रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक
रोल्पा । विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको भनिए पनि जिल्लामा अझै आधा दर्जन साविक गाविससम्म यातायातका साधन चल्दैनन् भने दुईवटा गाविस अझै सडक सञ्जालमा जोडिएका छैनन् । जिल्लामा ४८ किलोमिटर सडक मात्रै पक्की रहेको छ । जिल्ला सदरमुकाम लिवाङ–चकचके सडकखण्डको लिवाङ–खुग्री ३९ किलोमिटर, लिवाङ–सिमलवाङ सात किलोमिटर र होलेरी–स्वर्गद्धारी दुई किलोमिटरसमेत गरी ४८ किलोमिटर सडक मात्र पक्की रहेको छ । जिल्लामा निर्माण भएका सडक सञ्जालमध्ये करिब ५० प्रतिशत सडकमा मात्र यातायातका साधन चल्ने गरेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म निर्माण भएका ५७३ किलोमिटर सडकमध्ये ३२७ किलोमिटर सडकमा मात्रै यातायातका साधन आवतजावत हुने गरेको जिल्ला समन्वय समिति रोल्पाले जानकारी दिएको छ । सडक सञ्जाललाई विकासको प्राथमिकतामा राखी काम गरिएको भएपनि निर्माण गरिएका सडकमध्ये करिब ५० प्रतिशत सडकमा मात्रै यातायातका साधन चल्ने गरेका छन । तीमध्ये वर्षात्को मौसममा समेत नियमित यातायातका साधन चल्ने सडक निकै कम रहेको बताइएको छ । निर्माण गरिएका अधिकांश सडकमा पुल नभएका कारण पनि यातायातका साधन नियमित चल्न नसकेको बताइएको छ । कतिपय सडकमा जनताको आवतजावत कम हुने भएका कारण पनि यातायात व्यवसायीले गाडी नचलाउँदा सडक प्रयोगमा आउन सकेका छैनन् । यसैगरी, वर्षात्को मौसममा झर्ने ठूलठूला पहिरोले समेत सडक सञ्चालनमा अवरोध पुर्याउने भएका कारण नियमित सञ्चालनमा आउने सडकको संख्या कम भएको हो । साविकमा ५१ गाविस रहेको रोल्पामा उवा र सेरमको गाविस भवनबाहेक अन्य सबै गाविस भवनसम्म सडक सञ्जाल जोडिएको भएपनि अझै करिब दुई दर्जनभन्दा बढी गाविस भवनसम्म यातायातका साधन चल्न नसकेको जिल्ला समन्वय समिति रोल्पाका सूचना अधिकृत रामकुमार न्यौपानेले जानकारी दिए । रासस –––––––––
रेलको प्रगति सतप्रतिशत, नेपालमै रेल दौडिने सम्भावना भने दशकौसम्म न्यून
काठमाडौं । नेपालमा रेलमार्ग बनाउने र रेल कुँदाउने एकमात्रै उद्देश्य बोकेर स्थापना भएको रेल विभागको बार्षिक प्रगति सत प्रतिशत रहेको छ । यो विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा दुई दिन अगाडि बुझाएको एक प्रतिवेदन अनुसार रेल विभागको भौतिक र आर्थिक प्रगति सत प्रतिश रहेको छ । यो प्रगतिले नेपालमा रेलमार्ग सम्पन्न भएको रेल पनि दौडने भन्ने संकेत गर्छ । तर, मन्त्रालयका प्रवक्त राजेन्द्रराज शर्माका अनुसार रेल विभागले राखेको वार्षिक लक्ष्य नै सानो आकारमा रहेको र बार्षिक बजेट अनुसारको योजना बनाएकोले मात्रै सत प्रतिशत प्रगति देखिएको हो । उनका अनुसार यो दुईपाने कागजमा देखिएको प्रगति केही होइन, बार्षिक बजेट सक्ने गरी बनाएका साह्रै सामान्य काम सकियो भनेर देखाएको विवरण मात्रै हो । अहिलेकै बार्षिक बजेट र भौतिक प्रगतिको अवस्थाले त अझै दशकौसम्म रेलमार्ग सम्पन्न हुने र नेपालमै रेल दौडले सम्भावना छैन । उनका अनुसार वार्षिक कति काम गर्ने, कुन काम कति हुन्छ, कहिले कुन काम सक्ने र रेल खरिद कहिलेसम्म गर्ने अनि कहिलेबाट सञ्चलन गर्ने भन्ने योजना नै छैन । सरकारले दिने बजेट पनि १० अर्ब लाग्ने योजनाका लागि जम्मा दश २० करोड रुपैयाँ मात्रै हुन्छ । त्यसैले पूर्ण कार्ययोजना र ठोस कामको प्रगति नभएसम्म नेपालमा अझै दशकौसम्म रेल सपना अधुरै रहने निश्चित छ । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट बार्षिक २५ देखि ३० अर्ब बजेट आवश्यक नेपालमा साच्चै हाम्रो पुस्ता रेल देख्ने हो भने पनि यो क्षेत्रमा बार्षिक कम्तिमा २५ देखि ३० अर्ब बजेट निकासा गर्ने र सोही अनुसारको एक्सन प्लान बनाएर काम हुनुपर्छ । रेल मार्ग सम्पन्न गर्न खर्बभन्दा बढीको लागत रहेको छ भने रेल किन्न कम्तिमा तीन ४ अर्ब खर्चनुपर्ने छ । तर, सरकारले वार्षिक रुपमा विनियोजन गर्ने बजेट भने मुस्किलले तीन ४ अर्ब हुन्छ । यही रकमबाट पुँजीगत र विकास खर्च गर्नुपर्ने हुन्छ । भएकै बजेट खर्च गरेर सम्पन्न हुन सक्ने काम पनि निकै थोरै रहेको उल्लेख छ । यसर्थ, सरकारले जति बढी बजेट दिन सक्यो र उत्ति धेरै काम हुने पनि उल्लेख छ । रेल किन्न ३ अर्ब मागियो रेल विभागले सिमरा बर्दिवास खण्डको १०८ किलोमिटर खण्डमध्ये २५ किमीमा रेलमार्ग निर्माण गरिरहेको छ । विभागले यो मार्ग निर्माण सम्पन्न गर्दै जाने र रेल पनि सञ्चालन गर्ने गरी योजना बनाएको छ । सोही योजना अनुसार २० वटा डिब्बा भएको रेल किन्न ३ अर्ब रुपैयाँ माग गरेको छ । तर, भौतिक मन्त्रालयसगँ बजेट नभएकोले यो रकम तत्काल निकासा गर्न सक्ने अवस्था पनि नरहेको मन्त्रालयकै भनाइ छ । मन्त्रालयका अनुसार सरकारले बजेट नै कम राख्ने भएकोले पनि थोरै खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
ग्लोवल आइएमई बैंकले कमायो एक वर्षमै २ अर्ब, ४७ प्रतिशतले नाफा बढाउन सफल
काठमाडौं । ग्लोवल आइएमई बैंकले एक वर्षमै २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६५ करोड ५९ लाख रुपैयाँले बढी हो । यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव ५५ प्रतिशतले बढी हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो । बैंकले असार मसान्तसम्ममा संचित कोषमा ४ अर्ब ९ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्ममा निक्षेप १ खर्ब १ अर्ब ९१ करोड रुपैयाँ संकलन गरेको छ भने ८० अर्ब ८१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म १६ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलव ५७ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी २५रुपैयाँ २२ पैसा रहेको छ । यो बैंकको सीसीडी रेसियो ७२ दशमवल ४४ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १६१ रुपैयाँ ३१ पैसा रहेको छ ।
विजुलीको महसुल २० प्रतिशत बढाउने प्रस्ताव, साउनदेखि नै बढाउने तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २० प्रतिशत महसुल बृद्धि गर्न प्रस्ताव गरेको छ । घरायसी ग्राहकलाई महसुल बृद्धि गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले गत वर्षको साउनदेखि लागू हुने गरी विजुलीको महसुल २० प्रनिशत बृद्धि गरेको थियो । चार महिना अघिदेखि नै चालू आवदेखि लागू हुने गरी प्रािधकरणले महसुल बृद्धिका लागि प्रक्रिया अघि बढाए पनि स्थानीय चुनावका कारण ढिलाइ भएर बल्ल प्रस्ताव अघि बढाएको हो । प्राधिकरणले अध्यक्ष जगत भुषालले प्राधिकरणले महसुल बृद्धिका लागि प्रस्ताव गरेको र यसको अध्ययन अघि बढाउने बताए । प्रस्ताव आएको छ । सदस्यहरुलाई प्रस्ताव वितरण गरेका छौं । अब छलफल हुन्छ । उनले भने । छलफलको आधार महसुल बढाउने नबढाउने निर्णय हुन्छ । कारोबार दैनिकबाट ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्नु पर्ने
काठमाडौं । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औंल्याएको छ । प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औल्याएको छ । नेपाल नगारिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको निजगढ विमानस्थल निर्माण आयोजनालाई केही समय अगाडि प्रतिबेदन बुझाएको थियो । एकमात्र अन्तर्राष्टिय विमानस्थलको चाप धान्न नसक्ने अवसथमा पुगेपछि सरकारले महत्वका साथ निजगढ विमानस्थल बनाउन थालेको हो ।कारोबार दैनिकबाट ।
आयल निगमका खड्काबाट थप २० करोड घोटाला
काठमाडौं । करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल(डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमति लगायत निर्णयमा खुलेको छ । खड्काले शक्ति केन्द्रको आडमा एकपछि अर्को अनियमितता गर्दै जाने तर सरकारी निकाय मौन बसेर कारबाहीको दायरामा नल्याउँदा निगम भ्रष्टाचारको अखडा बनेको हो । निगमले भारतबाट इन्धन ल्याई उपभोक्तालाई भार पर्नेगरी मासिक आधा अर्ब रुपैयाँभन्दा बढी नाफा कमाइरहेको छ । त्यसैका आडमा शक्ति केन्द्रलाई रिझाएर खड्का र उच्च पदाधिकारीले बह्मलुट गरिहेका छन् । नागरिक दैनिकबाट ।
सानिमा बैंकको नाफा १ अर्ब ३० करोड, ३० प्रतिशले बढायो नाफा
काठमाडौं । सानिमा बैंकले पनि एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो । यो बैंकले गत आव२०७३/७४ मा ३० दशमलव ५३ प्रतिशतले नाफा बढाउन र अर्ब बढी नाफा कमाउने बैंकको सूचीमा पर्न सफल भएको छ । यसले अघिल्लो आवको तुलनामा गत आवमा ३० करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ । यो बैंकले असार मसान्तसम्ममा संचित कोषमा २ अर्ब १६ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्ममा निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ भने ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले ९ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ०१ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७२ दशमवल ०४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
गफै गरेर सक्छन नेपालीले दैनिक १८ करोड, मोवाइल रिचार्जमा ठूलो खर्च
काठमाडौं । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ। यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो। अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलको वार्षिक आम्दानी हेर्दा ग्राहकले अझै धेरै खर्च गरेको देखिन्छ। दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ। मुलुकभर ६ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी भए पनि अरू चार वटाको कारोबार धेरै छैन। मुलुकभर कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र हुने गरेको छ। नागरिक दैनिकबाट ।