चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
काठमाडौं । काठमाडौं उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले मंगलबार केही स्थानमा विद्युत् कटौती गरेको छ । प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो । ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले पोल हटाइदिन प्राधिकरणलाई आग्रह गरेका थिए । सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएकाले आज दिनभर महाराजगञ्ज क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार टोखा रोड ग्राण्डी, गंगालाल र न्यूरो अस्पताललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट वितरण भएका विद्युत्समेत कटौती हुनेछ । त्यसैगरी चक्रपथ चोक, धापासी, वसुन्धारा चोक आसपासका क्षेत्रमा समेत विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । रासस
विराटनगर जुट मिल्सको उपकरण मर्मत ७५ प्रतिशत सकियो, मंसिरदेखि सञ्चालनमा आउने
काठमाडौं । लामो समयदेखि बन्द नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स लिमिटेड आउदो मंसिरदेखि सञ्चालनमा आउने भएको छ । उद्योग सञ्चालनका लागि व्यवस्थापनले पुराना उपकरण मर्मतको काम सुरु गरेको छ । हाल ७५ प्रतिशत मर्मतको काम सम्पन्न भएको मिल्सका अध्यक्ष निलहरी काफलेले बताए । भदौभरी उद्योगको पुराना उपकरण मर्मत सक्ने लक्ष्य लिएको उनले जानकारी दिए । उपकरण मर्मतमा ४० लाख रुपैयाँ खर्च भएको छ । उपकरण मर्मत सकिएपछि जुट खरिद गरेर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनकाअनुसार यो महिनामा उद्योगले १ हजार टन जुट खरिद गर्ने भएको छ । उद्योगमा नियमित रुपमा बिजुली आपूर्तिका लागि काम सुरु गरेको छ । उद्योगमा नियमित रुपमा बिजुली आपूर्ति गर्न ३३ केभी क्षमताको ट्रान्सफरम खरिद प्रक्रिया अघि बढाएको छ । ट्रान्सफरमर जडान गर्न २ महिना बढी समय लाग्ने भएकाले उद्योग मंसिरदेखि सञ्चालनमा आउने उनले स्पष्टपारे । विद्युत आपूर्तिका लागि डेढ करोड रुपैयाँ खर्च हुने भएको छ । उद्योग सञ्चालनमा ल्याउनका लागि तत्काल ५ करोड रुपैयाँ खर्च लाग्ने उनको भनाई छ । आफनै स्रोत व्यवस्थापन गरेर हाल उद्योग सञ्चालको काम भइरहेको काफलेले जानकारी दिए । हाल जुटको बोरा र धागो उत्पादन गर्ने र अर्को वर्ष नयाँ उपकरण खरिद गरेर जुटका झोलालगायत अन्य वस्तु उत्पादन सुरु गर्ने उद्योगको लक्ष्य छ । वि.स. १९९३ मा स्थापना भएको उद्योग ०६७ सालदेखि पुर्ण बन्द छ । यसअघि सरकारले उपकरण खरिदमा बजेट उपलब्ध नगराएपछि पुराना उपकरण मर्मत गरेर उद्योग सञ्चालनमा लागिएको हो । यसअघि भारतीय उद्योगपति विनसम इन्टरनेसनललाई २५ वर्षका लागि भाडामा सञ्चालन गर्न दिएकोमा हाल उसंगको सम्झौता रद्ध भइरकेको छ । उद्योग परिसरमा सशस्त्र प्रहरी वलको वेसक्याम्प छ । प्रहरी बललाई उद्योगको अर्को जग्गामा स्थानान्तर गर्ने र सो वापत सरकारले जुट मिल्सलाई २९ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने भनेपनि सरकारले बजेट नदिएपछि यो काम रोकिएको छ । हाल उद्योगको नाममा ६९ विगाहा जग्गा छ । यो जग्गा प्रयोगविहीन छ । उद्योग ३ अर्ब ९० करोड रुपैयाँ घाटामा देखाइएको छ । यसअघि नै कर्मचारीलाई दाइत्व भुक्तानी गरेर विदाइ गरिसकेको छ । उद्योगले जुटको धागो र त्यसबाट होसियन बोरा, सुतली आदी सामानहरु तयार गरी औद्योगिक साथै देशको आर्थिक विकासमा टेवा पु¥याउन सरकारले ८० वर्षअघि तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विराटनगर जुटको स्थापना गरेका हुन् । १ करोड ७५ लाख ऋणको ब्याज मात्र १ अर्ब ५५ करोड उद्योग सञ्चालनका लागि नेपाल बैंकबाट लिएको १ करोड ७५ लाख रुपैयाँको ब्याज मात्र १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । समयमा कर्जा चुक्ता नगर्दा ब्याज मात्र डेढ अर्ब रुपैयाँ नाघेको हो । उद्योगमा ५४ प्रतिशत सर्वसधारणको र ४६ प्रतिशत सरकारको स्वामित्व छ ।
सिभिल बैंकले बेस रेटमा नै अटो लोन सुविधा दिने
काठमाडौं । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा सहभागी हुने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै, बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो । अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । साथै, यो योजना सीमित अवधिको लागि प्रदान गरिने बैंकले जनाएको छ ।
कुलमानले भने मन्त्रीसंग िववाद छैन
काठमाडौं । विभिन्न सञ्चार माध्यमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग जोडेर संम्प्रेषण भएको समाचारमा कुनै सत्यता नरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । अहिलेको ऊर्जा संकट समाधान गरी ऊज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधिन जलविद्युत तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तिय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम ऊर्जामन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्र्नेे उनको भनाई छ । मन्त्री, सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको व्यहोरा समेत उनले जानकारी गराएका छन् ।
नेपाल इन्स्योरेन्सको डीजीएममा बिक्रान्त पाण्डे नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी सीईओ भइ सकेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफनो सेवा सुरु गरेका पाण्डे विभिन्न बीमा कम्पनीमा आवद्ध भइसकेका छन् । विकास न्युजसंग कुरा गर्दे नायव महाप्रवन्धक पाण्डेले बीमा व्यवसाय विस्तारमा जोड दिने बताए । उनले नेपाल इन्स्योरेन्सलाई अझ बढी सबल बनाउने योजना रहेको सुनाए ।
टिभिएसको एक्स्चेञ्ज मेला भदौ १३ गतेसम्म
काठमाडौं । टिभिएसको एक्स्चेञ्ज मेला भदौ १० गतेदेखि १३ गतेसम्म आयोजना हुँदैछ । जावलाखेल ग्राउण्डमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक उक्त मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत हुँदै छ । यस मेला अवधिभर सवारीधनीहरुले आफुसँगै भएको कुनै २ पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मुल्यमा एक्सचेन्ज गर्न पाउने छन् । साथै, मेलामा टिभिएसको बजारमा उपलब्ध कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सवारीधनीसँग भएको कुनै पनि २ पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ । ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनिले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को, खुशिवुर बनेपामा पनि सोहि मेला आयोजना गर्दैछ ।
आजबाट नाडा अटो शो सुरु, भौतिक पूर्वाधार मन्त्री बलायरले गरे उद्घाटन
काठमाडौं । मंगलबारदेखि गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु भएको छ । शोको औपचारिकरुपमा उद्घाटन भौतिक तथा पुर्वाधार मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरे । कार्यक्रममा मन्त्री बलायरले सवारीसाधनको व्यवसाय प्रवर्द्धनका लागि मुख्य कुरा भौतिक पूर्वाधार नै महत्वपुर्ण कुरा भएकाले सडक निर्माणलाई नै प्राथमिकतामा राखिएको बताए । सडक निर्माण भएको ६ महिना वर्ष दिन नबित्दै कालो पत्रे बिग्रिने भएको हुनाले कार्य संपादन राम्रो नभएको उनले बताए । उनले भने, ‘सडक विभागको कार्यक्षेत्र बाहेकका आयोजनाको जिम्मेवारीमा रहेका सडक बिग्रदा पनि सडक विभागलाई दोष आउँछ । अब हामीले बनाएको सडकमा मार्कर लगाउने निर्देशन दिएको छुँ ।’ सडकहरु निर्माण गर्दा उपयुक्त प्रावधान बनाएर अघि बढे मात्र स्थाइ पुर्वाधारको विकास हुने उनले बताए । “सडकहरुको गुणस्तरमा प्रश्न चिन्ह उठेको छ , १ वर्ष सरकारको ठुलो धनराशी खर्च गरेर सडक निर्माण गर्न पर्ने अर्को वर्ष पुर्ननिर्माणको लागि सरकारले पुनःखर्च गर्नुपर्ने बिडम्बना छ ।”– मन्त्रीले भने । भर्खरै सुरु गरिएको यातायात इम्बोस्ट नम्बर प्लेटले सडक दुर्घटनामा भने न्युनता ल्याएको उनले बताए । कार्यक्रममा नाडा अटोमोबाइल डिलर्स एसिसिएसनका अध्यक्ष अन्जन श्रेष्ठले विकासका नाममा हुनुपर्ने सडक निर्माणलाई राजनीतिक दबाबका कारण अवरोध पुग्ने गरेको आरोप लगाए । उनले भने, ‘मुलुक खुला अर्थतन्त्र नीति अवलम्बन गरिसकेको अवस्थामा गाडीलाई निषेध नै गर्न सकिदैन । त्यसैले यसलाई चलाउनका लागि पनि कनेक्टीभीटी अपरिहार्य छ ।’ श्रेष्ठले बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए । यसका लागि भेहिकल फिटनेसको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।
नाडा अटो शोमा आकर्षक योजना, बीमादेखि इन्धनसम्म निःशुल्क
काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०१७ मा अटो व्यवसायी र बैंकहरुले उपभोक्तालाई आकर्षित गर्न विभिन्न आकर्षक उपहार योजना ल्याएका छन् । व्यवसायीले एक वर्षसम्म सडक कर, बीमा र इन्धन समेत निःशुल्क उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन् । एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ बैंकले स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशतसम्म पुर्याएपछि व्यवसायीमा उत्साह थपिएको छ । हुण्डाइ अटोको अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले एक वर्षको बीमा, सुन, दुवई भ्रमण र ४ वर्षको निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । लाखौको नगद छुट, निःशुल्क बीमा, लक्कि ड्रबाट २० जनालाई दुवई भ्रमण, १ सय जनालाई १० ग्राम सुन उपहार योजना ल्याएको छ । नेपालमा टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोलाई लक्षित गरी विभन्नि उपहार योजना ल्याएको छ । कम्पनीले टाटा कम्पनीको मोटर खरिदमा १० तोलासमम सुन दिने योजना सार्वजनिक गरेको छ । माछापुच्छे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याजदर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निःशुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ । हिरो मोटरसाइकलको अधिकृत बिक्रेता एनजीएमले नाडा अटो शो र दशै तिहारलाई लक्षित गरी भाग्यमानी भए योजना ल्याएको छ । न्युनतम ६ हजार रुपैयाँदेखि हरेक स्क्रयाचमा न्युनतम १ हजारदेखि १ लाख र साप्तिाहिक बम्बर योजनामा १ लाख रुपैयाासम्मको योजना सार्वजनिक गरेको छ । नयाँ हिरो बाइक घरमा ल्याउने भाग्यमानी डिस्काउन्टदेखि बम्बरसम्मको मनी नै मनी भन्ने नारा ल्याएको छ । यस्तै सुजुकीले जापनीज अल्ट्रा कम्प्याक्ट एसयुभी गाडीलाई मंगलबार सार्वजनिक गरी बुकिङ खुला गरेको छ । नाडालाई लक्षित गरी रेनोले ३ लाख नगद छुटका साथ एक वर्षसम्म निःशुल्क इन्धन, सडक कर, स्पट फाइनान्स गरी डबल उत्सव नगद पनि इन्धन पनि भन्ने योजना ल्याएको छ । आइएमई अटोमोटिभले पनि रेन्ज कमाण्डो ब्राण्ड बाइक खरिदमा १२ हजार रुपैयाँ नगद छुटदेखि सिंङापुर भ्रमण योजना ल्याएको जानकारी दिएको छ । टिभीएस मोटरले १२५ सीसीको नयाँ स्ट्राकेर मोटरसाइकल सार्वजनिक गरेको छ । नगद ७ हजारदेखि १ तोला सुनसहित १ सय दिनसम्म स्वर्ण सुनको वर्षा योजना ल्याएको छ । हिमालयन बैंकले व्यक्तिगत ८ र व्यवसायीक ५ वर्षसम्म हायर पर्चेज लोन योजना ल्याएको छ । बैंकले नाडा अटो शोमा आफनो नाम दर्ता गराई ब्याजमा विशेष सहुलियत लिन ग्राहकलाई भनेको छ । आफ्नो सपना साकार पार्नुहोस भन्दै आकर्षक ब्याज दरमा योजना ल्याएको हो । होन्डाले पनि १ लाखदेखि १० लाख रुपैयाँसम्म जित्ने योजना ल्याएको छ । होन्डाको बाइक खरिदमा स्क्रायाच कार्डमार्फत न्यनुतम ४ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट, १० वटा थप निःशुल्क सर्भिस कुपन, ठुलो बाइकमा ३० हजार रुपैयाँसम्म छुट दिने भएको छ । होण्डाको कारमा १ वर्षसम्म निःशुल्क सडक कर र सामाग्री, १ वर्षको वृहत बीमा र आकर्षक नगद छुटको व्यवस्था रहेको जनाएको छ । विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन् । महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । त्यस्तै इको फ्रेन्डली बम्परमा (वातावरणमैत्री अफर) महिन्द्रा इ २० प्रदान गर्नेछ । प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० रहेको छ । यो योजना नाडा अटो शोदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । शो अवधिभर बम्पर अफर बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ । डाट्सनले चाडपर्व केन्द्रित योजना अन्तरगत डाट्सन गाडीको खरिदमा २ लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको निस्शुल्क बीमा, एक्सचेन्ज सुविधा, निस्शुल्क एक्सेसरिज् तथा लक्की(ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडिगो ल्याएको छ । डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ । नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ । फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८.९९ प्रतिशत ब्याजदर राखेको छ । यामाहाले चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्या्पिड जित्न सक्ने कम्पनीले जनाएको छ । मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहने र १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहेका छन् । प्रदर्शनी भदौ १८ गतेसम्म चल्नेछ।