विकासन्युज

इकोविट ब्राण्डका जुनसुकै स्कुटर किन्दा १५ हजारसम्म नगद छुट

काठमाडौं । ग्लोबल सेभेन प्रा.लि.ले इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ । प्रविधिमा भएको आमुल विकास र वातावरणको स्वच्छता र विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोग बढीरहेको अवस्थामा कम्पनीले उक्त विद्युतीय स्कुटरहरु बजारमा ल्याएको हो । पहिलो पटक करिब १० महिना अघि नेपाल भित्र्याइएका यी स्कुटरहरु बलिया र आकर्षण रहेको कम्पनीको भनाई छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १५ गतेदेखि मंसिर ९ गतेसम्मका लागि इकोविट फेस्टिवल भाइब्स स्कीम लागू गरेको छ । यो स्कीम अन्तर्गत कम्पनीले इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा अधिकतम् १५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था छ । जसमा गोलाप्रथा मार्फत तत्काल छुट हुने गरी ७ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको छुटको व्यवस्था रहेको कम्पनीको भनाई छ । साथै एक वर्षको कर समेत कम्पनीले नै तिरिदिने र हरेक स्कुटरको साथमा एउटा हेलमेट समेत निःशुल्क दिने कम्पनीले बताएको छ । साथै, यी स्कुटर खरिदमा फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको तर फाइनान्स र एक्स्चेन्जमा भने यो स्कीम लागू नहुने बताइएको छ । फाइनान्स  ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरु खरिद गर्दा न्युनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशत सम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । अधिकतम १८ महिनासम्मको सरल किस्तामा शुन्य प्रतिशत व्याजदर लागु हुनेछ । एक्स्चेन्ज  ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्नेछन् । त्यसका लागि पुरानो साधनको मूल्य कम्पनीले तोक्ने छ । स्कुटरको बारेमा आरथ्री ३००० बाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ३ लाख ८० हजार रुपैयाँमा राखिएको छ । आरथ्री प्रो ४००० वाट क्षमताको गियर मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ५ लाख ३० हजार रुपैयाँ तथा सिंगल बेट्रीमा ४ लाख ३० हजार रुपैयाँ मूल्य राखिएको छ । भ्याक्स ३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य २ लाख एक हजार रुपैयाँ राखिएको छ । ई रेट्रो स्टार २००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मूल्य डबल बेट्रीमा ३ लाख ३४ हजार रुपैयाँ र सिंगल बेट्रीमा २ लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले कारवाही स्वरुप दुई लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ । त्यस्तै, महानगरले कारवाही बाहेक विभिन्न तीन वटा निर्देशन समेत दिएको छ । महानगरले आखाद्य वस्तु बजारमा जानुपूर्व फिर्ता लैजाने व्यवस्था गर्न, प्याकिङ पछि रसायनिक, भौतिक दुर्व रुपमा गुणस्तर कायम गर्न र अखाद्य स्लाइसको लटमा बजार गइसकेको गुणस्तरहिन उत्पादन भएको भएका पुनः परीक्षण गर्न बरुण वेभरेजलाई निर्देशन दिएको छ ।

ब्रोकर नं. ७४ को प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र बाेर्डबाट सिमित कार्य गर्न अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट (ब्रोकर नम्वर ७४) को कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७९।६।१३ गते दर्ता भएको थियो । कम्पनीले हालै मात्र आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरी नेतृत्व समेत चयन गरी सकेको छ । साधारण सभाले शेयरधनी प्रदिप के.सी.को अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उद्धवराज पौड्याल, डिल्लीराम बांस्तोला, विलाल अधिकारी सञ्चालक सदस्य रहेका छन् भने शालिकराम अधिकारीलाई प्रवन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ । कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राम कुमार के.सी. को प्रमुख आतित्थ्यतामा यहि २०८० असोज ६ गते सो साधारण सभा सम्पन्न भएको थियो । प्रथम साधारण सभामा कार्यकारी अध्यक्ष  शालिकराम अधिकारीले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, कम्पनीको प्रगती विवरण, भावी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था समेतका विषयमा प्रस्तुती गरेका थिए । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम कुमार के.सी .ले विभिन्न आरोह अवरोह पार गरी कार्य सञ्चालन प्रारम्भ गरेकोमा बधाई दिंदै कम्पनीले ग्राहक मैत्री नीति अबलम्वन गरी नेपाली धितोपत्र वजारमा एक सफल र नमुना ब्रोकर कम्पनीकोरुपमा स्थापित हुन सफलता मिलोस् भनि शुभकामना दिए । यही २०८० भदौं १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमार्फत विधिपुर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केटले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य संख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा द्वारा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरी रहेको छ । यस कम्पनीले प्रचलित कानुनको पुर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभुत मुल्य मान्यताहरुलाई आत्मसाथ गर्दै ग्राहकको सन्तुष्ठीलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शिघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । भविष्यमा आवश्यक प्रकृया पुरा गरी पोखरा, वुटवल, नेपालगंज, विराटनगर लगायत प्रमुख शहरहरुमा शाखा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न संभाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।

होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) लगायतका उद्योगी व्यवसायीहरुले उद्योग मन्त्री रमेश रिजाललाई भेट गरी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको हो । ‘व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी गानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुन्याएको छ,’ मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाउँदै समितिका सभापति बस्नेतले भने, ‘तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन आग्रह गरेको छ ।’ अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होल क्षेत्रले पर्यटकिय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होलको विशेष योगदान हुने वस्नेतले जानकरी दिए । साथै सोका लागि होटल व्यवसायका लागि विद्युतको सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ । समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ । ‘अहिले ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ समितिले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ,’ ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’होटल व्यवसायमा विदेशी ब्राण्ड र लगानी बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन ऐनमा भएको उक्त प्रावधान तत्काल हटाउनुपर्ने बस्नेतले बताए । उद्योग मन्त्री रमेश रिजालले प्रतिनिधिमण्डलको ज्ञापन पत्रको अध्ययन गर्ने र समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने गरी प्रतिवेदन तयार गर्न सचिव र महानिर्देशकलाई अनुरोध पनि गरेका छन् । मन्त्री रिजालसँगको भेटमा पर्यटन तथा हवाई समितका सल्लाकार तथा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

फाइल फोटो म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए । वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन् । आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ । रासस/एएफपी

सिटी एक्सप्रेसको अफर : विदेशबाट पैसा पठाउनेलाई उपहार, एकजनाले १० गुणा पाउने

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ठूला चाडपर्वलाई लक्षित गर्दै विशेष स्किम घोषणा गरेको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरिएको बताएको हो । विशेष स्किम घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई जनही १००,०००(एकलाख),  हरेक हप्ता ५ जनालाई जनही २५,००० तथा  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रूपैयाँको वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने बताइएको छ । कम्पनीकाअनुसार यस ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ अफर असोज १५ देखि मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनसक्नेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले बताएकाे छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

दोलखाबाट ४ किलो सुन बरामद

काठमाडौं । दोलखाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले बिगु गाउँपालिका–१, लामबगरबाट सुन बरामद भएको जनाएको छ । दोलखाबाट प्रहरीले केही दिनअघि ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ । प्रहरीका अनुसार यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।