बालाजू अटोवक्र्सद्धारा प्राविधिक प्रतियोगिता सम्पन्न, तीन जनाले पाए नगद पुरस्कार
काठमाडौं । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यो प्रतिपयोगिता यही चैत १ र २ गते सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिममा सर्भिस म्यानपावहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ताप्राविधिकएवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो प्रतियोगिताको मुख्यध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ । २३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिक गरी ३ प्रकारबाट छनौट गरिएको थियो । जस अनुसार विजयी अष्टनारायण महर्जन, पहिलो रनरअपका रुपमा अनुपकुमार मिश्र, दोस्रो रनरअपका रुपमा मणिराम चौधरी भएका छन् । पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्रवितरण गरिएको थियो । उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएमअग्नि) तथा प्रमोद क्षेत्री (विएमवीरगञ्ज) को उपस्थिति रहेको थियो ।
पर्यटकको बसाई लम्ब्याउन निजी क्षेत्रको माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँंग बुधबार सिंहदरबारमा भेट गरेको छ । भेटमा चेम्बरले आर्थिक कुटनीतिलाई अगाडी सार्नु पर्नेमा जोड दिएको छ । निजी क्षेत्रको समसामायिक विषय जानकारी गराउदै चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालका सबै प्रदेशहरुमा पर्यटनको सम्भावना रहेकोले नेपाल भित्रिने पर्यटकहरुलाई लामो समय मुलुकमै बस्ने वातावरण बनाउनुपर्ने माग परराष्ट्र मन्त्री ज्ञवाली समक्ष गरे । त्यस्तै उनले वैदेशीक व्यापार बढाउन तातोपानी, कोरला लगायतका नाकाहरुलाई व्यवस्थित बनाउनु पर्ने जोड गरे । ती नाकाहरुबाट दुई दिनमा आइपुग्ने सामान अन्य नाकाहरुबाट आउन लामो समय लाग्ने भन्दै त्यसले अन्तत व्यापारमा समस्या निम्तिएको जानकारी गराए । मन्त्री ज्ञवालीले आर्थिक विकास आफ्नो पहिलो उद्देश्य रहेको निजी क्षेत्रलाई बताए । सोही अनुसार विदेशी कुटनीतिलाई अगाडी बढाउने उनको भनाइ छ । आर्थिक विकास अन्तर्राष्ट्रिय सम्बन्धको आधार भएको उनले पनि त्यसलार्इ ध्यान दिने उनले जानकारी दिए ।
महालक्ष्मी विकास बैंकद्धारा एसियन च्याम्पियनसिपका विजेता महर्जनलाई २ लाख रुपैयाँ प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ५०औँ एसियन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको उक्त च्याम्पियनसिप उपाधि हासिल गर्ने महर्जनलाई सम्मान स्वरुप उक्त रकम प्रदान गरेको हो । साथै, खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
सात मुख्यमन्त्रीको ६ घण्टे गुनासो, प्रधानमन्त्री ओली भन्छन्: असफल हुने छुट छैन
काठमाडौं । प्रदेश सरकारका अप्ठेराहरुका बारेमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी ओली समक्ष ६ घण्टा ब्रिफिङ गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नै कार्यालयमा बुधबार सातै प्रदेशका मुख्य मन्त्री र महान्यायधिवक्तासहित केन्द्र सरकारका अर्थ, गृह र रक्षामन्त्रीसहित वृहत छलफल गरेका हुन् । छलफलमा सात प्रदेशका मुख्य मन्त्रीहरुले आफ्ना समस्याहरुका बारेमा आधा घण्टा भन्दा बढि समय बोलेको थिए । बैठकमा सातै वटा प्रदेशका मुख्यमन्त्रीले कर्मचारीको अभाव, कानून नहुदा काम गर्न असजिलो, स्रोत तथा साधनको कमी, पुर्वाधारको अभाव, काम अघि बढाउन अन्यौलता, केन्द्रको असहयोग र समन्वयको अभावलगत एक दर्जन समस्या राखेका थिए । मुख्यमन्त्रीको समस्याको बारेमा जवाफ दिदै प्रधानमन्त्री ओलीले ७ वटै प्रदेश सरकार नेपाल सरकार भएको जानकारी गराउदै असफल हुन कसैलाई छुट नभएको बताए । “केन्द्रले गर्नुपर्ने सबैकाम गर्छ तपाईहरुले जनताको अपेक्षाअनुसार काम गर्नुस” प्रधानमन्त्रीले भने । बिहान ११ बजेदेखि सुरु भएको प्रदेशका मुख्यमन्त्रीको बैठक ५ बजे सकिएको थियो ।
रोयल इन्फिल्डको ४ वटा नयाँ शोरुम हेटौडा, नेपालगञ्ज, धनगढी र बालाजुमा
काठमाडौं । एम.भि.ग्रुप अन्तर्गतको भगिनी संस्था विवेक अटोमोबाईल्स प्रालिको मोटरसाईकल उत्पादक कम्पनी रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीले थप ४ वटा नयाँ शोरुम स्थापना गरेको छ । बैंकले हालै हेटौडा, नेपालगञ्ज, धनगढी र बालाजुमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरेको हो । मंगलबार एक कार्यक्रमका बीच रोयल इन्फिलड इन्डियाका हेड अफ ट्रेनिङ के रंङ्गस्वामी, रि रिजिनल सर्भिस म्यानेजर विराट राज श्रीवास्तव, एमभी दुगर ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौडेलले उद्घाटन गरेका छन् । कार्यक्रममा एमभी दुगडका उपाध्यक्ष विवेक दुगडले क्लासिक तथा यूनिक फिचर भएको ब्राण्डलाई उच्च स्तरीय सेवा सुविधा प्रधान गर्ने उद्देश्यका साथ थप सेवा पुर्याउन मद्दत पुग्ने बताएका छन् । कम्पनीले बालाजु औधोगिक क्षेत्र स्थित गुँरास इन्जिनियस प्रा.लि. को हाता भित्र ६००० स्क्विायर फिट क्षेत्रफलमा अत्याधुनिक सर्भिस सेन्टर स्थापना गरेको छ । जहाँ १३ वटा सर्भिस बे, स्पेयर प्रार्टस् सेक्सन रहेको छ । सोही स्थानमा रोयल इन्फिल्डको पहिलो अर्न्तराष्ट्रिय रि ट्रेनिङ सेन्टर स्थापना गरिएको छ । यसबाहेक कम्पनीले हालसम्म नेपालमा ७ वटा नयाँ अर्न्तराष्ट्रिय स्तरको शोरुम तथा वर्कसर्प बनाइसकेको छ ।
एनआईसी एसिया बैंकको ९ कराेड ऋण नतिर्ने २ व्यवसायी पक्राउ
काठमाडौं । एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ कर्जा नतिर्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । न्यु अनिल टेक्सटाइल प्रालिका सञ्चालकद्धय मधुसुधन अग्रवाल र विनोदकुमार अग्रवाललाई महानगरिय प्रहरी परिसर काठमाडौंले बुधबार पक्राउ गरेको हो । ऋण असुली न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एसियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो । १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले अग्रवालद्धयको चलअचल सम्पत्ति नभेटिएको भन्दै न्यायधिकरणमा पक्राउ गर्न उजुरी गरेको थियो । न्ययाधिकरणका श्रेस्तेदार भेषराज कोइरालाका अनुसार बैंकले उनीहरुलाई पक्राउ गर्न २०७४ चैत ५ गते न्ययाधिकरणले प्रहरीलाई पत्र काटेको थियो । पक्राउ परेका टेक्सटाइल प्रालीका सञ्चालकले रकम तिर्न नसक्ने कागज गरिसकेले उनिहरुलाई २०७५ चैत ६ गतेसम्म प्रहरीले थुनामा राख्न सक्ने श्रेस्तेदार कोइरालाले बताए । आरोपीमाथी ऋण असुली ऐन २०५८ को दफा २५ उपदफा २ (ग) र नियम ३० (क) बमोजिम थुनामा राखी रकम असुली प्रक्रिया अघि बढ्ने छ ।
बैंक तथा वित्तीय संस्थाको आईपीओ सकियो, अब जलविद्युतको मात्रै
काठमाडौं । पछिल्लो समयमा धितोपत्र बोर्डमा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन दिएका छन् । हालसम्म १४ जलविद्युत कम्पनीले ३ अर्ब ७३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका छन् । पछिल्लो समयमा धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिनेमा अधिकाँश जलविद्युत कम्पनी रहेका छन् । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने तयारीमा कम्पनी रहेका छन् । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर दिने अनिवार्य व्यवस्था भएपछि जलविद्युत कम्पनीले धमाधम आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ जलविद्युत कम्पनीलाई लगानी जुटाउने माध्यम भएपछि प्रवद्र्धक पनि निष्कासनमा जोड दिन थालेका छन् । १४ मध्ये सबैभन्दा ठुलो रकमको आईपीओ ४५६ मेगावाटको माथिल्लो तामाकोसीको आउन लागेको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । सबैभन्दा कम सुभम् पावर लिमिटेडले स्थानीयबासिन्दालाई २ करोड रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । साउनयता राधी विद्युत कम्पनी लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, कालिका पावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेका छन् । रसुवागढी र सान्जेनको निष्कासन जारी छ । (आइपीओ पाइपलाइनमा रहेका १४ कम्पनी, हेर्नको लागि यसमा क्लिक गर्नुहोस्।)
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा रामेछापको बेतालीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ७९औँ शाखारहित बैंकिङ्ग सेवा रामेछापको बेतालीमा शुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाको लागि बैंकले स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । यसका साथै बैंकले मंगलबारदेखि नै वित्तीय साक्षरता जगाउने उद्धेश्यले उक्त स्थानमा “वित्तीय साक्षरता कार्यक्रम” संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले उक्त सेवा शुरु गरेको हो । बैंकले हालसम्म १२० वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।