विकासन्युज

कमोडिटी सञ्चालन गर्न ४ कम्पनी धितोपत्र बोर्डमा पुगे, २१ दिन भित्र निवेदन दिनेले मात्र अनुमति पाउने

काठमाडौं । वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको तयारीमा रहेका कम्पनीले आउदो ३ साताभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने भएको छ । बोर्डले २१ दिनभित्र निवेदन दिन कमोडिटी सञ्चालकलाई भनेको छ । त्यसपछि आउने निवेदनलाई स्वीकार नगरिने उसले स्पष्टपारेको छ । हालसम्म ४ वटा कम्पनीले सञ्चालनको अनुमति दिएको र ३ साताभित्र निवेदन दिनेलाई मात्र सञ्चालन स्वीकृति दिन सकिने बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनकाअनुसार सिमेक्स र जीएमएलगायत ४ कम्पनीले सञ्चालनका लागि अनुमति मागेका छन् । बोर्डले कम्पनीको विषयमा अध्ययन गरिरहेको छ । यसअघि आधा दर्जन कम्पनी नियमन विना नै सञ्चालनमा आएका थिए । वस्तु विनिमय बजार विवादित बनेपछि सरकारले ऐन ल्याएर नियमन गर्न थालेको हो । विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । वेयर हाउसका लागि १५ करोड, राफसाफ तथा फछ्र्योटका लागि ७ करोड, व्यवस्थापकको लागि ५ करोड, परामर्शदाताका लागि १ करोड र वस्तु कारोबार दलालको लागि ५० हजार बराबरको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था गरिएको छ । साधारण सेयर (आईपीओ) निष्कासनका लागि हालसम्म व्यवस्था नगरिएको गिरीको भनाई छ । उनले आवश्यक पुर्वाधार तयार पुरा गरेकालाई सञ्चालन गर्न स्वीकृति दिने जानकारी दिए । देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण वस्तु विनिमय बजार सञ्चालन गर्न चाहिने साधन, स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय बजारलाई अनुमति दिन त्यस्तो आर्थिक दायित्वसहितको व्यवस्था गरिएको प्रवक्ता गिरीको भनाइ छ । यी सामानको कारोबार गर्न पाइन्छ वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

आरोहण व्यटमिन्टन कप रविलाई, चाडै १ लाख नगद राशी भएकाे प्रदेश स्तरीय खेल सञ्चालन हुने

काठमाडौं । पूर्वाञ्चल स्तरीय आरोहण सप्तमी खुल्ला ब्याटमिन्टन कप–२०७५ मिक्लाजुङ गाँउपालिका–४, रविले हात पारेको छ । आरोहण क्लब मिक्लाजुङ गाँउपालिका १, सप्तमी बजारको आयोजनामा चैत २९ देखि शुरु भएको उक्त आरोहण सप्तमी कप ओपन ब्याटमिन्टन टुर्नामेन्ट मेन्स डबल्सको जित रविको टिममा रहेको जोसन श्रेष्ठ र प्रकाश राईले हात पारेका हुन् । आइतबार भएको फाइनल खेलमा फिदिमलाई कडा प्रतिस्पर्धाको माझ पछि पार्दै रविले विजय हात पारेको हो । विजयी टिमले पहिलो पुरस्कार नगद रू २२ हजार २२२ सहित ट्रफी तथा प्रमाणपत्रहरु प्राप्त गरेका छन् । त्यस्तै दोस्रो फिदिम र तेस्रो पुरस्कार इलाम जिल्लाले हात परेको क्लबले जनाएको छ । ती बिजयी टोलीहरुले समेत नगद, ट्रफी लगायत पुरस्कारहरु वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा संवोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले हालसम्म फुटबललाई मात्रै प्रथमिकता दिदै आएको भएता पनि अरु खेलहरुको समेत राम्रो सम्भावना रहेको बताए । ‘आगामी दिनमा गाँउपालिकाले खेलकुदको विकास गर्न ब्याटमिन्टन लगायका अन्य खेलहरुलाई पनि प्राथमिकतमा राखेर अघि बढ्ने छु,’ उनले भने । त्यस्तै क्लबका खेल संयोजक जंगबहादुर थापा मगरले समग्र गाँउपालिकाको खेल क्षेत्र विकास गर्न क्लबले आगामी दशै तिहारको अबसर परेर प्रदेश स्तरिय ब्याटमिन्टन टुर्नामेन्ट गर्ने बताए । ‘त्यसको लागि अन्य विधा थप्दै प्रथम हुनेलाई नगद १ लाख रुपैयाँको राशी प्रदान गर्ने तयारी भइरहेको छ,’ उनले भने ‘सम्भवत यो नगद व्याटमिन्टन प्रतियोगिताको लागि ठूलोमध्येको एक हुनेछ ।’ क्लबको अनुसार सम्पन्न भएको खेलमा झापा, तेह्रथुम लगायत पुर्वाञ्चल क्षेत्रका २६ वटा टिम सहभागी थिए । खेल पाँचथर जिल्लाकै पहिलो निजी लगानीमा निर्माण भएको कब्बडहलमा भएको संयोजक मगरले जानकारी दिए ।

नेपालमा वैदेशिक लगानी बढ्दो, १९२ उद्योग सञ्चालन गर्न ३५ अर्ब वैदेशिक लगानी भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनामा विभिन्न उद्योग व्यवसाय सञ्चालनका लागि ३५ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसअवधिमा विभिन्न मुलुकका लगानीकर्ताले ३४ अर्ब ९० करोड रुपैयाँ लगानी गर्न १९४ उद्योग विभागमा दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् । दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् । १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैयाँ लगानीसम्मका मझौला र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।  विभागमा हालसम्म ७ हजार ५०० उद्योग दर्ता भएका छन् । विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए। “अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको उनले जानकारी दिए ।

भ्रष्ट र तस्करको लगानी भएको मिडियालाई म छोड्दिन–उद्योगमन्त्री यादव

काठमाडौं । सिंहदरबारमा आइतबार अनुगमन सम्बन्धि जानकारी गराउने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पत्रकार क्षेत्रमा पनि भ्रष्ट र तस्करहरुको लगानी रहेको भन्दै विगतदेखिनै त्यसको बिरुद्धमा रहेको बताए । उनले सो क्षेत्रको समेत अनुगमन गर्ने जानकारी दिए । पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरु रहेकोप्रति आफु जनाकार रहेको उनको भनाइ छ । ‘पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरुको पनि लगानी छ,’ उनले भने ‘त्यसको बिरुद्धमा म छु, उनीहरुकोप्रति पनि मेरो अनुगमन हुन्छ ।’

लक्ष्मी बैंकले ल्यायो क्यास क्याक अफर, साथै नयाँ खाताहरुमा निःशुल्क इबैंकिङ प्याकेज

काठमाडौं । लक्ष्मी बैंक लि.ले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास क्याक अफर ल्याएको छ । जस अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन/पीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १००० रुपैयाँसम्म रकम पुनः फिर्ता हुने क्यास क्याकको व्यवस्था गरिएको छ । यो व्यवस्था आज(आइतबार)देखि कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् । यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराएको छ । उक्त सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।

यामाहाका स्कुटरको ‘रिसेल प्रोमिस’, एक्सचेन्जमा ७५ प्रतिशत नगद फिर्ता

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पाउनेछन् । यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछन् । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजनाको वैधता तीन वर्षसम्म हुनेछ । ‘भर्खरै भएको एक अध्ययनले यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टमा सबैभन्दा बढी रुचाइएको देखाएको थियो । ग्राहकको रोजाइमा पर्नु गर्वको कुरा हो । उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्न हामीले यो अभुतपूर्व योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैन, रिसेल प्रोमिस ग्यारेन्टी गरिएको पनि छ ।’ यामाहाले ६ वर्षअघिदेखि नेपालमा स्कुटर भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ । यामाहाले नयाँ वर्ष २०७५ को अवसरमा ‘आमन्त्रण’ नामको ग्राहक योजना ल्याएको थियो । यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा उनले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।

प्रभु बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र ललितपुरको नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भयो । उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहकहरु नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।  

उद्योगमन्त्री मातृका यादवले भने– अब ठूलो माछा समाइन्छ

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यसअघि कमजोर बजार अनुगमन भएको भन्दै अब व्यवस्थित अनुगमन गर्ने बताए । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यसअघि अव्यवस्थित, कमजोर अनुगमन भएको जानकारी दिदै अब व्यवस्थित अनुगमन गर्ने बताए । ‘सम्बन्धित अनुगमन गर्ने विभागहरुसँगको छलफल गरी व्यवस्थित अनुगमन गर्ने निर्णयमा पुगकेका हौं,’ उनले भने ‘त्यसका लागि संशोधन गर्न पर्ने आवश्यक नियम कानूनहरु परिमार्जित गर्नेछौं ।’ अनुगमनको पहिलो प्राथमिकता ठूलो माछा हुने उनले पत्रकारहरुलाई जानकारी गराए । मन्त्रालयको अनुसार नयाँ योजनासहित बजार अनुगमन गरिनेछ । अब हल्ला गरेर अनुगमन हुदैन विधि प्रक्रिया पुर्याएर हुन्छ । दोष नगरेको दोषीको भागिदार हुदैन् । यदि दोष भेटिए कसैलाई नछोड्ने मन्त्री यादवको भनाइ छ । अनुगमन एकिकृत  हुने उनले विगत जस्तो छुट्टाछुट्टै नभइ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत सम्बन्धित सम्पूर्ण अनुगमनकारी निकायहरु एकिकृत रुपमा अनुगमनमा निस्कने बताए । ‘अबको अनुगमनबाट शुरुमा ठूला माछाहरुलाई समात्नेछौं,’ उनले भने ‘२/४ वटा ठूला माछा समातेपछि त्यसै बाँकी माछाहरु तर्सनेछन्, यद्यपि गडबढ गर्ने कसैलाई छोड्ने छैनौं, साना माछाकाे पनि अनुगमन हुन्छ ।’ पहिले भएका अनुगमका मुद्धाहरुलार्इ अघि बढाउने आजभन्दाअघिका विभिन्न ठूला अस्पताल, गाडी विक्रेता ठूला कम्पनी, विद्यलयको मुद्धाको प्रक्रिया समेत अघि बढ्ने उनको भनाइ छ । त्यसकाे लागि सम्बन्धित स्वास्थ्या र शिक्षा मन्त्रलयलार्इ प्रक्रिया अघि बढाउन पत्र पठाइ सकेकाे उनकाे भनाइ छ । ‘निर्दोषलाई छोड्छाै‌, दोषिलाई छोड्ने छैनाै‌,’ उनले भने  ‘समय स्वास्थ्य,  विद्यालय लगायतकाे क्षेत्रमा बढी व्यथिति रहेकाे  छ । ’ दैनिक उपभोग्य वस्तुहरु तेल लागतयका खाद्यपदार्थहरुको अनुगमनलाई  पनि सरकारले मुख्य प्राथमिकतामा राखेकाे सुनाए । विगतमा अनुगमनकाे क्रममा सरकारी निकायहरुबाट समेत कमिकमजोरी भएको सुनाउदै आब त्यस्तो नहुने उनको दावी छ । उनले अनुगमनलाई व्यवस्थित पार्न आवश्यक सम्पूर्ण प्रक्रियाहरु अगाडी बढाइसकेको जानकारी दिए । ‘त्यसैअन्तर्गत मन्त्रालयलेनै दर्वन्दीमा सरकारी वकिल राख्ने भएकाे छ,’ उनले थपे । अनुगमनले केही समयभित्रै बजारमा गतिल्लो प्रभाव पार्ने उनको भनाइ छ ।