सडकमा हर्न बजाउन नपाइने, ध्वनि प्रदूषण नियन्त्रण गर्न हर्न बजाए कारबाही
काठमाडौं । सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको हो । सडकमा गुड्ने यातायातका साधनले अब विशेष अवस्थाबाहेक हर्न बजाए जरिबाना तिर्नुपर्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ को ग अनुसार जथाभाबी हर्न बजाए जरिबाना गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । जथाभावी हर्न बनाएर पहिलोपटक पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटकबाट १५ सय जरीवाना हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख १ गतेदेखि यो नियम लागू हुने निर्णय गरेको छ । अन्नपूर्ण पोस्टबाट ।
नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल सहित ६ जना सर्वसहमतिमा निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कार्यसमितिमा एशोसिएट उपाध्यक्षसहित ६ जना सर्वसहमत भएका छन् । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएका छन् । महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसहमति भएको यो पहिलो पटक हो । द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फ नेपाल थाई उद्योग वाणिज्य संघको अध्यक्ष अजय मुडभरी सर्वसहमत भएका छन् । त्यस्तै प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघबाट कमलकुमार श्रेष्ठ, प्रदेश नम्बर ५ मा नवलपरासी उद्योग वाणिज्य संघबाट भीमबहादुर थापा क्षेत्री, प्रदेश नम्बर ६ मा डोल्पा उद्योग वाणिज्य संघबाट लंकमान रोक्का, संस्थापक सदस्य समूहको सदस्यमा मोरङ व्यापार संघबाट अभिनास बोहरा निर्वाचित भएका छन् ।
महासंघको नेतृत्वका लागि १११ जना चुनावी मैदानमा(सूचिसहित)
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय नेतृत्वका लागि ११ जना चुनावी मैदानमा खडा भएका छन् । महासंघ निर्वाचन समितिका सदस्य लिलामणि पौडेलका अनुसार उम्मेदवारी दर्ताका लागि दिईको सोमबार साँझ ६ बजेसम्मको अवधीम १११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । बरिष्ठ उपाध्यक्षका शेखर गोल्छा र किशोर प्रधानले उम्मेदवारी दर्ता गरेका छन् भने जिल्ला नगरमा प्रमोद श्रेष्ठ र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । बस्तुगत तर्फको उपाध्यक्षमा भने उमेशलाल श्रेष्ठ, शंकर पाण्डे र अनुप बहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन् । एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र प्रसाद ढकालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध घोषणा गरिएको छ । निर्वाचन समितिका सदस्य पौडेलका अनुसार जिल्ला नगर २९ बाट जनाको उम्मेदवारी दर्ता भएको छ । महासंघ केन्द्रमा जिल्ला नगर उद्योग बाणिज्य संघबाट १८ कार्य समिति सदस्य निर्वाचित हुने व्यवस्था छ । एसोसियट तर्फबाट केन्द्रिय कार्य समिति सदस्यका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । एसोसियट तर्फबाट कार्य समिति सदस्यमा १९ जना निर्वाचित हुने व्यवस्था रहेको छ । बस्तुगत संघहरुका तर्फबाट २८ जनाले केन्द्रिय कार्य समितिका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासंघको विधानमा बस्तुगत संघका तर्फबाट १४ जना निर्वाचित हुने व्यवस्था रहेको छ । द्धिराष्ट्रिय उद्योग बाणिज्य संघका तर्फबाट अजय मुडभरीको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भैसकेका छन् ।
चन्द्र ढकाल एसोसियट उपाध्यक्षमा निर्विरोध, को हुन् ढकाल ?
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्बिरोध निर्वाचित भएका छन् । महासंघको चैत २९ गतेका लागि तोकिएको निर्वाचनमा ढकालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । ‘एसोसियट तर्फको उपाध्यक्षमा चन्द्र ढकालको मात्रै उम्मेदवारी परेको छ, निर्धारित समयमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको छ’, महासंघको निमित्त महानिर्देशक मिना श्रेष्ठले विकासन्युजसँग भनिन् । सौरभ ज्योतिले एसेसियट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए तर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिँदै ढकाललाई नै समर्थन गरेका हुन् । को हुन ढकाल ? बाग्लुङको अमलाचौर गाबिसमा बिस २०२२ साल असार ९ गते (२३ जुन १९६५ ) जन्मिएका चन्द्र प्रसाद ढकाल नेपालका उदियमान उद्यमी हुन् । उनको नेतृत्वमा खडा भएको आइएमई ग्रुपले बैंकिङ, रेमिटेन्स, उर्जा, पुर्वाधार, अटोमोबाइल, पर्यटन, इन्फोटेनमेन्ट तथा व्यापारका क्षेत्रमा तिब्र गतिमा प्रगति गरिरहेको छ । ढकालले सन २००१ मा मलेसियाबाट नेपालमा रेमिटेन्स पठाउने गरि इन्टरनेशनल मनि एक्सप्रेस(आइएमई) नामको कम्पनी खडा गरेका थिए । यतिबेला आइएमई नेपालकै एक नम्बर रेमिटेन्स कम्पनीका रुपमा स्थापित भएको छ जसले ढकाललाई कमर्सियल्ली इम्र्पोटेन्ट पर्सन(सिआईपी) अवार्ड र रेमिटेन्स तर्फ सबै भन्दा ठुलो करदाताको सम्मान दिलाईरहेको छ । आइएमईले मात्रै नेपाल भित्रिने रेमिटेन्सको २५ प्रतिशत हिस्सा ओगटेको दावी गर्दै आएको छ । ढकालले उद्योग व्यवसायकै कारण प्रबल जनसेवा चौथो, सिआइपी अवार्ड २०१४, रेमिटेन्समा ठुलो करदाता सम्मान, कान्तिपुर टेलिभिजनको टप बिजनेश पर्सनालिटी अफ द इअर २०१४, गोर्खा दक्षिण बाहु चौथो लगायतका प्रतिष्ठित सम्मान तथा मानपदवी प्राप्त गरिसकेका छन् । ढकाल हाल इण्डोनेसियाका लागि अवैतनिक महाबाणिज्य दूतका रुपमा कार्यरत छन् । त्यस बाहेक नेपाल मलेसिया चेम्बर अफ कमर्शको अध्यक्षका रुपमा पनि भूमिका निर्वाह गरिसकेका छन् । त्यस बाहेक इन्टरनेशनल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री(आइसीसीको उपाध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको उपाध्यक्ष, पश्चिमाञ्चल विकास फोरमको अध्यक्ष पनि छन् । ढकालले ग्लोबल आइएमई बैंकको अध्यक्ष, आइएमई ग्रुपको अध्यक्ष, आइएमई लिमिटेडको अध्यक्षको जिम्मेवारी पनि एकै साथ निर्वाह गरिरहेका छन् । ढकालकै माउण्ट पुमोरी एयर कार्गाे प्राली नामको कम्पनी र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्राली पनि सञ्चालनमा छ । आइएमई अटोमोटिभ्स प्राली र एलटी इन्टरप्राइजेजले अटोमोबाइलको कारोबार गर्दै आएको छ । हिमालयन पावर पार्टनर लिमिटेड र माउन्टेन इनर्जी प्राली उर्जाका क्षेत्रमा काम गरिरहेको छ । हिमालयन पार्टनरले २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजनामा लगानी गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडबाट काठमाडौं नजिकै केबल कार निर्माण गरि सञ्चालन गरिरहेको छ । ढकालले अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, भारत, इण्डोनेसिया, इटाली, जापान, लक्जमबर्ग, मलेसिया, नेदरल्याण्ड, नर्वे, पाकिस्तान, कतार, रसिया, बेलायत, अमेरिका, कोरिया, थाइल्याण्ड, स्वीजरल्याण्ड, स्पेन, युएई लगायतका देशहरुको भ्रमण गरिसकेका छन् । उनले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यसँगै अन्तराष्ट्रिय तथा एनआरएन लगानी प्रवद्र्धन कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरेसँगै एसोसियट तर्फको उपाध्यक्षमा सर्वसम्मतिले चयन भएका हुन् ।
ग्लोबल आइएमई बैंकको १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकको गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ दशमलब ७६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारणसभाले पारित गरेको हो । १५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड रुपैयाँ पुगेकोे छ । हालसम्म बैंकले ८७ अर्ब रुपैयाँ निक्षेप र ७२ अर्ब रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ । साथै, सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसरिया निर्विरोधरुपमा निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरजकुमार श्रेष्ठ संचालकमा निर्विरोध रुपमा निर्वाचित भएका छन् । हाल बैंकको ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।
एनसीसी बैंकमा संक्रमण लम्बियो, एपेक्स डेभलपमेन्ट बैंकको ९५ करोड ऋण खराब
काठमाडौं । एनसीसी बैंकमा मर्जपछिको संक्रमण लम्बिएको छ । एपेक्स डेभलपमेन्ट बैंकको वार्षिक प्रतिवदन राष्ट्र बैंकले अस्वीकृत गरेपछि एनसीसी बैंकको नियमित वार्षिक साधारणसभा पनि रोकिएको छ । एनसीसीमा मर्ज हुनुपूर्व एपेक्स डेभलपमेन्ट बैंकमा गरिएको डीडीएले नभेट्टाएको कैफिएत राष्ट्र बैंकले भेट्टाएको छ । राष्ट्र बैंकले करोडौं रुपैयाँ बराबरको थप कर्जामा प्रोभिजन गर्न निर्देशन दिएको छ । अहिलेसम्म एपेक्सको खराव कर्जा ९५ करोड पुगेको स्रोतले बतायो । सबै प्रक्रिया पुरा हुन बाँकी रहेकोले साधारणसभा गर्न केही ढिला भएको एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । एपेक्स डेभलपमेन्ट बैंकको वार्षिक प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत नभएकोले ढिलाई भएको उनले जानकारी दिए । वार्षिक साधारणसभा ढिलाई हुने भएपछि एनसीसी बैंक सञ्चालक समितिले बैशाख ३ गते विशेष साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । तर विशेष साधारणसभा सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत नभएपछि बैंक सञ्चालक समितिको पछिल्लो निर्णय पनि कार्यान्वनमा ढिलाई हुने देखिएको छ । विशेष साधारणसभाको लागि १५ दिन अघि सार्वजनिक सूचना निष्काशन गर्नुपर्ने व्यवस्था छ । तर चैत्र २१ गतेसम्म बैंकले विशेष साधारणसभाको लागि सार्वजनिक सूचना प्रकाशन गरेको छैन । बैंकले विशेष साधारणसभा गर्न अनुमति मागेको र त्यसबारेमा राष्ट्र बैंकले अध्ययन गरिरहेको राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । वार्षिक साधारणसभाको प्रक्रिया पूरा गर्न थप समय लाग्ने र आगामी असार मसान्तअघि नै पुँजी वृद्धि गर्नुपर्ने भएकोले विशेष साधारणसभा गरी हकप्रद सेयर निष्काशन अगाडि बढाउने प्रस्ताव बैंकले गरेको उनले जानकारी दिए । नियमित साधारणसभा गर्दा सञ्चालक समितिको निर्वाचन पनि हुने र वर्तमान सञ्चालक समिति विस्थापित हुने भएकोले वर्तमान सञ्चालक समितिले आफ्नो कार्यकाल लम्व्याउन वार्षिक साधारणसभा नगरेको बैंकका सेयरधनीको आरोप छ । ‘राष्ट्र बैंकले टिका लगाएर बनाएको टिके सञ्चालकहरु आफ्नो आयु लम्याउने वहाना बाजी गरिरहेका छन्’ बैंकका सेयरधनी अनुप खुञ्जेलीले बताए । वाफिया विपरित सांसद्लाई टिका लगाएर राष्ट्र बैंकले सञ्चालक बनाएको र अर्को साधारणसभा नभएसम्म सञ्चालक बन्न पाउने गरि पत्र दिएकोमा उनले राष्ट्र बैंकको आलोचना गरे ।
नेप्सेमा ५ करोड ३६ लाख कित्ता सेयर थपियो, सबैभन्दा बढी बोनस सेयर
काठमाडौं । सोमबार मात्रै नेपाल स्टक एस्चेञ्ज(नेप्से)मा ५ करोड ३६ लाख १४ हजार ९९५ कित्ता सेयर थपिएको छ । सो दिन ७ वटा कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएको छ । सो दिन बोनस सेयर मात्रै ३ करोड ४२ लाख ९२ हजार २९५ कित्ता सेयर सूचिकृत भएको छ । साथै, १ करोड ९३ लाख २२ हजार ७०० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबार सूचिकृत ७ कम्पनीको सेयर
नेपाल बैंकले २३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, चैत २९ गते बुक क्लोज
काठमाडौं । नेपाल बैंक लिमिटेडले २३ दशमलब ७४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंक सञ्चालक समितिको उक्त निर्णयलाई आइतबार सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, सो प्रयोजनको लागि आगामी चैत २९ गते बैंकको बुक क्लोज रहने भएको छ ।