विकासन्युज

रामेछापको उमाकुण्डमा सनराइज बैंकको नयाँ शाखा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मंगलबार रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा नयाँ शाखा बिस्तार गरेको छ । बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा र श्यामकुमार श्रेष्ठ र बैंकका अध्यक्ष मोतीलाल दुगडले संयुक्त रुपमा गरेका थिए । हाल बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिड समेत रहेको जानकारी गराएको छ ।  

एनआईसी एशियाको नयाँ शाखा गैडाकोटको कांग्रेस चोकमा, सञ्चालन शुरु

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार एक समारोहबीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले स्थानिय निकायमा बैकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोटमा खुल्नु आर्थिक समृद्धिको लागि नयाँ कोसेढुगां हुने बताए । बैकको शाखा खुलेसँगै जिल्लाका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । बैंकको १७४ औ शाखाको रुपमा कांग्रेस चोकमा एटीएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए । ‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ–गाउमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु आइपुगेको बताए । सोहि अबसरमा गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैंकिङ क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए । बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको जनाएको छ ।

बीपीसीको लाभांशमा लगानीकर्ता लोभिए, मंगलबार सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । सेयर बजार घटेपनि मंगलबार लगानीकर्ता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को लाभांशमा लोभिएका छन् । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलबार बीपीसीको प्रतिकित्ता ४६१ रुपैयाँमा १ करोड ३६ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीपीसीको २९ हजार ८०० कित्ता सेयर किनबेच भएको छ । कम्पनीलको सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) भन्दा कम भएको छ । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । ५०१ रुपैयाँमा एफपीओ किन्ने लगानीकर्ताले २० रुपैयाँ नगद लाभांश पाउने छन् । सोमबारको तुलनमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो । नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ ।

लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार साढे १७ अंक घटेयो

काठमाडौं । लगानीकर्ताले विश्वास गुमाउदा मंगलबार पनि सेयर बजार साढे १७ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेको सेयर बजार सोमबारदेखि लागेको ब्रेक मंगलबार पनि निरन्तर रहेको छ । २ दिनमा बजार झण्डै २४ अंकले घटेको छ । नेप्से परिसुचकमा पनि गिरावट आई १ हजार २७० अंकमा झरेको छ । मंगलबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । बजार घटेपछि करोबार रकम घटेर ३४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार बजार घटेपनि ९४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।  

मेलम्ची खानेपानीको सुरुङ छेडियो, अब काठमाडौमा अाउने भयाे पानी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज छेडिएको (ब्रेक थ्रुृ) छ ।  आयोजनाको सुरुङ खन्नका लागि अन्तिम ब्लाष्टको काम सकिएकाले आयोजनाको सुरुङ ब्रेक थ्रु भएको हो ।ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी आयोजनको सुरुङ छेडिएको जानकारी दिएको हो । इटालियन ठेकेदार को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) ले सम्पन्न गरेको हो । मेलम्चीको सुरुङ खन्ने काम सकिएकाले राजधानीमा खानेपानी आउने अब पक्का भएको छ । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा सिएमसीसँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।  

५ लाख घुससहित उप-सचिव लिला अधिकारी र इन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ, दुई वटा कार पनि बरामद

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका कार्यालय, काठमाडौंका उपसचिव प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख घुस सहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदालिदै पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता दिर्घराज मैनालीका अनुसार उनीहरुले बुढानिलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङ्की  निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभवपत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागीरहेका थिए । त्यसपछि आयोगको कार्यालय टङ्गालले टोली खटाई रंगेहात पक्राउ गरेको हो । घुस बापतको रकम लिएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं ३ को कार्यालय अगाडी सार्वजनिक सडकबाट निज प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारीको बा १८ च। ७०८७ नम्बरको कार सहित पक्राउ परेका हुन । त्यसैगरी ईन्जिनियर बिजेन्द्र श्रेष्ठको बा ७ च ५८९४ नम्बरको कार पनि नियन्त्रणमा लिइएको छ । उनीहरुमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

कर तिर्न अटेर चर्चित व्यवसायीहरूकाे नाम सार्वजनिक, ३३६ कम्पनीका बैंक खाता र सरकारी सुविधा बन्द गरिने

काठमाडौं । सरकारी ढुकुटी रित्तिएपछि अर्थ मन्त्रालय र राजश्व प्रशासन कर असुलीतर्फ अाक्रामक रूपमा अगाडि बढेकाे छ । डा युवराज खतिवडा अर्थमन्त्री लगत्तै भन्सार नाकामा कडार्इ गरेकाे अर्थ मन्त्रालयले बाँकी बक्याैता असुलीलार्इ पनि जाेड दिएकाे छ । अर्थमन्त्री खतिवडाले अब राजश्व प्रशासन इमान्दार बन्ने बताउँदै व्यवसायीलार्इ पनि इमान्दार बन्न अाग्रह गरेका छन् । सरकारले ३० जना सचिव सरूवा गर्दा मन्त्री खतिवडाले राजश्व प्रशासनमा लामाे समय काम गरेका अनुभवी सचिवहरू राजन खनाल र शिशिर ढुंगानालार्इ अर्थ मन्त्रालयमा राखेकाे छन् । मंगलबार आन्तरिक राजस्व कार्यालय क्षेत्र न २ ले  मुल्य अभिवृद्धि कर, अाय कर लगायतका कर बक्याैता रहेका २५ ठूला संस्था तथा व्यक्तिरहित ३३६ कम्पनीलार्इ बाँकी बक्याैता तिर्न सावर्जनिक सूचना प्रकाशित गरेकाे छ । आयकर र मुल्य अभिवृद्धि कर नर्तिने ३३६ वटा कम्पनीलाई कर तिर्न पत्र र टेलिफोन गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि राजस्व कार्यलयले सार्वजनिक सूचना प्रकाशित गरेकाे उक्त कर कार्यालयका कर अधिकृत कपिल नेपालले बताए ।   ‘३३६ वटै कम्पनीले बक्यौता रकम तिरेका छैनन, १५ दिन भित्र कर तिर्न कम्पनीहरुलाई समय दिएका छौं, यदि तिरिसकेको अवस्था छ भने सोको प्रमाणपत्र समेत तोकिएको मितिमा कार्यालमा पेश गर्नुपर्छ’, अधिकृत नेपालले विकासन्युजसँग भने । समय अवधि भित्र नतिर्नेलाई कानूनी प्रक्रिया अघि बढ्ने उनले बताए । कर नतिरेमा कर नतिर्ने कम्पनीहरुलाई बैंक खाता बन्द गर्ने, आयात निर्यातमा रोक लगाउने, कम्पनीको नाममा रहेको जिन्सी सामाग्री लिलामी गर्ने तयारी कर कार्यालयले गरेकाे उनले बताए । कर नर्तिनेहरुमा खाद्य संस्थान, चीनीयाँ हाइड्रो कर्पोरेशन, एनजेएस कन्सल्टायन्टस, शर्मा युनाइटेड विल्डर्स, दिवा निर्माण जेभी लगायत ३३६ वटा कम्पनी रहेको छ । त्यसमा चर्चित व्यवसायीहरू अरुण कुमार चौंधरी, राहुल अग्रवाल,ओम बहादुर राजभण्डारी, सुकुन्त लाल हिराचन, किरण कुमार मुडभरी, मेघा अग्रवाल, सुभेन्द्र कुमार राजभण्डारी, भवानीराज पाण्डे, प्रकाश रुद्र श्रेष्ठ, संजिव गोयल, लाल बहादुर तामाङ, भुवनेश्वर पन्त, किसुन ध्वज कार्की, शिवेक अग्रवाल, सुनिता बोहरा, भवानी तुलाधर,  महेश कमार गुप्ता, रजनी तुलाधर, मशमविर प्रसाद अग्रवाल, विवेक शर्मा, नरेन्द्र कुमार श्रेष्ठ, देवी बहादुर श्रेष्ठ, श्रीराज सिंह शहर्जन, संजय चमडिया लगायतकाे नाम सार्वजनिक गरिएकाे छ । यसमध्ये खाद्य संथानले १५ करोड आयकर तिरेको छैन भने चीनीयाँ सिनोहाइड्रो कम्पनीले १५ लाख मुल्य अभिवृद्धि कर तिरेको छैन । ३३६ वटा कम्पनीबाट अर्बौ रकम उठन बाकीँ रहेको राजस्व कार्यालयले जनाएको छ ।    

गहना बेचेर शुरु गरेकाे नाइटिङ्गेल स्कूलको भ्यालु अहिले एक अर्बभन्दा बढी छ– तेजुलाल चौधरी

कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो । र, अहिले उहाँ नेपाली काँग्रेसको नेता, सांसद्, राज्यमन्त्री र शिक्षा क्षेत्रको सम्मानित व्यक्तित्व बन्नुभएको छ । उहाँले २०४९ सालमा स्थापना गरेको नाइटिङ्गेल स्कूल अहिले करिव २५ सय विद्यार्थी पढिरहेका छन् । यस स्कूलमा उहाँकै शब्दमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई नेपाल सरकारले २०७०, ७१ र ७२ सालमा लगातार राष्ट्र भरिकै उत्कृष्ठ स्कूल भनेर सम्मान गरेको छ । यस विद्यालयले बोर्ड फस्ट र नाइटिङगेल नर्सिङले टप विद्यार्थीहरु जन्माइरहेको छ । सप्तरी जिल्लाबाट २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक निर्वाचित सांसद समेत रहनुभएका यस विद्यालयको अध्यक्ष तेजुलाल चौधरीसँग नाइटिङ्गेल स्कूल, निजी लगानीमा सञ्चालित विद्यालयलको भविष्य र सरकारको सम्भावित नीतिमा केन्द्रीत भएर कुराकानी गरेको छौं । तेजुलाल चौधरी, अध्यक्ष–नाइटिङगेल इन्टरनेशनल सेकेण्डरी स्कूल नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई एउटा अभिभावकको रुपमा कसरी बुझ्ने ? नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूल आजभन्दा २५ वर्षअघि ललितपुर जिल्लाको कुपन्डोलमा स्थापना भएको हो । वैशाखदेखि स्कूल २६ वर्षमा प्रवेश गर्दैछ । परिश्रम गरौं, सम्मानित होउ भन्ने मुख्य धेय लिएर स्कूलको स्थापना गरेको हुँ । फ्लोरेन्स नाइटिङ्गेलको नामबाट खुलेको स्कूल हो । स्कूलको शुरुवाती अवस्थामा धेरै संघर्ष, दुःख गर्नु परेको थियो । मैले श्रीमतीको गहनासमेत बेचेर स्कूलमा लगानी गरेको थिएँ । स्कूल स्थापनाताका आफ्नै किसिमको इतिहास छ । नेपालको शिक्षा नियमावली २०४८ आउैगर्दा एकैचोटी हाइस्कूल स्वीकृत दिने चलन थियो । त्यसैलाई टेकेर सिधै हाइस्कूल खोलेको थिए । एकै पटक ६ क्लासदेखि ४०/५० जना विद्यार्थीहरुबाट स्कूल शुरुवात गरेको थिएँ । स्कूलले केही इतिहास कायम गरेको छ । नेपालको हरेक क्रियाकलापमा भाग लिने, विजय हासिल गर्दै आएको छ । यस स्कूलबाट १४ ब्याज विद्यार्थीले एसएलसी दिइसकेका छन् । हाम्रा विद्यार्थीहरुले राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा ख्याती कमाइसकेका छन् । मध्यम विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर स्कूल स्थापना गरिएको हो । ठूलो घरघरनाका नभइ कर्मचारीहरुको छोराछोरीहरु यस विद्यालयमा पढ्छन् । स्कूलमा पढाइ अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास लगायतका हरेक क्षेत्रमा विद्यार्थीहरु सवल र अब्बल दर्जाका उत्पादन भएका छन् । हाल स्कूलमा अहिले २२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । ११ र १२ कक्षा मा करिब तीन सय विद्यार्थी छन् । नर्सिङमा कोटा अनुसार १२० जना अध्ययनरत छन् । नर्सिङ कलेजतर्फ हामीले दुई पटक नेपाल टप गरिसकेका छौं । स्कूलमा धेरै पटक हामीले बोर्ड फस्ट ल्याएका छौं । शिक्षा मन्त्रालयले राष्ट्रको, क्षेत्रको उत्कृष्ठ विद्यालयको रुपमा धेरै पटक सम्मान गरेको छ, पुरस्कृत गरेको छ । हामीले सस्तो शुल्क लिएर गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं । तपाई आफैले चाहीँ कस्तो स्कूल पढ्नु भएको हो ? म सरकारी स्कूल पढेको हुँ । पहिला म सरकारी स्कूल माविको स्थायी शिक्षक थिएँ । म ललितपुरकै सरकारी स्कूलमा जागिरे थिएँ । वदनियतपूर्ण मलाई ललितपुरकै पहाडमा सरुवा गरियो । त्यसपछि मैले स्कूल छोडेर आफै केही गर्छु भनेर अघि बढेको हुँ । अहिलेसम्म यस स्कूलमा कति लगानी गर्नुभएको छ ? जुत्ता नखोलिकन, खाना नखाइकन बिहानदेखि बेलुका रातदिन नभनिकन, परिवार, छोराछोरीलाई छोडेर भएपनि नेपालको टप स्कूल कसरी बनाउने भनेर धेरै वर्ष मिहेनत गरेँ । एक नम्बरमा कसरी ल्याउने मेरो एउटै उद्देश्य त्यही थियो । अहिले यो स्कूलको आफ्नै भवनहरु छन् । ४÷५ वटा भवनहरु छन् । भौतिक सुविधा सम्पन्न स्कूल भएको छ । नाइटिङ्गेलको, स्कूल, कलेज, नर्सिङको ब्राण्ड चल÷अचल सम्पत्ति बिक्री गर्नु पर्दा मूल्य कति राख्नुहुन्छ ? बिक्री गर्ने कुरा नगरौं । सबै जोड्ने हो भने, यसको भ्यालु एक अर्ब रुपैयाँ भन्दा बढी नै हुन्छ, घटी छैन । स्वास्थ्य र शिक्षा निजी क्षेत्रले होइन, राज्यले सञ्चालन गर्नुपर्छ भन्ने विचार बारम्बार आउँछ । यस्तो विचार सुन्दा आफ्नो लगानी कति सुरक्षित ठान्नुहुन्छ ? संविधानमा यो विषयमा ३ वटा कुरा प्रष्टै लेखिएको छ । कुनै पनि क्षेत्रमा सरकार, निजी र सहकारीबाट लगानीको हुनसक्छ । म आफै पनि पूर्व राज्यमन्त्री भएको नाताले नेपाल सरकारलाई निजी स्वास्थ्य र शिक्षालाई कसरी व्यवस्थित बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दछु । सही व्यवस्थापन गर्नका लागि आग्रह गर्दछु । नेपाल सरकार तथा स्थानीय निकायहरुलाई सामुदायिक स्कूल, स्थास्थ्य क्षेत्रलाई सबैभन्दा पहिले सुधार्न सक्नुप¥यो । अरबौ÷खरबौं रकम सरकारले लगानी गर्छ । सरकारसँग रेकर्ड छ ? सरकारी स्कूल राम्रो भए किन बोर्डिङ खोल्नु प¥यो ? कुनै पनि अभिभावकले आफ्नो छोराछोरी राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सोच्छन् । त्यही भएर सरकारी स्कूलहरुले त्यसलाई सम्बोधन गर्न नसकेपछि निजी तथा आवासिय विद्यालयहरुको जन्म भएको हो । यदि निजी स्कूलहरु नखुलेको भए धनढ्याहरु छोराछोरीहरु पहिलेको झै डार्जिलिङ, भारत लागयत देश पढ्न जान्थे । अहिले पनि कहीँ कतै गइरहेका छन् । गिटी बालुवा बोक्नेको छोराछोरी पनि निजी स्कूलमा पढ्छन् भन्नुभयो । साँच्चैकै पढ्छन् त ? शुल्क त महङ्गो नि ? हजार÷पन्ध्रसय रुपैयाँ शुल्क लिएर पनि निजी स्कूल सञ्चालन भएका छन् । अहिले पनि काँधका कपडा बेच्ने एक जैसुवालले आफ्नो दुई छोराहरुलाई यसै नाइटिङ्गेल स्कूल पढाएर इञ्जिनियर बनाए । यस्ता विद्यर्थीलाई नाइटिङ्गेलले क्षात्रवृत्ति दिएको छ । नाइटिङ्गेलमा विद्यार्थीको लागि शुल्क कति निर्धारण गर्नुभएको छ ? शुल्क एकदम सस्तो छ । ३ हजार ३ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म छ । वार्षिक भर्ना शुल्क १० देखि २१ हजार रुपैयाँसम्म छ । बीचमा कुनै शुल्क लाग्दैन । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएको भन्छन् नि, तपाईको यसप्रतिको बुझाइ कस्तो छ ? सरकारले जसरी शिक्षामा लागानी गरिरहेको ९० प्रतिशत रिटर्न आउदैन । १ क्लासमा भर्ना हुने बच्चा दशौं बाह्रौं लाख हुन्छन् । एसएलसी दिने समयमा ४ लाख मात्र हुन्छ । ५ लाख बच्चा कहाँ हराउछ थाहा छैन । हराएको बच्चालाई के गर्ने । के तालिम दिने, के शिप सिकाउने, कुन जातीका बच्चाहरु स्कूल छोड्छन् ? कस्ता बच्चाहरुले पढ्दैनन्, किन छोड्छन् ? अहिलेसम्म नेपाल सरकारले पार्टीकुलर रुपमा यस सम्बन्धि अध्ययन गरेको छैन । म विगतमा राज्यमन्त्री भएको थिए । शिक्षा क्षेत्रमा बसेर काम गरेको ४ वर्ष भयो । जति लगानी गरेता पनि पार्टीकुलर स्थानीय सरकारले २÷३ वटा कुरा गर्न सकेन भने सोचेअनुसारको शिक्षामा परिवर्तन आउन सक्दैन । एउटा सबैभन्दा पहिले ७५३ वटा स्थानीय तह छ । प्रत्येक स्थानीय तहको परीक्षाको प्रणाली छ । पाठ्यक्रम केन्द्रकै भएपनि स्थानीय सरकारको पनि आफ्नै पाठ्यक्रम हुन्छ । मेयर, स्थानीय प्रमुखहरु शिक्षामा राम्रो दख्खल राख्छन् । त्यहाँको शिक्षा राम्रो हुन सक्छ । हैन भने सबै ठाँउको शिक्षा राम्रो हुन सक्दैन । तत्कालै सरकारले नमूना कानून बनाएर केन्द्र, प्रदेश, स्थानीय सरकारले के–के गर्ने भनेर जिम्मा दिनुपर्छ । सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्छ । तराईवासीका, जनजाति, थारु लगायतका छोराछोरी शिक्षाबाट बञ्चित छन् । उनीहरुलाई समेट्न सरकारले आवासीय विद्यालयको अबधारणामा ल्याउनुपर्छ । नमूनाको रुपमा त्यस्ता विद्यालयहरु सञ्चाल गर्नुपर्छ । सरकारले १२ कक्षासम्म सम्पूर्ण व्यवस्था गरेर विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । आगामी योजना के–के छन् ? नाइटिङ्गेलस्कूल अबको २/४ वर्षमा विश्वस्तरिय शिक्षा दिने सोचका साथ अघि बढेको छ । सम्पूर्ण सेवासुविधा सम्पन्न हुन्छ । जस्तै प्रतेक क्लासमा मल्टिमिडिया प्रोजेक्ट जडान गरिन्छ । यसैपालि २० ओटा क्लासमा जडान गर्दैछौं । विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने हिसाबले अघि बढ्दैछौं । प्रविधि, सिकाइ लगायत हरेक दृष्टिकोणले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दैछौं । केही वर्षमै अन्तर्राष्ट्रिय स्कूलहरुसँग जोडिने योजना छ । विद्यालयमा आइटी सम्बन्धि प्रविधिहरु अहिले के–के छन् ? ३÷४ प्रकारका विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौं । क्लासमा प्रत्येक दिन १/२ ओटा प्रोजेक्टर अथवा मल्टिमिडियाको प्रयोग गर्र्नु पर्ने व्यवस्था गरेकाछौं । कोर्ष तथा बाहिरको विषयमा मल्टिमिडियाको प्रयोग गरिन्छ । बच्चाहरु स्कूल पुग्यो पुगेन । स्कूल पुग्ने वित्तिकै घरमा म्यासेज जान्छ । गाडीमा चढ्ने बित्तिकै मोबाइलमा म्यासेज जान्छ । गाडी कहाँ पुग्यो ? अथवा जाममा छ भने अभिभावकले मोबाइलमार्फत थाहा पाउछन् । भएका सुविधाहरुलाई व्यापक रुपमा प्रयोग गरेका छौं । शुल्क तिरेको छ, छैन? बाँकी कति छ ? घरमै बसीबसी हेर्न सकिन्छ । स्कूल कलेजमा दक्ष जनशक्ति आकर्षित छैन । जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ ? नेपालमा जनशक्ति अभाव ठूलो समस्याको रुपमा आएको छ । राम्रो जनशक्ति विदेश पलायन हुने अथवा आफै रोजगारी सृजना गर्ने, ठूला–ठूला बैंकहरुमा जागिर खान जाने लगायतका समस्या छन् । उनीहरु शिक्षा पेशातर्फ आकर्षण गर्न तथा भएकाहरुलाई पनि टिकाइ राख्न गाह्रो छ । उनीहरुलाई कति तलब दिदा बस्छन् । अनुमान गर्न गाह्रो छ । यद्यपि नाइटिङ्गेलमा २५ वर्षदेखि काम गर्ने शिक्षकहरु अझै करिब २० जना छन् । उनीहरुनै यो स्कूलको खम्बाको रुपमा रहेका छन् । १५ वर्ष जागिर गर्नेहरु ३०/४० जना छन् । हामी प्रत्येक वर्ष केही न केही तलब बढाउछौं । कम्तिमा पनि हामी शिक्षकलाई सरकारी स्केल बराबरको तलब दिन्छौं । अहिल राम्रो शिक्षक छन् भने उनीहरुको माग अनुसार तलब दिन्छौं । शिक्षकको माग अनुसार कति वर्षको लागि हो करार गरेर तलब दिने प्रचलन पनि आइसकेको छ । यहि स्कूल पढेका विद्यार्थीहरु करिब १०/१२ जनाले पढाउँछन् ।