४५ लाख धरौटीमा चुडामणि शर्मा जेलमुक्त
काठमाडौं । अकूत सम्पत्ति कमाएको आरोपमा मुद्दा लागेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् । ४ करोड २९ लाख रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख ंरुपैयाँ धरौटी मागेको थियो । शर्माले नेपाल इन्भेस्टमेन्ट बैंकको ग्यारेन्टीमा धरौटी बुझाएर जेलमुत्त भएका हुन् । ४ करोड २९ लाख सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियार ुदुरुपयोग अनुसन्धान आयोगले गत माघ १५ गते शर्माविरुद्ध विशेष अदालतमा मुा हालेको थियो ।शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ । उनले साढे २० लाख कर छुट दिएर मुलुकलाई नोक्सान पुर्याएको आरोप अख्तियारले लगाएको छ ।
विश्वकप छनोट : नेपाल जिम्बाब्वेसँग पराजित
काठमाडौ । आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग १६१ रनले रनले पराजित भएको छ ।३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले छ रन बनाएका थिए । यसअघि जिम्बाब्वेस्थित क्वीन्स स्पोटरस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो । जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी, जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए । त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ । नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ । रासस
सिभिल बैंक ‘कमर्ज बैंक ब्यापार अवार्ड’ द्वारा सम्मानित
काठमाडौं । सिभिल बैंक लिमिटेडलाई कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित गरिएको छ । कमर्ज बैंक, फ्रान्कफर्ट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफनमन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई गरेका हुन् । एक कार्यक्रमबीच बैंकलाई उक्त अवार्ड प्रदान गरीएको थियो । सो बैंकले अन्तराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ठ साझेदारी गरेबापत अवार्ड प्रदान गरिएको जनाइएको छ ।
पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्सले खोल्यो शाखा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । आईतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । शाखा कार्यालय सञ्चालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने उनको भनाइ छ । उक्त शाखा खोलेसँगै कम्पनीले मुलुकभर ३५ शाखा कार्यालय तथा ४ वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्र भएको जनाएको छ । ती शाखा र केन्द्रहरुमार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको जनाइको छ । कम्पनीले सबै थरीका जीवनबीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याइरहेको जानकरी दिएको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब ५० लाख रहेको छ । जसमध्ये संस्थापकबाट ७० प्रतिशतले हुने रकम रू. १ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको जनाएको छ । कम्पनीको अनुसार निकट भविष्यमा रू. ७५ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ ।
पश्चिमसेतीमा थ्री गर्जेजकाे पीपीए दर बढाउन र डलर जोखिम व्योहर्ने पुरानै अडान, सहमतीकाे संभावना न्युन
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले पश्चिम सेती आयोजनाको विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान पुनः दोहर्याएको छ । लगानी बोर्डसंग आइतबार भएको छलफलमा चाइना थ्री गर्जेजले हाल निर्धारण भएको पीपीए दरले आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने आफनो भनाई पुनः दोहर्याएको हो । यस्तै डलर जोखिम प्राधिकरणले लिनुपर्ने, डलर भुक्तानीको समयसीमा बढाउनु पर्ने पहिलाको माग दोहरयाएको बोड स्रोतले जानकारी दियो । हाल भइरहेको अध्ययनका लागि चीनबाट लगानी ल्याउन नेपाल राष्ट्र बैंकको ऐन वाधक भएको भन्दै यसलाई सहजीकरण गर्न उसको माग थियोे । मुलुकको सार्वभौम र १७ प्रतिशत प्रतिफलको पनि प्रत्याभूति हुनुपर्ने अडान थ्री गर्जेको थियो । थ्री गर्जेजले पाकिस्तानमा दिएको सुविधाको बारेमा जानकारी गराउदै सोही अनुसारको व्यवस्था नेपालमा पनि हुनु पर्ने सुझाएको छ । “हामीले उसका कुरा सुन्यौ । सबै विषय प्राधिकरणसंग सम्बन्धित भएकाले सोमबार बैठक बसेर टुङाउन सुझाव दिएका छौ ।” स्रोतले भन्यो । सोमबार विद्युत प्राधिकरण र थ्री गर्जेजकाबीच पीपीए दर, डलर जोखिम वहनलगायतका विषयमा छलफल हुने भएको छ । ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना बनाउन प्राधिकरणसँग संयुक्त लगानी सम्झौता (जेभीए)पछि भएको छलफलमा हालको विद्युत खरिद दर (पीपीए) ले पश्चिमसेती आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति भएको छैन् । प्राधिकरण निर्धारण भएको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्योहर्ने पक्षमा नभएको स्रोतको भनाई छ । यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ । आयोजना वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमार्फत निर्माण हुनेछ । विद्युत प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत स्वपँजी (इक्विटी) का लागि थ्री गर्जेजले चाइना निर्यात–आयात (एक्जिम) बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने सहमति भएको छ । प्राधिकरणले लगानी गर्ने स्वपुँजीको व्यवस्था थ्री गर्जेजले गर्ने भएको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।
वृज सिमेन्टले गुरुद्वारा गुरुनानक समितिलाई ४ लाखको सिमेन्ट दियो
काठमाडौं । केडिया अर्गनाईजेशनअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले ललितपुरको कानदेवता थानमा रहेको गुरुद्वारा गुरुनानक सत्संग समितिलाई ४ लाख रुपैयाँ बराबरको सिमेन्ट सहयोग गरेको छ । पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित एक कार्यक्रममा इण्डष्ट्रिजले उक्त गुरुद्वारा गुरुनानक सत्संग समितिलाई सहयोग गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कम्पनीले बिभिन्न देशबाट नेपालका धार्मिक तीर्थस्थलहरुमा दर्शन एवं पुजा गर्न आउने भक्तजनहरुलाई बसोवासको लागि गुरुद्वाराले धर्मशाला निर्माण शुरु गरेको भन्दै सहयोग गरेको जनाएको छ । कम्पनीको अनुसार निर्माण हुदै गरेको धर्मशालाको भवन २४ कोठाको हुनेछ । भवनमा बस्न आउने भक्तजन तथा तिर्थालुहरुलाई गुरुद्वारले निशुल्क खाना र बस्नको व्यवस्था गर्नेछ । गुरुद्वार पंजावीहरुको गुरु, गुरुनानको नाममा खोलिएको हो । भवनमा बासस्थाको साथसाथै बिवाह, ब्रतवन्ध तथा अन्य भागवत बाचनको लागि समेत उपयुक्त हुने भवनका संरक्षक बलवन्त सिंहले बताएका छन् ।
राष्ट्रियसभाका ५५ सदस्यद्धारा शपथ
काठमाडौं । राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ दिलाएका हुन् । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका थिए । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित थिएनन् । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ । शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उनीहरुको शपथ रोकिएको हो । यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाएका थिए। राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ । संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । रासस
एलजीले ‘फ्री एसी सर्भिस क्याप’ शुरु गर्ने, जुनसुकै एसी निशुल्क सर्भिसिङ्ग गराउन सकिने
काठमाडौं । एलजीले यस वर्ष पनि ‘फ्री एसी सर्भिस क्याप, २०१८’ शुरु गर्ने भएको छ । यस क्याम्प अन्तर्गत ग्राहकहरुले जुन सुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने छन् । साथै, एलजीकै एसीभएमा स्पेयर पार्टस्मा विशेष छुट दिइने छ । नयाँ एलजी एसी किनेमा अथवा अरु कुनै एसीसँग नयाँ एलजी एसी साटेमा पनि विशेष छुट पाईने कम्पनीले जनाएको छ । यस क्याम्पअन्तर्गत पहिलो चरणमा काठमाडौं, नारायणगढ, बुटवल, पोखरा, नेपालगंज र धनगढी मा यो क्याम्पको लागि रेजिस्ट्रेशन गर्न सकिने छ । त्यस्तै, दोस्रो चरणमा विराटनगर, इटहरी, धरान र विर्तामोडमा रेजिस्ट्रेशन गर्न सकिने छ । पहिलो चरणको रेजिस्ट्रेशनगर्नको लागि फाल्गुण २० गते देखि चैत्र ०२ गते कम्पनीमा सम्पर्क अथवा इमेल गर्नुपर्ने हुन्छ । त्यस्तै, सोही नम्बरहरु वा इमेलमा चैत्र ०४ देखि चैत्र १६ सम्म दोस्रो चरणका लागि रेजिस्ट्रेशन गर्न सकिने कम्पनीले बताएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।