विकासन्युज

नेपाल प्रहरी र सशस्त्रको आइजीपीमा क्रमशः सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरी र शसस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा क्रमशः सर्वेन्द्र खनाल र शैलेन्द्रं खनाल नियुक्त भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको  मन्त्रिपरिषदको बैठकले  डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । नेपाल प्रहरीको आइजीपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। पधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच दुई खनाललाई प्रमुख बनाउन सहमति जुटेपछि मन्त्रिपरिषदको बैठकले अाैपचारिकता दिएकाे हाे । २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतका डिआईजीहरुले प्रतिस्पर्धा गरेका थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् । कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र र वरिष्ठताको आधारमा १ नम्वरमा रहेका खनाललाई सरकारले आईजीपी बनाउन लागेको हो। प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ ।नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छनभन्ने प्रमाणित गरेको छ। खनालका चर्चित काम मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाडौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई । खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए । खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो । ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे । विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णुबहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए । जनकपुर, पर्सा लगायतका तराइमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए । पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए । सडकका खाल्डाखुल्टी पुर्ने अभियान,चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् ।मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो ।  

ठेकेदारले ढिलाइ गर्न थालेपछि प्रधानमन्त्री ओली बुधबार माथिल्लो तामाकोसीको निरीक्षणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत अवलोकनमा जाने भएका छन् । आयोजनाको प्रगति बुझन र समस्या समधान गर्नका लागि उनी आयोजनाको निरीक्षणमा जान लागेका हुन् । प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि आयोजनास्थल जान लागेका छन् । ४५६ मेगावाटको आयोजनाबाट २०७५ मंसिरसम्म विद्युत गर्ने लक्ष्य लिइएको छ । लट २ को ठेकेदार भारतको टेक्सम्याको इण्डिया लिमिटेडले हाइड्रोमेकानिलको काममा ढिलाइ गरेकाले आयोजना पछि सरेको हो । अहिलेसम्म आयोजनाको ९६ प्रतिशत काम पूरा भएको छ । आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम निरन्तर रुपमा भइरहेको छ । तर, दोस्रा लटको ठेकेदारले ढिलाई गरिरहेको छ । लट २ को ठेकेदारले काममा ढिलाइ गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यसले गर्दा आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुदे देखिएको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन् । २०७५ मंसिरसम्म पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रदेश ५ को ‘स्थिति पत्र’ सार्वजनिक हुदैं

बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशका सम्पूर्ण अवस्था चित्रण हुने गरी ‘स्थिति पत्र’ सार्वजनिक गर्ने भएको छ । प्रदेशका सम्पूर्ण अवस्थाको चित्रण गरी तयार गरिएको स्थिति पत्र अब बस्ने प्रदेशसभा बैठकमार्फत सार्वजनिक गर्ने सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थिति पत्र स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति समेत दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । उक्त स्थिति पत्र चैत २९ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्ने कार्यक्रम छ । मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, रोजगारी, आयलगायका विषय समेटी तयार गरिएको स्थिति पत्र प्रदेशसभालाई जानकारीका लागि मात्र बैठकमा पेश गरिने तर, पारित गर्नुपर्ने बाध्यता नरहेको मन्त्री चौधरीले बताए । प्रदेश सरकारले तयार गरेको स्थिति पत्रलाई आधार मानेर सरकारले आगामी बजेट तथा योजना निर्माण गर्ने र यसको आधारमा निर्माण भएका बजेट तथा योजना सन्तुलित बन्ने सरकारले विश्वास लिएको समेत उनले बताए । प्रदेश ५ मानव सूचकांकका हिसाबले चौँथो तहमा रहेको स्थिति पत्रमा देखाइएको छ । यो प्रदेशमा करिब ४४ लाख जनसंख्या रहेकामा सबैभन्दा बढी आठ लाख ८८ हजार जनसंख्या रुपन्देहीको छ भने सबैभन्दा कम जनसंख्या रुकुम रहेकोसमेत मन्त्री चौधरीले जानकारी दिए । प्रदेश ५ मा २५ दशमलव ८ प्रतिशत कुल गरिबीको अवस्था देखिएकोमा यसमा सबैभन्दा गरिबीको रेखामुनि ३५ दशमलव ५ प्रतिशत कपिलवस्तुमा रहेको स्थिति पत्रमा देखिएको मन्त्री चौधरीले जानकारी दिए । रासस  

त्रिपुरेश्वरको आँखा अस्पताललाई सिद्धार्थ बैंकको १ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको ४४ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक अाँखा सम्बन्धि बिरामीलार्इ अार्थिक सहयाेग गरेकाे छ । बैंकले अाँखाकाे अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गर्न रु. १ लाख १० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको जनाएकाे छ । उक्त सहयोग रकम एक समारोहकाबीच बैंकका नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाइ हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायव महाप्रबन्धक बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउने जानकारी दिएका थिए ।

पानी व्यवस्थापन विश्वकै लागि चुनौतीपूर्ण रहेको विज्ञहरुको ठहर, अन्तराष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले पानीको सुरक्षालाई ध्यान दिन आग्रह गरेका छन् । मंगलबार राजधानीमा पानी, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदानप्रदान र साझेदारी विषयक तीन दिवसीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले पानीलाई सुरक्षा गर्नु पर्नेमा जोड दिएका थिए । सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले बढ्दो जनसंख्या र सहरीकरणको चापले पानीको स्रोत, वनजंगल र जमीनमा मानवीय चाप पर्दै गएको भन्दै पानीको आपूर्ति अत्यन्त संवेदनशील भएको बताए । संयुक्त राष्ट्र संघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यहरुलाई राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउन पर्नेमा उनको जोड थियो । त्यस्तै सम्मेलनमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुड. सूले जीवनको प्रमुख आधारको रुपमा रहेको पानीको व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण रहेको बताए । उनले बढ्दो जनसंख्या, तीव्र सहरीकरण, बढ्दो औद्योगिकरणका कारण पानीको अभाव बढ्दै जानुको साथै पानीको प्रदुषण बढेको र व्यवस्थापनमा उचित ध्यान नपुगेकोले विश्वभर प्राकृतिक विपत्तिहरुको निरन्तर सामना गर्नुपरेको उनको भनाइ छ । संयुक्त राष्ट्र संघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका चेयरमेन रहहेका डा.सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव,कतै बाढी पहिरो, कतै सुनामी र आँधीको समस्या उत्पन्न हुने गरेको जानकारी गराए । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा उक्त सम्मेलनकाे अायाेजना भएकाे हाे । आयोजकको अनुसार उक्त सम्मेलनमा १८ वटा कि नोट पेपर, १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । करिब १५० जना विदेशी भने ३५० जना नेपाली पानी वातावरण लगायतको विज्ञहरुको प्रस्तुति तथा सहभागी हुनेछ ।

मेलम्ची खानेपानी आयोजनाको पानी सबै भन्दा छिटो पिउन पाउने भाग्यमानी चाबहिलवासी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङ आज छेडिएको छ । विसं २०५५ सालदेखि सुरु गरिएको आयोजनाको करिब १८ वर्ष पछि सुरुङ काठमाडौंसम्म छिचलिएकाे हो । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल झरेको १५ दिनमै चाबहिलवासीले पिउन पाउने भएका छन् । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार ४ वर्ष अघि विछ्इएको पाइप सफा गर्न समय लाग्ने भएकाले सुन्दरीजलमा पानी झरेको १५ दिनमै चावेलवासीले सबैभन्दा छिटो खानेपानी प्राप्त गर्नेछन् । सुन्दरीजलदेखि मंकालसम्म पानी आइपुग्न २ घण्टा लाग्नेछ । पाइप धेरै अघि बिछ्याइएकोले केमिकल प्रयोग गरी सफा गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजनाको खानेपानीको अन्तिम बिन्दुमा पुग्न पानी सुन्दरीजल आइपुगेको करिब ६ महिना लाग्नेछ । आयोजनाले अहिले खानेपानी पाइप वितरणको ९० प्रतिशत काम सकिसकेको छ । आायोजनाले पानी पशोधनको लागि सुन्दरीलमा दैनिक साढे ८ करोड लिटर पानी प्रशोधनको सफल परिक्षण गरिसकेको छ । समान क्षमताको अर्को पानी प्रशोधन टीसीपीएल प्रतिभा जेभी कम्पनीले निर्माण कार्य २५ प्रतिशत सम्पन्न गरेको छ । यस केन्द्रको आगामी वर्षको असारसम्ममा सक्ने लक्ष्य लिइएको छ ।

भरतपुर महानगर र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य

काठमाडौं । भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनबीच शैक्षिक सहकार्य सम्बन्धि सम्झौतापत्रमा एक समारोहकाबीच हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो । सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्याति प्राप्त विश्वविद्यालय भएको जनाइएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएको सो विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको जनाइएको छ । भरतपुर महानगरपालिकाकोतर्फबाट डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका जनाइएको छ । सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने विश्वास लिए । मेयर रेनु दाहाले सहकार्यलाई भरतपुर महानगरको तर्फ थप अगाडी बढाउने जानकारी दिइन् । उनले चीनको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको बताइन् ।  

गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा

बढी कर संकलन हुने क्षेत्र मध्ये अटोमोवाईल क्षेत्र पर्छ । बढी कर तिर्ने अटोमोवाइल व्यवसायीहरु संस्था भएकोले, तपाईहरुलाई सम्मान गर्नु पर्छ भनेर म नाडाको यस वार्षिक साधारणसभामा सहभागि हुन आएको हुँ । अटोमोवाइल व्यवसायी करै घटाउने कुरा गर्नुहुन्छ भनेर मेरो मन्त्रालयको सचिवहरु त आउदै आउनु भएन । म पहिलो चोटी तपाईहरुको कार्यक्रममा आए । कुरा त्यही रहेछ भन्ने बुझेँ । म आटोमोबाइलको आयातालाई बढो ध्यानपूर्वक हेर्छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु । अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो, त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं । मूलतः यातायातको साधन उत्पादनसँगै जोडिने हो । यसमा कुनै शंका छैन । तर हामी आफै कति उत्पादनसँग जोडिएका छौं । मैले किनेको सवारी साधनले म कारखानासम्म जान पाउनुपर्दछ । मेरो कारखानाबाट बजारिकरण गर्न पाउनु पर्दछ । उत्पादनलाई निर्यात गर्ने बिन्दुसम्म जान पाउनुपर्दछ । कुनै चिज उत्पादन प्रयोगको हिसाबले हुन्छ । आफैमा त्यो उत्पादक अनुत्पादक हुँदैन । प्रयोग कसरी गर्छौ । मानौं तपाईको हातमा भएको मोबाइल ग्याम खेल्दा पनि भयो, विजनेशमा लाउदा पनि भयो, मार्केट इन्फर्मेशन लिदा पनि भयो, प्रविधिको लागि प्रयोग गर्दा पनि भयो । यो हेर्दा खेरी विलासी जस्तो देखिन्छ । तर यो तपाईको उत्पादनसँग जोडिएको पनि हुन्छ । के खायौ ? भनेरै लामो समयसम्म गफ मात्रै गरिराखेको पनि हुनसक्छ । त्यसो हुनाले हामीले भन्ने के हो भने हामी सबैले आयात गर्ने वस्तुलाई उत्पादनसँग जोड्न सकौं । निर्यात बढाउन सकौं । आयात प्रतिस्थापन गर्न सकौं र मुलुकलाई अघि बढाउनलाई एउटा आधार बनाउन सकौं भन्ने नै हो । मैले पहिले आदिकवि भानुभक्तको श्लोक पढेको थिए कान्तिपुरको बारेमा । त्यहाँ भनिए अनुसार काठमाडौंको ७ फुटको सडकमा ९ फुटको बस दगुड्छ । कवितामा केही अतिरन्जि गरिएको होला । तर कुरो के हो भने सडक साँगुरा छन् । गाडी ठूला भए । गाडीको संख्या कम छन् । गाडी चढ्ने बढी भए । हामीले दुईटा काम गर्नुछ । पहिलो, सवारी साधनको संख्या, आकार सबै बढाउनु पर्छ । दोस्रो, सडकको आकार पनि बढाउनुपर्छ । अब सडकको आकार यसै बढ्दैन पैसा लाग्छ । सरकारले राजस्व उठाउनु पर्छ । अनि सडकमा जे कुद्ने हो त्यसैबाट ट्याक्स उठाउनुपर्छ । मोटर चढ्नेसँग पैसा नउठाएर किसानसँग पैसा उठाउने र सडक बनाउने भन्ने कुरा हुन सक्दैन । जो सवारी साधन चढ्छ । उसले कर तिर्नु पर्यो । त्यहि पैसाबाट सडक चौडा गर्ने काम सरकारको हो । त्यो राजस्वलाई सरकारले दुरुपयोग गरेको अवस्थामा तपाईहरुले औला ठढ्याउने हो । राजस्व दुरुपयोग भयो भने तपाईहरुले प्रश्न गर्नुहोस् । तपाईहरु कर तिर्नुहोस् । तपाईहरुले तिरेको करको हामी राम्ररी सदुपयोग गर्छौ । नयाँ सडक, सडक विस्तार गर्ने काम हामी गर्छौ । धेरै भन्दा धेरै नागरिकले गाडी किन्न सक्ने गरि आर्थिक गतिविधि माथि लैजान्छौं । त्यसमा तपाईहरुको व्यवसाय पनि बढ्छ, देशको विकास पनि हुन्छ । यसमा वीन–वीनको कुरा छ । तपाईहरुले तिरेको राजस्वलाई हामीले राम्रो काममा उपयोग गर्न सक्नुपर्छ । त्यो हाम्रो प्रयास छ । तपाइहरु ढुक्क हुनुहोस् । तपाईहरुले तिरेको राजस्व हामी दुरुपयोग हुन दिदैनौं । दोस्रो कुरा हामी अहिले केही दिगो विकासका मोडलहरुको कुरा गर्दैछौं । दिगो विकासका कुरा गर्ने वित्तिकै उपभोग र उत्पादन प्रणालीमा पनि दिगो विकासका अबधारणा ल्याउनु पर्छ । वातावरणीय रुपमा उत्पादनको साधनहरुलाई प्रयोग गर्ने रुपमा, समाजको रुपमा तिनीहरु टिकाउ हुन् । अर्को हामी सुरक्षित सहर, सुरक्षित बस्ती, सुरक्षित आवागमनको कुरा गर्छौ, सहरी यातायात सुरक्षित भएन भने हाम्रो दिगो विकास लक्ष्य पनि प्राप्त हुदैन । त्यो हुनाले सुरक्षित सहरी यातायात, सुरक्षित सवारी साधनहरु र ती सुरक्षीत सवारी साधनहरु पनि वातावरण नविगार्ने किसिमको हुनु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसो भएर हामीले सार्वजनिक ठूला सवारीका साधनहरुलाई विद्युतिय प्रणालीमा लैजाने भनेर काम शुरु गरिसकेका छौं । सार्वजनिक सवारीका ठूला साधनहरु भयो भने सडकको कन्जक्सन पनि कम हुने र विद्युतिय भयो भने प्रदुषण पनि कम हुनेछ । त्यो प्रयासमा यहाँहरुले हामीलाई साथ दिनुहोला । किनभने तपाईहरुले आयात गर्ने ठूला सवारीका साधन, अटोमोबाइलहरुले नै हाम्रो उद्देश्यहरु पूरा गर्नलाई सहयोग पुर्याउछ । त्यसको लागि सरकारले के–कस्तो सहकार्य गर्नु सक्छ, त्यो गर्न हामी तयार छौं । हामीसँग यतिधेरै अटोमोबाइलको माग छ । मुलुकमै इन्डस्ट्रि बनाउ अथवा केही चिज नेपालभित्र पनि उत्पादन गरौं । त्यसको लागि ठूलै औद्योसगक अथवा विशेष अर्थिक क्षेत्र चाहिन्छ भने त्यस्को पनि व्यवस्था गरौं भनेर हामीले ठूलठूला औद्योगिक तथा विशेष अर्थिक क्षेत्रहरुका परिकल्पना पनि गरेका छौं । अब प्रदर्शनी कक्षको मात्र होइन, उत्पादन कक्षको पनि कुरा गर्न थाल्यौं । हामीहरु डिलर्स मात्र नभएर एसेम्ब्लर्स पनि हौं । काँही काँही भ्यालु चेन्जको लागि कुनै–कुनै पार्टपूर्जाहरु हामीले पनि उत्पादन गर्न सकौं । तपाईहरुलाई उद्योगसँग पनि जोड्न पायौं भने हामी धेरै खुसी हुन्छौं । तपाईहरुको त्यस्तो उद्देश्यले पनि आइदिनुभयो भने हामी खुसी हुन्छौं र सहकार्य गर्न हामी तयार हुन्छौं । एक हातले तालि काँही पनि बज्दैन । तपाईहरु इमान्दर भइन्जेल नेपाल सरकारका कर्मचारीहरुले बेइमानी गर्ने ठाँउ नै हुदैन । अथवा नेपाल सरकारका कर्मचारी इमान्दार भइन्जेल तपाईहरुलाई बेइमान गर्ने पनि ठाँउ हुदैन । त्यसैले मेरो प्रयास के हो भने हामी सदाचारमा रहन्छौं । अर्थमन्त्रालय मातहतमा तपाईहरुलाई कसैले दस्तुरी मागेको, कसैले केही मोलाइहिज्जा गर्न खोजेको गुनासो छ भने हाम्रो हटलाईनको व्यवस्था छ । सिधै इलेक्ट्रोनिक मेलमा राख्न सक्नुहुन्छ । अर्थमन्त्रालयको वेवसाईटमा त्यस्तो एउटा पेज छ जहाँ तपाईले इलेक्ट्रोनिकली कम्प्लेन पनि राख्नुसक्नुहुन्छ । फिजिकल कम्प्लेन पनि मन्त्रालयमा पठाउन सक्नुहुन्छ । फोन नम्बरमार्फत पनि सम्पर्क गर्नुसक्नुहुनेछ । हाम्रो मन्त्रालयदेखि केही दिनमा पाउनुहुनेछ । त्यसो भएर हामीले तपाईहरुसँग सदाचारीताको अपेक्षा गरेका छौं । साथै हामी पनि त्यसमा बस्ने प्रतिवद्धता जाहेर गर्दछु । एउटा अर्को विषय छ । खुला सीमाना छ । अनि सवारी साधनहरुको आवगमन हुन्छ । कोही आएका फर्किदै फर्किदैन । कोही गएका फर्किदैनन् । कहिले भन्सार विन्दुभन्दा अर्को विन्दुबाट आउछ । नजानेको मान्छेले किन्छ । किनिसकेपछि पक्राउ पर्छ । उसले भन्छ ‘मैले त यहीँको सवारी साधन भनेर किने मलाई प्रहरीले पक्रर्यो भन्छ’ गुनासो गर्छ । यसको लागि हामीले हाम्रो खरिदकर्ताहरुलाई चेतना जगाउनु पर्ने काम छ भने, अर्को हामीले सीमा नियन्त्रण पनि त्यतिकै गर्र्नुछ । सीमा व्यवस्थित गर्नुको लागि र अस्वस्थ्य प्रतिस्पर्धा नहोस् भन्नका लागि त्यो काम हामीले गर्नुछ । हामीले सीमा सुरक्षा, व्यवस्थापन र भन्सार व्यवस्थापनलाई अलि कडाइका साथ अघि बढाउन खोजेका छौं । भन्सार वा अरु करका दरहरु मुलुकअनुसारको हुन्छ । चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा भन्दा भुटानमा मोटरमा लाग्ने कर कम छ, गाडी सस्तो छ भन्नुभयो । मैले भुटानमा काम गरेको हुनाले मलाई थाहा छ । भुटानको अर्थतन्त्र बिगार्ने अटोमोबाइल नै भएको छ । मैले त्यहाँ काम गर्दा भुटानको राजधानी थिम्पुमा कुनै समय ट्राफिक नै थिएन । ट्राफिक र ट्राफिक लाइट नभएको कुनै देशको राजधानी भन्न पर्दा थिम्पुलाई भनिन्थ्यो । अहिले ट्राफिक जाम हुन्छ । गाडीको आयात बढ्दा भुटानको ब्यलेन्स अफ पेमेन्टको समस्या आएको छ । आयात गरेको सामानको भुक्तानी गर्न पैसा भुटान अहिले अप्ठ्यारो स्थितिमा परेको छ । मुलुकका आकारअनुसार यस्ता कुराहरु हुन्छन् । सिंगापुरका कथाहरु पनि तपाईहरुलाई थाहा भएकै हो । मैले यो भनेर हामी गाडीको आयातलाई कुन्ठीत गर्नुपर्छ, रोक्नुपर्छ भनिराखेको छैन । मुलुकको विकासको आवश्यकता, व्यावसायिक सम्भावना र मान्छेको मोभीलीटीलाई व्यवस्थित गर्ने क्रममा अर्थतन्त्रको विकास सँगसँगै यसलाई अघि बढाउनु पर्दछ । निरपेक्ष ढङ्गले कुनै सेक्टर मात्रै अघि बढ्न सक्दैन । मुख्य कुरो नेपालीहरुको आम्दानी सृजना गर्ने अवस्था सृजना गर्न सक्यौं भने त्यो आम्दानीले कर पनि तिर्नु हुन्छ, गाडी पनि किन्नु हुन्छ । तपाईहरुले तिरेको करले हामी सडक बनाउछौं । तपाईहरु गाडी बिक्री पनि बढ्छ । अहिलेनै काठमाडौंको ट्राफिक हेर्नुभयो भने तपाईहरु आफैलाई एक किसिमले महशुस हुँदो हो नि कति गाडी बेचिएछ भनेर । भलै त्यो पनि सरकारकै कारणले हो । हामीले आयात गर्न छोडेकै छौं । तपाईहरुले व्यवसाय गरिरहनु भएको छ । त्यही कारण भएर । तर हाम्रो सडक विस्तारको योजना त्यसअनुरुप हुन सकेन । व्यवसायीहरु पनि काठमाडौं केन्द्रित भए । अब संघीयता कार्यान्वयनसँगै अलिकति केही हाम्रा क्रियाकलापहरु, राजनैतिक शक्ति वाँडफाँड क्षेत्रहरु केही विकेन्द्रीकृत भएका छन् । तर पनि कतिपय ठाँउमा यो समस्या छ । त्यसो भएको हुनाले हामीले काठमाडौं उपत्यकाभित्रको सवारी व्यवस्थापनमा तपाईहरुको सहयोगले केही कामहरु गर्नुपर्नेछ । सार्वजनिक यातायातको क्षेत्र बढाउने, हाम्रो अटोमोबाइलको क्षेत्रलाई कसरी व्यवस्थित गर्ने ? हामीले ल्याउने सवारी साधनहरु कस्तो प्रकृति, मोडेलको हुने, कुनलाई विलासीताको भन्ने ? कुनलाई आवश्यकताको भन्ने यसको पनि परिभाषा त होला नि ? वहस गरौं । २५/२६ सय देखि ३/४ हजार सीसीको पनि बाइक हुन्छ भन्ने सुनेको छु । त्यो के होला ? त्यसो हुनाले राज्यले विचार गर्नु पर्ने पक्ष हुन्छ । तपाईहरुले पनि बिचार गर्नु पर्ने हुन्छ । व्यवसायी जवाफदेहीता तपाईहरुको छ । तर त्यो व्यवसायिक जवाफदेहीता भित्रनै व्यवसाय गरेर तपाईहरुको संरक्षण, तपाईहरुको व्यवसायलाई संरक्षण गरिदिने र त्यसको आधारबाट राज्यले राजस्व लिएर देश विकास गर्ने हाम्रो जवाफदेहीता हुन्छ । त्यसैले हामी सहकार्यता गरौं । निजी क्षेत्रसँग यो सरकार धेरै नजिकमा रहेर काम गर्न चाहन्छ । चाहे उद्योग, व्यापार वा कुनै क्षेत्रमा होस् कोही पनि दुविधामा पर्नु हुदैन । हामी हाम्रो नीतिहरुलाई पछाडि फर्काउने पक्षमा छैनौं । तर जहाँ सुधार आवश्यक छ । जहाँ परिमार्जन आवश्यक छ । त्यो हामीले गर्नैपर्छ । किनभने हामीले रोजेको बाटो सबै नेपालीहरु सुखी हुन् । सबै नेपालीहरु समृद्ध होऊन् । कुनै एउटा वर्ग व्यक्ति मात्र धनी भएर मुलुक धनी हुदैन । हामी सबै धनी भयौं भने मुलुक धनी हुन्छ भन्ने हाम्रो सिद्धान्त हो । त्यसकै आधारबाट हामी अघि बढ्न चाहन्छौं । (नाडा अटोमोवाईल्स डिलर्स एशोसिएशन अफ नेपालको ४१ औं वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको विचार)