राजधानी नजिकै पनि मोबाइलमा नो नेटवर्क, फोन गर्न डाँडो चढ्नुपर्ने
काठमाडौं । राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् । सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् । महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक–पटक सम्बन्धित निकाय तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग पहल गरे पनि अपेक्षित सुनुवाइ हुनसकेको छैन । उनले गाउँपालिकाका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । महाङ्काल गाउँपालिकामा साविकका बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविस समेटेर ६ वटा वडा कायम गरिएका छन् । यी वडाका धेरैजसो बस्तीमा मोबाइल नेटवर्क कमजोर रहेको स्थानीयको गुनासो छ । कतिपय स्थानमा घरभित्र बसेर फोन गर्न वा इन्टरनेट चलाउन नसकिने अवस्था रहेको छ भने नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने बाध्यता अझै कायम छ । अध्यक्ष केसीले स्थानीयवासीले सञ्चार समस्याबारे निरन्तर गुनासो गर्ने गरेको बताउँदै वर्षौंदेखि समस्या समाधानका लागि प्रयास गरिए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको बताए । उनका अनुसार कतिपय गाउँमा रातिको समयमा समेत घरबाहिर निस्केर नेटवर्क खोज्दै फोन गर्नुपर्ने अवस्था छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले गाउँपालिकाको केन्द्र गोटिखेलस्थित कार्यालय परिसरमै सञ्चार सेवाको समस्या रहेको जानकारी दिइन् । उनले फाइबर नेट जडान तथा सबै वडामा गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि विभिन्न निकायमा पटकपटक निवेदन दिइएको भए पनि हालसम्म समाधान ननिस्किएको बताइन् । उपाध्यक्ष गोलेका अनुसार सञ्चार सेवाको अभावले विशेषगरी विपद् व्यवस्थापन र स्वास्थ्य सेवामा गम्भीर असर परेको छ । वर्षायाममा बाढीपहिराको जोखिम बढ्ने भएकाले समयमै सूचना आदानप्रदान हुन नसक्दा स्थानीय बासिन्दा थप जोखिममा पर्ने गरेका छन् । बिरामीको अवस्था गम्भीर हुँदा एम्बुलेन्स वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न कठिन हुने समस्या पनि रहेको उनको भनाइ छ । सञ्चार सेवा कमजोर हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा पनि असर परेको छ । विद्युत् अवरुद्ध भएको अवस्थामा आवश्यक कागजात तथा सिफारिस सम्बन्धित निकायमा पठाउन समस्या हुने गरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । डिजिटल प्रविधिमा आधारित सरकारी सेवाको विस्तार भइरहेका बेला आधारभूत सञ्चार पूर्वाधारको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ । प्राकृतिक स्रोत, धार्मिक तथा सामाजिक महत्वका क्षेत्रहरूले सम्पन्न महाङ्काल गाउँपालिकाको मुख्य आर्थिक आधार कृषि व्यवसाय हो । स्थानीय आम्दानीको अर्को प्रमुख स्रोत वैदेशिक रोजगारी रहेको छ । पछिल्ला वर्षहरूमा आधुनिक जीवनशैलीतर्फ आकर्षण बढ्दै गए पनि सञ्चार पूर्वाधारको कमजोर अवस्थाले विकासका सम्भावनामा असर पारेको स्थानीयवासी बताउँछन् । दक्षिण ललितपुरका ग्रामीण क्षेत्रमा सञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखी आवश्यक टावर, फाइबर नेटवर्क तथा अन्य प्रविधि जडानका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूको माग छ ।
कुरासाओलाई हराउँदै आइभरी कोस्ट नकआउट चरणमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओमाथि आइभरी कोस्टले जित निकालेको छ । खेलमा २० को सहज जित निकाल्दै आइभरी कोस्टले प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । आइभरी कोस्टलाई जित दिलाउन दुबै गोल निकोलस पेपेले गरे । उनले खेलभर उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलको सुरुवाती ७ औं मिनेटमा गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आइभरी कोस्टको जित निश्चित गरे । यस जितसँगै आइभरी कोस्टले ३ खेलबाट समान दुई जित र एक हारसहित कुल ६ अंक जोडेको छ । आइभरी कोस्ट समूह उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो । समान ६ अंक नै भए पनि ऊ गोलअन्तरका आधारमा पछि परेको हो ।
मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या
काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौंमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए । शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, न्हुःघ जोशी देगल मन्दिर परिसर गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आएर सेवा लिनेमा उमेरगत रूपमा हेर्दा १० वर्ष र अधिकतम् ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति थिए । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी थिए । मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्यामात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य सङ्कट’का रूपमा विकसित हुँदै गएको महर्जनले जानकारी दिए । ‘मानसिक स्वास्थ्य समस्या मनभित्रै र घरभित्रै लुकाउने विषयका रूपमा हेर्नु हुँदैन । शरीरमा लागेको रोग जसरी उपचार गराइन्छ, त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ,’ महर्जनले भने, ‘सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन् । सबैलाई कुनै न कुनै रूपको उपचार चाहिएको छ । यसका केही उपचार व्यक्ति आफैंले गर्न सक्छन् । केही परिवारबाट सम्भव छ । केही समाजबाट र केही चाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ ।’ सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई सम्बन्ध भएका निकायले ध्यान दिनुपर्ने बताइएको छ । नत्र सहर एक दिन ‘मानसिक समस्याको मौन महामारी’मा पर्ने जोखिम रहेको बताइएको छ ।
जर्मनीलाई इक्वेडरले हरायो
काठमाडौं । फिफा विश्वकपअन्तर्गत जर्मनीलाई इक्वेडरले हराएको छ । जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको छ । सुरुमा पछि परेको स्थितिबाट इक्वेडरले पुनरागमन गरेको हो । खेलको पहिलो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो । खेलको २ मिनेटमै जर्मनीका लागि लेरोय सानेले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । इक्वेडरका निल्सन एंगुलोले ९ औं मिनेटमा जवाफी गोल गर्दै खेललाई १(१ को बराबरी स्थितिमा ल्याए। खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरलाई २१ ले विजयी गराए । खेलमा जित हासिल गरेसँगै इक्वेडर समूह ‘ई’को तेस्रो स्थानमा रहे पनि उत्कृष्ट टोलीका रूपमा अन्तिम ३२ मा पुग्ने निश्चित भएको छ ।
६ अर्बको जालपादेवी केबलकारले बदलिँदै सुदूरको भविष्य, कोरिँदै समृद्धिको आधार
टिकाराम सुनार काठमाडौं । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिए झैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जो कोही सजिलै मोहित हुन्छन् । चिसापानीको सानो भूगोल मात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौंदेखि एउटा प्रश्न अनुत्तरित छ- के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् रु पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट त्यसको उत्तर दिन केही प्रयास सुरु भएका छन् । तिनै प्रयासमध्येको एक महत्त्वाकाङ्क्षी परियोजना हो- जालपादेवी केबलकार । कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजना अन्तर्गत विभिन्न पूर्वाधार बन्दैछन् । आईएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको परियोजनामा ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेण्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधारमात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठूलो सपनाका रूपमा हेर्ने गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर यति ठूलो निजी लगानीको पर्यटन आयोजनालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउँछन् । उनले भने, ‘सुदूरपश्चिममा यति ठूलो निजी लगानीको पर्यटन आयोजना निर्माण हुनु आफैँमा ऐतिहासिक छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् ।’ त्यसैगरी, टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का र पदमराज चौलागाईं पनि सुदूरपश्चिम क्षेत्रमा आएको यो ठूलो लगानीको आयोजना प्रदेशवासीकै गौरव हो भन्दै यसले प्रदेशमा थप लगानी आकर्षित गर्नका लागि ठूलो मद्दत पुग्ने धारणा राख्छन् । गोण्डोलासँगै झुल्नेछन् समृद्धिका सपना करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने महत्त्वाकाङ्क्षी सपना देखेका थिए । त्यो सपनासँग विभिन्न क्षेत्रका ९९ जना व्यवसायी जोडिएका थिए । विभिन्न कारणले लामो समयसम्म अघि बढ्न नसकेको उक्त योजना आईएमई समूहको सहभागितापछि निर्माणको चरणमा पुगेको हो । यो परियोजना २०८१ साल पुस १३ मा शिलान्यास भई गत वर्ष असारमा निर्माण सुरु भएको थियो । आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माणकार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेसन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ । ‘हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना सञ्चालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ,’ उनले भने, ‘पोल ठड्याउने (इरेक्सन), बटम तथा टप स्टेशन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यस लगत्तै तार तान्ने (स्ट्रिङगिङ) र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।’ हाल टप स्टेसनमा होटल, रेष्टुरेण्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेसनमा पाँचतारे होटल, व्याङक्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । इन्जिनियर पौडेलले भने, ‘यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन् ।’ लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक तिमिल्सेना करिब १३ वर्षअघिको सपनाले साकार रूप लिन थालेकाले स्थानीय क्षेत्रमा उत्साह थपिएको बताउँछन् । केबलकार परियोजना सञ्चालनमा आए कैलालीको अत्यधिक गर्मीबाट जोगिन शीतलता खोज्ने रैथाने नागरिक र बाह्य पर्यटक दुवैका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने उनको भनाइ छ । यहाँ निर्माण हुने सुविधासम्पन्न पूर्वाधारले पर्यटकको बसाइँ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशेढुङ्गाको काम गर्ने तिमिल्सेनाको विश्वास छ । पर्यटन र अर्थतन्त्र सुधारको आधार हाल चिसापानी क्षेत्रमा चिसापानी पुलबाहेक धेरै पूर्वाधार छैनन्, तथापि दैनिक जसो करिब पाँचदेखि ७ सय आन्तरिक पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेका जानकारहरू बताउँछन् । यसरी आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका छन्, तर नयाँ संरचना सञ्चालनमा आएमा उनीहरूको बसाइँ लम्बिने र यसबाट स्थानीयस्तरमा आर्थिक अवसरका ढोका खोल्ने पर्यटन व्यवसायी देवराज जैशीको विश्वास छ । यहाँ निर्माण हुने केबलकारले चिसापानीलाई राजकाँडासँग जोड्नेछ, तर यसको प्रभाव केबल केही मिनेटको यात्रामा सीमित रहने छैन । यहाँ निर्माण हुने पूर्वाधारले राजकाँडालाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, र्‍याफ्टिङ (जलपर्यटन) लगायत साहसिक पर्यटनलाई ‘प्याकेज’कै रूपमा विकास गरिनुपर्ने व्यवसायी जैसीको सुझाव छ । ‘राज्यले पनि अब गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गर्नुपर्छ । यहाँका सम्भावनालाई एउटा प्याकेजमा जोडेर विकास गर्न सकिए कर्णाली चिसापानीबाट समृद्धिको नयाँ यात्रा तय गर्न सकिन्छ । त्यसको आधारका रूपमा केबलकार र त्यससँग जोडिएका संरचनालाई लिन सकिन्छ,’ उनले भने । पर्यटन विकासको सबैभन्दा ठूलो लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने मान्यता छ । होटल व्यवसायी टङ्क पराजुली जालपादेवी केबलकार परियोजना सञ्चालनमा आए स्थानीयस्तरमा रोजगारीका अवसर सृजनामा टेवा पुग्ने बताउँछन् । ‘परियोजना सञ्चालनमा आए निश्चय पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ, जसले राजकाँडा र आसपासका गाउँमा उत्पादित सामग्रीले बजार पाउनेछन् । यसले किसानलाई उत्पादन बढाउन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सहयोग पुर्याउनेछ । त्यसैले यस्ता परियोजनाहरू हाम्रो क्षेत्रमा बन्नु निकै खुसीको कुरा भएकाले नै स्थानीयहरूमा पनि यस्ता आयोजना साझा सम्पत्ति हुन् भन्ने भावना जागृत हुनु आवश्यक छ,’ उनले भने । रोजगारीका नयाँ ढोका सुदूरपश्चिमका धेरै युवाको रोजगारीको अन्तिम विकल्प अझै भारत वा खाडी मुलुक हुन् । गाउँका खाली हुँदै गएका घर, वृद्धवृद्धा र बालबालिकामा सीमित हुँदै गएको सामाजिक संरचनाले यही यथार्थ बोलिरहेको छ, तर जालपादेवी केबलकार परियोजनाले त्यो प्रवृत्तिलाई केही हदसम्म रोक्न सक्ने स्थानीयको आशा छ । केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेण्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सृजना हुने व्यवसायी कालु हमालको अपेक्षा छ । ‘हालसम्म एउटा पुल छ, अब केबलकार लगायत पूर्वाधार थपिने भए । त्यसले पर्यटकको आकर्षण बढाउने छ । साहसिक पर्यटकका लागि जलपर्यटन, धार्मिक आस्था राख्नेका लागि जालपादेवी र वातानुकूलित मौसममा रमाउनेका लागि यहाँ तमाम विकल्प छन्,’ उनले भने, ‘यहाँबाट काठमाडौं ६ सय किलोमिटर छ, तर दिल्ली ४ सय मात्रै । धेरै जनसङ्ख्या भएका भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउने वातावरण बनाएर केबलकारलाई केन्द्रमा राखेर कर्णाली नदीको किनारैकिनार नयाँ सम्भावना स्थापित गर्न सकिन्छ, जसले स्थानीयस्तरमा रोजगारीका धेरै अवसर सृजना गर्नेछ ।’ राजकाँडा क्षेत्रतर्फ मात्र नभई कर्णाली नदीको तीन-चार सय किलोमिटर क्षेत्रमै पर्यटनका नयाँ सम्भावना खोज्न सकिने भएकाले सरकारले सार्वजनिक जग्गाको व्यावसायिक उपयोग र व्यवसायीले एकीकृत प्याकेज बनाएर विकासमा लाग्नुपर्ने हमालको सुझाव छ । बसेरा थारू होमस्टे बल्चौरका अध्यक्ष किशोर थारू पर्यटकको आगमनसँगै घरमै पाहुँनाको स्वागत गरी आर्थिक लाभ लिने अवस्था बन्नेमा आफू विश्वस्त रहेको बताउँछन् । ‘केबलकार सञ्चालनमा आएपछि हाम्रा रैथाने सीप, सभ्यता र सँस्कारको प्रचारप्रसार गर्दै आर्थिक लाभ लिन सहज हुनेछ । स्थानीय कृषि उपज, हस्तकला, होटल व्यवसाय र साना उद्यमले नयाँ जीवन पाउनेमा हामी आशावादी छौँ,’ उनले भने । परियोजनाका लागि यहाँको भूगोल महत्त्वपूर्ण छ । खुला सीमा, सहज सडक सञ्जाल र विशाल भारतीय बजारको निकटताले यस क्षेत्रलाई अन्तर्देशीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ । भारतसँगको खुला सीमा, निकट बजार र सहज यातायात पहुँचका कारण यस क्षेत्रको सम्भावना निकै ठूलो छ । उत्तराखण्ड र उत्तरप्रदेशजस्ता दुई ठूला भारतीय राज्यसँग हाम्रो प्रत्यक्ष पहुँच छ, जहाँ २७ करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दिल्ली, लखनउ, बरेली, देहरादून लगायतका सहरबाट सडकमार्ग हुँदै सहज रूपमा यहाँ पुग्न सकिन्छ । स्थानीय व्यवसायी एवं नागरिकहरू भने परियोजनाको प्रचारप्रसार व्यापक मात्रामा गर्नुपर्ने र यसबाट बहुआयामिक लाभ लिन सकिने सुझाव दिन्छन् । कञ्चनपुरको गड्डाचौकी (१२५ किमी), कैलालीको गौरीफन्टा (करिब ८८ किमी) र बाँकेको रूपैडिहा नाका (९३ किमी) बाट सहज सडक पहुँच भएकाले यो क्षेत्र सीमावर्ती भारतीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । यस्तै, टीकापुरस्थित सत्ति छोटी भन्सार र तीकुनिया क्षेत्र पनि नजिकै रहेकाले विशेषगरी गर्मी मौसममा राहत खोज्ने भारतीय पर्यटकका लागि राजकाँडाको शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, रोमाञ्चक केबलकार यात्रा र धार्मिक पर्यटन विशेष आकर्षण बन्न सक्छ । चिसापानी भौगोलिक रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको सङ्गमस्थलजस्तै छ । लामो समयदेखि पथप्रदर्शकको रूपमा काम गर्दै आउनुभएका बर्दियाका राजन चौधरी कर्णाली क्षेत्र मनोरञ्जन, जङ्गल सफारी, जलपर्यटन र धार्मिक आस्था राख्ने सबै किसिमका पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र केबलकार सञ्चालनले त्यसमा थप आकर्षण थप्ने बताउँछन् । ‘पछिल्लो समय नेपालीहरूमा पनि नयाँ ठाउँ जाने र रमाउने बानीको विकास भइरहेको छ । करिब दुई-तीन घण्टाको दूरीमा भारतका ठूलो जनसङ्ख्या भएका क्षेत्र चिसापानीसँग जोडिन सहज सडक सञ्जाल छ । उत्तराखण्डका बनबासा, खटीमा, हल्द्वानी र रुद्रपुरजस्ता सहरबाट पनि सडकमार्ग हुँदै केही घण्टामै चिसापानी पुग्न सकिन्छ । त्यहाँबाट आउने पर्यटकको सानो अंशमात्रै आकर्षित गर्न सकियो भने पनि पर्यटनमार्फत सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो परिवर्तन टेवा पुग्न सक्छ । जालपादेवी केबलकार त्यसको एउटा बलियो आधार बन्दैछ,’ उनले भने । समृद्धिको भावी मार्गचित्र र बहुप्रादेशिक लगानी जालपादेवी केबलकार प्रालि तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउँछन् । यस आयोजनाले सुदूरपश्चिमको विकासमा पार्ने बहुआयामिक आर्थिक तथा सामाजिक प्रभावबारे उनले भने, ‘नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सकेमात्र पर्यटकको सङ्ख्या बढाउन, उनीहरूको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । त्यसलाई मध्यनजर गरी बनाउन लागिएको यो आयोजना सुदूरपश्चिमको आर्थिक समृद्धिको संवाहक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ अध्यक्ष ढकालका अनुसार जालपादेवी केबलकार देशभर पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन सोचको एक महत्त्वपूर्ण अध्याय हो । ‘हाम्रो लक्ष्य एउटा परियोजनामा सीमित रहने होइन, सातै प्रदेशमा यस्तै खालका ठूला पर्यटन पूर्वाधार विकास गर्ने हो । सोही रणनीतिक योजनासहित अघि बढिरहेका छौँ । यसले समग्र देशकै आर्थिक रूपान्तरणमा योगदान पुर्याउनेछ,’ उनले भने । वर्षोंदेखि सम्भावनाको रूपमा मात्र चर्चा हुँदै आएका कर्णाली किनारका प्राकृतिक र सांस्कृतिक सम्पदालाई अब जालपादेवी केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । चिसापानी पुल, कर्णाली नदी र राजकाँडाको प्राकृतिक सौन्दर्यलाई एउटै पर्यटकीय परिपथमा जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिने यहाँका उद्योगी व्यवसायीको विश्वास छ । रासस
पहाडमा चट्याङसहित वर्षा, तराईमा तातो हावा र तापक्रम वृद्धि हुने
काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी प्रदेशका तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही तथा लुम्बिनी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौं: अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार (आज) भर्चुअल सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाएर विश्वास दिलाएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले २०७४ को निर्वाचनमा राम्रो मत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको अध्यक्ष ओलीको दाबी थियो । उनले एउटा निर्वाचनमा हार्दैमा सुदृढ सङ्गठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ताले निराश हुन नहुने बताए । पार्टीले सातवटै प्रदैशमा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका अभियान सञ्चालन गरिरहेको छ ।
रास्वपा महाधिवेशन: भूगोलतर्फ कुन प्रदेशबाट कसले कति पाए मत ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । कुन प्रदेशबाट कसले कति पाए मत ? कोशी प्रदेश निशा मेहता १ हजार ८६१ विश्वराज पोखरेल १ हजार ४६० शोभा कार्की १ हजार २०४ कल्पना थापा ९३९ सुजाता तामाङ ८३९ क्जष्खबm ऋझभलत द्यबललभच लालविक्रम थापा ७८३ सयमलाल चौधरी ७५८ प्रकाश पाठक ७४३ वीरेन्द्र श्रेष्ठ ६३१ राजकुमार राई ६२४ पारमणि गेलाल ६१३ धनेश्वर शाह ५६७ नवीन खड्का ५५५ प्रजना राई ५३९ भूमिनन्द बराल ५२६ पीताम्बर तिम्सिना ४९७ रमेशप्रसाद ओझा ४८८ ऋतुराज लिम्बू ४४४ कृष्णबहादुर चोङबाङ लिम्बू ४०० सिर्जना लामा फोम्बो ३२४ । मधेश प्रदेश सुष्मा बस्नेत १ हजार ४१८ सरिताकुमारी चौधरी १ हजार २८० नमिता यादव १ हजार ११९ मञ्जु सिंह १ हजार १३ अंकितकुमार यादव ९५० गणेश धिमाल ८६३ दिलपाल शाह ८५१ बरुणकुमार झा ७६५ विजय पोखरेल (टंकप्रसाद) ७४० रविन महतो ६५९ सरोजकुमार शाह ६५२ राजकिशोर महतो कोइरी ५९६ उदयनारायण सापकोटा ५९१ मनोजकुमार रजक ५२३ रसोलकुमार जयसवाल ४६० रामबाबु कुमार सिंह ३९७ विष्णुकुमार शाह ३८९ हरेराम ठाकुर ३३६ कैलाश शाह सुढी ३१५ तेजविक्रम कार्की (आरसी) ७८ बागमती प्रदेश प्रभा ढकाल १ हजार ५१३ विदुषी राणा १ हजार ३१० आकांक्षा पोखरेल ८५० अनिता श्रेष्ठ ८०२ पार्वती थापा ७४९ जगदीशचन्द्र शर्मा ७४० दीपा लामिछाने ७१२ सुमनविक्रम पाण्डे ६५७ प्रदीप तिम्सिना ६४२ दिवाकर दंगाल ५९३ यदुकुमार गिरी ५३४ भरतप्रसाद पराजुली ४८६ झलककुमार श्रेष्ठ (अजय) ४८२ प्रशान्त उप्रेती ४७३ प्रभाकर घिमिरे ४५० सन्तोष थापा ४१७ सागर रिजाल ४१३ हिमाल महत ३९६ रामेश्वर थापा ३८० सुरेश मास्के ३७५ नम्रता बनियाँ ३१५ अनिश खत्री २९६ दयाराम अधिकारी २९३ मछिन्द्र खकुरेल २८७ प्रह्लाद केसी २६१ राजु फुयाँल २४१ वसन्तराज कुइँकेल २२८ गण्डकी प्रदेश पवित्रा थापा १ हजार ४२ मनिष खनाल १ हजार १२ सोम शर्मा ९५५ पूजा बास्तोला ८९३ पार्वती अधिकारी ८१५ विष्णुकुमारी गुरुङ ७७४ सन्तोष पन्त ७४४ झबिलाल डुम्रे ७०८ जीवनकुमार श्रेष्ठ ६५९ श्रीराम न्यौपाने ६४९ सुदेश गुरुङ ५९२ मोहनबहादुर थापा ४५९ धर्मराज केसी ४५८ अशोक खड्का ४११ पदमराज पन्थी ३७० प्रकाश थापा ३६४ मुक्ति अधिकारी ३४९ पुष्पराज अधिकारी ३३३ राजु दाहाल ३१८ महेन्द्र खड्का ३१५ विकास सिग्देल २९५ तोयराज अधिकारी २९० सन्तोष एक्मिन २८८ दीपककुमार बोगटी २३६ दाताराम चपाईं १५८ लुम्बिनी प्रदेश कल्पना पाण्डे १ हजार १०७ संगीता ढकाल १ हजार ९२ ज्ञानु पौडेल ८९७ देवराज पाठक ८२० शर्मिला खनाल ६६४ कमल सुबेदी ६०१ बिराज पौडेल ५९९ सरस्वती भण्डारी ढकाल ५३४ गोविन्द पन्थी ५२१ टंकबहादुर धानी ४७३ महेशराम थारु ४६० जनक भुसाल ४२४ बुद्धिप्रसाद शर्मा ४३२ सुशील अधिकारी ४२७ दीपक अधिकारी ४०६ अर्जुनबहादुर शाही ४०४ गोपाल पाण्डे ४०१ नीलराज अधिकारी ३७० महेशकुमार शाह ३६१ अमृत भुसाल ३६० चेतन राणा ३४२ कमल केसी ३२६ सुभाष शर्मा ३१६ नरेशबहादुर पछाई क्षेत्री ३१४ गोपाल घिमिरे ३१२ शीतल भुसाल २९३ रमेश थापा क्षेत्री २७३ भीमबहादुर खड्का २५५ राहुल केसी २४४ देवराज भण्डारी २२९ महेश भण्डारी १४६ कर्णाली प्रदेश सीता वादी १ हजार ७५१ विनिता कठायत १ हजार ५०० टासी ल्हाजोम १ हजार १३५ मेनुका शाही ७९८ गोमा थापा ६१६ प्रकाश न्यौपाने ६१२ अनिल बनियाँ ६०३ संगीताकुमारी थापा ५७२ गणेश पाण्डे ५७१ महेशप्रसाद पाण्डे ५१४ प्रेमबहादुर बोहरा ४७१ प्रकाशबहादुर बोहरा ४५१ तेजकुमार बिक ४१४ मानबहादुर शाही ३९१ नरेश त्रिमलसिंह ३५१ सुदीप पुरी ३५० टंकप्रसाद जैसी ३१९ हिमा केसी बन्जरा ३१४ पवनराज देवकोटा ३१० मिनराज आचार्य ३०२ सुनिल हमाल २८२ प्रेमबहादुर भण्डारी २६७ नेत्रकुमार केसी २६२ शेरबहादुर राउत २५३ नरेश तिम्सिना २५१ गोपाल प्याकुरेल २३३ कमलबहादुर खड्का २२६ राघव कार्की २२४ टेकबहादुर सिंह ठकुरी २२० अविनाश थानी २१५ उदयकुमार मल्ल २०४ धिरजबहादुर ओली १६४ सुदूरपश्चिम प्रदेश केपी खनाल १ हजार ८४० रत्न थापा ९६१ शैलेशकुमार सिंह ७६३ चन्द्रा ए चाँदनी १ हजार १२६ ज्ञानेन्द्रसिंह मेहता ५१८ जानकी जोशी १ हजार १४८ दीपकराज मोहरा १ हजार ४५० नमराज न्यौपाने ५२३ शिवराज पन्त ६३७ पदमराज शर्मा ४४५ हेमराज थापा २ हजार ३० सागर टमाटा ४४२ मदनसिंह विष्ट ४३९ मिनबहादुर बोहरा ४८६ उमेशराज पाण्डे ४७१ कृष्णबहादुर पटाला ४१९ हरिमोहन भण्डारी ५४१ बहादुर विष्ट ५५०