यामाहाको नयाँ स्कुटर ‘एरोक्स १५५’ नेपालमा, मूल्य ४ लाख ७५ हजार पर्ने
काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटरकाे बिक्री सुर गरेकाे छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा बििक्री सुरु गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो । यामाहा एरोक्स १५५ मा आर १५ भी ३ मा भएको १५५ सीसी क्षमताको पावरफुल इन्जिन रहेको छ । योसँगै यामाहा एरोक्स नेपालमा नै पहिलो पटक एबीएस फिचर तथा लिक्विड कुल्ड इन्जिन भएको पहिलो स्कुटर भएको हो । कम्पनीले नेपाल भित्र्याएको एरोक्समा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा ५.८ इन्चको एलसीडी डिस्प्ले दिइएको छ । यो स्कुटरमा स्मार्ट कनेक्ट फिरच ‘वाइ कनेक्ट’ समेत उपलब्ध रहेको छ । एरोक्स १५५ मा एबिएस, डिस्क ब्रेक भीभीए इन्जिन जस्ता विशेषता रहेका छन् ।
नबिल बैंकका सीइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् । बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुङ्गाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीइओ भएका थिए । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुङ्गाना निजी बैंकमा काम गर्न आएका थिए । भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।
बजारले माग गर्ने जनशक्ति उत्पादन गर्न पाठ्यक्रम विकास गर्नुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएकी छिन् । सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)का अधिकारीहरुसँग छलफलमा उनले सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ कोर्ष आवश्यक पर्ने बताएकी हुन् । ‘सूचना प्रविधि अब सामान्य सिपमा आधारित विषय रहेन’– उनले भनिन्, ‘जसरी चिकित्साशास्त्रमा फरक फरक विषयमा विशेषज्ञ उत्पादन गरिन्छ, त्यसरी नै सूचना प्रविधिमा पनि फरक फरक विषयका विशेषज्ञ उत्पादन गर्नुपर्ने अवस्था आएकाले दक्ष र अर्धदक्ष जनशक्ति उत्पादन गर्ने सबै निकायले समयानुकूल पाठ्यक्रममा सुधार ल्याउनु आवश्यक छ ।’ नेपालमा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा जोड दिने र अर्धदक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने सवालमा के कस्ता कार्यक्रम तयार गर्न सकिन्छ, त्यसमा ध्यान दिन पनि उनले शिक्षा मन्त्रालय र सिटिईभिटीका अधिकारीहरुलाई आग्रह गरिन् । ‘हुन त यो शिक्षा मन्त्रालयको काम हो तर सूचना प्रविधिका जनशक्ति उत्पादनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि चासो छ’– उनले भनिन्– ‘अन्तर मन्त्रालय समन्वयको माध्यमबाट यसलाई अझै व्यवस्थित गर्न आवश्यक देखिएको छ, हामी हाम्रो मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं ।’ सिटिईभिटीका अधिकारीहरुले प्रिडिप्लोमा र डिप्लोमाअन्तर्गत कम्प्युटर इञ्जिनियरिङ र सूचना प्रविधिमा पठनपाठन भइरहेको भए पनि विद्यार्थीहरुको अपेक्षाकृत आकर्षण नदेखिएको जानकारी गराएका थिए । यो वर्ष प्रिबोर्डतर्फ कम्प्युटर इञ्जिनियरिङमा एक हजार नौ सय ६० कोटा रहेकोमा नौ सय १६ र सूचना प्रविधितर्फ दुई सय ५० कोटा रहेकोमा दुई सय ५० जनाले अध्ययन गरिरहेका छन् । तर, डिप्लोमातर्फ भने कोटाभन्दा आधा संख्यामा मात्रै विद्यार्थीहरुले पढिरहेका छन् । डिप्लोमा तर्फ कम्प्युटर इञ्जिनियरिङमा दुई हजार ५६ कोटा रहेकोमा नौ सय ३२ र सूचना प्रविधितर्फ एक हजार दुई सय कोटा रहेकोमा छ सय पाँच जनाले मात्रै पढिरहेका छन् ।
अब नेपालमै पाइलट पढ्न पाइने, दुई एभिएसन स्कुलले पाए अनुमति
काठमाडौं । नेपालमै पाइलट उत्पादनको लागि फ्लाइिङ स्कुल खोल्न दुई एभिएसन स्कुलले अनुमति पाएका छन् । आइतबार पर्यटन मन्त्रालयले शुभम एभिएसन र चन्द्र सुर्य एभिएनलाई फ्लाइिङ स्कुल खोल्न अनुमति दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीस्तरिय निर्णय गर्दै दुई एभिएसन स्कुललाई इजाजत दिएको बताए । उनका अनुसार प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने छन् । नेपालमा हालसम्म पाइलट उत्पादन गर्ने एभिएसन स्कुल रहेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको रोजाइमा पर्ने विषयमध्ये पाइलट पनि एक हो ।
अमेरिकाको फ्लोरिडामा ६ हप्तापछिको गर्भपतन गर्न नपाइने
एजेन्सी । अबदेखि अमेरिकाको फ्लोरिडा राज्यमा ६ महिना भन्दा माथिको गर्भपतन गर्न नपाइने भएको छ । फ्लोरिडाका गर्भनर रोन डेसेन्टिस (आर) ले गत बिहीबार राति ६ हप्ता पुरा भएको गर्भ पतन गर्न नपाइने कानूनमा हस्ताक्षर गरेका छन् । सो सँगै फ्लोरिडा गर्भपतनमा प्रतिवन्ध लगाउने पछिल्लो राज्य बनेको छ । फ्लोरिडा गर्भपतन गर्न चाहनेहरुको लागि उपयुक्त राज्य बनेको थियो । किनकी केही समय अगाडि देखि नै सो नजिकका अन्य राज्यहरु अलाबामा, जर्जिया, लुइसियाना र मिसिसिपीले गर्भपतन गराउने क्लिनिकहरुलाई बन्द गराएका थिए । फ्लोरिडा एलायन्स अफ प्लान्ड पेरेन्टहुड एफिलिएट्सका नीति निर्देशक एनी फिल्कोस्कीले एक्सियोससँग कुरा गर्दै सो निर्णयले अमेरिकाको दक्षिणी क्षेत्रमा ठूलो समस्या पर्न सक्ने भन्दै यसले आर्थिक समस्या समेत निम्त्याउन सक्ने बताएकी छन् । राज्यले लिएको निर्णयको विरुद्धमा महिला अधिकारवादीहरुले विरोध समेत जनाएका छन् ।
लुम्बिनी विकास बैंकका डेपुटी सीइओमा सुमन आचार्य
काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ । बैंकले आजबाट नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्यलाई नियुक्ती गरेको हो । उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविए सम्मको उच्च शिक्षा हासिल गरेका छन् । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमविएमा केन्द्रिय विभाग (व्यवस्थापन), किर्तीपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानीत भएका थिए । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गरेका थिए । उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ ।
एमाले अध्यक्ष ओली परे बिरामी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । उनलाई ज्वरो आएको छ । चिकित्सकहरुले उनलाई एन्टीबायोटिक औषधि चलाएका छन् । अहिले उनी घरमै स्वास्थ्य लाभ गरेर बसेको बताइएको छ । त्यसो त ओली स्वयंले आफू अस्वस्थ भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । उनले आफूलाई भाइरल ज्वरोको कारण स्वास्थ्यमा समस्या आएको बताएका छन् । आफू अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरेको उल्लेख गरेका छन् ।
के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुदलाई प्रबल जनसेवा श्री
काठमाडौं । के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन् । निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन । मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उध्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम यही बैशाख १ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो ।