विकासन्युज

नेपाल बैंक र लिफ प्लसबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रालिबीच घरायसी प्रयोगका लागि पर्यावरणमैत्री वस्तु खरिदमा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन तथा बिक्री गर्दै आएको सुपारीको पातबाट निर्मित प्राकृतिक तथा वातावरणमैत्री घरायसी सामान जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका सामग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।  ग्राहकहरूले यी सामग्रीहरू कम्पनीको वेबसाइट वा ह्वाट्सएप नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत अर्डर गर्न सक्नेछन् । खरिद रकमको भुक्तानी नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी गरेमा उक्त छुट लागू हुने बैंकले जनाएको छ । सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लसका प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले असोज २७ गते हस्ताक्षर गरेका हुन् । यो साझेदारीले वातावरणमैत्री उत्पादनको प्रयोग प्रवर्द्धन गर्न तथा डिजिटल भुक्तानी प्रयोगलाई अझ सहज बनाउन सहयोग पुर्‍याउने अपेक्षा बैंकले व्यक्त गरेको छ ।

लिपमोटर बी टेन : एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौं पूरा यात्रा सफल

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्दै लिपमोटर बी टेनले हालै सम्पन्न परीक्षणमा काठमाडौं–पोखरा–काठमाडौं करिब ४५० किलोमिटर दूरी एकै चार्जमा सफलतापूर्वक तय गरेको छ। लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म ‘कारहरू’ द्वारा स्वतन्त्र रूपमा सञ्चालन गरिएको यस रेञ्ज टेस्टमा टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्किएको थियो । यो उपलब्धिले बीटेनको उच्च ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालका सडकको अवस्थाहरूमा पनि स्थिर र विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ ।  यस सफल परीक्षणले लामो दूरीको यात्रा सहज, आरामदायी र आत्मविश्वासपूर्ण बनाउन सक्षम स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गर्ने लिपमोटरले जनाएको छ।

सुनको मूल्य ४ सयले बढेर हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर दुई लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।      त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      हिजो मङ्गलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो ।  

अब महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्ने

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नेहरूका लागि नयाँ नियम ल्याएको छ । सरकारले ल्याएको नयाँ नियमअनुसार काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिका र धरान उपमहानगरपालिकासहित ११ वटै उपमहानगरपालिकामा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार अब अनिवार्य रूपमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरीएको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख मा संशोधन गर्दै सरकारले उक्त नयाँ व्यवस्था लागु गरेको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–प्रवक्ता दामोदर वाग्लेले जानकारी दिएअनुसार जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यो कदम चालिएको हो । वाग्ले भन्छन्, ‘देशभरको जग्गा कारोबारलाई क्रमशः दर्ता भएका कम्पनीमार्फत सञ्चालन गर्ने दिशामा सरकारले काम अघि बढाएको छ ।’  उनका अनुसार अहिले महानगर र उपमहानगरमा लागू भएको यो व्यवस्था विस्तारै सम्पूर्ण देशभर कार्यान्वयन गरिनेछ ।

भोटेकोशीको सेयर निःशुल्क होइन, १०० रुपैयाँमा बेच्ने सहमति

काठमाडौं । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड ९बीकेपीसी०ले जेनजीलाई सेयर निशुल्क नभई सय रुपैयाँमा बेच्ने सहमति भएको जनाएको छ ।  बुधबार बीकेपीसीले विज्ञप्ति जारी गर्दै यस्तो सहमति भएको जानकारी दिएको हो । स्थानीय बासिन्दाहरूको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र बीकेपीसीबीच निःशुल्क सेयर लिनेरदिने सहमति नभएको विज्ञप्तिमा उल्लेख छ । १० प्रतिशत सेयरको लागि आवेदन दिनु अगाडि जेनजीलाई पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बना‍इसकेपछि प्रति सेयर बराबर अंकित मूल्य १०० रहेको सेयर १०  प्रतिशतमात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने सहमति भएको बीकेपीसीले जनाएको छ । बीकेपीसीका अनुसार निर्माण कार्य पूरा भइसकेको परियोजनाको हकमा सार्वजनिक लिमिटेड कम्पनीले वार्षिक रूपमा वितरण हुने लाभांशबाट १० प्रतिशत सेयर बराबरको रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । तर, उक्त रकम कम्पनीले आफ्नो ऋण र त्यसको ब्याज तिर्नका लागि प्रयोग गर्ने सहमति भएको हो । कम्पनीले निःशुल्क सेयर दिइएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक रहेको बताउँदै सबै सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई यस्ता भ्रामक समाचार नछाप्न आग्रहसमेत गरेको छ ।

तरलता नियन्त्रण गर्न ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ३५ अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो ।  ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

सेप्टेम्बरमा २१ लाख विद्युतीय सवारी बिक्री

काठमाडौं । विश्वभरका विद्युतीय सवारीसाधन (ईभी) को बिक्री सेप्टेम्बर महिनामा ऐतिहासिक उचाइमा पुगेको छ । बजार अनुसन्धान संस्था आरएचओ मोसनका अनुसार पूर्ण रूपमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री गत वर्षको तुलनामा २६ प्रतिशतले बढ्दै २१ लाख इकाई पुगेको हो ।  यो वृद्धि मुख्य रूपमा चीनमा देखिएको बलियो माग र अमेरिकामा कर–राहत अन्त्य हुनुअघि देखिएको खरिद–हडबडीका कारण भएको हो । आरएचओ मोसनका डाटा प्रबन्धक चार्ल्स लेस्टरका अनुसार चीनले विश्वव्यापी बिक्रीको करिब दुई तिहाइ हिस्सा ओगटेको छ, जसमा करिब १३ लाख सवारीसाधन बिक्री भएका छन् । यसैबीच, उत्तरी अमेरिकामा पनि रेकर्ड स्तरको बिक्री देखिएको छ, किनभने अमेरिकी उपभोक्ताहरूले समाप्त हुँदै गएको कर–राहत योजना (७ हजार ५०० अमेरिकी डलर) को फाइदा लिन उत्साहपूर्वक ईभी खरिद गरेका थिए । चीन र अमेरिकाको अगुवाइ चीन विश्वकै सबैभन्दा ठूलो मोटर गाडी बजार हो र विश्वव्यापी ईभी बिक्रीको आधाभन्दा बढी हिस्सा चीनकै हो । सेप्टेम्बर महिनालाई सामान्यतया चीनमा सवारी खरिदको उच्च समय मानिन्छ । यसपटक उपभोक्ताहरूले पुराना सवारी साट्ने अनुदान समाप्त हुनुअघि बढीभन्दा बढी फाइदा लिन गाडी खरिद गरेका थिए । अर्कोतर्फ अमेरिकामा संघीय कर–राहत अन्त्य हुनुअघि मागमा तीव्र वृद्धि देखियो । तर, चौथो त्रैमासिकमा माग तीव्र रूपमा घट्ने अनुमान गरिएको छ किनभने उपभोक्ता र व्यवसाय दुवैले संघीय प्रोत्साहन गुमाउने मोसनले जनाएको छ । युरोपमा पनि नयाँ रेकर्ड युरोपमा समेत ईभी बिक्री उच्चतम स्तरमा पुगेको छ । जर्मनीमा सरकारी प्रोत्साहन योजनाहरू र बेलायतमा बढ्दो मागले बजारलाई थप बलियो बनाएको छ । साथै टेस्लाले सस्तो मूल्यको मोडेल वाई युरोपमा सार्वजनिक गरेपछि प्रतिस्पर्धा झन् तीव्र हुने अपेक्षा गरिएको छ । मोसनको तथ्यांकअनुसार सेप्टेम्बर महिनामा ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री २६ प्रतिशत बढेर २१ लाख इकाई  चीनमा करिब १३ लाख सवारीसाधन बिक्री युरोप : बिक्री ३६ प्रतिशत बढेर ४ लाख २७ हजार ५४१ एकाइ उत्तरी अमेरिका : बिक्री ६६ प्रतिशत बढेर करिब २ लाख १५ हजार एकाइ अन्य क्षेत्रहरू : बिक्री ४८ प्रतिशत बढेर १ लाख ५३ हजार ५९४ सवारीसाधन डाटा प्रबन्धक चार्ल्स लेस्टरका अनुसार संघीय कर–राहत समाप्त भएपछि वर्षको अन्तिम त्रैमासमा अमेरिकाको माग तीव्र रूपमा घट्ने अपेक्षा छ । उनका अनुसार केही प्रमुख निर्माता कम्पनीहरू जस्तै जनरल मोटर्स (जीएम) र हुन्डाईले बिक्रीमा आउने असर न्यून पार्न छुट योजना र डिलरमार्फत भण्डारण सवारीसाधन बिक्रीको रणनीति अपनाइरहेका छन् । तर समग्रमा उत्पादन स्तर घटाइएको छ । टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो