सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
कास्की । विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । 'सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,' डा अधिकारीले भने । मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे । मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उनले उल्लेख गरे। 'मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ,' अधिकारीले भने । कार्यक्रममा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने उल्लेख गरे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निःशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको बताए। युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र सात ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य र आफैँसमेतले शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २११ औँ रहेको अध्यक्ष पन्थको भनाइ छ ।
देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शनिबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कजारिया टायल्सले गर्यो ‘लक्की ड्र’ बम्पर विजेता घोषणा
काठमाडौं । कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना ‘कजारियासँगै गृह प्रवेश, घुमौं देश विदेश’ को बम्पर पुरस्कार विजेताको घोषणा गरेको छ । गत दुई महिनादेखि सञ्चालनमा रहेको योजनाअन्तर्गत कजारिया टायल्सका ग्राहकहरूले विभिन्न पुरस्कार जित्ने अवसर पाएका थिए । १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा जम्मा ४८ विजेताहरूलाई बोटको स्मार्टवाच प्रदान गरिएको थियो । तर, यस योजनाको सबैभन्दा आकर्षक पक्ष भने बम्पर पुरस्कार थियो, एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा । लामो प्रतीक्षापछि भएको यो घोषणा फेसबुक लाइभमार्फत गरिएको हो । चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता हुन् ।
आईएमई मोटर्स एनपीएलको ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनर
काठमाडौं । आईएमई मोटर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ को ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनरको रूपमा काम गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशिल सुवेदीले हस्ताक्षर गरे । सम्झौताअनुसार आईएमई मोटर्सले नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म हुने एनपीएलमा लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् । पावर पार्टनरको रूपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रूपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ । त्यसैगरी, ट्राभल पार्टनरको रूपमा अशोक लेल्यान्डले बस लगायतका सवारीसाधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडी, अम्पायर ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभरसमेत कम्पनीले उपलब्ध गराउने छ । आईएमई मोटर्सले उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरेको कम्पनीको भनाइ छ । त्यसैगरी, अशोक लेल्यान्डका पिअकप देखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारीसाधन उपलब्ध छन् ।
रास्वपालाई कम्युनिष्ट बनाउने प्रयास असफल भएपछि असन्तुष्ट समूह बाहिरिन थालेको प्रवक्ता झाको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीभित्र रास्वपालाई कम्युनिष्ट मोडमा लैजाने प्रयास असफल भएपछि त्यस्तो चाहना राख्ने समूह क्रमशः बाहिरिन थालेको दाबी गरेका छन् । पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेपछि यस्तो दावी गरेका हुन् । उनले भने, ‘रास्वपामा विभिन्न व्यक्तिगत स्वार्थका आधारमा प्रवेश गरेका केही व्यक्तिहरूले अहिले आफ्नै वास्तविक स्वरूप देखाउन थालेका हुन् । रास्वपालाई आफ्नो अनुकूलताअनुसार ढाल्ने, पार्टीमा आफ्नो तजविज चलाउने र संगठनलाई वामपन्थी दिशामा बदल्ने प्रयास हुँदै आएको थियो । जुन असफल भएपछि केही मान्छेले रास्वपा छोडेका हुन् ।’ झाका अनुसार रास्वपारूपी घरमा झ्याल–ढोका आफैले डिजाइन गर्ने कल्पना गरेका केही व्यक्तिहरू त्यो गर्न नसकेपछि पार्टीबाट बाहिरिन थालेका हुन् । ‘रास्वपालाई कम्युनिष्ट बनाउने सोच राख्नेहरूले त्यो सम्भव नदेखेपछि पार्टी छोडेका हुन् । अब बुझ्नुस रास्वपा पुरै लोकतान्त्रिक भयो,’ उनले भने ।
विराटनगरमा पनि प्रोटोन ईमासको शोरुम
विराटनगर । जगदम्बा मोटर्स प्रालिअन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ । नयाँ शोरुमको सञ्चालनले नेपालभर ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा योगदान पुर्याउने जगदम्बा मोटर्सले विश्वास लिएको छ । शोरुमले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । शोरुममा विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो । उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विराटनगरमा शोरुम खोल्न पाउँदा खुसी व्यक्त गरे । पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको हो ।
मनिष झाले धनुषा–३ बाट प्रत्यक्ष उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी आम निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । झाले सरकारले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने संकेत गरेका हुन् । उनले धनुषाको निर्वाचन क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फबाट प्रतिस्पर्धा गर्ने जनाएका छन् । यसअघि उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । यसपटक भने उनले प्रत्यक्ष चुनावमार्फत जनादेश लिन तयारी थालेको बुझिएको छ । सरकारले फागुन २१ गतेलाई आम निर्वाचनको मिति तोकेको छ ।
गार्डियन माइक्रो लाइफको नाफा ३३.६६ प्रतिशतले बढ्यो
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलाो त्रैमासमा कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको अघिल्लो आवको तुलनामा नाफा ३३.६६ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६३२ लाख ११ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिका कम्पनीको महाविपत्ति कोषमा २५ लाख ८५ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा २ करोड २१ लख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ५८ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै अन्य इक्युटीमा २ करोड १ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १४१.९६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क ११९.४५ प्रतिशतले बढी हो । ७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको अर्निङ पर शेयर ३.७८ रुपैयाँ, नेटवर्थ पर शेयर १०३.४१ रुपैयाँ र पिई रेसियो ५११.९३ गुणा रहेको छ ।