विकासन्युज

बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणको जिम्मेवारी प्राधिकरणलाई

काठमाडौं । बाढीबाट प्रभावित तराईका जिल्लाको पुनःनिर्माणको जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिइएको छ । बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यवस्था मिलाउन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण मातहत विशेष बाढी पुनःनिर्माण आयोजना एकाइ निर्माण गरिएको हो । मन्त्रिपरिषद्को कात्तिक ६ गतेको बैठकले बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण अन्तर्गत विशेष एकाइको गठन गर्ने निर्णय गरेको थियो । यो विशेष एकाइको आयोजना प्रमुखका रुपमा डा सुमन कर्ण नियुक्त भएका छन् । कर्णले कात्तिक १३ गते सोमबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । मोरङका डा कर्णले यसअघि प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको विशेष सल्लाहकारका रुपमा काम गरेका थिए । शहरी विकासमा विद्यावारिधि गरेका डा कर्णसँग संयुक्त राष्ट्रसंघमा आबद्ध भई इराक, सुडान, अफगानिस्तान र जोर्डनमा पुनःनिर्माण तथा विकाससम्बन्धी कार्य गरेको अनुभव छ । बाढीबाट तराईमा भएको क्षतिको विस्तृत अध्ययन राष्ट्रिय योजना आयोगले गरिरहेको आयोजना प्रमुख कर्णले बताए। अहिलेसम्म अनुमानित ६० हजार घर पूर्णरुपमा क्षति भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । “आंशिकरुपमा क्षति भएका घरको विवरण आयोगको प्रतिवेदनपछि मात्र भन्न सकिन्छ, बाढीको क्षति कम भएकाले छिटोछरितो पुनःनिर्माण गरिन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई पनि सहभागी गराएर पीडितलाई राहत दिने योजना बनाएका छौँ”-उनले भने । बाढीले तराईमा सिँचाइ, कृषि, सडक, पुललगायत भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो । बाढीबाट तराईका २४ जिल्ला प्रभावित बनेका थिए । आयोगले गरेको अध्ययनको प्रतिवेदन यसै साता प्राधिकरणलाई बुझाउने जनाइएको छ । रासस

गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कल मै आइपुग्छ मर्मत टोली

काठमाडौं । के तपाई गाडी बिग्रेर टेन्सनमा हुनुहुन्छ? टेन्सन नलिनुस् अब एक कलमै गाडी मर्मत टोली गाडी बिग्रेकै स्थानमा आइपुग्ने छन् । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवा सँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिक सहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा) ले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुरु गरेका थिए । बालाजू अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मतगर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यका भित्र लागु गरिएको छ भने भविष्यमा क्रमशः नेपाल अधिराज्य भरका प्रमुख सहरहरुबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । बालाजु अटोवर्कका सर्भिस हेड शिब सुदन श्रेष्ठले बिक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित बालाजु अटोवर्कका दक्षप्राविधिकहरुले मोबाइल सर्भिस भ्यान/मोबाइल वाईक मार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन् ।

कतार एयरवेजद्धारा आकर्षक योजना सार्वजनिक, एउटाको मूल्यमा दुईटा विजनेश क्लास टिकट पाइने

काठमाडौं । कतार एयरवेजले आफ्नो २०औँ बार्षिकोत्वसको अवसरमा इकोनोमी तथा विजनेस क्लास क्वाविन दुबैमा आकर्षक तथा अपत्यारिलो मूल्यको घोषणा गरेको छ । जस अन्तर्गत एउटा विजनेश क्लास टिकटको मूल्यमा यात्रुले दुई ओटा विजनेश क्लास टिकट पाउन सक्छन् । त्यसैगरी, दूई इकोनोमी टिकटको मूल्य तिर्दा तीन वटा इकोनोमी क्लास टिकट पाउन सक्छन् । उक्त योजना नोवेम्बर १ देखि १०(अर्थात कात्तिक १५ देखि कात्तिक २४) सम्म लागु हुने छ ।  योजना अन्तर्गत यात्रुले सुविधाको उपयोग २०७४ कात्तिक १५ देखि २०७५ कात्तिक १४(अर्थात नोवेम्बर १-२०१७ देखि अक्टोबर ३१ २०१८)सम्मको यात्रा अवधिभर गर्न सक्छन् । साथै, २० जना भाग्यशाली विजेतालाई प्रिभलेज क्लब गोल्ड मेम्बरसिप अफर तथा वैश्विक सञ्जाल भरका प्रिभलेज क्लब मेम्बरहरुलाई गन्तब्य छान्न रिडेम्पशन टिकटमा ५० प्रतिशत छुटको घोषणा पनि गरेको छ । ‘हाम्रो २०औँ वार्षिकोत्सवका अवसरमा वैश्विक रुपमा आकर्षक योजनाको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हाम्रा यात्रुलाई तिनको सहयोगका लागि कृतज्ञता स्वरुप केही दिने बर्षका रुपमा हामीले यस अवधिलाई लिएका छौँ ।’ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एमब अमिनले भने ‘यसर्थमा हाम्रा ईकोनोमी तथा विजनेश क्लास क्याविनमा आकर्षक योजना उपलब्ध गराउँदै कार्य सम्पादनको सफल २० बर्ष साथमा मनाउँदै विभिन्न स्थानमा संगै जान पाउँदा हामी निकै खुशी छौँ ।’ २०औँ बार्षिकोत्सवको अवसरमा सार्वजनकि आकर्षक छुट योजनाका साथै कतार एयरवेजले आफ्ना सामाजिक सञ्जालहरुमा कात्तिक ९ गतेदेखि (अक्टोवर २६ देखि) २० दिने ट्वान्टि रिजन टु फ्लाई क्याम्पेन पनि सञ्चालन गरेको छ । क्याम्पेन अन्तर्गत २० बर्षको यात्राका दौरान कतार एयरवेजले हात पारेका महत्वपूर्ण सफलताहरु माथि प्रकाश पार्ने प्रयास गरिएको छ ।  

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको पथरीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मोरङको पथरीमा विस्तार गरेकाे छ । उक्त शाखाको उद्घाटन बुधबार एक समारोहका बिच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले गरेका हुन् । पथरी शाखाको उद्घाटनसँगै हाल यस बैंकले १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

हुम्लाका २०० कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

हुम्ला । दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् । हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए । “कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उनले भने । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताए । जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताए । “बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,” उनले भने । तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन् । रासस

स्थानीय तहले ७५३ गाडी किन्न मागे २ खर्ब, अर्थले भन्यो-दिन सकिन्न

काठमाडौं । स्थानीय तहहरुले कार्यलय प्रयोजनका लागि आवश्यक परेको भन्दै गाडी किन्नलाई २ खर्ब रुपैयाँ बजेट मागेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा गाडी खरिद किन्न बजेट माग भएको हो । कार र जीपदेखि ट्रक र बससम्म खरिदका लागि बजेट मागको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अत्यावश्यक भएको र बजेट पनि नभएकाले गाडी किन्न थप रकम आवश्यक भएको स्थानीय तहले बताएका छन् । बजेट माग गरेपनि अर्थ मन्त्रालयले गाडी किन्नलाई थप बजेट दिन नसक्न बताएको छ । स्थानीय विकास मन्त्रालयमार्फत गाडी किन्न प्रस्ताव आएको अर्थका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए । स्थानीय तहलाई बजेट पठाइसकेकाले गाडी किन्न थप बजेट दिन नसक्ने अवस्था रहेको उनले बताए । विकासन्युजसंग कुरा गर्दै उनले भने “स्थानीय तह आफै सरकार भएकाले गाडी किन्न अब केन्द्रबाट बजेट दिनु उचित हुदैन् ।” अधिकांश स्थानीय तह गाडी किन्नलाई आर्थिक रुपमा सक्षम भएको उनको दावी छ । “केही तहलाई समस्या भएको हुन सक्छ” उनले भने “यो वर्ष बजेट छैन भने अर्को वर्ष किने हुन्छ । अब गाडी किन्नलाई केन्द्रले दिन सक्दैन ।” भण्डारीले स्थानीय तहलाई बजेट विनियोजन गरेर पठाइसकेको जानकारी दिए । गाडी खरिदका लागि बजेट दिने विषयमा अर्थले कुनै निर्णय नगरेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा सरकारले पहिलाको ७४४ र पछि थप भएका समेत गरी ७५३ तहलाई समानिकरण अनुदान र सशर्त अनुदान गरी २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरी सम्बन्धित तहमा पठाइसकेको छ । पूर्व अर्थसचिव शान्तराज सुवेदी विभिन्न कारणले गर्दा संघीयता महंगो भएको बताउदै आएका छन् । उनले संघीयता व्यवस्थापन गर्न मात्रै १६ खर्ब रुपैयाँ लाग्ने बताएका छन् । स्थानीय तह, केन्द्र प्रदेशगरी तीन तहको निर्वाचन यो रकम लाग्ने उनको भनाई छ । अर्थका अनुसार स्थानीय तहको व्यवस्थापनका लागि मात्रै ८ खर्ब २० अर्ब रुपैयाँ बजेट लाग्ने छ । यस्तै प्रदेशसभा व्यवस्थापनका लागि पनि ठूलो धनराशी आवश्यक पर्ने मन्त्रालयको भनाई छ । स्थानीय तह र प्रदेशमा अत्यावश्यक पूर्वाधार निर्माण, सवारीसाधन खरिद तथा सुरुवाती वर्षका सेवा प्रवाहका लागि थप रकमको बजेट माग भएको छ ।  

सेयर बजार निरन्तर ओरालो, ४२ करोडको कारोबार

काठमाडौं । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ०२ अंकले घटेर १५२६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १५९ कम्पनीको १० लाख ३१ हजार कित्ता सेयर ४२ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । सो दिन उत्पादन मूलक समूह र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समुहको परिसूचक ४९ अंकले ओरालो लागेको छ । आजदेखि नै छुट्टिएका विकास बैंक र लघुवित्त समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन विकास बैंक समूह १३ र लघुवित्त समूह १२ अंकले ओरालो लागेका छन् । बजारमा राष्ट्रिय बीमा कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार उक्त सेयरको मूल्य प्रतिकित्ता १६ हजार ५१० रुपैयाँ रहेको छ । बुधबार मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । भार्गव विकास बैंकका लगानीकर्ताले भने ७ प्रतिशत गुमाएका छन् ।

दरबारमार्गका ८ ब्राण्डेड पसल सञ्चालक पक्राउ, ठगी गरेको अभियोगमा कालोबजार ऐनअन्तर्गत मुद्धा चलाइने

काठमाडौं । राजधानीको केन्द्र दरबारमार्ग क्षेत्रमा ब्राण्डेड सामानका नाममा उपभोक्ता ठगी गरेको भन्दै प्रहरीले ८ वटा पसलका सञ्चालकलाई पक्राउ गरेको छ । केही दिनयता फरार रहेका भनिएका ती व्यापारीलाई महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारवाही गरिने भएको छ । उपभोत्ता ठगि गरेको अभियोगमा पक्राउ परेका ८ जना व्यापारीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको एसएपी रविन्द्र धानुकले बताए । प्रहरीले वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, लेवल्स स्टोरका सुवास महर्जन, दिपेन्द्र महर्जन, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, एडभेन्चर आउटडोरका रोशन ओडारी, एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, लाइफ स्टाइल इन्टरप्राइजेजका श्रीकृष्ण महर्जन, प्लाटिनम ट्रेडका प्रवीन झा, रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारीलाई पक्राउ गरिएको छ ।पक्राउ पर्ने सबैलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । दरवारमार्गमा रहेका ब्राण्डेड पसलेले अकुत नाफा गरी उपभोत्ता गरेको पाइएपछि तत्कालिन वाणिज्यमन्त्री शिवकुमार मण्डल आफै अनुगमनमा गएका थिए ।