विकासन्युज

सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर सूचिकृत

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ६३ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर पश्चात यस बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । बिहीबार मात्रै यस बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ६७ लाख रुपैयाँ रहेको छ ।

१ रुपैंयाँकाे विद्यार्थी आन्दोलनले चुकाएकाे मूल्य र समाजका बेथिति

काठमाडौं । नेपाल आयल निगमले पुस १८ गते पेट्रोलियम पदार्थको मूल्य बढायो । डिजेल र पेट्रोलमा १/१ रुपैंयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैंयाँ मूल्य बढाएपछि वाम गठबन्धन समर्थक युवा विद्यार्थीले आन्दोलन गरिरहेका छन् । नेपालीमा एउटा उखान छ–बिरालो बाँधेर श्राद्ध गर्ने । अहिले देखिएको आन्दोलन पनि ठिक त्यही शैलीमा अघि बढेको छ । पञ्चायत कालदेखि २०६२/६३ सालसम्म विद्यार्थी आन्दोलनले शैक्षिक, राजनीतिक एजेण्डासँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई जनजीविकासँग जोडेर जोडतोडले उठाउँदै आएको थियो । सरकारले इन्धनको मूल्य बढाउने वित्तिकै जनजीविकाको एजेण्डाका रुपमा त्यसलाई विद्यार्थी संगठनहरुले उठान गरेर नागरिकको मन जित्ने प्रयास गर्थे । त्यससँगै राजनीतिक स्वतन्त्रका आवाजहरु गुञ्जन्थे, शैक्षिक एजेण्डाहरु माथि बहस हुन्थे । उतिबेला जनजीविकाको महत्वपूर्ण पाटोका रुपमा इन्धन रहन्थ्यो । आज पनि इन्धन जनजीविकाको महत्वपूर्ण पाटो त हो तर यो भन्दा धेरै महत्वका अन्य क्षेत्रहरु आन्दोलनको एजेण्डाका रुपमा तयार भैसकेका छन् । एउटा नागरिक रत्नपार्कबाट बानेश्वरसम्म सार्वजनिक सवारीमा जाँदा २ रुपैंयाँ ठगिमा पर्छ । उपत्यका भित्र सार्वजनिक सवारीमा ४ किलोमिटर यात्रा गर्दा १३ रुपैंयाँ भाडा दर तोकिएको छ तर सिधै १५ रुपैंयाँ तिर्न बाध्य छन् सर्वसाधारणा । यो तथ्य आन्दोलनको एजेण्डा बन्न सक्छ कि सक्दैन ? सरकारले कुल बजेटको २० प्रतिशत रकम शिक्षामा खर्च गरिरहेको छ । तर आम नेपालीले आफ्नो आम्दानीको बहुमत हिस्सा आफ्ना सन्तानकै शिक्षाका लागि खर्चिरहेका छन् । राज्यको २० प्रतिशत र नागरिकको आम्दानीको पनि बहुमत हिस्सा खर्चिदाँ पनि हाम्रो शैक्षिक जनशक्ति कस्तो तयार भैरहेको छ ? निजी शैक्षिक संस्थाहरुले पैसाको बिटोसँग शिक्षा साटिरहेका छन् । एक दर्जन शैक्षिक संस्थाहरु नेपालमा दर्ता नभई, नेपालको कानुनी दायरा भन्दा बाहिर बाटै सञ्चालनमा छन् । उनीहरुले पैसालाई पैसे र रुपैंयाँलाई रुपैँये भनेर पढाईरहेका छन् । विद्यार्थी आन्दोलनले यसलाई छुनु पर्छ कि पर्दैन् ? बर्सेनी शुल्क बढाएर अविभावकको ढाड सेक्न पल्केकाहरुसँग युवा विद्यार्थी संगठनहरुले आफ्नो सम्बन्ध पुनरावलोकन गर्ने कि नगर्ने ? मंसिर महिनामा संस्थागत तवरले २७ हजार ९ सय ६५ जना, व्यक्तिगत तवरले २४ हजार ७ सय ९ जना र इपिएस प्रणालीबाट ४ सय १८ जना नेपाली युवा विदेशिएका छन् । यीमध्ये दैनिक औषतमा तीन जना नेपालीको शव बाकसमा फर्कन्छ । यिनको पिडालाई युवा आन्दोलनले छुनु पर्छ कि पर्दैन ? पुस १३ गते कतार उडेका एक नेपालीले फ्रि भिसा र टिकटका लागि अण्डर टेवल ९० हजार रुपैंया तिरे । अहिले कतारमा रहेका उनलाई सप्लाई कम्पनीमा काम लगाईएको छ । उनी आफूले गरेको सम्झौता विपरिद सप्लाई कम्पनीमा काम गर्न बाँध्य छन् । फ्रि भिसा र टिकेटका लागि अण्डर टेबल ९० हजार तिरेर कतार पुगेको र त्यहाँ पनि सप्लाई कम्पनीमा काम गर्न बाध्य पारिएका नेपालीको यो कथा युवा विद्यार्थी आन्दोलनको बिषय बन्न सक्छ कि सक्दैन ? खाडीको ४० डिग्री तापक्रममा काम गर्न तयार भएका युवालाई आफ्नै माटोदेखि उहाँसम्म पुग्दा ठग्ने दलालहरुलाई हाम्रो आन्दोलनको रापतापले छुन्छ कि छुँदैन ? पाँच वर्ष के गर्ने ? निर्वाचनमा पराजित भएर शेरबहादुर देउवा सत्ता छाड्ने अन्तिम अवस्थामा छन् । उनी सत्तासिन हुँदा निगमले इन्धनको मूल्य बढायो । त्यसलाई अन्तराष्ट्रिय बजार भाउ अनुसार समायोजन गरिएको भनिएको छ । भवितव्य केहि भएन भने अब वामपन्थीहरुले सत्ता सम्हाल्ने पक्का जस्तै भएको छ । निगमलाई अहिलेकै व्यवस्था अनुसार सञ्चालन गर्ने हो भने ओली प्रधानमन्त्री बन्दा पनि १५/१५ दिनमा इन्धनको मूल्य समायोजन गर्नै पर्ने हुन्छ । अन्तराष्ट्रिय बजार मूल्य अनुसार नै त्यतिबेला मूल्य बढ्न पनि सक्छ र घट्न पनि । त्यतिबेला इन्धनको मूल्य बढ्यो भने प्रधानमन्त्रीको पुत्ला जल्छ कि नाई ? निगमको सुधार, अमलेखगञ्जसम्म निर्माण हुन लागेको पाइपलाइनको औचित्य, सातै प्रदेशमा निर्माण गर्न लागिएका इन्धन भण्डारण डिपोहरुको आवश्यकता र औचित्यबारे आन्दोलनकारीले कहिल्यै केहि सोचेका छन् कि छैनन् ?

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा वीरगंजमा उद्घाटन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय वीरगंजमा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले बिहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराएका छन् । साथै, कम्पनीका संचालक अमात्यले यस इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ’ उनले भने, अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजना सहित हामी आएका छौं ।‘ कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले भने, हाम्रो उदेश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो ।‘ कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने जानकारी गराएका छन् । दुई अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समय भित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

आरके गोल्छा ग्रुपले भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन

काठमाडौं । नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तर्गतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो । नेपालमा गोल्छा अर्गनाइजेशन अन्तर्गतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्री बितरण गर्नेछ । आरिहान्त कमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तर्गतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसैगरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् । अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजय कुमार रायलेदाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास समेत व्यक्त गरे । साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर नेपाली बजारमा ल्याएको छ । सिएसपि (कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिकायी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउँछ । यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ । बजारमा आफ्नो उपस्थिती बलियो बनाउनका लागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ । ‘भारतीय बजारमा क्रिष्टलका उत्पादनहरु अधिक रुचाइएका छन् । उच्च गुणस्तरकाकारण नै यो सम्भव भएको हो । अब नेपालीउपभोक्ताले पनि हाम्रा उत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।,’ महाप्रबन्धक रायले भने । आईएसओ ९००ः२०१५ मान्यता प्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

कनकाई विकास बैंकको माघ २ गते बुक क्लोज

काठमाडौं । कनकाई विकास बैंकको आगामी माघ २ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जानको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी माघ १६ गते वार्षिक साधारणसभामा जाँदै छ ।

सिभिल बैंकले वार्षिक नाफा ८२ प्रतिशत बढाउने, ३ वर्षमा खुदनाफा १ अर्ब १५ करोड पुग्ने

काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिक ८२.८२ प्रतिशतले खुद नाफा बढाउने लक्ष्य लिएको छ । बैंकले आगामी ३ वर्षमा नाफा साढे २ गुणा बढाएर १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले गत आवमा ३३ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खराब कर्जा घटाउने र व्यवसाय विस्तार गरेर नाफा बढाउने लक्ष्य लिएको हो । बैंकको निष्क्रिय कर्जा ४.६५ प्रतिशत छ । यो वर्ष निष्क्रिय कर्जा आधा घटाउने योजना बैंकको छ । बैंकले हकप्रद निष्कासन गर्दा बाहिर ल्याएको विवरणअनुसार गत आवको तुलनामा खुदनाफा साढे २ गुणा बढ्ने प्रक्षेपण गरेको हो । बैंकले चालु आव ०७४/०७५ मा नाफा बढाए १ अर्ब ६ करोड ३२ लाख रुपैयाँ पुर्याउने भएको छ । यस्तै आगामी आव ०७५/०७६ मा १ अर्ब १० करोड ८८ लाख र आव ०७६/०७७ मा १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको हो । नाफा वृद्धिसंगै आउदो ३ वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) साढे २ गुणा बढाएर १४ रुपैयाँ ४६ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको ईपीएस ६ रुपैयाँ ५२ पैसा थियो । चालु आवमा दोब्बर बढाएर १३ रुपैयाँ २९ पैसा पुर्याउने छ । यस्तै आगामी आवमा १३ रुपैयाँ ८६ पैसा र आव ०७६/०७७ मा १४ रुपैयाँ ८६ पैसाँ पुर्याउने प्रक्षेपण गरेको हो । यस्तै आव ०७६/०७७ मा निक्षेप परिचालन बढाएर ५९ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुर्याउने भएको छ । गत आवमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड थियो । चालु आवमा बढाएर ४२ अर्ब ६३ करोड ८४ लाख, आगामी आवमा ५० अर्ब ३१ करोड ३३ लाख रुपैयाँ निक्षेप परिचालन गर्ने योजना छ । ३ वर्षमा कर्जा लगानी बढाएर ५२ अर्ब १७ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गर्ने योजना बनाएको छ । गत आवमा बैंकको कर्जा लगानी २९ अर्ब ४९ करोड रुपैयाँ थियो । चालु आवमा बढाएर ३७ अर्ब १५ करोड १० लाख, आगामी आवमा ४४ अर्ब ३ करोड रुपैयाँ पुर्याउने छ । बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गरेपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै संचित कोषमा भएको रकम पनि बढेर १ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । चालु आवमा बैंकको संचित कोषको आकार बढेर १ अर्ब १ करोड २४ लाख रुपैयाँ पुग्ने छ ।  

औपचारिक शिक्षाको बिउ रोप्ने दरबार हाईस्कुलको पुननिर्माण अझै सुरु भएन

काठमाडौ । नेपालमा औपचारिक शिक्षाको बिजारोपण गरेको दरबार हाईस्कुलको पुननिर्माण अझै सुरु भएको छैन् । बि.स. १८५४ निर्माण भएको दरबार हाईस्कुल २०७२ बैशाख १२को भूकम्पले भत्किएको थियो । भत्किएको तीन बर्ष बितिसक्दा पनि स्कुल निर्माणको कार्य आरम्भ नहुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरु घाम, पानी र धुलो सहेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतो भन्छन्–भवन बन्ने प्रक्रिया सुरु भएको छैन्, विद्यार्थीहरुलाई ट्रसमा राखेर पढाईरहेका छौं, घाम, पानी र धुलोले सताईरहेको छ । नेपालमा औपचारिक शिक्षाको विजारोपण गर्दै तत्कालिन श्री ३ महारज वीर शमशेरले दरबार हाईस्कुलको स्थापना गराएका थिए । हाल स्कुलमा ३०० जना विद्यार्थीहरु अध्ययनरत छ भने १६ शिक्षिक शिक्षिकाले अध्यापन गराईरहेका छन् । स्कुल निर्माणका लागि सम्पूर्ण लगानी चीन सरकारले गर्ने सहमति भैसकेको छ । विद्यालय भवनको डिजाइन तयार भैसकेको छ तर पुरातत्व विभागले स्विकृत भने गरिसकेको छैन् । ‘दरबार हाईस्कुलको डिजाइन तयार भएको छ, हामी अध्ययनको अन्तिम चरणमा पुगेका छौं, पुरानो भवन अनुसार नै पुननिर्माणको काम अघि बढ्छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने । प्राचीन स्मारक ऐनमा १ सय वर्ष पुरानो प्राचीन संरचनाको आकार, उचाई र स्वरुपमा कुनै परिवर्तन गर्न नपाइने व्यवस्था छ । सोही ऐन अनुसार नै दरबार हाईस्कुलको पुननिर्माणको काम अघि बढाउन लागिएको हो । नक्सा पास भएसँगै चीन सरकारको पुर्ण लगानीमा स्कुलको पुननिर्माण अघि बढ्ने सिडिई घिमिरेले बताए । (प्रशिक्षार्थी)

६ बर्षमा एक अर्ब ४१ करोड नगद अनुदान, उपलब्धि कति ?

काठमाडौं । सरकारले निर्यातमा उपलब्ध गराउँदै आएको नगद अनुदानमाथी प्रश्न उठेको छ । गत ६ आर्थिक बर्षमा एक अर्ब ४१ करोड रुपैंयाँ निर्यातमा नगद अनुदान दिईसकिएको छ । तर निर्यातको मात्रा भने अझै पनि अपेक्षाकृत रुपमा बढ्न सकिरहेको छैन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाका अनुसार आर्थिक बर्ष २०६८।६९ देखि गत आव २०७३।७४ सम्ममा एक अर्ब ४१ करोड रुपैंयाँ नगद अनुदान दिईसकिएको छ । आव ६८।६९ मा १० करोड, ६९।७० मा १८ करोड, ७०।७१ मा ३८ करोड, ७१।७२ मा २५ करोड, ७२।७३ मा २० करोड र ७३।७३ मा २९ करोड नगद अनुदन दिएको थियो । तर निर्यात भने अझै पनि नबढेकाले यसमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको हो । उनले निर्यात बढाउन नसक्ने उत्पादनहरुले पनि अनुदान पाईरहेको पनि बताए । हाल निर्यातजन्य उद्योगहरुले कुल निर्यातको २ प्रतिशत नगद अनुदान पाउँदै आएको हस्तकला महासंघका सहायक निर्देशक सुविन्द्र बज्राचार्यले बताए । उता, अर्थविद डा. पोषराज पाण्डेले भने पनि निर्यातमा उपलब्ध गराइने नगद अनुदानमाथी पुनर्विचार गर्नुपर्ने धारणा राखे । निर्यात जन्य उत्पादनहरुको बिशेष प्रवद्र्धन गर्न नसकिएकाले पनि निर्यात बढाउन नसकिएको पाण्डेले बताए । उनले निर्यातको अधिक सम्भावना भएका निश्चित उत्पादनहरु तोकेर नगद अनुदात तथा अन्य सुबिधाहरु दिनुपर्नेमा पनि जोड दिए ।