विकासन्युज

चीन र बंगलादेशसंग पीटीए गर्ने उर्जामन्त्रीको घोषणा

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी समेत गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिएका थिए । उनले भारतसंग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिंदै अव वंङगलादेश र चीनसंग पनि छिट्टै उक्त सम्झौता हुने बताए । मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।‘हामीले भारतसंग पिटिए सम्झौता गरिसकेका छौ, अव चीन र बंगलादेशसंग पनि हामी पिटिए गर्ने तयारीमा छौ, यसबाट क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं । ’ मन्त्री पुनले भने ।  

जनप्रतिनिधीकाे विदेश भ्रमणमा अंकुस लगाउँदै सामान्य प्रशासन, ७ दिनभित्र विवरण पेस गर्न अल्टिमेटम

काठमाडौं । महानरपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउपालिका जनप्रतिनिधीहरुले विदेश भ्रमण गर्दा सामान्य प्रशासन मन्त्रालयसँग स्वीकृती लिनुपर्ने भएको छ । जुनसुकै देशमा हुने वैदेशिक भ्रमण देशको लागि संवेदनशिल हुने भन्दै मन्त्रालयले स्थानीय जनप्रतिनिधिको भ्रमणमा अंकुस लगाएको हो । केहि जनप्रतिनीधीहरुले मन्त्रालयको स्वीकृती नपाएपछि आफुखुसि विदेश भ्रमण गरेकोमा मन्त्रालयले ध्यानाकर्ष भएको जनाएको छ । सरकारको कार्यविभाजन नियमावली २०७४ अनुसार स्थानीय जनप्रतिनिधीको विदेश भ्रमणको निती तथा कार्यक्षेत्रा अधिकार यसै मन्त्रालयभित्र पर्ने भन्दै विदेश भ्रमणको विवरण माग गरेको हो । अब विदेश भ्रमण गर्ने जनप्रतिनिधीले स्थानीय विकास मन्त्रालयसँग स्वीकृती लिनुपर्नेछ भने विदेश भ्रमण गरिसकेकाले ७ दिनभित्र विवरण पेश गर्न मन्त्रालयले आग्रह गरेको छ ।

एनआईसी एशिया बैंकले भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्दै, १९२ शाखाबाट भुक्तानी पाइने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सीस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सीस बैंक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । उक्त सम्झौता अनुसार एक्सीस बैंककोे भारतमा अवस्थित ३ हजार ५०० भन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५ हजार भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ । बैंकलाई आमजनमानसले गरेको विश्वास, भरोसाले लगायतको कारणले हाल मुलुकभर १९२ शाखा सञ्चालनमा रहेको बताएको छ । शाखा सञ्चालनसँगै निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको दवी गरेको छ । बैंकको १९३ एटीएम सञ्जाल छ । ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजार भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टसहित ५ हजार ३९३ भन्दा बढी भौतिक सञ्जालमार्पmत् बैंकिङ सेवा मुलुकभर प्रदान गरेको जनाएको छ ।

कालिका कन्स्ट्रक्सन घटनाको छानबिन गर्न परिसंघको माग

काठमाडौं । मंगलबार नेपाल उद्योग परिसंघको सदस्य संस्था कालिका कन्स्ट्रक्सनको निर्माण कार्य स्थल सिन्धुलीमा भएको बम विष्फोटको घटना भएकोप्रति संघले दुःख व्यक्त गरेको छ । सोबाट पुग्न गएको क्षतिबाट शान्ति सुरक्षामा पुनःप्रश्न उठेको र असुरक्षाका घटना हुन गएकोप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । उद्योग व्यवसायमा भएका यस प्रकारको हमला एवं पुग्न गएको क्षतिको कारण उद्योग व्यवसायको सुरक्षा प्रश्न टड्कारो रुपमा उठेको संघको बुझाइ छ । यस्ता घटना क्रमले निर्माण कार्यमा प्रत्यक्ष असर पर्ने तथा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने भन्दै संघले यस प्रकारका अवान्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न अनुरोध गरेको छ । साथै उनीहरुलाई उचित कारवाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपुर्तिको लागि समेत सरकारलाई ध्यानाकर्षण गराएको छ ।

स्थानीय तहलाई तुरुन्त कर्मचारी र चल अचल सम्पती हस्तान्तरण गर्न मन्त्री पण्डितको निर्देशन

काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी र चल अचल सम्पती हस्तानतरण गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिएका छन् । स्थानीय तहको सेवा प्रभाहलाई छिटो छरितो बनाउन कर्मचारी र स्रोत साधनको व्यवस्था गर्नलाई मन्त्रालयले सबै पक्षलाई निर्देशन दिएका हुन् । स्थानीय तहको सेवा प्रवाहमा जनशक्तिको कमि भएको जन गुनासो बढेपछि मन्त्रालयले तुरुन्त कर्मचारी खटाउन मन्त्रालयले बुधबार निर्देशन दिएको छ । स्थानीय तह सुचारु भएको १ वर्ष भैसकेपनि अधिकार तहले नपाउदा कार्यसम्पादनमा ढिलाई भैरहेको छ । अझै पनि जिल्ला समन्वय समितिले स्थानीय तहलाई आर्थिक तथा अचल सम्पती स्गथानीय तहलाई प्रदान गरेका छैनन । अब समन्वय समितीले सेवा प्रभाह सम्बन्धी व्यवस्था २०७४ अनुसार स्थानीय तहलाई स्रोत तथा साधनको प्रदान गर्नु पर्नेछ । जस अनुसार कार्यलयमा रहेको चल अचल सम्पती, बजेट तथा कार्यक्रम सम्बद्ध स्थानीय तहमा स्थानान्तरण लागि तदारुकताका साथ सम्पन्न गर्न सबै जिल्ला समन्वय समितीलाई आग्रह गरेको छ । साथै स्थानीथ तहलाई आवस्यक पर्ने प्राविधिक जनशक्ति करारमा लिएर काम अघि बढाउन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । यसैगरी मन्त्री पण्डितले स्वेच्छिक अवकास लिएर बसेका करिब ९५०० कर्मचारीलाई काममा फर्काउकाने तयारी गरेका छन् । स्वेच्छिक अवकासबाट राज्यले तत्कालिन ३० अर्ब खर्च हुने र स्थानीय तहमा कर्मचारी अभाव हने भएकोले उनीहरुलाई काममा फर्काउन लागिएको मन्त्रालयले जनाएको छ ।

सनराइज बैंकको योजना, क्यूएफएक्स सिनेमाको दुई टिकेटको खरिदमा एक निःशुल्क

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरेको छ । उक्त सहकार्यमा टीम क्वेस्ट प्रालिअन्र्तगतका सम्पूर्ण क्यूएफएक्स सिनेमा हलहरुबाट सनराइज बैंक लिमिटेडको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंककोतर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । यस योजना अन्तर्गत क्यूएफएक्स सिनेमाका सम्पुर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागु हुने बैंकको भनाइ छ । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले उक्त योजना ल्याएको जनाएको छ ।

पाल्पामा कैलाश विकास बैंकको शाखा खुल्याे

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले पाल्पा जिल्लाको दम्कडामा आफ्नो ४५ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाले बुधवारदेखि कारोवार शुरु गरेको हो । एक समारोहकाबीच उक्त शाखाको उद्घाटन प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । उनका अनुसार नयाँ शाखासहित बैंकको शाखा संख्या ४५ पुगेको छ । एटीएमको संख्या २२ पुगेको छ । त्यस्तै बैंकले निकट भविष्यमा गुल्मी जिल्लाको पुर्तिघाट, झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । बैंकको चुक्तापूँजी रू २ अर्व ५२ करोड रहेको छ । संस्थाले हालसम्म १९ अर्व ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंककिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

ड्याट्सनको नयाँ वर्ष अभियान, गाडी खरिदमा ग्राहकलाई साढे ४ लाखसम्म फाइदा

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ । योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने छन् । त्यस्तै लायल्टी बोनस, निःशुल्क गाडीका एक्सोसरिज लगायतको व्यवस्था गरेको छ । त्यस्तै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ र सडक करको सुबिधा लगायत गाडी खरिदकर्ताले प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा फाइनान्सको पनि सुबिधा दिने जनाएको छ । कम्पनीको अनुसार ग्राहकले ड्याट्सनका रेडि गोमा बढीमा ३ लाख ७ हजार, गोमा बढीमा ४ लाख ५ हजार र गो प्लसमा अधिकतम ४ लाख ५७ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् । गाडीको विशेषतामा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि तथा कम मूल्य लगायत रहेका छन् ।