विकासन्युज

जोशी हाइड्रोपावरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सोमबार कम्पनी र क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रति शेयर अंकित एक सय रुपैयाँको दरले एक कित्ता शेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

दुई हाइड्रोलाई ३७ करोडको आईपीओ जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रो पावरलाई ३७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले चिर्ख्वा हाइड्रो पावर र माथिल्लो मैलुन खोला जलविद्युत गरी दुई कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । यससँगै चिर्ख्वा हाइड्रो पावरले अंकित मूल्य एक सय रुपैयाँको दरले १२ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई कूल १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । त्यस्तै, माथिल्लो मैलुन खोलाले पनि अंकित मूल्य एक सय रुपैयाँको दरले २५ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत २५ करोड रुपैयाँ बराबरको सेयर स्थानीय र सर्वसाधारणलाई बिक्री गर्ने छ ।

विगतको कार्यकालमा गरेको कामको निरन्तरता नै मेरो जित्ने आधार हो – पाण्डे

नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को अधिवेशन यहि असार ३० गते हुन लागिरहेको छ । अधिवेशनले संस्थाको आगामी नीति तथा कार्यक्रम सहित नयाँ नेतृत्व समेत निर्वाचन गर्नेछ । सोही अधिवेशनबाट नेतृत्वमा आउनका लागि पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुको पदमा धेरैजना आकांक्षीहरुले आफ्नो उम्मेदवारीको अनौपचारिक घोषणा गरेका छन् । त्यस्तै, इक्यानको आगामी नेतृत्व अध्यक्ष पदका लागि विगतमा एकपटक अध्यक्ष भैसकेका शैक्षिक परामर्श व्यवसायी विष्णुहरी पाण्डेले पनि उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ उनै पाण्डेसँग विकासन्युजका प्रतिनिधिले समसामयिक विषयमा गरेको कुराकानीको छोटो अंश : नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को आगामाी अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । विगतमा एक कार्यकाल नेतृत्व गरिसक्नुभएको तपाईंले फेरि किन अध्यक्ष बन्ने चाहना राख्नुभयो ? म इक्यानमा २०१८ देखि २०२० सम्म अध्यक्ष बनेको थिएँ । मैले त्यतिबेला यस्ता गैरनाफामुलक संस्थाहरुमा प्रत्येक २÷२ वर्षमा अधिवेशन र प्रत्येक वर्षमा साधारणसभा हुनुपर्ने ट्रेन सेट गरेको थिएँ । त्यसपछि पनि साथीहरुको तर्फबाट मलाई अध्यक्षको लागि पुनः आउनुपर्यो भनेर माग आएको थियो, तर मैले निवर्तमान अध्यक्ष र अगाडिको अध्यक्षले आउने इच्छा गरेपछि छाडेँ । मैले त्यतिबेला तीनचारवटा विषयहरुलाई निरन्तर उठाएको थिएँ । एउटा नेपालमा विदेशी लगानी भित्रनुहुँदैन भन्ने मुद्दा उठाएको थिएँ । त्यो अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । त्यसलाई टुंगोमा पुर्याउनुपर्नेछ । अहिले महामारीको पनि कारण हुनसक्छ, तर, बल्ल साढे तिनवर्षमा साधारणसभा भइरहेको छ । बेथितिहरुलाई चिर्नुपर्छ, अब फरक ढंगले लैजानुपर्छ, इक्यान हिजो भन्दा आज ठूलो भएको छ, यसलाई नेता संगठनको रुपमा विकास गर्नुपर्छ भनेर १२ जना सल्लाहकार, पूर्व अध्यक्ष र सबै शाखाका अध्यक्षहरुले तपाईं अब फेरि नेतृत्वमा नआई भएन, कम्तिमा यो इक्यानलाई भाइब्रेन्ट बनाइदिनुपर्यो, विदेशी लगानीलाई रोक्दिनुपर्यो र एयरटेक कम्पनीहरुलाई रोक्नपर्यो भनेर आग्रह गर्नुभएको छ । त्यस्तै, इक्यानको एउटा घर होस्, जहाँ बसेर विभिन्न अनुसन्धानको कामहरु गर्न सकिन्छ । १०/१५ वर्ष अगाडिदेखि इक्यानको आफ्नै घर होस भनेर जुन सपना त्यो त्यसलाई निरन्तरता दिनुपर्छ । नेता संगठन भनिसकेपछि हामीलाई गभर्न गर्ने शिक्षा मन्त्रालयसँग नेटवर्किङमा बस्नुपर्ने, निर्देशिकाले पुगेन अब ऐनमा नै यो विषयलाई समावेश गरेर लैजानपर्ने र समय–समयमा मन्त्री सचिवहरु परिवर्तन हुँदा व्यवसायीहरुले दुःख पाउनुपर्ने जुन समस्या छ, त्यसलाई अन्त्य गरेर लैजानपर्ने र यसलाई प्रतिष्ठित व्यवसायको रुपमा स्थापित गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ । पछिल्लो समयमा शैक्षिक परामर्श व्यवसायीहरुको बीचमा कस्ता समस्याहरु विकास भइरहेका छन्, जसको समाधानको पहल आगामी नेतृत्वले गर्छ ? माथि नै मैले भनेका विषयहरु नै शैक्षिक परामर्श व्यवसायीहरुका समस्या हुन् र अबको नेतृत्वले यी सबै समस्याहरुलाई हल गरेर लैजाने विषयमा नेतृत्व गर्छ । खासगरी शैक्षिक परामर्श व्यवसायीहरु अपारदर्शी भए र कतिपय सन्दर्भमा म्यानपावर व्यवसायी जस्ता पनि भए भन्ने आरोप छ । इक्यानको भूमिका पनि पुगेन नी ? म अध्यक्ष हुँदा तत्कालीन कार्यसमितिले शिक्षा मन्त्रालयसँग नजिक रहेर समन्वय गर्ने, शिक्षा मन्त्रालय भनेको नियमन गर्ने निकाय हो, नियम बनाउँदाखेरी हामी स्टेकहोल्डरहरुलाई सोध्दै नसोधी बनाउने र अनि कार्यान्वयन गर भन्दा सम्भव छैन । स्टेकहोल्डरसँग बसेर एकीकृत योजना बनायो भने त्यसलाई कार्यान्वयन गर्न इक्यान तयार छ । यदि हामी आँफैसँग पनि त्यस्ता केही फोहोरमैला रहेछन भने त्यसलाई क्लिन गरेर शिक्षा जस्तो क्षेत्रमा काम गर्ने प्रतिष्ठित संस्थाको रुपमा अगाडि बढोस भन्ने चाहना छ । त्यसको लागि आगामी नेतृत्वले कदम चाल्न पनि तयार छ । अहिलेसम्मको अवस्थामा इक्यानको आगामी नेतृत्वका लागि चार जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यी प्रतिस्पर्धीहरुको बीचमा तपाईंको बिजयीको आधार के छ ? मैले माथि भनेका विषयहरु, मैले मेरो २० महिने २० दिनको कार्यकालमा गरेका कामहरु मेरो इनिसियसन र निर्णय लिने क्षमता नै मेरो बिजयीका आधारहरु हुन् । अर्को भनेको मेरो कार्यकालमा एकसय ७३ वटा इतिहासमा नै धेरै सदस्यता थप भएको थियो । यसपटक मैले तीनसयवट थप गर्ने योजना बनाएको छु । सो सँगै यो क्षेत्रमा भएका समस्याहरु र त्यसको समाधानको उपायहरुमा मैले विगतको कार्यकालमा जे गरेँ त्यसको निरन्तरता नै मेरो जित्ने आधार हो ।

३ अर्ब लगानीमा लुम्बिनीमा पोड–वे बनाउने प्रस्ताव, सरकारबाट अनुमतिको पर्खाइ

काठमाडौं । लुम्बिनीमा करीब ३ अर्ब लागतमा पोड–वे बनाउने प्रस्ताव अघि बढाइएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोड–वे बनाउन गरिएको प्रस्तावमा योजना आयोगले छलफल गरिरहेको छ । पोड–वे मास ट्रान्सपोटेसनको क्षेत्रमा नयाँ प्रविधि हो । यो २ देखि ४२ सीट हुने इलेक्ट्रिक सवारी हो । विकसित मुलुकहरूमा यातायातको नयाँ प्रविधिकोरूपमा पोड–वेको प्रयोग हुने गरेको छ । लुम्बिनीमा पोड–वे बनाउने गरी योजना आयोग र पुरातत्व विभागमा प्रस्ताव पेस गरिएको काठमाडौं पोड–वे कम्पनी प्रालिका उपाध्यक्ष निल भट्टराईले जानकारी दिए । कम्पनीले आगामी आर्थिक वर्षबाट लुम्बिनीमा पोड–वे बनाउने योजनासहित पूर्व तयारीको काम गरिरहेको उनले बताए । युरोपियन स्ट्याण्डर्डमा पोड–वे बनाउँदा प्रति किलोमिटर करीब ४० देखि ५० करोड खर्च लाग्ने भट्टराईले बताए । आन्तरिक र बाह्य पर्यटकहरुलाई लुम्बिनी अवलोकनमा सहज बनाउने गरी ६ किलोमिटर पोड–वे बनाउने प्रस्ताव योजना आयोगमा पेस गरिएको भट्टराईले बताए । लुम्बिनी गुरू योजना क्षेत्रभित्रको मनास्ट्री र साँस्कृतिक क्षेत्रको अवलोकन गर्न सहज बनाउने गरी पोड–वे निर्माणको प्रस्ताव गरिएको भट्टराईले बताए । निर्माणको काम सुरु गर्नको लागि योजना आयोगको स्वीकृति चाहिने भएकाले अहिले आयोगको अनुमति पर्खिरहेको उनले बताए । योजना आयोगबाट नीतिगत सम्बोधन भएपछि लगानी बोर्डमार्फत योजना अगाडि बढाइने उनले बताए । ‘योजना आयोगबाट छिट्टै नीतिगत सम्बोधन हुने र आगामी आर्थिक वर्षबाट पोड–वे बनाउने लक्ष्य लिएका छौं,’ उनले भने । लुम्बिनीमा पोड–वे बनाउनको लागि पुरात्व विभागको पनि स्वीकृति चाहिने भएकाले दुवै निकायमा एकै पटक अनुमतिका लागि आवेदन गरिएको उनले बताए । असार भित्रमै सम्बन्धित निकायहरुबाट अनुमति आउने अपेक्षासहित योजना आयोग र पुरातत्व विभागमा छलफल भइरहेको उनले जानकारी दिए । आयोगबाट स्वीकृति पाएसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भट्टराईको भनाई छ । मास ट्रान्सपोर्टेशनमा पोड–वे नयाँ प्रविधि भएको र यसका लागि आवश्यक नीति नभएकाले काम गर्ने अनुमति पाउन समय लागेको उनले बताए । सरकारी निकायले निर्माण स्वीकृति दिए देशव्यापीरुपमा पोड–वे बनाउँदै जाने योजना रहेको भट्टराईले बताए । सम्बन्धित समाचार नेपालमा पोड वे : भाडा र सामान ढुवानी सस्तो, बिजुली खपत भएर पेट्रोल र डिजलको पनि विस्थापन  १० वर्षभित्र हजार किलोमिटर पोड वे बनाउँछौं, हजारौंलाई रोजगारी दिन्छौं : निल भट्टराई

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

  काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् । यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । यसैगरी सुन सङ्कलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ । कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले जानकारी दिए । उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड रुपैयाँको कारोबार देखिएको छ । शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामङ्गलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । तस्करी गर्नेहरूले पाँच हजारदेखि १० हजार रुपैयाँ दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए । रासस

लुम्बिनी विकास बैंकको १६औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा अवस्थित ‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । साथै, यस विकास बैंकले बार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्ष भन्दा बढि विभिन्न तह र जिम्मेवारीमा रहि सेवा प्रदान गरेका १२ जना कर्मचारीहरुलाई सम्मान गरेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीलाई दिर्घसेवा पदक र मायाको चिनो प्रदान गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उपस्थित सम्पूर्णमा शुभकामना सहित स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष चिन्तामणी भट्टराईले सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिए । हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा जोशी

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न नेपाली युवा उद्यमी मञ्च १९औं वार्षिक साधारण सभाले साहारा जोशीको नेतृत्वमा २०८०/८१ का लागि नयाँ राष्ट्रिय गभर्निङ काउन्सिल गठन गरेको छ । नयाँ राष्ट्रिय गभर्निङ काउन्सिलका अन्य पदाधिकारीमा तत्काल अघिका पूर्वअध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, द्वितीय उपाध्यक्ष निभिता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् । काउन्सिलका कार्यकारिणी सदस्यहरुमा बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, आभूषणज्योति कंसाकार र युनेशराज श्रेष्ठ छन् । काठमाडौंको र्याडिसन होटलमा सम्पन्न साधारणसभा ‘नेसन फस्र्ट’ नारामा केन्द्रित थियो । उक्त नारालाई केन्द्रमा राखेर मञ्चका यस वर्षका गतिविधिहरू मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंलगायत देशका विभिन्न ठाउँमा मेड इन नेपाल प्रदर्शनी आयोजना गरिएको थियो । यस वर्षको उद्देश्य च्याप्टरलाई सुदृढ गर्ने, संगठनात्मक उपस्थिति बढाउने र राज्यका तीनवटै तहमा बलियो प्रभाव पार्ने विषय पनि समावेश थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा विभिन्न साझेदार संस्थाका आमन्त्रितहरुको पनि बाक्लो उपस्थिति थियो । कार्यक्रममा मञ्चका विगतका गतिविधि र भावी पहलबारे प्रस्तुति दिइएको थियो । नवनिर्वाचित अध्यक्ष जोशीले २०८०र८१ को लागि आफ्नो योजना प्रस्तुत गरेका थिए । समितिका सबै सदस्यले फोरमको मूल मूल्यमान्यता अनुरूप उद्यमशीलता र विकासको भावनालाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् । उद्यमशीलता र युवाको क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य राख्दै नेपाली युवा उद्यमी मञ्चले सकारात्मक र समृद्ध नेपाल निर्माणमा योगदान पु(याउने प्रयास जारी राख्ने वाचा गरेको छ । नवनिर्वाचित अध्यक्ष जोशीले भनिन् ‘मञ्चले इच्छुक भावी युवा उद्यमीलाई युवा उद्यमी सम्मेलन, लिडर्स प्रोजेक्ट, मेड इन नेपाल क्याम्पेन जस्ता पहलहरूमार्फत निरन्तर सहयोग गर्दै आएको छ र हामी यस अभियानलाई निरन्तरता दिँदै थप मजबुत बनाउनेछौं ।’ नयाँ समितिले सिकाइ र प्रगतिलाई बढावा दिन उद्यमीहरूबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनको महत्वमा पनि जोड दिएको छ ।

साउने सोमबारको व्रत सुरु (फोटोफिचर)

काठमाडौं । चान्द्रमास अनुसार साउन महिनाको पहिलो सोमबार काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर मन्दिरमा देखिएको भक्तजनको चहलपहल । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्न आएका भक्तजन । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । तस्बिर : रासस