विकासन्युज

खानेपानीका लागि त्रिपक्षीय सम्झौता

भक्तपुर । ‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड), स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार चाँगुनारायणको मनोहरा बेँसीका २७५ र पिखेल पकुनेपाटीका १०६ घरधुरीमा खानेपानी विस्तार हुने भएको छ । खानेपानी विस्तारका लागि फण्ड बोर्डले आवश्यक आर्थिक सहयोग गर्ने र सोयाले प्राविधिक सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको सोयाका प्रबन्ध निर्देशक पहलमान श्रेष्ठले बताए । सोयाले गत वर्षदेखि फण्ड बोर्डको आर्थिक सहयोगमा जिल्लाका ६ वटा बस्तीका घरघरमा खानेपानीको धारा विस्तारका लागि काम गर्दै आइरहेको छ । ती आयोजनामा मनोहरा बँेसी खानेपानी तथा सरसफाइ आयोजना, पिखेल (पकुनेपाटी) खानेपानी तथा सरसफाइ आयोजना, छालिङ्ग (थापागाउँ) खानेपानी तथा सरसफाइ आयोजना, बहालवन काफ्ले टोल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना, सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ आयोजना र आशापुरी खानेपानी तथा सरसफाइ आयोजना रहेका छन् । यी ६ वटै आयोजनामा पूर्व विकास चरणका कार्यहरु र विकास चरणको सम्पूर्ण कार्य पूर्णरुपमा सम्पन्न भइसकेको सोयाले जनाएको छ । रासस

भार्गव विकास बैंकले कमायो साढे तीन करोड, नाफा ३६ प्रतिशतले बढ्यो

काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ कमाएको छ । यो वैंकले अघिल्लो आवको तुलनामा ३६ प्रतिशतले नाफा बढाएको छ । यसले अघिल्लो वर्षको तुलनामा ९३ लाख रुपैयाँ नाफा बढाएको छ । यसको अघिल्लो वर्षको नाफा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको संचित कोषमा ५ करोड २५ लाख रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले गरेको लगानी १ करोड ३९ लाख रुपैयाँ छ । यो विकास बैंकको खराव कर्जा अनुपात शून्य दशमलव ८९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ६४ दशमलव १५ प्रतिशत छ । यो बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १९ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रभु बैंकले बढायो ५२ प्रतिशत नाफा, बैंकले कमाई १ अर्ब ७५ करोड

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा ६० करोड ३७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा २ अर्ब ५ करोड रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६१ अर्ब ९७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले गरेको लगानी ११ अर्ब ६९ करोड रुपैयाँ छ ।  बैंकको खराव कर्जा अनुपात ४ दशमलव २९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७१ दशमलव १० प्रतिशत छ ।

प्राइमले कमायो डेढ अर्ब, ३३ प्रतिशतले नाफा बढाउन सफल

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । बैैंकले गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले नाफा बढाएको छ । यो नाफा अघिल्लो आवमा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा यो बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसकोे संचित कोषमा ३ अर्ब १२ करोड रुपैयाँ छ । बैंकले गत आवमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ७१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यस बैैंकको हालसम्म लगानी ६ अर्ब १४ करोड गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात शून्य दशमलव ७८ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७६ दशमल ८० प्रतिशत छ । यो बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ४४ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९ दशमलव ४२ प्रतिशत रहेको पनि उल्लेख छ ।

देवले साझा विकास बैंकलाई प्राप्ति गर्न बोलायो भदौ १ गते विशेष साधारणसभा

काठमाडौ । राजधानीमा रहेको देवः विकास बैंकले धनगढीमा रहेको साझा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । साझालाई प्राप्ति गर्न देवःले भदौ १ गते विशेष साधारणसभा बोलाएको छ । दुबैं विकास बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीपीए) प्रतिवेदन तयार भइसकेको छ । १ बराबर १ अनुपातमा सेयर आदनप्रदान (स्वाप रेसियो) कायम गर्ने विषयमा सहमति भइसकेको छ । दुबै बैंकको सभाले पारित गरेपछि प्राप्तिको प्रक्रिया अघि बढने छ । चुक्तापुँजी बढाउन देवले साझालाई प्राप्त गर्न लागेको हो । राष्ट्रियस्तरको विकास बैंक बन्न साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनु पर्ने वाध्यकारी व्यवस्थाका कारण देवले साझालाई खरिद गर्न लागेको हो ।

अरुण फाइनान्सको शतप्रतिशत हकप्रद, १५ लाख कित्ताको आवेदन भदौ ६ देखि

काठमाडौं । अरुण फाइनान्स लिमिटेडले शत प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो फाइनान्सले १ सय रुपैयाँ अंकित १५ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ । यसको सेयरको आवदेन आगामी भदौ ६ गतेबाट असोज ९ गतेसम्म रहेको छ । यो वित्तीय संस्थाले १५ करोड चुक्तापुँजीमा सोही बजारबको पुँजी बृद्धिको लागि उक्त हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदन दिन गत असार ८ गतेसम्म सेयरका कारोबार गरेका लगानीकर्ताले मात्रै पाउने छन् । यसको सेयर आवेदन ग्लोवल आइएमई क्यापिटल, अरुण फाइनान्स, ग्लोवल आईएमईको विभिन्न शाखा कार्यालयबाट गर्न सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।

कामना सेवा विकास बैंकको आजदेखि एकिकृत कारोबार सुरु

काठमाडौं । कामना र सेवा विकास बैंक एक आपसमा गाभिएर शुक्रबारदेखि एकिकृत रुपमा बैकिङ कारोबार सुरु गरेका छन् । दूई विकास बैंक एक आपसमा गाभिएपछि कामना सेवा विकास बैंकको नाममा एकिकृत बैंकिङ कारोबार गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले चुक्तपुँजी बढाउनु पर्ने वाध्यकारी व्यवस्था ल्याएपछि दुई विकास बैंक गाभिएका हुन् । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी चाहिन्छ ।

अब कतारमा पनि पीआर, नेपाली कामदारलाई लाभ हुनसक्ने

काठमाडौं । कतारले आफ्नो देशमा रहेका आप्रवासीहरुलाई स्थायी बसोबास (पर्मानेन्ट रेसिडेन्सी) पीआरको अनुमति दिने कानून पारित गरेको छ । १ महिनादेखि ६ खाडी मुलुकको प्रतिबन्ध सामना गरिरहेको कतारले अर्थतन्त्रमा प्रतिकूल असर पर्न नदिन यस्तो कदम चालेको हो । कतारको यस कदमबाट त्यहा बसोबास तथा काम गर्ने नेपालीले पनि फाइदा उठाउन सक्ने भएका छन् । सरकारी तथ्यांक अनुसार हाल ३ लाख ४० हजार देखि ४ लाखको हराहारीमा नेपाली कामदार रहेका छन् । यो बाहेक अन्य पेशा र व्यवसायमा आवद्ध नेपालीको संख्या पनि उल्लेख्य भएको बताइएको छ । आर्थिक अभियान दैनिकबाट ।