हिमालयन बैंकमा सञ्चालक विवादको अन्त्य, साधारणसभा गर्न बाटो खुल्यो
काठमाडौं । हिमालन बैंकमा सञ्चालकको विषयमा देखिएको विवाद समाधान भएको छ । उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचल ट्रेडिङ कम्पनीलाई पनि प्रवेश दिनुपर्ने पक्षमा फैसला गरेपछि विवाद समधान भएको हो । विवाद समधान भएपछि बैंकलाई साधारणसभा गर्नका लागि बाटो खुला भएको छ । उच्च अदालतले संस्थापक म्युचल ट्रेडिङलाई प्रतिनिधित्व गराउनुपर्ने नैतिक दायित्व रहेको ठहर गर्दै साधारणसभा गर्न आदेश पनि दिएको छ । बैंकमा आफ्नो ठुलो हिस्सा सेयर भएको भन्दै प्रतिनिधित्व पाउनका लागि म्युचल ट्रेडिङकातर्फबाट पीपी खेतानले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । बुधबार अदालतले बैंक सञ्चालक समिति तथा म्युचुअल ट्रेडिगं कम्पनीका प्रतिनिधिलाई उपस्थित गराई छलफल गरेको थियो । बैंकमा म्युचल ट्रेडिङको ११.८५ प्रतिशत स्वामित्व छ । साधारण सभाको प्रकृया अघि बढिसकेको सन्दर्भमा अदालतले केही निर्णय गर्नु नपर्ने भन्दै सोही तालिका अनुसार साधारणसभा सम्पन्न गर्न अदालतले बैंकलाई आदेश दिएको छ । बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) मा संस्थाको सेयर संरचनाअनुसार संस्थापक लगानीकर्ता, साधारणको संख्या घटाएपछि समस्या आएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै बैंकले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन हुने छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।
यूनिलिभरको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त
काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो । बैठकले मंसिर १२ गतेदेखि नै लागू हुने गरि राईलाई कम्पनीको निर्देषकमा नियुक्त गरेको हो ।
युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा पुस ७ मा, ५ प्रतिशत नगद लाभांश पारित गर्ने
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । आउदो पुस ७ गते हुने वार्षिक साधारण सभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट युनाइटेडले सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सभामा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारणबाट २ जना गरी ३ जना सञ्चालकको चयन गर्ने कार्यसुचि रहेको छ । यस्तै १ जना महिला सञ्चालकका लागि पनि आरक्षणको व्यवस्था गरिएको छ । १ जना स्वतन्त्र सञ्चालक नियुत्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सभामा प्रस्ताव पेश हुने छ ।
‘मार्जिन ट्रेडिङ’को मस्यौदा तयार, नेप्से सञ्चालक समितिमा पेश हुदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर मार्जिन ट्रेडिङको मस्र्यौदा तयार पारेको छ । नेप्से व्यवस्थापनले मस्यौदा तयारीको काम सकेर सञ्चालक समितिमा पठाएको छ । संभवत अब बस्ने सञ्चालक समितिले अनुमोदन गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउने तयारी भएको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । बोर्डबाट स्वीकृत हुनासाथ ब्रोकर व्यसायीमार्फत सेयर धितोमा राखेर कर्जा दिने सुविधा कार्यन्वयनमा हुने उनले जानकारी दिए । नेप्सेले ब्रोकर व्यवसायीसंग एक चरण छलफल गर्ने भएको छ । ब्रोकर व्यवसायीको मागअनुसार बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन ल्याएको हो । सोही निर्देशनका आधारमा नेप्सेले ब्रोकर मार्जिन ल्यण्डिङको मस्यौदा तयार पारेको छ । ब्रोकर व्यवसायीमार्र्फत सेयर धितोमा राखेर (मार्जिन ट्रेडिङ) सुबिधा दिने निर्देशन आएपनि अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयर खरिद र धितोमा कर्जा नपाइने देखिएको छ । बोर्डले ल्याएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनबाट अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन लेन्डिङ नहुने भएको हो । बोर्डले न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिने कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो । बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा राखी लगानीकर्ताले मार्जिन कर्जा लिई रहेका छन् । ब्रोकरमार्फत मार्जिन कर्जा लिन अधिकाँश बैंक तथा वित्तीय संस्था तथा कम्पनीका सेयर संख्या १० हजार नपुगेको खुदसम्पत्ति धनात्मक भई २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिएका संस्था कम भएकाले अधिकाँशको सेयर राखेर कर्जा नपाउने अवस्था आएको हो । केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् । बैंकले सिधै दिइरहेको मार्जिन लेन्डिङमा फरक नपर्ने तर ब्रोकरबाट लगानीकर्तालाई प्रदान गरिने माजिर्न कर्जामा भएको व्यवस्थालाई मान्दा धेरै कम्पनीको सेयरमा लगानी गर्न नसक्ने देखिएको हो ।
स्थानीय तहको बजेट र कार्यक्रम ‘माथि नै होल्ड’ भएपछि तात्यो सरकार
काठमाडौं । मन्त्रालयहरुले स्थानीय तहको अधिकार होल्ड गर्ने प्रयास गरेपछि मन्त्रिपरिषदको कार्यालय तातेको छ । स्थानीय तहले प्राप्त गरेको क्षेत्राधिकारका कार्यालय, बजेट, कार्यक्रमहरु हस्तान्तरण गर्न मन्त्रालयहरुले अटेर गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तातेको हो । अब प्रत्येक मन्त्रालयले ७।७ दिनमा स्थानीय तहको क्षेत्राधिकारमा परेका कार्यालय, बजेट तथा कार्यक्रमहरु हस्तान्तरण गरेको प्रतिवेदन बुझाउनुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंसिर १०, ११ र १३ गते २२ वटै मन्त्रालयका सचिवहरुसँगको सघन छलफलपछि दायित्व हस्तान्तरणलाई तिब्र गतिमा अघि बढाउने र त्यसको प्रतिवेदन प्रत्येक साता बुझाउनुपर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको कार्यक्षेत्रमा पर्ने कार्यालय, जिम्मेवारी, सम्पति र कार्यक्रम हस्तान्तरणलाई योजनावद्ध रुपमा अघि बढाउन र त्यसको प्रतिवेदन बुझाउन भनेको हो । २२ वटै मन्त्रालयका सहसचिवहरुको संयोजकत्व रहने गरि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधी रहेको समिति समेत गठन हुनेछ । सो समितिले मन्त्रालयगत कार्यक्रलम स्थानीय तहमा हस्तान्तरणका लागि सहजीकरण गर्नेछ । त्यस्तै अर्थ मन्त्रालयले पनि आफु मातहतका बजेट तथा कार्यक्रमहरुलाई हस्तान्तरण गराउन सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
एनएमबी बैंकलाई ‘बैंक अफ दि इअर’ सम्मान
काठमाडौं । वेलायतबाट दिने अन्तराष्ट्रिय प्रतिष्ठित पुरस्कार बैंक अफ दी इयरबाट नेपालको एनएमबी बैंक सम्मानित भएको छ । बेलायतको फाइनान्सियल टाइम्सले यो वर्षका लागि एनएमबीलाई बैंक अफ दी इयरबाट सम्मानित गरेको हो ।गत वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएको थियो । बुधबार लण्डनस्थित होटल हिल्टनमा विशेष समारोहकाबीच बैंकका अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई बैंक अफ दी इयर अवार्ड प्रदान गरिएको थियो । एनएमबी नेदरल्याण्डको एफएमओ बैंकसंग साझेदारीका अतिरित्त ग्लोबल एलायन्स फर र्बैकिङ अन भ्यालुजको सदस्य रहेको नेपालको एकमात्र बैंक हो । नेपाल इन्भेष्टमेन्ट ५ औ पटक यस अवार्डबाट सम्मानित भएको छ । यसअघि स्ट्यान्डर्ड चाटर्ड बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकले यो अवार्ड पाइसकेका छन् । लगानीकर्तालाई राम्रो प्रतिफल, उत्कृष्ठ ग्राहक सेवा, राम्रो वित्तीय अवस्थालाइ आधार मानेर यो अवार्ड दिने गरेको छ । बैंक अफ दी इयरबाट विश्वका विभिन्न मुलुकका बैंकले पाउदै आएका छन् ।
ज्योति लाइफको तीन महिने यात्राः पौने २३ लाख बीमा शुल्क, ७७ बीमालेख
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तीन महिनामा पौने २३ लाख बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा ७७ वटा बीमालेखबाट २२ लाख ८९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको हो । एक अर्ब ५४ करोड चुक्ता पुँजी रहेको ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रति सेयर आम्दानी २ रुपैंयाँ ५१ पैसा र प्रति सेयर नेटवर्थ १०३ रुपैंयाँ १४ पैसा रहेको जनाएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा कार्यालय उद्घाटन गरेको थियो । कम्पनीले सोही दिनदेखि १० वटा शाखा विस्तार गरेर सेवा आरम्भ गरेको थियो । ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् ।
सानिमा लाइफको मंसिर २२ मा साधारणसभा, संस्थापक सञ्चालकको निर्वाचन हुने
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ । सभामा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन हुने भएका छन् ।