विकासन्युज

कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड

काठमाडौं । कृषि विकास बैंकको नाफा एक अर्ब २ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा १२ करोडले नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको हो । बैंकले गत आवको पुस मसान्त अवधीमा ९० करोड नाफा गरेको थियो । कृषि विकास बैंकले ९८ अर्ब निक्षेप संकलन गरेर ९२ करोड कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७९.५९ प्रतिशत पुगेको छ । बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५० करोड ब्याज खर्च गरेको छ । १३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ । ९६ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गरेको बैंकले एक अर्ब ११ करोड रुपैंयाँ प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी २०.३७ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ २०२.९७ रुपैंयाँ रहेको छ ।

सनराइज बैंकको नाफा २ करोडले घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा २ करोड २२ लाख रुपैंयाँ घटेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा जम्मा ५८ करोड ७५ लाख मात्रै नाफा कमाउन सफल भएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले ६० करोेड ९७ लाख नाफा आर्जन गरेको थियो । ६३ अर्ब निक्षेप संकलन गरेको बैंकले ५६ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७८.६४ प्रतिशत पुगेको छ । बैंकले ३ अर्ब ५७ करोड ब्याज आम्दानी गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको देखिन्छ । ८ अर्ब १५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १३ करोड रुपैंयाँ मात्रै रहेको छ । खराब बर्जा वापत २३ करोड प्रोभिजन गरेको बैंकले २३ करोड नै राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ । सनराईज बैंकको खराब कर्जा १.६५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४.४१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२५.७७ रुपैंयाँ रहेको छ ।

एनआईसी एसिया बैंककाे निक्षेप ४१ अर्ब र कर्जा ३५ अर्बले वृद्धि

काठमाडौं । आक्रामक बजार विस्तार गरिरहेको एनआईसी बैंकले विगत १ वर्षमा ४१ अर्व ४० करोड रूपैयाँ निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेर छ । कर्जा लगानी पनि एक वर्षमा ३५ अर्बले वृद्धि गरी १ खर्ब २ अर्ब रूपैयाँ बनाएको छ । यो वृद्धिलाई बैंकले ‘नेपाली बंैकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि’ भनेको छ । धेरै बैंकहरूले निक्षेप र कर्जा लगानी विस्तार गर्न नसकिरहेको समयमा यस बैंकले उच्च दरको वृद्धि हासिल गरेको छ । बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ । जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीमा भित्र रहेको छ । बैंकको खुद नाफामा भने गिरावट देखिएको छ । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जम्मा ५७ करोड १७ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७२ करोड १४ लाख रुपैंयाँ कमाएको थियो । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट ३२ करोड ८३ लाख रुपैयाँ फिर्ता भएकोले खुद नाफामा बढी योगदान गरेको बैंकले जनाएको छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । बैंकको सञ्चालन नाफामा भने २५ प्रतिशतले वृद्धि देखिएको छ । ‘चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–बैंकले गतवर्षको सोही अवधिको ८९ करोड सञ्चालन नाफा आर्जन गरेकोमा चालु वर्ष ११२ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।’ सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवार मार्फत आर्जन गरेको नाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूतिप्रति बिम्बित गर्दछ । चालु आ.व. मा बैंकको सञ्चालन नाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोडको वृद्धिका वावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बंैकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गतवर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखातथा १४७ एटीएम मार्फत आफ्ना ग्राहकहरु सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिसाबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागिनिरन्तर प्रयासरत रहेको बैंक व्यवस्थापनले जनाएको छ । बैंकको प्रति सेयर आम्दानी १४.२४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३३.०७ रुपैंयाँ रहेको छ । बैंकको सिडी रेसियो भने ७८.१९ प्रतिशत पुगेको छ ।  

सिभिल बैंकको नाफा ३१ प्रतिशतले वृद्धि, खराब कर्जा ४.५० प्रतिशत

काठमाडौं । सिभिल बैंकको नाफा ३१.२५ प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७४ पुस मसान्तमा आफ्नो नाफा ५ करोडले बढार २१ करोड पुर्याएको हो । २०७३ पुस मसान्तसम्मा सिभिल बैंकको नाफा जम्मा १६ करोड रुपैंयाँ मात्रै थियो । बैंकले २६ करोड राइट ब्याकबाट आम्दानी गरेको छ भने ३९ करोड प्रोभिजन गरेको छ । सिभिल बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको छ । बैंकले ६ महिनामा ३७ अर्ब निक्षेप संकलन गरेर ३३ अर्ब कर्जा लगानी प्रवाह गरेको छ । सिभिलले २ अर्ब २ करोड ब्याज आम्दानी गर्दा एक अर्ब ४२ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको सिडी रेसियो ७६.१२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ८.३४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.५६ रुपैंयाँ रहेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १ अर्ब १ करोड

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्ड चाटर्ड बैंकले नाफा बढाएर १ अर्ब कटाएको छ । गत पुससम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुदनाफा गरेको छ ।   गत आवको सोही अवधिमा बैंकले ७४ करोड रुपैयाँ गरेको थियो । यो वर्षको ६ महिनामा बैंकले २७ करोड रुपैयाँ नाफा बढाएको सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ । बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत २.४२, सीडी रेसियो ७८.९७, आधार ब्याजदर ५.८०, स्पेड दर ६.९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकले ६६ अर्ब ७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ६१ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको छ । गत पुससम्म बैंकले ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकले कसरी बढायो ४०० प्रतिशत नाफा ?

  काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको नाफा ४०० प्रतिशतले बढेको छ ।२०७३ पुस मसान्तमा जम्मा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले २०७४ पुस मसान्तमा २८ करोडले वृद्धि गरेर ३५ करोड रूपैयाँ पुर्याएको हो । बैंकको नाफामा ३४ करोड रूपैयाँकाे भने राइट ब्याकको हिस्सा रहेको छ । बैंकले ६ महिनामा ५८ अर्ब निक्षेप संकलन गरेर ५१ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ  छ । बैंकले ३ अर्ब ९ करोड रुपैंयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ५१ करोड ब्याज खर्च गरेको देखिन्छ । एनसीसीले ४.८४ प्रतिशत रहेको खराब कर्जालाई ४.०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी १०.२४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.२९ रुपैंयाँ रहेको छ । एनसीसीको सिडी रेसियो ७६.४८ प्रतिशत रहेको छ ।

नविल बैंकको नाफा एक अर्ब ८३ करोड, खराब कर्जा बढ्यो

काठमाडौं । नविल बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ८३ करोड नाफा कमाएको छ । २०७३ पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड नाफा कमाएको थियो । बैंकले चालु आवको दोश्रो त्रैमासमा गत वर्षकाे साेही अवधिकाे तुलनामा आफ्नो नाफा ९ करोडले बढाएको हो । नविल बैंकले ६ महिनामा एक खर्ब २१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रहेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब २४ करोड रुपैंयाँ गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४५.४९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १९८ रुपैंयाँ रहेको छ ।

छ महिनामा प्रभु बैंकको नाफा ६३ करोड

काठमाडौं । प्रभु बैंकको नाफा ६३ करोड ४९ लाख रूपैयाँ भएकाे छ । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा एक अर्ब ११ करोड नाफा कमाएको थियाे । गत आवको पुस मसान्तमा एक अर्ब १३ करोड राइट ब्याक पाएकाले बैंकको नाफा धेरै देखिएको थियो । प्रभु बैंकको खराब कर्जा ४.८८ बाट घटेर ४.१२ प्रतिशत भएको छ । ६ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ३ अर्ब ११ करोड छ । बैंकले ८५ अर्ब निक्षेप संकलन गरेर ७१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७५.२४ रहेको छ ।