विकासन्युज

राजस्व चुहावट सम्बन्धि नयाँ ऐन बन्दै, मुद्दाको वर्गीकरण गरिने

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट ऐन २०५२ संशोधनगर्र्ने भएको छ । अद्यावधिक ऐनले गरेका व्यवस्थाहरू अस्पष्ट र समय सान्दर्भिक नभएकोले ऐनको नयाँ ड्राफ तयार गरिएको विभागका महानिर्देशक रामकृष्ण सुवेदीले बताए ।ऐनको ड्राफ बनाएर करिब एक महिनाअघि अर्थमन्त्रालयमा पेश गरिएको विभागको भनाइ छ । विद्यमान ऐनमा देखिएका समस्यालाई नयाँ ऐनमा गरिएका व्यवस्थाले समाधान गर्ने बताइएको छ । ‘विशेषत नयाँ विधेयकमा राजस्व चुहावटको वर्गीकरण गरिएको छ,’ उनले भने ‘प्रकृतिको आधारमा राजस्व अनुसन्धान सम्बन्धि मुद्दालाई अदालत र विभाग आफैले फरफारक गर्ने व्यवस्था गरिएको छ ।’ विधेयक ऐनको रुपमा आएपछि गम्भिर प्रकारका राजस्व चुहावटका मुद्दाहरू अदालतमा जान्छन् भने साना–तिना मुद्दाहरू विभाग आफैले गर्ने सुवेदीले बताए । सबैभन्दा ठूलो कुरा अब ऐनमा नै सूचना प्रविधिको माध्यमबाट राजस्व चुहावटको अनुसन्धान गर्न लागिएको छ । यसका साथै कसुरको प्रकृति हेरी सजायमा छुट हुने व्यवस्था समेत विधेयकमा गरिएको छ । सानो कसुरको सजायकम गर्दा ठूलो कसुरदार पत्ता लाग्छ र त्यसबाट राज्यलाई अझ ठूलो फाइदा हुन्छ भने त्यस्ता सानातिना कसुरलाई माफगर्ने तथा सजायमा छुट दिने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।यसका साथै गैर कर राजस्वलाई समेत राजस्व चुहावटको क्षेत्रभित्र राखेर अध्ययन तथा अनुसन्धान गर्न लागिएको छ । अध्ययनतथा अनुसन्धान गर्ने क्रममा कुनै विषयगत विशेषज्ञ आवश्यकता परेमा त्यस्ता विशेषज्ञ करारमा ल्याउन सक्ने व्यवस्था समेत विधेयकमा गरिएको विभागले जानकारी दिएको छ। नयाँ विधेयकले अनुसन्धान गर्ने दुई महिनाको अवधिलाई बढाएर ४ महिना पुर्याइएको छ । त्यसै गरी आतंकारीलाई थुनामा राख्दा ४५ दिनलाई बढाएर ६० दिनराख्ने प्रस्तावविधेयकमागरिएको छ । यसका साथै हालको ऐनमा करोड अपचलन गरेमा सोही बमोजिमको विगो भराउने व्यवस्था गरिएकोमा अब विगोको सट्टा अपचलन गरेको भन्दा जरिवाना डब्बल अथवा त्रिपल पार्ने योजना विधेयकमा उल्लेख गरिएको छ । दुईअर्ब राजस्व संकलन गर्र्यो विभागले राजस्व अनुसन्धान विभागले गएको वर्ष दुई अर्ब रुपैयाँको राजस्व संकलन गरेको छ । संकलित राजस्व अघिल्लो आर्थिक वर्ष २०७२/७३ को भन्दा ३० करोड रुपैयाँले कमहो । गएको आव २०७३/७४ मा विभाग अनुसन्धानमा भन्दा पनि विभागको आन्तरिक पक्ष तथा नीति निर्माण ररणनीतिहरू बनाउन लागि परेकोले अनुसन्धान कम हुँदा राजस्वमा कमी आएको हो । पछिल्लो समय मूल्य अभिवृद्धि सम्बन्धि कुनै पनि अनुसन्धान नै भएको छैन भन्दापनि फरक नपर्ने विभागउच्च स्रोतले जानकारी दिएको छ । विभागले गएको आवमा भन्सार राजस्व चुहावटबाट ३६ करोड, मूल्य अभिवृद्धिबाट ९९ करोड, अन्तःशुल्कबाट ५ करोड, विदेशी विनिमय अपचलनबाट ३३ करोड र गैर करबाट साढे तीन करोड राजस्व संकलन गरेको छ ।

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् । लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम उनले अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ । रासस

युनाइटेड मोदीले साढे १० मेगावाटको जलविद्युत आयोजना बनाउने, गर्यो बोलपत्र आब्हान

काठमाडौं । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको तल्लोमोदी २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको युनाइटेडले मोदी खोलामा रहेको तल्लोमोदी २ अयोजना निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । युनाइटेडले ०६९ सालमा पहिलो आयोजना सञ्चालनमा ल्याएको हो । कम्पनीले पहिलो चरणमा आयोजनाको सिभिल संरचनाको निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । कम्पनीले सेप्टेम्बर ८ मा बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । ठेक्कोको काम सम्पन्न भएपछि अयोजना आउदो हिउँददेखि निर्माण सुरु हुनेछ । दुई आयोजना सम्पन्न भएपछि युनाइटेको जडित क्षमता बढेर साढे २० मेगावाट पुग्ने छ । आयोजना निर्माण गर्न कम्पनीले सिटिजन्स बैंकबाट कर्जा लिदै छ । यसअघि १० मेगावाट क्षमताको आयोजना बनाउन उसले सिटिजन्सबाटै कर्जा लिएको थियो । कास्की र पर्वतमा पर्ने दोस्रो आयोजनाबाट वार्षिक ६ करोड २१ लाख युनिट बिजुली उत्पादन हुने छ । यस्तै पहिलो आयोजनाबाट वार्षिक ६ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ । आयोजना निर्माणका लागि युनाइटेड मोदीले गत वर्ष १६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारण र स्थानियबासिन्दालाई निष्कासन गरिसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली पर्वतको दिमवा सवस्टेशनमा जोडिने छ । आयोजना नदीको वहाव (रन अफ दी रिभर) प्रकृतिको छ ।

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी भयोउत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिए । त्यसैगरी आंशिकतर्फ ९ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ । अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ । रासस

साझा बसको सेवा बन्द गराउने चेतावनी

बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताए । हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताए । काभ्रे बस व्यवसायी सङ्घका अध्यक्ष डिलबहादुर शाहीले अब साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताए । झण्डै एक महिनादेखि साझा यातायातले जिल्लाको साँगाबाट पनि बस सेवा सञ्चालन गरेपछि धुलिखेलबाट पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ । रासस

बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त, गत वर्षको नाफा १ अर्ब ३० करोड

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । ‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर केही प्रक्रिया पुरा गर्न बाँकी भएकोले निर्णय सार्वजनिक गरिएको छैन’ बैंक सञ्चालक समितिका एक जना सदस्यले विकासन्युजसँग भने । पन्त यसअघि लुम्बिनी बैंकमा सीईओ थिए । वित्तीय रुपमा गम्भिर समस्यामा परेको लुम्बिनी बैंकमा उनी करिव १२ वर्ष कार्यकारी प्रमुखको भूमिका रहेका थिए र बैंकलाई स्वस्थ्य अवस्थामा फर्काएका थिए । ५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ । पन्तलाई वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने, विश्लेषण गर्न सक्ने, संस्थागत सुशासनमा जोड दिने अनुभवी बैंकर्सको रुपमा उनलाई लिने गरिन्छ । ‘बैंक ठूलो भएको छ । परिपक्व बैंकर्स हुनुहुन्छ । राष्ट्र बैंक, अन्य सरकारी निकायहरुसँग राम्रो सम्बन्ध छ । विदेशी निकायहरुसँग पनि राम्रो पहुँच छ’ एक जना सञ्चालकले नयाँ सीईओको सवल पक्षबारेमा–‘हाई इन्ट्रिग्रिटी भएको मान्छे, व्यक्तिगत स्वार्थ केही पनि छैन । उहाँको नेतृत्वमा बैंकले राम्रो गर्न सक्छ भन्ने विश्वास छ ।’ गत आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा गरेको उनले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ । करिव ६० करोडको एफपीओ र बोनस सेयर निष्काशन गरी बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याँदैछ ।

जडीबुटी उत्पादनका लागि ग्रिन हाउस

दाङ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो ।   तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताए । “बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न सकिने सम्भावना छ”, उनले भने । नेपाल जडीबुटी व्यवसायी सङ्घ, दाङका अध्यक्ष सन्तोष सोनीले हाल स्थानीयवासीले व्यक्तिगतरmपमा सानो मात्रामा जडीबुटी उत्पादन गर्दै आएको उहाँले जानकारी दिए । जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएपछि हाल बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रु नौ लाखको लगानीमा ग्रिन हाउस (हरित गृह) स्थापना गरिएको छ । जिआइजेड र नेपाल जडीबुटी व्यवसायी सङ्घको सहयोगमा उक्त हाउसको स्थापना गरिएको हो । ग्रिन हाउसमा खासगरी टिम्बुर, दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीयवासी लालबहादुर गिरीले जानकारी िदए । गिरीका अनुसार ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन् भने वार्षिक रु तीन लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको छ । रासस

१४ करोडमा अमेरिकी कम्पनी किन्ने भयो निगमको बोइङ, नेपाली कम्पनीले आँटेनन

काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्ष अगाडिबाटै विक्रीमा रहेको ९ एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ नामक जहाज १४ करोड १४ लाख रुपैयाँमा विक्री हुने भएको छ । निगमले यो जहाज अमेरिकी कम्पनी एभिएसन सिस्टम इंकलाई विक्री गर्ने भएको छ । यो कम्पनीले आपसी सहमतिबाट १४ लाख अमेरिकी डलर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तवलाई निगम व्यवस्थापनले स्वीकृति दिएर सञ्चालक समितिसमक्ष पेश गरेको छ । संचालक समितिले आज शुक्रबार ३ बजेपछि बस्ने बैठकले यो कम्पनीलाई बोइङ दिने विषयको निर्णय गर्ने भएको छ । निगमले मागेको प्रस्तावमा आपसी समझदारीमा किन्न इन्छुक कम्पनीबाट प्रस्ताव आव्हान गरेको थियो । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने प्रस्ताव गर्दा पनि कुनै कम्पनी नआएपछि आपसी समभदारीको प्रक्रिया अगाडि बढेको हो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटापनि आवेदन नपरेको बोइङ किन्न आपसी छलपलबाट भने सात वटा कम्पनी इच्छुक भएका थिए । यी कम्पनीमध्ये सबै प्रक्रियाबाट बाहिरीने र सम्पर्कमै नआउने तथा जहाज नकिन्ने भन्दै पन्छिएपछि अमेरिकी कम्पनीले मात्रै आपसी छलफलमा भाग लिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार यो कम्पनीले गरेको प्रस्तावलाई निगमले बोर्डमा पेश गरेको छ । जहाज यो कम्पनीलाई दिने व नदिने निर्णय बोर्डबाटै हुने पनि उनको भनाइ छ । निगमले आपसी छलफलबाट जहाज विक्री गर्ने भनेपछ् ि१२ करोडदेखि १६ करोड रुपैयाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले आवेदन दिएका छन् । धेरै मूल्य कबोल गर्ने कम्पनी छलफलमै नआएकोले पनि मध्यमको प्रस्तावलाई नै आपसी छलपलमा ल्याएको निगमको भनाइ छ । निगमले दिएको जानकारी अनुसार आपसी छलफलबाट जहाज किन्न नेपाली पाँच कम्पनीसहित एक अमेरिकी र एक इजरायली कम्पनीले आवेदन दिएका थिए । जहाज किन्न बीबी एयरवेज र हिमालयन एभिएसन, टीबीआई ग्रुप नेपालको पनि इच्छा भएपनि यी कम्पनीले जहाज चाहिदैन भनेको पनि निगमको भनाइ छ । यसअघि मागिएको १७ करोड न्युनतमको मूल्य राखेर दिनुपर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा कुनै पनि कम्पनीले इच्छा देखाएनन् । निगमसँग भएको २ वटा वोइङमध्ये एउटा उडानमै रहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा एयरवसको जहाज छ । निगमले थप २ वटा एयरवसकै जहाज ल्याउने प्रक्रिया अगाडि सारिसकेको छ ।