विकासन्युज

हाते कागजः नेपालमा फालाफाल, युरोपमा मालामाल

काठमाडौं । नेपालमा उपयोगीता हराउँदै गएको हाते कागज युरोपियन बजारमा भने लोकप्रिय बन्दै गएको छ । युरोपियन बजारमा नेपाली हाते कागज डलरमा खरिद गरिने सम्बन्धित व्यवसायीहरु बताउँछन् । सरकारको प्राथमिकतामा पर्न नसकेको हाते कागजको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग छ । मागअनुसार कागजको आपूर्ति गर्न नसकेको उनीहरुको भनाइ छ । काठमाडौंस्थित नेपा क्रिएसन ह्न्डीक्राफ्टका सञ्चालक भरत श्रेष्ठले नेपालको हाते कागजको माग युरोपियन देशहरुबाट हुने गरेको बताए । नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, जर्मन, इटली, स्पेन लगायतका देशहरुमा हाते कागज निर्यात हुने उनको भनाइ छ । ‘नेपालमा २० ग्राम गुणस्तरीय हाते कागजको मुल्य १५/२० रुपैयाँ पर्छ,’ उनले भने ‘उक्त परिमाण युरोपियत बजारमा १ डलरमा निर्यात हुन्छ ।’ ती मुलुकहरुबाट अत्यधिक मात्रामा हाते कागजको माग रहेको उनले जानकारी दिए । युरोपमा प्लाष्टिकको प्रयोग नहुने भएकाले गिफ्टजन्य प्रयोगको लागि नेपाली हातेकागज उपयोगमा आउने गरेको उनको बुझाइ छ । आफ्नो कम्पनीले मात्रै वार्षिक १५ लाख रुपैयाँ बढीको हाते कागजको व्यवसाय गर्ने उनको भनाइ छ । त्यस्तै श्रमजिवी नेपाली हाते कागज उद्योगका सञ्चालक नरेन्द्रबहादुर रोकायाले विगत वर्षहरुभन्दा अहिले नेपाली हाते कागजको माग अत्यधिक रहेको बताए । ‘हाते कागजका ठूला व्यापारीहरुले जति उत्पादन गरे पनि खरिद गर्ने बताएका छन्,’ उनले भने ‘तर उत्पादन भने गर्न सकिएको छैन ।’ यद्यपि विगत वर्षहरुको तुलनामा उद्योगले उत्पादन बढाएको उनले सुनाए । उनकाअनुसार अहिले सञ्चालन गरेको उद्योग दुई दशकअघि स्थापना गरिएको हो । बीचमा माओवादीे द्वन्दकालमा केही समय बन्द भएपनि अहिले निरन्तर सञ्चालन भइरहेको छ । ‘त्यसताका हामीले मासिक १६० किलो हातेकागज उत्पादन गथ्र्यौ,’ उनले भने ‘अहिले कागजको उत्पादन दुईगुणाभन्दा बढी बढाएका छौं ।’ हाल मासिक ३२० किलोभन्दा बढी तयारी हातेकाज उत्पादन भइरहेको छ । करिब १० लाखसम्मको वार्षिक कारोबार हुने गरेको छ । उद्योगबाट परम्परागत तथा जापानीज प्रविधिमा हाते कागज उत्पादन भइरहेको छ । नेपाली हाते कागज उद्योग फिदिमका मदन मगरले पनि उद्योगले उत्पादन गरेको हाते कागज जापान, चीन लगायतको देशमा निर्यात हुने गरेको बताए । परम्परागत र जापानिज प्रविधिबाट उत्पादन गर्दै आएको हाते कागजको माग अत्यधिक रहेको उनको भनाइ छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा मात्रै तयार हुने हाते कागज उद्योगतर्फ सरकारले ध्यान पुर्याउन नसकेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग भएपनि नेपालका साना तथा घरेलु उद्योगहरुले उत्पादन गर्न नसकेको उनको भनाइ छ । हालसम्म काठमाडौं, भक्तपुर र सुनसरीमा मात्रै ठूला हाते कागज उत्पादन गर्ने मेसिन विज्ञान प्रविधि मन्त्रालयसँगको सहकार्यमा उपलब्ध गराइएको छ । बाँकी राम्रो सम्भावना भएको क्षेत्रहरुमा समेत मेसिन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । ‘हामीले हाते कागजको उत्पादन बृद्धि र बजारीकरणको लागि पहल गरिरहेता पनि सरकारकोतर्फबाट मागको सुनुवाइ भएको छैन,’ उनले भने ‘जसबाट राम्रो सम्भावना भएपनि पछिल्लो प्रविधिहरुको प्रयोग गरेर मागअनुसार हाते कागजको गुणस्तरीय उत्पादन बढाउन सकिएको छैन ।’ स्वदेशी कच्चा पदार्थबाटै उत्पादन हुने हाते कागजको उत्पादन र बजारीकरणको लागि महासंघले योजना बनाइरहेको उनको भनाइ छ । नेपालमा लोक्ता, कागती, वावियो, केरा, अलैचि लगात कच्चापदार्थहरुबाट हाते कागज उत्पादन गरिदै आएको छ । हातेकागज व्यवसायीहरुका अनुसार मुलुकमा पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम दोलखादेखि पश्चिमको जाँजरकोट लगायतको क्षेत्रमा हाते कागजको कच्चा पदार्थ उत्पादन हुदै आएको छ ।  

वार्षिक ७२ जना उत्कृष्ट प्रहरी छनोट गर्न बंगलादेश बैँकको प्रहरीलाई साढे १८ लाख सहयोग

काठमाडौँ । नेपाल बंगलादेश बैंकले ‘काठमाडौँ प्रहरी अवार्ड’को लागि १८ लाख ६० हजार सहयोग गरेको छ । प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनालाई उत्कृष्ट प्रहरी घोषणा गर्न बैंकले सो रकम सहयोग गरेको हो । एक कार्याक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । अब परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कारका प्रदान गर्नेछ । पुरस्कारको राशि जवानलाई रु दश हजार, प्रहरी हबल्दारलाई रु १५ हजार, प्रहरी सहायक निरीक्षकलाई रु २० हजार, प्रहरी नायब निरीक्षकलाई रु २५ हजार, प्रहरी निरीक्षकलाई रु ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई रु ५० हजार पुरस्कार हुनेछन् । अहिले परिसरमा ३३ सय जना प्रहरी कार्यरत रहेका छन् । जसमध्ये प्रत्येक वर्ष ७२ जना प्रहरी पुरस्कृत हुनेछन् ।  

सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा स्थगित, अब कहिले हुन्छ ?

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको आगामी १९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाले आगामी चैत १४ गते गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरी अब आगामी चैत २४ गते गर्ने निर्णय गरेको छ । सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो । उक्त मितिमा गर्ने भनिएको साधारणसभा प्राविधिक कारणबश स्थिगित गरिएको संस्थाका कम्पनी सचिव विष्णुप्रसाद घिमिरेले बताएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते बुक क्लोज, शतप्रतिशत हकप्रद निष्कासन गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी चैत २३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई शतप्रतिशत(१००) हकप्रद निष्कासन गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले १ः१ को अनुपात अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डको अनुमति अनुसार इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता सेयर जारी गर्न लागेको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

प्राधिकरणले भूकम्पबाट हल्लिएको २५ हजार घरलाई आवासयोग्य बनाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ । प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको हो । हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् । प्राधिकरणले आगामी २ बर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने जनाएको छ । सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने छन् । यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ । प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीहरुले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत्र तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए । पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । यस्ता छन्र  प्रबलीकरण गर्नुपर्ने घरको संख्या (जिल्लागत) १) सिन्धुपाल्चोक – ३७६ २) काभ्रेपलाञ्चोक – २,४१५ ३) दोलखा – ६३७ ४) रामेछाप – २,१४९ ५) गोरखा – २,०१९ ६) धादिङ – १,४९४ ७) नुवाकोट – ९३६ ८) रसुवा – ११७ ९) ललितपुर – ६६७ १०) ओखलढुंगा – १,६४३ ११) सिन्धुली – २,४०८ १२) मकवानपुर – ४,१५२ १३) काठमाडौं – ५७५ १४) भक्तपुर – २७८ १५) लमजुङ – ५३९ १६) सोलुखुम्बु – ४५६ १७) खोटाङ – २५३ १८) स्याङ्जा – ५६७ १९) चितवन – ५९३ २०) तनहुँ – ४६६ २१) पाल्पा – ३८४ २२) बागलुङ – ८२ २३) गुल्मी – १९५ २४) कास्की – २४२ २५) पर्वत – ४१७ २६) म्याग्दी – ७ २७) अर्घाखाँची – ६७ २८) नवलपरासी – ८ २९) धनकुटा – ७० ३०) भोजपुर – ४५३ ३१) संखुवासभा – ३२६  

सुजुकी सेलेरियो टेस्ट राइड अभियान सम्पन्न, भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ फिर्ता

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सम्पन्न भएकाे छ । कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको छ । कम्पनीको अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ । नेपाली परिवारलाई खरिद अघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको छ । सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको अनुसार, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाैँ र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ । ” सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरिएको थियो । साथै, एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँको क्यास ब्याक प्राप्त गरेका छन् ।

नयाँ शहर ‘इशान काठमाडौं’ डिजाइनको जिम्मा हेलेन जेभीलाई, उत्तरको डिजाइन कम्पनी पनि छानिदैं

काठमाडौं । ‘इशान काठमाडौं’ नामकोे १ लाख रोपनी क्षेत्रफलमा बन्ने नयाँ शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी गर्ने भएको छ । डीपीआरका लागि ५ कम्पनीमध्ये फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी उत्कृष्ट ठहरिएको   हाे। तर १५ दिनसम्ममा कुनै दाबी विरोध ४ कम्पनीहरुबाट परेमा समितीले दाबी विरोध गर्ने कम्पनीको विषयमा छलफल हुनेछ । कम्पनीको दाबी सहि ठहरिएमा कम्पनी फेरिन सक्ने उपत्यका विकास प्रधिकरण्का आयुक्त भाइकाजी तिवारीले बताए । उपत्यकाकामा बन्ने ४ नयाँ शहरमध्ये ललितपुर र भक्तपुरमा २० हजार रोपनी क्षेत्रफलमा बन्ने शहरको काम सुरु भैरहेको छ । यसको जिम्मा इआरएमसी एनइए सटी एडीए जेभीलाई दिइएको छ । यस कम्पनीले पहिलो महिनाको अध्यायन प्रतिवेदन बुझाइसकेको प्रधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले जानकारी दिए । कम्पनीले १५ मिहनामा  डिजाइनकाे प्रतिवेदन बुझाउनेछ । इशान काठमाडौं नामक शहर काठमाडौंको उत्तर पुर्वी क्षेत्रमा पर्छ । १ लाख क्षेत्रफलमा फैलिने यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । तीन दिनभित्र ‘काठमाडौं उत्तर’को डीपीआर कम्पनी छनिने काठमाडौं उत्तर नामक १० हजार रोपनी क्षेत्रफलमा बन्ने शहरको डिजाइन गर्ने कम्पनी ३ दिनभित्र छानिने इन्जिनियर खोखालीले जानकारी दिएका छन् । यस शहरको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म फैलिनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।  

श्वेत पत्रको आसमा हरियाली सेयर बजार, के ल्याउँछन् विज्ञ अर्थमन्त्रीले ?

काठमाडौं । सोमबार ५१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ३९.१६ प्रतिशतले बढेको छ । सोमबार ह्वात्तै घटेको बजार मंगलबार बढ्नुको कारण भने सरकाले ल्याउने भनिएको श्वेत पत्र रहेको लगानी कर्ता नै बताउँछन् । ‘अर्थमन्त्रालयले ल्याउने श्वेतपत्रबाट सेयर बजारलाई कुनै न कुनै रुपले सम्बोधन हुने बजारमा चर्चा चलेको छ, श्वेतपत्रकै आशमा सेलिङ प्रेसर घटेर बजार बढेको हो’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले विकासन्युजसँग भने । सरकारले शुक्रबार भित्रै श्वेतपत्र ल्याउने तयारी गरिरहेको छ । सोही श्वेतपत्र मार्फत सेयर बजारका लागि केहि राहतका कार्यक्रम आउने आसमा लगानी कर्ता उत्साहित भएका हुन् । अर्का तर्फ मंगलबार नै राष्ट्रिय सभामा सेयर बजारबारे आवाज समेत उठेको छ । जनप्रतिनिधीले संसदमै सेयर बजार घट्नुको कारण सरकारसँग मागेपछि लगानी कर्ता थप उत्साहित भएका हुन् । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सदस्य राधेश्याम अधिकारीले अर्थमन्त्रीका अभिव्यक्तिका कारण सेयर बजार घटेको आरोप लगाएका थिए । उनले सेयर बजारलाई अनुत्पादक भनेर अर्थमन्त्रीले जनताको खर्बाै लगानीमाथी खेलबाड गरेको बताएका थिए । ‘सेयर बजारबारे संसदमै कुरा उठेपछि आफ्ना मागको सुनुवाई हुने अपेक्षामा लगानी कर्ता हौसिएका हुन्, अब आफ्ना प्रतिनिधीले आफ्नो हितको रक्षा गर्ने लगानी कर्ताको आस छ’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने ।