विकासन्युज

ग्लोबल कार उद्योग ट्रम्पको मेक्सिको र क्यानडाविरुद्धको ट्यारिफ धम्कीको शिकार

मेक्सिकोमा रहेको अडी कारको प्लान्ट । काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिको र क्यानडाबाट आयात गरिने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने प्रतिबद्धता जनाएका छन् । मेक्सिको र क्यानडाबाट निर्यात गरिने करिब ९० प्रतिशत कारहरू अमेरिका जाने मेक्सिकोको अटोमोटिभ म्यानुफ्याक्चरर्स एसोसिएसन (एएमआईए) र क्यानाडाको भेहिकल म्यानुफ्याक्चरर्स एसोसिएसनले जनाएको छ । जर्मन कार निर्माता कम्पनीहरू प्रभावित हुने फक्सवागनजस्ता जर्मन कार निर्माता कम्पनीहरूले ट्यारिफविरुद्ध चेतावनी दिएका छन् । उनीहरूका अनुसार यसले उपभोक्ताहरूका लागि मुद्रास्फीति निम्त्याउनेछ । अडी अडी फक्सवागनको अडी प्लान्ट मेक्सिकोको सान जोस चिआपामा रहेको छ, जसले क्यू फाइभ उत्पादन गर्छ । यसले २०२३ मा लगभग १ लाख ७६ हजार कार उत्पादन गरेको थियो, जसमध्ये २०२४ को पहिलो छ महिनामा मात्रै ४० हजार कार अमेरिका निर्यात गरियो । बीएमडब्ल्यू बीएमडब्ल्यूको मेक्सिकोको सेन लुइस पोतोसीमा रहेको कारखानाले ३ सिरिज, २ सिरिज कुपे र एम टु उत्पादन गर्छ । फर्ड फर्डसँग मेक्सिकोमा तीन प्लान्ट छन् । यसले २०२४ को पहिलो छ महिनामा करिब १ लाख ९६ हजार कार उत्तर अमेरिका निर्यात गर्‍यो, जसको ९० प्रतिशत अमेरिका गयो । क्यानडामा फर्ड र जीएम फर्ड क्यानडाको ओकभिलमा रहेको प्लान्टले २०२६ बाट ठूलो ग्यास इन्जिनयुक्त ए–सिरिज पिकअप ट्रक उत्पादन गर्ने जनाइएको छ । जनरल मोटर (जीएम)ले २०२४ मा क्यानडा र मेक्सिकोबाट ७ लाख ५० हजार कारहरू अमेरिका आयात ग¥यो, जसमा सेभ्रोलेट सिल्भराडो, जीएमसी सिएरा र मध्यम आकारका एसयूभीहरू छन् । अन्य कार निर्माता कम्पनीहरू होन्डाले आफ्नो मेक्सिको उत्पादनको ८० प्रतिशत अमेरिका निर्यात गर्छ । माज्दाले २०२३ मा करिब १ लाख २० हजार कार अमेरिका निर्यात ग¥यो तर ट्यारिफ लागेमा लगानी पुनर्विचार गर्ने बताएको छ । निसानले मेक्सिकोका दुई प्लान्टमा सेन्ट्रा, भर्सा र किक्स उत्पादन गर्छ । टोयोटाले मेक्सिकोका दुई प्लान्टमा टकोमा पिकअप ट्रक बनाउँछ । फक्सवागनको ठूलो लगानी फक्सवागनको पुएब्लामा रहेको कारखाना मेक्सिकोको सबैभन्दा ठूलो अटो प्लान्ट हो। क्यानडा फक्सवागनले ओन्टारियोमा ७ अर्ब क्यानेडियन डलरको ब्याट्री गिगाफ्याक्ट्री निर्माण गर्दैछ, जसको उत्पादन २०२७ मा सुरु हुने अपेक्षा छ । अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने ट्रम्पको ट्यारिफले अटो पार्ट्स आपूर्तिकर्ताहरू पनि प्रभावित हुने बताइएको छ । अटोलिग एयरब्याग र सीट बेल्ट निर्माता कम्पनी हो, जसको मेक्सिकोमा १ लाख ५ सय कर्मचारी छन् । यसैगरी, मिचेलिन टायर उत्पादक कम्पनी हो, जसका मेक्सिको र क्यानडामा कारखाना छन् । त्यस्तै, चिनियाँ कम्पनी यानफेङ, जसले जीएम र टोयोटालाई सिट आपूर्ति गर्छ । यदि ट्रम्पले ट्यारिफ लागू गरेमा अमेरिका र उत्तर अमेरिकी अटो उद्योगमा ठूलो असर पर्नेछ । सान्दर्भिक सामग्री :  ट्रम्पको शुल्कको धम्कीले युरोपका अटो दिग्गज सशंकित, फरारीलाई भने छैन तनाव २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी

ट्रम्पले अमेरिकामा भएको भयानक हवाई दुर्घटनाको दोष कर्मचारीमाथि लगाए, ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं । अमेरिकामा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमहरुले खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको उल्लेख गरेका हुन् । ब्ल्याक बक्स जाँच गरेपछि हवाइ दुर्घटनाको कारण खुल्नेछ । अब राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे अमेरिकी एयरलाइन्सको विमान वासिङटन डीसीनजिकै आकाशमा ब्ल्याक हक हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको जनाइएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वासिङटनतर्फ जाँदै थियो । यो दुर्घटना अमेरिकामा साढे दुई दशकपछि भएको बुझिएको छ । सन् २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा पत्रकार सम्मेलन राख्दै हवाइ दुर्घटनाको कारण यसअघिको सरकारको कमजोरी रहेको बताएका छन् । उनले आफूभन्दा अगाडिको डेमोक्र्याटिक पार्टीको प्रशासनले फेडरल एभिएशन एड्मिनिस्ट्रेशनमा एअर ट्राफिक कन्ट्रोलरहरू भर्ती गर्दा कमजोर र न्यून मापदण्ड अपनाइएको हुनाले दुर्घटना निम्तिएको हुन सक्ने आरोप लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा ।

बेलचौतारा- मुस्ताङ पुल निर्माणमा ढिलाइ, चार वर्षमा ३० प्रतिशत प्रगति

तनहुँ । बेलचौतारा– मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चारवर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ । यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु.आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् । ‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एकसय ५० दशमलव ४ मिटर हुनेछ । चारवटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने

काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार विविन्न सेयरधनीहरूले ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

अमेरिकी डलरसहित बढ्यो अधिकांश देशको मुद्राको भाउ, ओमानी रियाल ३६०.८१ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.३१ रुपैयाँ र बिक्रीदर १३८.९१ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.७६ रुपैयाँ र बिक्रीदर १४४.३८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.९३ रुपैयाँ र बिक्रीदर १७२.६८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.२१ रुपैयाँ र बिक्रीदर १५२.८७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.१३ रुपैयाँ र बिक्रीदर ८६.५० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.०० रुपैयाँ र बिक्रीदर ९६.४२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.३४ रुपैयाँ र बिक्रीदर १०२.७९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९४ रुपैयाँ र बिक्रीदर ३८.१० रुपैयाँ, थाई भाट एकको खरिददर ४.१० रुपैयाँ र बिक्रीदर ४.१२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४८ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५४ रुपैयाँ र बिक्रीदर १२.६० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२७ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७५ रुपैयाँ र बिक्रीदर १७.८३ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.३७ रुपैयाँ र बिक्रीदर ४५०.३२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.८९ रुपैयाँ र बिक्रीदर ३६८.४९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५९.२५ रुपैयाँ र बिक्रीदर ३६०.८१ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाका १०१ प्रभावितलाई क्षतिपूर्ति वितरण

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा १०१ परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम ३ लाख रुपैयाँ र न्यूनतम १० हजार रुपैयाँ प्रदान गरिएको उनले बताए । आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको छ । आयोजनाप्रमुख भण्डारीले भने, ‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा ड्रिलिङ, कङ्क्रिटिङको काम जारी छ ।’

आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै, ६ वटा अध्यादेश पेश हुने कार्यसूची

काठमाडौं । आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । आजको बैठकमा ६ वटा अध्यादेश समेत पेश हुने कार्यसूची छ । प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

जापान, अमेरिकाबाट भक्तजन आउने हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाए । ‘तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ।’ उनले भनिन्, ‘विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ । यसका लागि विभिन्न निकायसँग छलफल सुरू गरिएको छ ।’ भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार–पाँच महिना बसेर ध्यान गर्ने गरेका छन् । त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन् । यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भू–बनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन् । सगरमाथा हिमशृङ्खलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्र हो । दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । शिवपार्वतीको पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाबाट तराईसँगको सिधा यातायात सुरू भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको हो । सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्को विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहज रूपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् । तीन ठूला प्राकृतिक गुफाको अवलोकलन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ । तराईका विभिन्न जिल्लाबाट उदयपुर–ओखलढुङ्गाअन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै पनि हलेसी आउन सकिन्छ । यीबाहेक लामीडाँडा र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केही घण्टाको बस तथा जीप यात्रापछि पनि हलेसी पुग्न सकिन्छ । हलेसी गुफाभित्र शिवपार्वतीको मन्दिरसँगै धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार छन् । जहाँ छिरे पाप नष्ट हुने, धर्म कमाइने आदि जनविश्वास छ । उत्पत्तिको सवालमा हलेसी हलेसी गुफाका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । यसलाई किरातीले आफ्नो आदिम भूमि, बौद्ध धर्मालम्बीले दोस्रो लुम्बिनी र हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति भन्ने गर्छन् । एउटा किंवदन्तीअनुसार किराती राजा बाँघवंशी सिकार खेल्ने क्रममा विसं १८२० तिर मृग खेद्दै गर्दा आफ्नो कुकुर हराउँछ । कुकुरको खोजी गर्दा उनले कुकुरको आवाज गुफाभित्र सुन्छ । गुफाभित्र लहराको साहारामा पस्दा चमकदार शिवलिङ्ग भेटिन्छ । त्यसपछि, महादेवका रूपमा मानिदै आएको मानिन्छ । हिन्दू धर्मको किंवदन्तीअनुसार भष्मासुर नामक राक्षस पार्वती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । त्यसपछि, वरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि शिवपार्वती गुफाभित्र पसेका थिए । भष्मेश्वर पनि त्यही पस्छ । तर, विष्णुले पुनः जाल रची भष्मासुरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यही विराजमान भएको किंवदन्ती छ । बौद्धमार्गीहरूको धर्मग्रन्थमा बौद्ध धर्मगुरू पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको हुँदा मारातिका गुम्बाको समेत स्थापना गरी महत्त्वपूर्ण स्थानका रूपमा उल्लेख गरेको पाइन्छ । यस धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको मनोरम गुफालाई बौद्ध धर्मावलम्बीले उच्च सम्मान व्यक्त गर्दै हजारौँ देशीविदेशी पर्यटक आउने गरेका छन् । गुफाभित्र किराती बस्ने गरेको पनि किंवदन्ती छ । तीन ठूला प्राकृतिक गुफा रहेको हलेसीमा विभिन्न देवीदेवताका मूर्ति छन् । शिवपार्वतीको मन्दिर रहेको गुफा चार सय ४३ मिटर लामो तथा एक सय मिटर गहिराइभित्र पर्छ । शिवपार्वतीको मन्दिर ठिक पछाडि एक सय २० मिटर अग्लो बसाहा गुफा छ । उत्रै ठूलो भैरव गुफा पनि छ । तीनै गुफा गोलाकार छन् । हलेसीमा कहिले कुन मेला यहाँ चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देश भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिकालगायतबाट भक्तजन आउने गरेका छन् । मेलाका अवसरमा अर्बौँको कारोबार हुने उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । मेलामा देशी तथा विदेशी व्यापारीसमेत आ–आफ्नो व्यापार–व्यवसाय लिएर हलेसी आउने गरेका छन् । सरकारको नजरमा हलेसीमा हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा विकास गर्न सरकारले विसं २०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो । हलेसी आउने तीर्थयात्री तथा पर्यटकलाई बस्ने, खाने र दर्शन एवं अवलोकनका लागि सहज वातावरण बनाउनेतर्फ केन्द्रित भएर कार्यक्रम सञ्चालन भइरहेको छ । कोशी प्रदेशको एउटा मुख्य आर्थिक स्रोत मानिएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । तर, कार्यान्वयन प्रक्रिया फितलो भएको स्थानीयवासीको गुनासो छ । स्थानीय सरकारले हलेसीको चौतर्फी विकासमा सहयोग उपलब्ध गराउँदै आएको छ । भौतिक पूर्वाधार विकासमा हलेसी बाह्रै महिना उत्तिकै मात्रामा दर्शनार्थी र पर्यटकको चहलपहल रहने हलेसी गुठी संस्थान, विकास समिति र मन्दिर व्यवस्थापन समितिको लगानीमा प्रवेशद्धार, सिँढी, हवन कुण्डलगायत भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको लगानीमा मन्दिरको प्राङ्गणमा ब्लक बिछ्याइएको छ । मन्दिर व्यवस्थापन समितिको लगानीमा डोरामाला बिक्रीवितरण गर्ने टहरा निर्माण गरिएको छ । यसअघि जथाभावी राखेर बिक्री गरिँदै आएको डोरामालालाई व्यवस्थित गर्न टहरा निर्माण गरिएको हो । लामो समयअघिदेखि मन्दिरभित्र बालिने सिन्केधुपलाई व्यवस्थित गर्न नगरपालिकाले मुख्य प्रवेशद्वारको बाहिरपट्टि बाल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाकै लगानीमा मन्दिर परिक्रमा गरिने पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नति गरिएको छ । नेपाल आयल निगम र नगरपालिकाको साझेदारीमा सुरू गरिएको धर्मशाला निर्माणाधीन अवस्थामा छ । व्यवस्थापनको क्षेत्रमा हलेसी विश्वमै नभएको हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा पछिल्लो समय होटल तथा व्यापार–व्यवसाय फस्टाउँदै गएको छ । हलेसीबजार आसपासमा सुविधासम्पन्न होटल तथा रेष्टुराँ धमाधम खुल्न थालेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा पछिल्लो समय करिब पाँच सय जना पर्यटक अटाउने होटल खोलिएका छन् । हलेसीमा खोलिएका होटल तथा रेष्टुराँलाई व्यवस्थित गर्न नगरपालिकाले समेत चासो दिएको छ । हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई सहज रूपमा खानेपानी तथा नुहाउने व्यवस्था मिलाउन पानीको व्यवस्था मिलाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा लोचाखोला खानेपानी आयोजना तथा सोही स्थानमा सञ्चालन गरिएको डिपवोरिङमार्फत पानीको व्यवस्था मिलाइएको छ । हलेसीको भावी योजना हलेसीको भावी योजनाअन्तर्गत हलेसी गुरूयोजना निर्माणको काम थालिएको छ । पछिल्लो समय स्थानीयवासीको अतिक्रमणमा पर्दै गएको हलेसीको समग्र विकासका लागि गुरूयोजना निर्माण थालिएको हो । संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरूयोजना निर्माण सुरू गरिएको जनाइएको छ । गुरूयोजना निर्माणका लागि विभागबाट भूगर्भविद्को टोली झिकाएर सर्वेक्षणको काम सम्पन्न गरिएको छ ।