१० रुपैयाँले घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य
काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएकाे छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको मूल्य घटाएकाे हाे बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेकाे छ । सो निर्णयसँगै पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो ।
स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारितसँग आग्रह गरेको छ । महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज उद्योगमन्त्री रिजाललाई भेट्न गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा अहिलेको सङ्कट समाधानका लागि उद्योग मन्त्रालयले ठोस पहल गर्न पनि आग्रह गरेको हो । ‘बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरिएको छ, महासङ्घको पहलमा निर्माण भएको यो नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ, अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उद्योग मन्त्रालयको भूमिका बढाउनेबारे पनि आग्रह गरिएको छ,’ मन्त्री रिजालसँगको भेटबारे महासङ्घले प्रेस विज्ञप्तिमा भनेको छ । बजारमा तरलता अभावको समस्याका कारण माग खुम्चिँदा उद्योग व्यवसायहरु आधा भन्दा कम क्षमतामा चलिरहेकोलेबारे मन्त्री रिजाललाई जानकारी गराएको महासङ्घले जनाएको छ । त्यस्तै, अहिले आर्थिक अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र वितरणमुखी कार्यक्रममा कटौती गर्नुपर्ने सुझाव पनि महासङ्घले दिएको जनाएको छ । मन्त्री रिजालसँगको भेटमा लगानी बढाउनुपर्ने, निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने, बाह्य लगानी भित्र्याउन पहल गर्नुपर्ने, उधारो उठाउने सम्बन्धि कानून ल्याउनुपर्नेलगायतका सरकारले तत्काल गर्नुपर्ने कामबारे सुझाव दिइएको महासङ्घले जनाएको छ । त्यस्तै, महासङ्घको भिजन पेपर ‘राष्ट्रिय आर्थिक रुपान्तरण नेट–२०३०’ कार्यान्वयनबारे मन्त्रालयसँग भएको समझदारीलाई अगाडि लैजाने विषयमा छलफल भएको पनि महासङ्घले जनाएको छ ।
सगरमाथा जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । प्रभु क्यापिटल र सगरमाथा जलविद्युत कम्पनीबीच सम्झौता भएको छ । क्यापिटल र सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको हो । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले सगरमाथा जलविद्युत कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
सिद्धार्थ बैंकले चार हजार बढी विद्यार्थीलाई सिकायो वित्तीय साक्षरता
काठमाडौं । बैंक तथावित्तीय संस्थाको मुख्यकामवित्तीय कारोबार हो । वित्तीय कारोबारसँगै संस्थागत सामाजिकउत्तरदायित्व र वित्तीय साक्षरतामापनि बैंकहरु अग्रसर छन् । पछिल्लो समय आम सर्वसाधारण तथा आम युवाहरुमाझ वित्तीय साक्षरता सिकाएर सबैको मन जितिरहेको छ सिद्धार्थ बैंक । यतिबेला सिद्धार्थ बैंक स्कूल–स्कूल र कलेज–कलेजमा पुगेर विद्यार्थीहरुलाई वित्तीय साक्षरता सिकाइरहेको छ । ‘मनी म्यानेज्मेन्ट’ कसरी गर्ने भन्ने विषयमा विद्यार्थीहरुसामू पुगेर बैंकले आम युवाहरुको मन जितिरहेको छ । पछिल्लो समय नोटको कारोबारमा कमि आउनुका साथै डिजिटल कारोबारमा सबैको आकर्षण बढेपछि वित्तीय कारोबारलाई कसरी डिजिटलमा जोड्ने भन्ने विषयमापनि बैंकले युवाहरुलाई सिकाइरहेको छ । बैंकले गत साताअर्थात् चैत ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रुपमाभएको ‘ग्लोवल मनी विक २०२३’ को अवसरमा पनि विभिन्न कलेज तथा विद्यालयहरुमा पुगेर वित्तीय साक्षरता कार्यक्रमहरु गरिरहेको छ । आम युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाउँदै आएको ग्लोबल मनी विक सिद्धार्थ बैंकले पनि देशभरमा रहेका आफ्ना शाखाहरु मार्फत् भव्यताका साथ मनाएको हो । ग्लोबल मनी विक २०२३ को थिम ‘‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’’ र ग्लोबल मनिविकको स्थायीनारा ‘लर्न, सेभ, अर्न’ (सिक, बचाउ र कमाउ)लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले देशको सातै प्रदेशकाशाखाहरुमार्फत् वित्तीय साक्षरताको कार्यक्रम गरेको हो । बैंकले कोशी प्रदेशमा १७ वटा,मधेश प्रदेशमा ८ वटा, बाग्मतीप्रदेश (उपत्यकाभित्र) मा ५१ वटा, बाग्मतीप्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरीकुल ९८ स्थानहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरेको हो । ती कार्यक्रमहरुमा २ हजार १ सय १८ जनामहिला र २ हजार ७२ जनापुरुष गरी कुल ४ हजार १ सय ९० जनाको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले आयोजना गरेको कार्यक्रमबाट धेरै वित्तीय ज्ञान हासिल गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले बैंकले आयोजना गरेको कार्यक्रमबाट ‘मनीम्यानेज्मेन्ट’मा पनि धेरै सहयोग पुग्ने पनिबताएका छन् । बैंकले भौतिक रुपमाकार्यक्रम आयोजना गरेर ग्लोबल मनी विक आयोजना गरेको छ भने पछिल्लो समय निकै चर्चामा रहेका सामाजिक सञ्जालहरुको पनि सदुपयोग गरेर वित्तीय साक्षरताकार्यक्रम गरेको छ । बैंकले सामाजिक सञ्जाल फेसबुक मार्फत् सातदिन दैनिक क्विज प्रतियोगिता आयोजना गरेको थियो । यसका साथै टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ को शीर्षकमा भिडियो कन्टेस्ट प्रतियो गिताआयोजना गरीअधिकतमलाईक्स प्राप्त गर्ने तीन प्रतियोगीहरुलाई क्रमश: ३० हजार,२० हजार र १० हजार रुपैँयाको पुरस्कार पनि प्रदानगरेको थियो । ती प्रतियोगितामा उल्लेख्नीय सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतनाप्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमामनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोवलमनीविक २०२३’ को उद्देश्यहरुलाई प्राप्तगर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ । युवामावित्तीय ज्ञान र सीपमार्फत्व्यवहारिकरूपमा सबल र सक्षमबनाई विवेकशीलवित्तीय निर्णय लिन सक्षमबनाउने उद्देश्यका साथग्लोबल मनीविकमनाएको बताएको छ । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामामनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफइकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइन्छ । नेपालमापनि राष्ट्र बैंकको संयोजकत्वमाविभिन्न बैंक तथावित्तीय संस्थाहरुले मनाएका छन् । विश्व वित्तीय सप्ताहकिशोर तथा युवाहरुमा वित्तीयशिक्षाको महत्व बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमामनाइने अभियान हो । बालबालिकातथायुवाहरुमावित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिनअभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।
२२ औं वर्षमा कुमारी बैंक, विभिन्न सेवामा छुटको घोषणा
काठमाडाैं । कुमारी बैंकले २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न विशेषतायुक्त बैंकिङ्ग सुविधा योजना ल्याएकाे छ । बैंकले ग्राहकहरूलाई थप बचत गर्ने अवसर प्रदान गर्दै सम्पूर्ण बचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट प्रदान गर्दै विभिन्न साझेदारहरू मार्फत थप सुविधाहरु पनि ल्याएकाे छ । यसका साथै बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि निः शुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कहरूमा पनि छुट प्रदान गर्ने जनाएकाे छ । साथै, बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ्ग मुद्दति’ खातासमेत संचालमा ल्याएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रवाह गर्दै आएको छ ।
टिभिएसले ल्यायो नयाँ वर्षको अफर, पक्का डिस्काउन्टदेखि नि:शुल्क हेलमेट पनि
काठमाडौं । टिभिएसले नयाँ वर्षको अवसरमा आकर्षक अफरहरु लिएर आएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीको अनुसार यस अवसरमा अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ । त्यसका साथै, कम्पनीले ० प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि दिने जनाएको छ । चैत्र १९ बाट सुरु भएको यो अफर देशैभर सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।
मिटरब्याज पीडितको समस्या समाधानका लागि छानवीन समिति गठन
काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डिआईजी गणेशबाबु अर्याल रहेको सो छानवीन समिति गठन गरेको हो । समितिलाई मिटरब्याज पीडितहरुको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको पनि नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ । मिटरव्याज पीडितहरुलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले सो निर्णय पनि गरेको मन्त्री शर्माले बताइन् । त्यसैगरी, मन्त्रीपरिषद बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको छ । गृहमन्त्री र गृहसचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको सो कार्यविधि खारेज गर्ने निर्णय गरिएको पनि मन्त्री शर्माले बताइन् ।
विदेश जाने बढेसँगै बीमा कम्पनी मख्ख, नाफामा उछाल आउने
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या दिनानुदिन बढ्दो छ । स्वदेशमा भन्दा विदेशमा राम्रो अवसर देखेको र देश आर्थिक संकटको घडीमा रहेसँगै विदेश जानेहरुको क्रम ह्वात्तै बढेको हो । विदेश जानेको संख्या बढेसँगै त्यसको सकारात्मक प्रभाव जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेखमा परेको छ । गत साउनमा ८ लाख ७९ हजार जनाले उक्त बीमा गरेका थिए भने फागुनसम्ममा संख्या बढेर १३ लाख ९३ हजार नाघेको छ । जसले प्रिमियम संकलन पनि ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्ष अर्थात साउनदेखि फागुनसम्ममा मात्रै यो बीमा पोलिसीबाट २ अर्ब २३ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन भएका छन् । जुन गत साउनको तुलनामा ८०९ प्रतिशत बढी हो । गत साउनमा ५ कम्पनीले उक्त बीमा पोलिसीबाट २४ करोड ५४ लाख रुपैयाँ संकलन गरेका थिए । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन साविकको बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) ले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा सम्बन्धमा निर्देशिका ल्याएको हो । सोही अनुसार जीवन बीमा कम्पनीहरुले उक्त पोलिसी बिक्री गरिरहेका छन् । उक्त पोलिसी बिक्री गर्नेमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनी मात्रै आवद्ध छन् । आवद्ध रहेका ११ वटा कम्पनीमध्ये १० वटा कम्पनीले मात्रै उक्त पोलिसी बिक्री गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भने चालु आवमा वैदेशिक रोजगार बीमालेख बिक्री नगरेको बीमा प्राधिकरणले तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले सर्वाधिक प्रिमियम उठाएको छ । इन्स्योरेन्सले फागुनसम्ममा वैदेशिक रोजगार बीमालेख बिक्री गरि ८३ करोड ७१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत माघको तुलनामा ८.०३ प्रतिशतले बढी हो । गत माघसम्ममा कम्पनीले ७७ करोड ४९ लाख रुपैयाँ बराबरको उक्त पोलिसीबाट प्रिमियम गरेको हो । त्यस्तै, प्रतिशतको आधारमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ छ । माघदेखि फागुनसम्मको एक महिनामै नेपाल लाइफले ५२.३९ प्रतिशतले प्रिमियम बढाएर २ करोड ४२ लाख बढी रुपैयाँ संकलन गरेको छ । त्यसैगरी रिलायन्स लाइफले ४१.४९ प्रतिशत, नेशनल लाइफले ३६.७९ प्रतिशत, आइएमई लाइफले २१.६५ प्रतिशत, रिलायबल नेपाल लाइफले १८.१६ प्रतिशत र सिटिजन लाइफले १०.७७ प्रतिशतले वैदेशिक रोजगार बीमालेख बिक्रीबाट प्रिमियम उठाएका छन् । १० कम्पनीमध्ये पनि ७ वटा कम्पनीले अर्बौं बढी प्रिमियम संकलन गरेका छन् । जसमा सन नेपाल, सूर्यज्योति लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, सानिमा लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । बाँकी तीन कम्पनी नेशनल लाइफ, रिलायन्स र प्रभु लाइफले १० करोडभन्दा कम प्रिमियम संकलन गरेका छन् । ‘कुनै पनि व्यक्ति वैदेशिक रोजगारमा जाँदा बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था छ, त्यसको प्रत्यक्ष प्रभाव जीवन बीमा व्यवसायमा परेको हो,’ सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार खत्रीले बताए । व्यवसाय बढेसँगै नाफामा वृद्धि हुने उनको भनाई छ । ‘प्रिमियम आएपछि क्लेम अनुसारको भ्यालुएशन गर्नुपर्ने हुन्छ, उक्त भ्यालुएशनको रिर्पोटको आधारमा नाफामा कति असर गर्छ भन्ने हुन्छ, प्रिमियम बढेपछि नाफा ह्वात्तै बढ्छ भन्ने हुँदैन तर केही सुधार हुन्छ,’ उनले भने । कुन इन्स्योरेन्सले कति उठाए ?