विकासन्युज

आचारसंहिता बनाउन पण्डितहरु जुटे, ५ दिनमा सक्ने मृत्यु संस्कारको विरोध

काठमाडौं। आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन् । राष्ट्रिय धर्म सभा नेपालले आयोजना गरेको चौथो पण्डित सम्मेलनमा आचारसंहितालगायत समसामयिक विषयमा छलफल गरी निष्कर्ष निकाल्न ५६ जिल्लाका ३०० भन्दा बढी भेला भएका छन् । सम्मेलनको उद्घाटन गर्दै पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले पण्डितले आफू नियममा बसी समाजलाई पनि सही मार्गमा डोर्याउनुपर्ने बताए । सभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले पण्डितको महत्व केही घटे पनि कम भने नभएकाले पूर्ववत् रुपमा निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिए । शास्त्रअनुरुप पण्डितले गर्ने विधिविधानमा एकरुपता ल्याई आचारसंहिता पालना गराउन कार्यक्रम आयोजना गरिएको जानकारी उनले दिए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले आशौचका विषयमा विभिन्न धर्मग्रन्थमा उल्लेख भएका तथ्य समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पण्डितहरुले पाँच दिनमा मृत्यु संस्कार सिध्याउने विधिलाई अपनाउन नसकिने बताए । कार्यक्रममा भारतबाट आउनुभएका भारतीय जनजागृति संघका मार्गदर्शक डा चारुदत्त पिंगले, तन्त्रविशेषज्ञ डा दिवाकर शर्मा, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेललगायतले पण्डितले आफ्नो संस्कारमा बसेर काम गर्नुपर्नेमा जोड दिए । आज प्रा डा ऋषिराम पोखरेलले ‘के छ संस्कृतमा ?’ र सभाका अध्यक्ष भट्टराईले ‘नेपाली संस्कृतिका आयाम’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यपत्रमाथि छलफल गरी आचारसंहितासहितको काठमाडौँ घोषणापत्र जारी गरिने सभाका प्रवक्ता सन्तोष वशिष्ठले जानकारी दिए । शत् र अशत् छुट्याई समाजलाई मार्गदर्शन गर्न सक्ने व्यक्तिलाई पण्डित भनिन्छ । आचरणमा बसेका पण्डितले राष्ट्रलाई जागरण गर्न सक्छन् भन्ने वेदको वाक्य छ । रासस

हुण्डी कारोवार गर्ने ७ जना विरुद्ध ४ अर्ब १४ करोडको मुद्दा, जेबो ट्राभल्सका मालिक फरार

काठमाडौ काठमाडौँ जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध रु चार अर्ब १४ करोडको बिगो दावीसहित आज मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले सोमबार सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए । डेढ वर्षअघि काठमाडौँ प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी रु १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो । सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोवार गर्ने गरेका थिए । अहिले पनि उनीहरु फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको रु ५० लाखको चेकसमेत जफत गरेको थियो । विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा रु चार करोडको हुण्डी रकम देखिएको थियो ।

नाडा अटो शो: सुजुकीको बहुप्रतिक्षित कार इग्निस सार्वजनिक हुने, अत्याधुनिक सुरक्षा फिचर्स सहित

काठमाडौं । सुजुकीको बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा आउने भएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गर्ने भएको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । ईग्निस सार्वजनिकगर्दै सीजीहोल्डिङ्सका अध्यक्षतथाप्रबन्धनिर्देशक अरुण चौधरीले भने, ‘प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन, अत्याधुनिक सुरक्षा फिचर्स तथा हरेक परिमितीमा पृथक कार हो ।’ कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्‍याउँछ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।  

लक्ष्मी बैंकको नयाँ शाखा सिन्धुलीको कमलामाईमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा सिन्धुलीको कमलामाईमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो पहिलो शाखा हो । यस शाखा सहित लक्ष्मी बैंकको शाखा संजाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ९० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ । साथै, शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने बैंकले विश्वास लिएको छ । बैंकले आ.व. २०७३/७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि आ.व.मा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी गाभिने, माघ १ देखि एकीकृत कारोबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । उक्त डेभलपमेन्ट बैंक गाभ्ने (मर्जर) सम्बन्धमा सोमबार आयोजित एक समारोहका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डे र एनआईडिसी डेभलपमेन्ट बैंकका अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंक एक आपसमा गाभिए पश्चात २०७४ माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसीको साधारण सभाले यस अघिनै एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा प्रस्ताब पारित गरिसकेको छ । एनआईडिसीलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभिएपछि बैंकको चुक्तापूँजीमा अभिबृद्धि हुनुका साथै विद्यमान ग्राहकहरुलाई थप कारोबार गर्न सुविधा हुने भएको छ । साथै, बैंकिङ्ग सेवा तथा सुविधा अभिबृद्धि गरी ब्यापक पहुँचका साथै स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बैंकले विश्वास लिईएको छ ।

बेलायती ब्राण्ड एमजीको नयाँ कार नेपाली बजारमा, मूल्य ६७ लाख रुपैयाँ

काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो । कम्पनीले यो कारको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ तय गरेको छ । सोमबार कम्पनीले नयाँ बानेश्वर स्थित नयाँ शोरुमबाट वाणिज्यमन्त्रीद्वारा उद्घाटन गरेको थियो । अहिले नेपाली बजारमा यो कार दुई मोडलमा आएका छन् – १५०० सिसि टर्बो र २००० सिसि टर्बो । विश्वबजारमा स्पोर्टस गाडीका रुपमा चर्चा पाएको यो गाडी अहिले चीनमा उत्पादन हुँदै आएको छ । बिट्रिश लेल्यान्ड कर्पोरेशन कम्पनी नानजिङ अटोमोबाइल ग्रुपले सन् २००५ मा किनेको थियो । सन् २००७ मा चीनको सरकारी स्वामित्वको सांघार्इ अटोमोबाइल इन्डस्ट्रिज कर्पोरेशनले यो गाडी चीनमा उत्पादन गँर्दै आएको कम्पनीका सञ्चालक लोक हर्ष शाक्यले बताए । १५०० सिसि टर्बो क्षमताको कारको मूल्य ६७ लाख रुपैयाँ रहेको छ भने २००० लिटर टर्बो क्षमताको कारलाई ८२ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । तत्काल बुकिङका लागि कम्पनीले दुई लाखसम्मको छुट दिएको छ । यो योजना दसैंसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । के के छन् नयाँ फिचर ? टिएसटी गेयर बक्स (अटोमेटिक) प्रविधियुक्त यो कार युरो भि एप्रुभ्ड रहेको कम्पनीले जानकारी दिएको छ । चालकसँगै यात्रुलाई पनि आरामदायी यात्राको लागि नयाँ किसिमको सिट राखिएको छ । यसमा सुरक्षाको हिसाबले पनि उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । १८५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको माटो र बाटोलाई सुहाउने किसिमको भएको कम्पनीका सञ्चालक शाक्यले बताए। यसको १५०० सिसि क्षमताको गाडीले २२० एनएम क्षमताको टर्क प्रदान गर्छ भने २००० सिसिको गाडीको क्षमता ३५० एनएमको टर्क रहेको शाक्यले जानकारी दिए ।

बाढीपिडित बालबालीकालाई धुर्मुस सुन्तलीको सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको टोलिले सोमबार बाढीले पिडित सप्तरीका बिभिन्न ६ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको छ । राहत बितरणमा धुर्मुसले भयमुक्त र सुरक्षित रहनको लागि सबैलाई मनोरञ्जन प्रदान गदैं उक्त सामाग्री बितरण गरे । ‘बालबालिका भविष्यका कर्णधार हुन्’ भावुक मुद्रामा धुर्मुसले भने ‘उनिहरुलाई हेरबिचार गर्न, सुरक्षित राख्न र शिक्षा दिक्षामा सबैले ध्यान दिन जरुरी छ त्यसैले हामीले बिद्यालयमा शैक्षिक बातावरण तयार होस भन्नका लागि यसखाले शैक्षिक सामाग्री बितरण गरेका हौं ।’ धुर्मुस सुन्तली फाउण्डेशनले सप्तरीमा रहेको आधारभुत बिद्यालय, रमपुरामल्हनियाँ, सप्तरी, रामराजानकी राष्ट्रिय प्राथमिक बिद्यालय, दलवा रमपुरामल्हनियाँ, राष्ट्रिय प्राथमिक बिद्यालय, रमपुरामल्हनियाँ, लिल्जा ठाकुर प्राथमिक बिद्यालय, हनुमान नगर, आधारभुत बिद्यालय, गोवरगाढा र राष्ट्रिय प्राथमिक बिद्यालय, हनुमाननगर गरि ६ वटा सरकारी बिद्यालयमा अध्ययन गर्ने १ हजार बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको हो । फाउण्डेशनले बितरण गरेको उक्त सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन पेन, टिफिन बक्सा, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश छन् । यसअघि पनि फाउण्डेशनले बाढीले डुवानमा परेर घरबार बिहिन हुन पुगेका तराईका बासिन्दाहरुका लागि बिभिन्न राहतका प्याकेज बितरण गरेको थियो । अहिलेसम्म फाउण्डेशनले तराईका २३ स्थानमा राहत बितरण गरिसकेको छ । फाउण्डेशनले बर्दिवास, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सुनसरी, मोरङ्, झापा, सर्लाही, रौतहट, बारा लगायतका स्थानमा खाध्यान्न, लत्ताकपडा तथा औषधी बितरण गरेको हो । धुर्मुसले आफै खटेर १२ जिल्लाका २३ ठाउँमा झण्डै ४५ लाख बरावरको राहत सामाग्री बितरण गरिसकिएको जानकारी दिएका छन् ।धुर्मुसले अब आफ्नो अभियान राहत सँगसँगै स्वास्थ्य, शिक्षा, सरसफाई र पुर्नवासमा सहयोगी बन्ने रहेको बताएका छन् । बाढीका कारण धेरै स्थानका खानेपानीका पाईपहरु फुटेको, पिडितहरुले दुषित पानी पिउनुपर्ने अवस्था रहेको र जसका कारण झाडापखाला, रुघाखोकी जस्ता भाईरल रोग लाग्न सक्ने, सर्प र लामखुट्टेको टोकाई त्यहाँका बासीन्दाहरुको मुख्य समस्या भएको भन्दै अब उनिहरुको लागी अभियान चलाउने धुर्मुसको भनाई छ । धुर्मुस सुन्तली फाउण्डेशनले बाढीका कारण अस्वस्थ बनेका पिडितहरुलाई अस्पतालमा भर्ना गरि उपचार समेत गराईरहेको छ । निरन्तर बर्षा भईरहेको समयदेखी अहिलेसम्म आफुनै राहत बितरणमा खटिरहेका धुर्मुस पिडितहरुको पिडा देखेपछि आफुलाई निकै भावुक बनाएको बताउँछन् ।  

पिजिएम मिट सम्पन्न, एभ ट्रेडिङले बाँड्यो कार र मोटरसाइकल

काठमाडौं । गल्फ लुव्रिकेन्ट्सको नेपालस्थित आधिकारीक विक्रेता नेपाल ल्युव आयल र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिले रिटेलर तथा पिजिएम मिट सम्पन्न गरेको छ । सो अवसरमा आर्थिक वर्ष २०७३/७४ मा सवैभन्दा धेरै गल्फ लुव्रिकेन्ट्स विक्री वितरण गर्ने विक्रेतालाई पुरस्कृत गरिएको थियो । पुरस्कार अभि ट्रेड लिंकका संचालक गोबिन्द काफ्लेले सुजुकिको अल्टो कार, एस एण्ड एस अटोका सुजन श्रेष्ठले बुलेट ३५० सि सिको वाईक, र धनश्रि अटो केयरले होण्डा एभिएटर पाएका थिए । उनीहरुलाई उक्त कार्यक्रमका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । दुई सय भन्दा वढि रिटेलरको सहभागि रहेको उक्त कार्यक्रम नेपाल लुव आयलका शिव तिवारीले संचालन गरेका थिए । गल्फ लुव्रिकेन्टले नेपाली वजारमा आफुलाई अग्र स्थानमा रहेको दाबी गर्दै आएको छ । उक्त कार्यक्रममा अतिथि नेपाल निर्माण व्यवसाहि महासंघका वरिष्ट उपाध्यक्ष (कार्यभार अध्यक्ष) विष्णु भाई श्रेष्ठ, नेपाल हेभी इक्यिुपमेन्टका व्यवसाहि महासंघका उपाध्यक्ष उमाकान्त शर्मा, नेपाल अटो मेकानिक्स व्यवसयी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने, एभ ट्रेडिङका संचालक मधुसूदन सिग्देल, नेपाल ल्युव आयल लिमिटेडका सहायक म्यानेजर दिवाकर मिश्रको उपस्थिति थियो । साथै विभिन्न अटो मेकानिक्स व्यवसायीहरुको सहभागिता थियो ।