घरमै बसेर डिग्री पढ्न ६०० विद्यार्थीले दिए खुला विश्वविद्यालयमा आवेदन, चाप बढेपछि थपियो समय
काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ६०० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर वैशाख ५ गते सम्मलाई तोकेको हो । विश्वविद्यालयले चैत २१ गतेसम्म फारम बुझाउने अन्तिम दिन तोकेपनि विद्यार्थीको चासो धेरै बढेपछि म्याद थप गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले बताए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विधार्थीले भर्ना हुन इच्छा देखाएपछि म्याद थपिएको उनले जानकारी दिए । विश्वविद्यालयले घरमै बसेर अनलाइनमार्फत स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न भर्ना खुलाएको छ । एमफील इन आईसीटी, मास्टर्स इन ई–गर्भनेन्स, एमफील इन सोसल साइन्स, एमफील इन एजुकेसन, डिप्लोमा इन लाइबे्ररी एन्ड इन्फरमेसन म्यानेजमेन्ट, पोस्ट ग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई–लर्निङ मा भर्ना खुलाएको हो । भर्ना फारमका लागि विश्वविद्यालयले १ हजार रुपैयाँ दस्तुर लिएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे र विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षिय लागि भर्न खुला गरेको हो । उनकाअनुसार विश्वविद्यालयले वैशाख १५ गते प्रवेश परीक्षा लिने कार्यतालिका तय गरेको छ । प्रवेश परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पसमा हुनेछ । ई–सेवाबाट पनि भुक्तानी गर्ने व्यवस्था मिलाएका विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीमा स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिने व्यवस्था गरेकाे छ ।
हुवावेको फेस अनलगसहितको वाइ९ र वाइ ७ प्रो स्मार्टफोन सार्वजनिक, शुरुवाती मुल्य २० हजार ९००
काठमाडौं । हुवावेले नेपाली बजारमा वाइ सिरिजको दुई परिमार्जित स्मार्टफोनहरु सार्वजनि गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोनहरु आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो । हुवावेले सार्वजनिक गरिएका फोनहरु वाइ रेन्ज बिधाका उत्कृष्ट भएको बताएकाे छ । पहिलाे वाइ ९ -२०१८ मध्ये रेन्ज विधाको ज्यादैनै उत्कृष्ट फोन भएको कम्पनीको दावी छ । यसमा अगाडी पछाडी गरि इन्टलिजेन्ट ४ क्यामेरा जडान गरिएका छ । क्यमेराको इफेक्ट फिचर र सुरक्षित स्मार्ट फेस रेकग्नायजेशन छ । यसमा १३ र २ मेगापिक्सेलको पछाडी भने, १६ र २ मेगापिक्सेल भएको अगाडी सेल्फी क्यामेरा जडान गरिएको छ । ती क्यामेराहरुबाट कम उज्यालोमा पनि सेल्फी टोनिङ फ्ल्यासको प्रदान गर्दछ । क्यामेराहरु उत्कष्ट फोटो लिन सकिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सो फोन ठूलो स्क्रीनको साथ ४ हजार एमएएच शक्तीशाली ब्याट्री रहेको छ । साथै ३ जिबी र्र्याम, ३२ जिबी रोम, इएमयुआइ ८.० अपरेटीङ सिस्टम रहेको फोनमा ट्रिपर स्लट रहेको छ । जसमा डुवल सिमको विशेषताका साथ मेमोेरी कार्डको लागि छुट्टै स्लट छ । सार्वजनिक गरिएकाे दोस्रो वाइ७ प्रो २०१८ लाई कम्पनीले डुवल क्यामेरा एक्स्पर्ट फोनको रुपमा बजारमा ल्याएको छ । युवाहरुलाई फोकस गरेर सार्वजनिक गरेको सो मोबाइल आकर्षक डिजाइनको साथै इन्टेलिजेन्ट डुअल रिअर क्यामेरा सेटअप र टोनिङ फ्ल्यासको साथमा ल्याइएकाे छ । वाइ ७ प्रोमा १३ र २ मेगापिक्सेलको डुअल रिअर क्यामरा भने ८ मेगापिस्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । क्यामेराले लाईट पहिचान गरि होशियारीपपूर्वक ब्राईट्नेसको स्तरलाई मिलाएर प्राकृतिक देखिने सेल्फी खिच्न मद्दत गर्दछ । साथै उक्त फोनमा सबैभन्दा सुरक्षित फेस अनलकको समेत व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा अत्याधुनिक सेक्युरिटी एलगोरिद्म समावेश गरिएको छ । फोनको अन्य विशेषतामा ट्रिपल सिम स्लट, ५.९९ इन्चको एचडी प्लस, फुल भ्यु डिस्प्ले लगायत रहेको छ । कम्पनीले पहिलो वाइ ९ को बजार मुल्य २५ हजार ९ सय भने, दोस्रो वाइ७ प्रोको मुल्य २० हजार ९०० रुपैयाँ तोकेको छ ।
लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेपछि लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिएका छन् । आइतबार सबैभन्दा बढी नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९९ मा ३ करोड १४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पछिल्लो केही सातायता नविल बैंकको सेयर बढी किनबेच भइरहेको छ । आइतबार मात्रै नविलको सेयर प्रतिकित्ता २९ रुपैयाँ बढेको छ । गत बिहीबार बैंकको सेयर मूल्य ९७० रुपैयाँ थियो । कारोबार रकम बढेसंग सेयर मूल्य पनि वृद्धि भएको हो । वित्तीय अवस्था मजवुत भएको र लगातार राम्रो प्रतिफल दिदै आएकोले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने अनुमानका आधारमा नविलको सेयर कारोबार बढेको हो । नविलको सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा बढ्ने अनुमान गर्दै लगानीकर्ताले होल्ड गरेका हुन् । नविलको सेयर मूल्य बढ्नुमा राम्रो प्रतिफल र सस्तो सेयर मूल्य मुल कारण भएको लगानीकर्ताको भनाई छ । नविलपछि प्रभु इन्स्योरेन्स कम्पनी लिमिटडको कारोबार बढी भएको छ । प्रभुको प्रतिकित्ता ६५२ रुपैयाँमा २ करोड ६६ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । प्रभुले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदनपछि सेयर किन्नेको संख्या बढेको हो कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस्तै एभरेष्ट बैंकको प्रतिकित्ता ८०७ रुपैयाँमा सेयर सेयर किनबेच भएको छ । आइतबार एभरेष्टको २ करोड ४३ लाख १५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
२५ हजार घुसले प्रहरी निरीक्षक काले बम्जन लामा सहित २ जवानले जागिर गुमाए
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक काले बम्जन लामा २५ हजार घुस काण्डमा तानिएका छन् । यसअघि पक्राउ परेका जवान ठाकुर खत्री र नवीन खड्काले बयानको क्रममा लामा पनि संलग्न रहेको बताएपछि लामा पक्राउ परेका हुन् । अख्तियारका प्रवत्तला दीर्घराज मैनालीका अनुसार भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा दुई जवानलाई चैत १२ गते २५ हजार घुस सहित पक्राउ गरिएको थियो । सो काण्डमा कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक काले बम्जन लामा समेतको प्रत्यक्ष संलग्नता देखिएकोले निजलाई मिति पक्राउ गरी विशेष अदालत काठमाडौंबाट म्याद थप लिइ अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल, एकैदिन ४४ अंककको वृद्धि
काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि आइतबार सेयर बजारमा उछाल आएको छ । बजारमा उछाल आउदा बजार ४४ अंक बढेको छ । नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबा ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढेर साढे ५१ अंकमा पुगेको थियो । त्यसपछि घटेर २६ अंकमा सीमित भएकोमा पुनः उकालो लागेर ४४ अंकमा पुगेको छ । यो एक महिनायताको सबैभन्दा बढी कारोबार हो । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पानमुलक, विकास बैंक र व्यापार सबै क्षेत्रको सेयर बढेको छ । गत मंगलबारदेखि बढ्न थालेको बजार आइतबासम्म कायम रहेको छ । ४ कार्यदिनमा सेयर बजार १०१ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी सेयर सुर्यौदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त संस्थाको सेयर १० प्रतिशत बढेको छ । एक दर्जन कम्पनीको सेयर मूल्य न्युनतम ७ देखि १० प्रतिशतसम्म बढेको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ ।
महाकाली सन्धिको बाइस वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन
काठमाडौं । नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ । महाकाली सन्धिको धारा २ को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त नगरपालिका–९ मटेनासम्म एक हजार दुई सय मिटर नहर निर्माण गर्नुपर्ने भएपनि महाकाली सन्धि भएको दुई दशक बित्दासमेत यसबारे चासो दिएको छैन । हेड रेगुलेटर र नहर निर्माण गर्न नेपाली पक्षले सन् २०१४ मा विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० तयार गरेर भारतलाई बुझाएको जानकारी दिंदै महाकाली सिँचाइ आयोजना, तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ९सिडिई० वीरसिंह धामीले भने, “भारतीय पक्षले सँधै यसबारे बखेडा झिक्ने गरेको छ ।” भारतीय पक्षले पञ्चेश्वर जलविद्युत् परियोजना अघि टनकपुरको हेड रेगुलेटर र नहर निर्माण गर्न नसकिने बताउँदै आएकाले महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य प्रभावित भएको हो । “यसैलाई आधार बनाएर नेपालले आर्थिक वर्ष २०६३÷६४ देखि महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत नहर निर्माण अगाडी बढाएको थियो तर भारतले पानी दिने नदिनेबारे अहिलेसम्म कुनै टुंगो छैन,” इन्जिनियर धामीले भन्नुभयो, “हामीले आफ्नोतर्फ नहर भने खनिरहेकै छौँ ।” महाकाली सिँचाइ आयोजनको तेस्रो चरणअन्तर्गत कञ्चनपुरको मटेनादेखि कैलालीको मालाखेतीसम्म मूल नहर तथा शाखा नहरको कूल लम्बाई १५१ किलोमिटर छ । उक्त नहर स्न २०२२ सम्म पुरा गर्ने लक्ष्य रहेपनि समयमै पुरा हुने अmभैm छाँटकाँट छैन । हालसम्म करिब १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ । नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । करिब एक दशक बित्दा रु एक अर्ब ८० करोड मात्रै खर्च भएको छ । “साठी करोड रुपैयाँ जग्गा मुआब्जामा मात्र खर्च भयो,” इन्जिनियर धामीले भन्नुभयो, “जग्गा मुआब्जा विवादका कारण नहर निर्माणको काम लामो समयसम्म प्रभावित बन्यो ।” शाखा प्रशाखा गरी कूल एक हजार ६०० किलोमिटर लामो नहर सञ्जाल छ । नहर निर्माणका लागि चालु आवमा रु २८ करोड रकम विनियोजन गरिएको थियो । त्यसमध्ये रु २२ करोड नहर निर्माण तथा रु पाँच करोड जग्गा मुआब्जामा खर्च भएको छ । चालु आवको अहिलेसम्ममा ६ किलोमिटर नहर निर्माण गरिएको छ । गत आवमा नहर निर्माणका लागि रु ३१ करोड विनियोजन गरिएको थियो भने चार किलोमिटर नहर निर्माण भएको थियो । आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक अर्ब बजेट माग गरेको इन्जिनियर धामीले बताए । “थप १५ किलोमिटर नहर निर्माणको ठेक्का भएर मुआब्जा प्रक्रिया अघि बढाएका छौँ,” उनले भने, “नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ, अहिलेसम्म निर्माण सम्पन्न गरिएका नहर हस्तान्तरणको चरणमा छ ।” अब बन्ने १५ किलोमिटर नहरका लागि रु दुई अर्ब ९४ करोड बजेट आवश्यक पर्छ । तेस्रो चरणको नहर निर्माण सम्पन्न भए कैलाली र कञ्चनपुरको गरी कूल ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ गर्न सकिनेछ । “सरकारको प्राथमिकतामा नपर्दा अझै एक दशकसम्म नहर निर्माण पुरा हुने छाँटकाँट देखिन्न,” इन्जिनियर धामीले भन्नुभयो । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणलाई वर्सेनि आर्थिक अभाव हुने गरेको छ । भारतले टनकपुर बाँधबाट सुक्खा याममा महाकालीको तीनसय क्युसेक तथा वर्षा याममा एक हजार क्युसेक पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ । महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गतको नहर निर्माण भइरहे पनि महाकालीको पानी पाउनेबारे अझै अनिश्चितता छ । लामो समयदेखि जलस्रोतको विषयमा कलम चलाउँदै आएका पत्रकार विकास थापा महाकाली सन्धि भएको २२ वर्ष वित्दा पनि टनकपुर बैराज नहरबाट तीनसय क्यूसेक पानी नपाउनुमा नेपालकै दोष देख्छन । “नेपालले महाकाली सन्धि कार्यान्ययनका लागि भारतलाई दबाब दिन सकेन,” उनले भने, “महाकाली सन्धि कार्यान्वयन गर्न नसके पञ्चेश्वर जलविद्युत् परियोजना अघिबढाउनुको कुनै अर्थ छैन ।” महाकाली सिँचाइको पहिलो चरणको काम सन् १९७५ मा शुरु भएको हो । सन् २००४ मा सम्पन्न भएको उक्त योजनाबाट चार हजार आठ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । भारतले महाकाली नदीको पानी लगेर सिँचाइ गर्न नहर सन् १९२८ मा शारदा बैराज नहर निर्माण गरेको हो । शारदा ब्यारेज जीर्ण हुँदै गएपछि विसं २०४७ मा शारदा ब्यारेजभन्दा १२ किमी उत्तरतर्फ भारतले महाकाली नदीमा टनकपुर ब्यारेज९नहर० निर्माण गरेको हो । भारतले टनकपुरबाट १५ मेगावाट विद्युत्समेत उत्पादन गर्दैआएको छ । भारतले नहर खनेको ४७ वर्षपछि मात्र नेपालले महाकाली सिँचाइअन्तर्गत पहिलो चरणको नहर निर्माणको काम थालेको हो । नेपालले आर्थिक स्रोत जुटाउन नसक्दा नहर निर्माणको थालनी समयमै गर्न नकसेको इन्जिनियर धामीको भनाइ छ । विश्व बैंकबाट आर्थिक अनुदान जुटाएपछि मात्र पहिलो चरणको काम अगाडी बढेको हो । दोस्रो चरणको नहर निर्माण सन् १९८८ देखि शुरु भएको हो भने सन् २००१ मा पुरा भएको हो । दोस्रो चरणको नहरबाट ६ हजार आठ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । बाइस वर्षअघि २०५२ माघ २९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पी भी नरसिंह रावबीच महाकाली सन्धि भएको हो । पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकास सम्बन्धी गरएिको उक्त सन्धिको धारा ९२० को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख थियो । रासस
सेयर बजार बढेर ५१ अंक कट्यो, बढ्ने क्रम जारी
काठमाडौं । आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको छ । बजार बढेर नेप्से परिसुचक उछाल आई १ हजार ३०१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ । गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ६६ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ ।
सेयर बजार उकालो लाग्यो, साढे ४० अंकले बढ्यो
काठमाडौं । आइतबार सेयर बजार ३ प्रतिशत बढेको छ । बजार साढे साढे ४० अंक बढेर नेप्से परिसुचक १ हजार २९१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ । गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ५४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ । ्र