करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए, छाउपडी उन्मूलन अभियान सेलाउँदै
सुर्खेत । केही वर्षअघि छाउपडी (रजस्वला) बार्ने चलनलाई ‘कुप्रथा’ भन्दै सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ अभियान चलाए। रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि प्रदेश नम्बर ६ र ७ का जिल्लामा ‘छाउपडी उन्मूलन’ अभियान सञ्चालन भयो। त्यस क्रममा करौडौं रकम खर्चेर गाउँका ज्यानमारा छाउगोठ भत्काइए। तर, अभियान सेलाउँदै गएपछि छाउगोठ अहिले धमाधम ठडिन थालेका हुन्। छाउगोठ भत्काउँदा दैलेखमा मात्र तीन करोड रकम खर्च भएको थियो। यो गैरसरकारी संस्थाको हिसाब हो। उक्त अभियानमा साविकका गाविस, जिविस र महिला तथा बालबालिका कार्यालयले पनि रकम खर्च गरे। सुर्खेतमा पनि तामझामका साथ अभियान सञ्चालन भएको थियो। एक गाविसलाई ‘छाउपडीमुक्त’ घोषणा गर्दा नै सात लाख रुपैयाँसम्म खर्च भएको गैरसरकारी संस्थाको दाबी छ। सरकारी निकायले गरेको हिसाब जोड्ने हो भने सुर्खेतमा पनि करोडौं रकम खर्च भएको देखिन्छ। तर, ठूलो रकम खर्चंदै छाउगोठ भत्काएर मुक्त घोषणा गरिएका स्थानमा हिजोआज पुनः छाउगोठ बिउँतिन थालेका हुन्। छउपडी गोठ दाताले रकम उपलब्ध गराउन छाडेपछि गैरसरकारी संस्था (एनजीओ)हरू अभियान छाडेर फिर्ता भइसकेका छन्। त्यससँगै सरकारी निकायले चासो दिएका छैनन्। अभियान नै हराएपछि छाउपडीमुक्त घोषणा गरिएका स्थानमा पुनः निर्माण हुने क्रम बढेको हो। अभियानका बेला गाउँमा छाउगोठ भत्काउन नेतृत्व गरेका महिला नै हिजोआज छाउगोठमा फर्किएका छन्। करौडौं खर्च गरेर घरभित्र ल्याइएका यहाँका महिलालाई महिनावारीका बेला छाउगोठमै सुताउन थालिएको छ। वातावरण सुधार संस्थाले सुर्खेत र दैलेखमा अनि किर्डाक नेपालले सुर्खेतमा छाउपडी बार्ने कुप्रथाविरुद्ध अभियान चलाएका थिए। छाउपडी बार्ने चलनको अन्त्यका लागि अछामलगायत केही जिल्लामा सेभ द चिल्ड्रेनले पनि लगातार पाँच वर्ष विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। त्यस बेला छाउगोठ भत्काउनेलगायत थुप्रै जनचेतनाका काम पनि भए। त्यसका लागि करोडौं खर्चसमेत भयो। तर, अहिले पनि समस्या उस्तै देखिएको छ। पाँच वर्षको बीचमा गैरसरकारी संस्था तथा सरकारी निकायले पाँच करोडभन्दा बढी खर्च गरे। सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिलबहादुर ऐरका अनुसार अछाम, डोटी, बाजुरा, बझाङलगायत जिल्लाका करिब ४० गाविस छाउपडीमुक्त घोषणा भएका थिए। छाउगोठ भत्किए पनि कुप्रथा हट्न सकेन। उक्त संस्थाले सबै रणनीतिक कार्यक्रम महिला तथ बालबालिका कार्यालयलाई हस्तान्तरण गरेको थियो। तर, अहिलेसम्म पनि सरकारी तहबाट यकिन अवस्था आउन सकेको छैन। ‘समस्या त उस्तै छ। अझै सरकारका तर्फबाट छाउविशेषै भनेर बजेट वा कार्यक्रम नभए पनि हामीले अरू कार्यक्रममा छाउको विषय जोडेर जनचेतना जगाउने काम गरिरहेका छौं’, महिला तथा बालबालिका कार्यालय अछामका प्रमुख भगवती अर्यालले भनिन्। अहिले कुनै पनि निकायले छाउ बार्ने चलन हटाउनका लागि कार्यक्रम चलाएका छैनन्। गोठ भत्काउने, छलफल गर्ने, घरदैलोजस्ता कार्यक्रमबाहेक कुप्रथा हटाउन र त्यसको सोचमा परिवर्तन गर्ने कुनै पनि प्रभावकारी कार्यक्रम हुन सकेनन्। ‘यहाँका बासिन्दामा बसिरहेको देउता नै सबैभन्दा ठूलो समस्याको जरो हो’, अर्यालले भनिन्, ‘छाउ नबार्दा देउता रिसाउँछ र घरपरिवारमा नराम्रो हुन्छ भन्ने सोचबाट स्थानीयवासीलाई बाहिर निकाल्न निकै गाह्रो छ।’ जिल्लाभरि कति छाउगोठ छन् भन्ने तथ्यांक संकलन गरिरहेको उनको भनाइ छ। २०५७ सालदेखि अहिलेसम्मको आँकडाअनुसार अछाममा १२ जनाको छाउगोठमा मृत्यु भएको छ भने कैयौं गम्भीर बिरामी भए। मृत्युका धेरैजसो घटनालाई स्थानीयले छाउगोठसँग जोड्न चाहँदैनन्। धेरै घटना बाहिर नै आउँदैनन्। स्थानीयवासी घरपरिवारमा आपत्विपत् आइलागे छाउपडी प्रथालाई नै दोष दिन्छन्। छाउ नबारेका कारण घरमा नराम्रो भएको सोचले उनीहरूको दिमागमा जरा गाडिसकेको छ। ‘गाउँमा गाई, भैंसीले दूध दिन छोडे रे, पानीका मूल सुके रे, देउता रिसाए रे १’, अछाम जनालीकोटकी कोपिला साउद भन्छिन् ‘पहिला कार्यक्रम थिए र गोठ भत्काएर घरमै बस्न थालेको सकिएन, देउता रिसाएर अहिले त सबै फेरि गोठमै बस्न थाल्या छौं।’ अन्नपूर्ण पोस्टबाट ।
नेपालको प्रदूषण मापन गर्दै जर्मन जहाज, ६० हजार फिटसम्मको प्रदूषण जहाजबाट मापन
उच्च तहको वायुमण्डलको प्रदूषण जहाजको सहायताले मापन गर्न बिहीबार बिहान जर्मन जहाज ल्याइएको छ । मेसिनले तल्लो तहसम्मको प्रदूषण मापन गर्ने भएकाले ६० हजार फिटसम्मको प्रदूषण उक्त जहाजबाट मापन सुरु गरिएको वातावरण मान्त्रालयले जनाएको छ । मन्त्रालय र जर्मनीको विश्वविद्यालयले वायु प्रदूषणको वैज्ञानिक अध्ययन गर्ने जहाज नेपाल ल्याएका हुन् । १७ दिने कार्यक्रम स्वीकृत गरी जहाज नेपाल भित्र्याइएको छ । नेपालमा वायु प्रदूषण विश्वमै उच्च भएको सरकारी तथ्यांकले देखाएका छन् । पछिल्ला दिनमा राष्ट्रिय मापदण्डभन्दा दोब्बर धूलो उड्ने गरेको मन्त्रालयले राखेको प्यारोमिटरले देखाएको छ । अन्नपूर्ण पोस्टबाट ।
सिंहदरबारभित्रै आईएनजिओको ९० अर्ब
काठमाडौं । आन्तरिक सुरक्षाका लागि निकै संवेदनशिल मानिएका मन्त्रालयसहित संवैधानिक आयोगमासमेत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था आइएनजिओ र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबर लगानी गरिरहेको पाईएको छ। सुरक्षा संवेदनशिलता ख्याल नगरी गृहसहित १८ वटा मन्त्रालय, सर्वोच्च अदालत, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले ८८ अर्ब ९८ करोड १४ लाख ८६ हजार ७ स ८१ रुपैयाँ खर्च गरिरहेका हुन्। पूर्वमुख्यसचिव लीलामणि पौडेलले पदबहालीलगत्तैको पहिलो निर्णय नै प्रधानमन्त्री कार्यालयबाट आईएनजिओ र दातृ निकायबाट सहयोग नलिने निर्णय गरेका थिए। ‘प्रधानमन्त्री कार्यालयले कुनै पनि आइएनजिओ र दातृ निकायको सहयोग नलिने भन्ने निर्णय मेरो पदवहालीको पहिलो निर्णय थियो,’ हाल चीनका लागि नेपाली राजदूत रहेका पौडेलले भने,‘त्यो निर्णय उल्ट्याउन राजदूतदेखि कहलिएका सांसद प्रधानमन्त्रीमार्फत म माथि निकै दबाब दिए। तर मैले प्रधानमन्त्री कार्यालय चलाउन नेपाल आफैं सक्षम छ भनेर अडान राखेपछि बल्ल काम फत्ते गरिएको थियो।’ उनका अनुसार मुख्य सचिव भए लगत्तै सो निर्णय गरे तापनि प्रधानमन्त्री कार्यालयबाट आइएनजिओ र दातृ निकायका परियोजना हटाउन ६ महिना लागेको थियो। नागरिक दैनिकबाट ।
कपन र कीर्तिपुर एक्सचेन्जका टेलिफोन लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन
काठमाडौं । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो । कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन एक्सचेन्जका ६ हजार ५ सय ३३ लाइन अब नयाँ प्रविधिमा प्रतिस्थापन भएका छन् । आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्यान्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ । यस प्रविधि अन्तर्गतका सबै लाइनबाट अब ग्राहकको मागअनुरुप एडीएसएल लाइन उपलब्ध गराउन सम्भव हुनेछ । साथै, भविष्यमा ल्यान्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै: आईपीटीभी, भिडियो अन डिमान्ड आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने छ । नेपाल टेलिकमले हाल सञ्चालनमा रहेका पुराना प्रविधिका पीएसटीएन (ल्यान्डलाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ । गत असार २३ गते नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पीएसटीएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गरेका हुन् । साथै, उनले पुरानोे टीडीएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नति गर्ने कार्यको शुभारम्भ गरेका थिए । ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय ४६ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भइसकेको छ । आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पीएसटीएन टेलिफोन लाइनका उपकरणहरुलाई आइपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरिनेछ । आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्यान्डलाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम रहेको छ । साथै त्यसपछि बाँकी ल्यान्डलाइन सेवालाई पनि क्रमशः आइपी बेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने लक्ष्य रहेको छ । २५ वर्ष अघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई प्रविधिको विकासक्रम अनुरुप आधुनिक आईपी बेस्ड प्रविधिमा रुपान्तरण गरी उपभोक्ताको माग अनुरुपको भ्यालु एडेड सेवा समेत वितरण गर्न सकिने गरी यो सेवालाई स्तरोन्नति गर्न आरम्भ गरिएको टेलिकमले जनाएको छ ।
अब ठमेल २४ सै घण्टा खुल्ने
काठमाडौं । काठमाडौं । अब राजधानीको व्यस्त पर्यटकिय नगरी ठमेल २४ सै घण्टा खुल्ने भएको छ । काठमाडौं महानगरपालिकाले अघि सारेको ‘२४ आवर मार्केट’को योजनालाई गृहमन्त्री जनार्दन शर्मा सुरक्षा दिएर सघाउने घोषणा गरेका हुन् । यस अघि नै ठेमललाई नेपालको पहिलो २४ आवर मार्केटका रुपमा सञ्चालन गर्ने भनिएपनि प्रहरीले सुरक्षा दिन नसक्ने बताउँदै आएको थियो । अब गृहमन्त्रीले सुरक्षाको उचित प्रबन्ध मिलाउन निर्देशन दिएसँगै ठमेल २४ सै घण्टा सञ्चालनमा आउन लागेको हो । राजधानीमा आयोजीत पर्यटन व्यवसायीहरुको एक कार्यक्रममा उनले ठमेललाई २४ सै घण्टा खुल्ला गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने बताएका हुन् । ज्ञात रहोस नेपाल आउने विदेशी पर्यटक मध्ये ९० प्रतिशतले एक पटक ठमेलको भ्रमण गर्दै आएका छन् ।
नबिल बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडौं । नबिल बैंकले वित्तिय साक्षरताको बारेमा जानकारी गराउने र आर्थिक समावेशिकरणलाई अभिवृद्धि गर्ने हेतुले राष्ट्र ब्यापी रुपमा वित्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको छ । बैंकको ३३ औं वार्षिकोत्सवको अवसर पारेर यो अभियानलाई लम्जुङको बेसिशहरबाट आर्थिक साक्षरता सम्बन्धी सचेतना र्याली, सडक नाटक तथा स्थानिय तहमा सफल भएका साना ब्यवसायीहरुका बिचमा अन्तरक्रिया कार्यक्रम जस्ता तिनवटा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरी शुरू गरिएकाे छ । उक्त कार्यक्रमहरु फिनलिट नेपाल सँगको सहकार्यमा गरिएको थियो । बैंकका बेसिशहर शाखाका शाखा प्रवन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले यी कार्यक्रमहरुको संयोजन गरेका थिए । विभिन्न सरकारी निकायका कर्मचारीहरु, सुरक्षाकर्मि, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरु समेतको सहभागितामा बैकिङ विषयमा सचेतना फैलाउने सन्देश राखिएका प्लेकार्डहरु प्रदर्शन गरी आयोजना गरिएको र्यालीलाई प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उद्घाटन गरेका थिए । उक्त र्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंक सम्म पुगेको थियो । त्यसपछी नोट वा सिक्काहरुलाई कसरी सफा राख्ने, बैकिड्ड कारोवार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के के हुन, अनावश्यक रकम खर्चगर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो । त्यस पश्चात नबिल बैंकबाट कर्जा लिएर छोटो समयमा आफ्नो व्यवसायलाई धेरै गुणा विस्तार गर्न सफल भएका एक सफल स्थानिय व्यवसायी मनमोहन अधिकारीले व्यवसाय विस्तारमा बैंकको भूमिका र सहयोगको बारेमा आफ्नो अनुभवलाई सहभागिहरु समक्ष बाँडेका थिए ।
सिप्रदी ट्रेडिङ्द्धारा ‘टाटा मार्कोपोलो अल्ट्रा’ बसको उद्घाटन, भोलिदेखि नै संचालनमा
काठमाडौं । नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले टाटा मोटर्स् लि.द्वारा उत्पादित ‘मार्कोपोलो अल्ट्रा एलपीओ’ बसको औपचारिक संचालन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै कम्पनीले ‘मार्कोपोलो अल्ट्रा एलपीओ ७.५टी ३४ एस’ का १० थान बसहरु सिप्रदी ट्रेडिङ्को ईटहरी शाखाको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रा.लि. लाई औपचारिक साँचो हस्तान्तरण गरि उद्घाटन गरेको छ । नेपाल अधिराज्यभर व्यवसायी तथा सर्वसाधरण यात्रु वर्गबाट अत्यन्तै रुचाइएको लोकप्रिय एलपीहओ अल्ट्रा मार्कोपोलो बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा संचालित छ । यो गाडी साउन ६ गतेदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्का अध्यक्ष मनोज कुमार प्रधानका अनुसार यस गाडीमा सिसी टिभी क्यामेरा, डेष्टिनेशन बोर्ड, एलईडी टिभी, यूपीएसका साथै अन्य सुविधाहरु रहेको बताएका छन् । अहिलेको प्रतिस्पर्धी समय र यात्रुवर्गको इच्छा चाहनालाई मध्यनजर गर्दै निश्चित एवं तोकिएको समयमा गन्तव्य सम्म पुर्याइने र यात्रुवर्गलाई शिष्ट र मर्यादित व्यवहार गरिने उनले बताए । उक्त साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिओओराजेश प्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभई बिक्री पछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टी हाँसिल गर्नु रहेको बताए । त्यस्तै, उनले गाडीहरुलाई कुनै पनि बेला अफ रोड हुन नदिन र छिटो भन्दा छिटो गाडीको मर्मत गरि संचालन गराउनु रहेको छ बताए । साथै उनले गाडीलाई चाहिने आवश्यक स्पेयर पार्टस्हरु सधैं सर्वत्र उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको रहेको बताए ।
आरएसडिसी लघुवित्तलाई २०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त वित्तिय संस्थालाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।