नेपालका सबै एनजिओ बन्द गर्नु पर्छ- उपाध्याय
भीम उपाध्याय, पूर्व सचिव काठमाडौं । नेपाल र नेपाली भाड्ने एनजिओ तुरून्त बन्द गर्नुपर्छ । एनजिओ मार्फत आएको पैसाको बलमैं नेपालका कथित नागरिक समाज र अधिकारवादीहरू उफ्रेर मुलुक दुर्घन्धित पारेका हुन् । यिनको मूल युरोपियन युनियन(इयु), विदेशी दुताबासहरू र आइएनजिओ हुन् । अहिले तिनले बगाएको पैसाको खोलो चर्च बनाउन र हिन्दूलाई ईशाई बनाउनमा नै लगानी भैरहेको छ । काठमाण्डौमैं विगत १० वर्षमा ७०० चर्च र मुलुकभरि १० हजार चर्च बनिसकेका छन् । सबै आइएएनजिओ बन्द गरौं र तिनका दानापानीमा बाँचेका एनजिओ पनि । नेपाली सत्ताधारीले मुलुकमा विदेशी हस्तक्षेप कसरी रोक्ने ? सुशासन र पर्यावरण कसरी कायम गर्ने ? आइएनजिओको नाङगो नाच कसरी बन्द गराउने ? न्युन गुणस्तर(क्वालिटी)का कुनै लाभ नहुने प्रदूषणकारी लागू औषधका दलाल टुरिष्टहरूलाई कसरी छिर्न नदिने ? कसरी उच्च गुणस्तर(हाईक्वालिटी)का पर्यटक भित्र्याउने जुक्ति अपनाउने ? कसरी तीब्र आर्थिक विकास गर्ने ? कसरी ट्रेड डिफिसिट(व्यापार घाटा)लाई नाफा(ट्रेड सरप्लस)मा लैजाने ? कसरी मेरिटबेस्ड(योग्यता) पदाधिकारीको सुनिश्चितता गरी संगठन प्रणाली गुणस्तरिय(क्वालिटी)को बनाउने ? कसरी राजनीतिमा माफियागिरी, भ्रष्टाचार र काला बजारीयाको पैसालाई रोक्ने ? कसरी भ्रष्टाचार नियन्त्रण गर्ने ? कसरी आफ्नो धर्म संस्कृति भेषभुषा र पहिचान संरक्षण गर्दै अक्षुण राख्ने ? कसरी विदेशी संस्कृतिको प्रदूषणबाट मुलुकलाई जोगाउने ? कसरी जनताको राष्ट्रिय खुसी (जिएनएस–ग्रस नेशनल ह्याप्पीनेश) अभिबृद्धि गर्ने ? भन्नेबारेमा सोच्ने बेला भैसकेको छ । त्यसको विस्तृत अध्ययन गर्ने हो भने नजिकैको छिमेकी भुटान जानु उपयुक्त हुन्छ । भारतमै मोदी सरकार आए पछि करिव २५ हजार एनजिओ बन्द गराईसकेका छन् ।
चीनबाट १४ अर्ब वैदेशिक लगानी ल्याउन ह्वासिनले दियो राष्ट्र बैंकमा निवेदन, दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने
काठमाडौं । चीनको हुवाजिन कम्पनीले सिमेन्ट कारखाना स्थापना गर्न १४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । सिमेन्ट उत्पादन गर्नका लागि लगानी बोर्डसंग प्रारम्भीक सम्झौता गरेको हुवासिनले चीनबाट ऋण ल्याउनका लागि केन्द्रीय बैंकमा निवेदन दिएको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र उसले नेपालमा विदेशबाट लगानी ल्याउन पाउने छ । चीनियाँ कम्पनीले नेपालमा विदेशी लगानी ल्याउन ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ । तत्कालका लागि २ करोड रुपैयाँ बराबरको लगानी ल्याउन स्वीकृति मागेको राष्ट्र बैंकले जनाएका छ । कम्पनीले १४ अर्ब रुपैयाँ लगानी ल्याउन निवेदन दिएकोमा प्रारम्भीक काम सुरु गर्नका लागि तत्काल २ करोड रुपैयाँ स्वीकृति दिन भएको छ । लगानी ल्याउन स्वीकृति दिने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ । केही समयमा पछि थप लगानी ल्याउन स्वीकृति दिने स्रोतको भनाई छ । ह्वासिनले नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । सिमेन्ट कारखाना स्थापना गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र हुवाजिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुङा खानी खरिद गरिसकेको छ । सिमेन्टमा लगानी गर्ने तयारीमा रहेको हुवाजिन दोसो चिनियाँ उद्योग हो । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर बुझाउने छ । यता चीनको होङसी सिमेन्ट उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ । आउदो बैशाखदेखि दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ । होङसीले ३६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
नागरिक लगानी कोषको साधारणसभा बैशाख ७ गते, २३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । नागरिक लगानी कोषको २२ औं वार्षिक साधारणसभा बैशाख ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । जसअनुसार २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश दिने भएको छ । सभाले पारित गरेपछि मात्र कोषले लाभांश वितरण गर्ने छ । पछिल्लो समयमा कोषको सेयर मूल्यमा गिरावट आएको छ । बजार घट्दै गएपछि कोषको सेयर प्रतिकित्ता २ हजार ७७० रुपैयाँमा झरेको छ ।
चिनियाँ सामानमा ६० अर्ब डलर शुल्कको घोषणा, चीन कुनै पनि व्यापारिक युद्ध लड्न तयार
काठमाडाैं । अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र अमेरिकामा चीनको लगानीलाई सीमित बनाउने निर्णय गरेको छ। कैयौं वर्षदेखि चीनले बौद्धिक सम्पत्ती चोरी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ र त्यसकै बदलामा यो निर्णय गरिएको जनाइएको छ। चीनको अर्थव्यवस्थाले दिइरहेको अनुचित प्रतिस्पर्धालाई चुनौती दिन यी कदमहरू आवश्यक रहेको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति ट्रम्पले व्यापार सम्बन्धी कार्यालयलाई नयाँ करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरूको सूची प्रकाशित गर्न १५ दिनको समय दिएका छन्। ह्वाइट हाउसले परिवर्तन ल्याउनका लागि गरिरहेको वर्षौंदेखिको वार्ता विफल भएको जनाएको छ। चीनले भने आवश्यक उपायहरूसहित त्यसको प्रतिकार गर्न आफू तयार भएको भन्दै प्रतिक्रिया दिएको छ। उसले आफ्नो हितका लागि अमेरिकासँगको कुनै पनि व्यापार युद्धमा अन्त्यसम्म लड्ने जनाएको हो। अमेरिकाको उक्त घोषणाप्रति लगानीकर्ताहरूले प्रतिक्रिया जनाएसँगै अमेरिकाको शेयर बजार बिहीवार निकै कममा बन्द भएको छ। व्यापार युद्धकाे लागि तयार अमेरिकाको पछिल्लो घोषणासँगै अमेरिकाको डाउ जोन्स परिसूचक दिनको अन्त्यमा २.९ प्रतिशत भन्दा बढीले घटेर २३ हजार ९ सय ५७ मा टुंगिएको छ जुन अहिलेसम्मको पाचौं ठुलो गिरावट हो। चीनमाथि लगाइने प्रतिबन्धसम्बन्धी टिपोटमा हस्ताक्षर गर्दै ट्रम्पले यसबारे अमेरिका र चीनले वार्ता गरिरहेको र उनले अमेरिकी कम्पनीहरूका लागि पारस्परिक व्यापार शर्त खोजिरहेको बताएका छन्। चीनमाथि शुल्क लगाउने फैसला गर्नुअघि गत वर्ष अगष्टमा ट्रम्पले चीनका नीतिहरूको जाँच गर्न आदेश दिएका थिए। चीनमाथि सामानमा शुल्क लगाउनु राजनीतिक रूपमा लोकप्रिय र चुनावी अभियानको बेलाको मुख्य प्रतिवद्धता पूरा गरेको देखिए पनि यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढाउन सक्ने बताइएको छ। स्राेतः बीबीसी
मेरिको लिमिटेडले ल्यायो नयाँ लिभअन सेरम ड्यामेज प्रोटेक्ट
काठमाडौं । मेरिको लिमिटेड, उपभोग्य सामानहरुको एक अग्रणी उत्पादकले नेपाली बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट प्रस्तुत गरेको छ । उक्त प्रोटेक्ट नारीहरुको हेयर स्टाइल गर्नका लागि चर्चित ब्राण्ड लिभअनको नयाँ प्रकार हो । जुन नेपाली बजारलाई लक्षित गरेर खास रुपमा डिजाइन गरिएको छ । उक्त उत्पादनको बिक्री शुभारम्भ बलिउडकी चर्चित हस्ती हेयरस्टाइलिस्ट सानीया सहादद्पुरीले गरेकी जनाइएको छ । सार्वजनिक गरिएको सो उत्पादनले प्रयोगकर्ताहरुलाई विभिन्न उत्कृष्ट हेयर स्टाइल गर्ने विकल्पहरु प्रदान गरेको छ । जसमा कपाल सिधा बनाउने, घुम्रिएको बनाउने, कलर गर्ने लगायत छन् । साथै उक्त प्रोटेक्टले युभि किरणहरु, धुँवा तथा धुलो प्रदुषणबाट समेत कपाललाई जोगाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार उक्त नयाँ फर्मुलाको उत्पादनले तापको विरुद्धमा ५ गुणा ज्यादा स्याहार र घाम र प्रदुषणको कारण कपाल टुक्रिने समस्याको विरुद्धमा १० गुणा ज्यादा राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित गर्दछ । यसका साथै तत्कालै कपाल मुलायम, चम्किलो र लहलहाउँदो बनाउने बताइएको छ ।
फड्केश्वरका १ सय ३७ घरधुरीलाई लालपूर्जा प्रदान
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थीत फड्केश्वरका १ सय ३७ घरधुरिलाई लालपूर्जा वितरण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रदेश नम्वर ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले लालपूर्जा वितरण गरकोे हो । सो अवसरमा वोल्दै मन्त्री लामाले छिट्टै कानून बनाएर प्रदेश नम्वर ३ को भूमि व्यवस्थापन गरिने वताएका थिए । ‘अव यस प्रदेशमा कोही पनि सुकुम्वासी रहने योजनाका सथा अघि बढेका छौं,’ उनले भने । लालपूर्जा पाए पछि स्थानिय वासिन्दा खुसी भएको जनाइएको छ । पशुपतिनाथ मन्दिरको गुठीको नाममा रहेको जग्गामा लामो समयदेखि वसोवास गर्दै आएको स्थानियलाई जिल्ला भूमि अधिकार मन्च सिन्धुपाल्चोकको पहलमा लालपूर्जा वितरण गरिएको हो ।
यामाहाको नयाँ वर्ष योजनाः दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ यामाहा
काठमाडौं । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । यामाहाका कम्पनी अनुसार बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थिए । काठमाडौंमै बसोबास गर्ने गरी फर्किएको भाइका लागि एउटा मोटरसाइकल किन्न रतिशकुमार झा कान्तिपथस्थित यामाहाको शोरुम गए । कम्पनीले दिएको जानकारी अनुसार उनको भाइ घर पुग्नुअघि उनका लागि मोटरसाइकल किनेर ल्याउने दाइको योजना थियो । सोही बमोजिम यामाहाको एफजीएस एफआई भाइका लागि किन्न उनी यामाहाको शोरुम पुगे । भाइलाई सप्र्राइज दिन गएकोे उनी आफैं सरप्राइजमा परेको कम्पनीको भनाइ छ । यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा ५० प्रतिशत क्यास ब्याक पाएकोले उनी सरप्राइजमा परेको जनाइएको हो । उनले २ लाख ६५ हजार रुपैयाँको उल्लेखित मोटरसाकइल खरिद गरेका थिए । यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा पाँच हजार देखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सतप्रतिशतसम्म ‘क्यास ब्याक’ अफर प्राप्त गर्नेछ ।
ठूला बैंकसंग पनि पैसाको अभाव, अग्रिम ११ प्रतिशत ब्याज दिएर निक्षेप तान्न थाले
काठमाडौं । नाम कहलिएका ठूला बैंकलाई समेत लगानीयोग्य पुँजीको अभाव भएको छ । लगानी गर्न थप पुँजी नभएपछि बैंकले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका छन् । मुद्धतिमा ११ र वचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका हुन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले अहिले विज्ञापन गरेर निक्षेप तान्ने प्रयास गरिरहेका छन् । नविल बैंकसंग पनि लगानीयोग्य पुँजीको अभाव भएको छ । बैंकसंग थप लगानी गर्न पैसा नभएपछि निक्षेप तान्न १ वर्षको अग्रिम ब्याज खातामा जम्मा गर्ने मुद्धति योजना ल्याएको छ । निक्षेप बढाउन अग्रिम ब्याज दिने योजना ल्याएको नविलका डेपुटी सीईओ अनिलकेशरी शाह बताउछन् । बैंकमा नयाँ निक्षेप नआएपछि तान्नका लागि यस्तो योजना ल्याएको उनको भनाई छ । उनले साना उद्यममा लगानी बढाउन आवश्यक पुँजी जुटाउन नयाँ मुद्धति निक्षेप योजना ल्याएको जानकारी दिए । बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५ प्रतिशत रहेको बताउदै थप लगानी बढाउन नयाँ निक्षेप योजना ल्याएको शाहको भनाई छ । यस्तै एनआईसी एसिया बैंकले पनि निक्षेप तान्न ११ प्रतिशत अग्रिम ब्याज दिने मुद्धति वचत योजना ल्याएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खाता खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए । उनका अनुसार मुद्दती खाताखोल्ने ग्राहकको ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने भएको छ । बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेको छ । अधिकांश बैंक थप ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था आएपछि बैंकले धमाधम आकर्षक योजना ल्याएका हुन् । ग्लोबल आईएमई बैंक, जनता बैंक, लक्ष्मी बैंक बैंकलगायतले धमाधम निक्षेप तान्ने योजना ल्याएका छन् । यस्तै लक्ष्मी बैंकले पनि निक्षेप तान्नका लागि नयाँ योजना ल्याएको छ । बैंकमा निक्षेप बढाउन नयाँ योजना ल्याएको लक्ष्मी बैंकका सीईओ सुदेश खालिङ बताउछन् । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको छ ।