विकासन्युज

चैत पहिलो हप्ता मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी

काठमाडौं । चैत २ देखि ४ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा छैठौं ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ हुने भएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले राईजिङ नेपाल प्रालि तथा माईस इन्टरनेशनल प्रालिको व्यवस्थानमा युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गर्ने भएको हो । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रदर्शनीको बारेमा जानकारी गराएका थिए । प्रदर्शनीका इभेन्ट मेनेजर दिपक थापाले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिने बताए । ‘प्रदर्शनीमार्फत नेपाली वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विस्तरमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ,’ उनले भने ‘साथै नेपाली वस्तुप्रति चासो बढाउन तथा स्वदेशि उत्पादन पनि गुणस्तरिय हुन्छ भन्ने विश्वा दिलाउन प्रदर्शनी महत्वपूणर्न रहने छ।’ प्रदर्शनीका संयोजक अनमोल बस्नेतले प्रदर्शनीमा ७५ ओटै जिल्लाका आ–आफ्ना ठाँउका पहिचान बोकेका वस्तु तथा सेवाहरुको सहभागिता रहनेछ । करिब १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरुले भाग लिने र लाखौको संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेकाे छ ।

बैंकहरुले सेयर लगानीकर्तालाई सी–आस्वा रजिष्ट्रेशन नम्बर लिन बोलाए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर लगानीकर्तालाई खाता अद्यावधिक गर्न र सी–आस्वा रजिष्ट्रेशन नम्बर लिन बोलाएका छन् ।सार्वजनिक सुचना प्रकाशित गरेर आउदो शुक्रबारदेखि धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आस्वा) लागु हुने भन्दै बैंक खाता, हितग्राही खाता (डीम्याट एकाउन्ट) अद्यावधिक गरी सीआस्वा रजिष्ट्रेशन नम्बर लिन ग्राहकलाई अनुरोध गरेका हुन् । कृषि विकास बैंक, मेगा बैंक, कुमारी बैंक र नविल बैंकलगायत सबै बैकले सार्वजनिक सुचना प्रकाशित गरी खाता अद्यावधिक र सीआस्वा रजिष्ट्रेशन नम्बर लिन भनेका हुन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेड आउदो शुक्रबारदेखि साधारण सेयर (आईपीओ) हकप्रद सेयर र थप निष्कासन (एफपीओ) दरखास्त अनलाइनमार्फत भर्न पाइने व्यवस्था गरेको छ । सीआस्वा अन्र्तगत सेयर अनलाईका अतिरित्त बैंक तथा वित्तीय संस्थामा गएर पनि भर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनका अतिरित्त अहिलेको जस्तै बैंकबाट पनि आस्वामार्फत सेयर भर्न पाइने छ । अनलाईन सेवा नभए बैंक तथा वित्तीय संस्थाबाट पनि आस्वा प्रणालीबाट सेयर भर्न पाइने छ । सीआस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपीओमा आवेदन दिन सकिने छ । सीआस्वामार्फत प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ । सीडीएसले एकिकृत सफटवेयर तयार गरी सीआस्वा प्रणालीमार्फत सेयरका लागि आवेदन दिने व्यवस्था गरेको हो ।सीआस्वा रजिष्ट्रेसन नम्बर लिएपछि घरमा बसेर सिधै अनलाईनबाट र यदी नभए बैंकमा गएर पनि आवेदन दिने व्यवस्था गरिएको छ ।

वाम एकतासँग रुष्ट सेयर बजार १७ अंकले घट्यो, लगानीकर्ता भन्छन- राहतको प्याकेज चाहियो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण सम्झौताले पनि बजारलाई बढाउन सकेन् । केपी शर्मा ओली प्रधानमन्त्री बनेको दिन सेयर बजार ३६ अंकले बढेको थियो । त्यसपछि बजार निरन्तर घट्दै गएको छ । दुई पार्टी एकिकरण भएपछि बजार बढ्ने अनुमान गरिएको थियो । बजार खुल्दा यसको केही सकरात्मक संकेत देखिए पनि पछि बजारमा निरन्तर गिरावट आएको छ । बजार घट्दै गएपछि लगानीकर्तामा मनोबैज्ञानिक असरले गर्दा मंगलबार पनि बजार १७.१८ अंकले घटेको छ । बजार निरन्तर घटेपछि नेप्से परिसूचक पनि १ हजार ३९६ अंकमा झरेको छ । बैंकको ब्याजदर उच्च भएका कारण सेयर बजार बढ्न नसकेको एक ब्रोकरले बताए । “अहिले न्युनतम १४ प्रतिशत ब्याज पुगेको छ, त्यसमा पनि १ प्रतिशत सेवा शुल्क समेत गर्दा ब्याजदर १५ प्रतिशत पुग्छ” उनले भने “ब्याज लगानी पनि उठाउन नसक्ने अवस्था आएपछि ठुला लगानीकर्ताको बजारमा नआएका हुन ।” सरकारले राहत योजना नल्याएसम्म बजार नबढ्ने उनको तर्क छ । बजार घटेपछि मंगलबार सेयर कारोबारमा पनि असर परेको छ । मंगलबार ४० करोड ५८ लाख रुपैयाँ मात्र सेयर कारोबार भएको छ । होटल बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम डेभलपमेन्ट बैंकको सबैभन्दा बढी संस्थापक सेयर कारोबार भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार १ सयमा ५ करोड ७० लाख ६२ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । यस्तै ओम डेभलपमेन्टको पनि प्रतिकित्ता २४० मा २ करोड १५ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । बोटलर्सका लगानीकर्ताले प्रतिकित्ता ३९७ रुपैयाँ गुमाएका छन् । यस्तै नेसनल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायीक लघुवित्त र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

राष्ट्र बैंकका ३ कार्यकारी निर्देशक विदामा, चैत ६ देखि अवकास पाउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका ३ जना कार्यकारी अधिकृत विदामा बसेका छन् । अवकास पाउनु एक महिनाअघि विदा वस्नु पर्ने प्रचलनअनुसार ती अधिकारी विदामा बसेका हुन् । विदामा बस्नेमा वासुदेव अधिकारी, गोपाल भट्ट र रमेश पोखरेल रहेका छन् । उनीहरुले आउदो चैत ६ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकास पाउदैछन् ।

एक सातामा बीपीसीको ६६ करोड ८६ लाख एफपीओ बिक्री होला ? नभए ८ वटा अण्डरराइटरले किन्नुपर्ने

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बन्द हुन एक साता मात्र बाँकी छ । हालसम्म निष्कासनको ६७ प्रतिशत मात्र एफपीओ बिक्री भएको छ । एक साताको अवधिमा बीपीसीको ३३ प्रतिशत एफपीओ बिक्री हुनुपर्ने छ । हालसम्म बीपीसीको १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ बराबरको २७ लाख ३ हजार १४३ कित्ता मात्र एफपीओ बिक्री भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बीपीसीले प्रिमियम मूल्य ४०१ रुपैयाँ थप गरी प्रतिकित्ता ५०१ रुपैयाँमा गत माघ १५ गतेदेखि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन आउदो १५ गते बन्द हुनेछ । आवेदनको तुलनामा कम रकमका लागि आवेदन परेको छ । अन्तिम समयमा एफपीओ बिक्री हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरेले बताउँछन् । हालसम्मको ट्रेनले यस्तो देखाएको उनको विश्लेषण छ । निर्धारित समयमा बिक्री नभए पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई हुने र उनीहरुले खरिद नगरे धितोपत्र प्रत्याभूति गर्ने (अण्डरराइटर) ले खरिद गर्ने घिमिरेले जानकारी दिए । उनले अण्डर राइटरले खरिद गर्नुपर्ने अवस्था नआउने बताए । बिक्री नभएको एफपीओ बिक्री प्रवन्धक एनएमबीलगायत लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, ग्लोबल आईएमई सम्मुनत योजना १, नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नविल ब्यालेन्स फण्ड १ र नविल इक्विटी फण्ड गरी ८ संस्थाले खरिद गर्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो । सबैमा १० कित्ताको मनोवैज्ञानिक असर परेको उनको तर्कछ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ ।

१०९ ठेकेदारलाई भ्याट तिर्न राजस्व कार्यलयको २५ दिने अल्टिमेटम

काठमाडौं । आन्तरिक राजश्व कार्यालय ललितपुरले १०९ ठेकेदार कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) २५ दिनभित्र तिर्न अल्टिमेटम दिएको छ । पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि राजस्व कार्यालयले कर तिर्न आउन ठेकेदारलाई पुनः अल्टिमेटम दिएको हो । मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १९ बमोजिम करदाताले प्रत्येक कर अवधि समाप्त भएको मितीले २५ दिनभित्र बुझाउनु पर्ने व्यवस्था रहेको छ । ऐनको दफा १० (ख) बमोजिम संयुक्त रुपमा दर्ता भएका ती कम्पनीले कानूनी व्यवस्थालाई अटेर गरेपछि राजस्वले अल्टिमेटम दिएको हो । राजस्वले गत पुस महिनामै सबै कम्पनीलाई बक्यौता तिर्न पत्राचार गरेको थियो । कम्पनीले कर तिर्ने नआएपछि राजस्व कार्यलय ऐनको दफा अनुसार अघि बढेको हो । राजस्व कार्यलयका अनुसार अबको मितिले २१ दिनभित्र बक्यौता नतिरे, मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा २१ बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्ने जनाएको छ । कर बुझाइसकेको भएमा सोको प्रमाणपत्र समेत दाखिला गर्न राजस्वले भनेको छ । राजस्व नर्तिर्नेमा स्पर्श ज्योती जेभी, युनाइटेड, कान्छाराम, याक्थुङगा, सुनौला खिम्ती, वन्दना भगवती, महादेव खिम्ती,योजना, लामा, धुकुछु जेभी लगायत १०९ कम्पनी रहेका छन् ।

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने

  काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद निष्कासनका लागि साधारण सभामा विशेष प्रस्तावका रुपमा लैजाने निर्णय सञ्चालक समितिले गरेको छ । यसअघि थप निष्कासन (एफपीओ) को प्रस्तावलाई स्थगन गरी हकप्रद निष्कासन गर्ने प्रस्ताव सञ्चालक समितिले पारित गरेको कम्पनी सचिव रञ्जु अधिकारीले बताइन ।

२५ प्रतिशत बोनस पछि साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको थियो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख रुपैयाँ रहेको छ ।