठमाडौं । उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दल (क्याबिन क्रु) लाई बिहीबारदेखि लागु हुने गरी निलम्बन गरेको हो । बिहीबार निर्णय गर्दै अर्काे सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरिएको जनाएको छ । उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन। पछिल्लो समय हवाई उडान मापदण्ड अल्लंघन गरेको भन्दे क्यानले विभिन्न वायुसेवा कम्पनीका चालक दलका सदस्यलाई धमाधम कारवाही गर्दै आएको छ ।
प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेकाे छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतननिवासमा पुगेका छन्। दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका उनी पौडेलसँग छलफल गर्न बिहान ९ बजे शीतलनिवास पुगेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।