राष्ट्र बैंकमा जागिर खान फारम भर्नुभएको छ ? हेर्नुहोस यो मितिमा हुँदैछ परीक्षा
काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने भएको छ । ४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ भने भने द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय र तृतिया पत्रको परिक्षा ४ घण्टासम्म हुने बैंकले जनाएको छ । त्यस्तै ९६ जना माग रहेको सहायक प्रशासन तर्फको परिक्षा असार २३ गतेबाट सुरु हुनेछ । द्धितिय पत्र भदौ ८ गते हुनेछ भने तृतिय पत्र भदौ ९ गते हुनेछ । यसैगरी १० जना माग गरिएको सहायक प्रविधिक तर्फको परिक्षा असार २२ गते हुने भएको छ । याे पनि हेर्नुहाेस राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?
प्रभु बैंकको नाफा घट्यो, ९ महिनामा ८६ करोड ७१ लाख मात्र
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आवको चैतमा बैंकले ८६ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको थियो । कर्जा नोक्सानीमा १ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्दा नाफा घटेको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी पनि घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ थियो । बैंकले पुरानो कर्जा ७५ करोड ७४ लाख रुपैयाँ असुली गरेको जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर ८७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी पनि बढेर ७३ अर्ब रुपैयाँ छ । बैंकको संचित कोषको आकार बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ७८ करोड
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आवमो ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३.४९, निक्षेप लागत ७.१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.१३, आधार ब्याजदर १२.७२, ब्याजदर अन्तर ५.६१ प्रतिशत रहेको बैंकले जनाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २० पैसा छ । जगेडा कोषको आकार बढेर ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ९७ अर्ब १० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
९ महिनामा कुमारी बैंकको नाफा १०० प्रतिशत बढ्याे ७० करोड पुग्यो
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ ।बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ब्याज आम्दानी बढाएपछि यसको सकरात्मक असर नाफामा परेको हो । गत चैतमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८१ करोड ३७ लाख रुपैयाँ गरेको थियो । बैंकको निष्क्रिय कर्जा घटेर १.२४ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६९, आधार ब्याजदर ११.६२ र ब्याजदर अन्तर ३.२० प्रतिशत छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ । बैंकको संचित कोष बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेर ६१ अर्ब ८४ करोड र कर्जा लगानी ११.८३ प्रतितश बढेर ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
९ महिनामा नविल बैंकको नाफा बढेर २८० करोड, प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नविल बैंकको खुदनाफा बढेर ३ अर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको चैतसम्म बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो । ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा सुधार ल्याएको हो । समीक्षा अवधिमा बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४ अर्ब ८ करोड रुपैयाँ थियो । ब्याज आम्दानी ४१ करोड रुपैयाँ बढेको छ । बैंकको निष्क्रिय कर्जा १, निक्षेप लागत ४.६३, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.२०, आधार ब्याजदर ७.३३ र ब्याजदर अन्तर ४.८९ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७० पैसा छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत चैतमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि विस्तार भई १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९० अर्ब ५५ करोड रुपैयाँ थियो ।
माछापुच्छे बैंकको नाफा १९ करोड घट्यो, खराब कर्जा न्युन
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको नाफा १९ करोड रुपैयाँ घटेको छ । गत चैतसम्म बैंकले ८१ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको चैतमा बैंकले नाफा १ अर्ब रुपैयाँ कटाएको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनमा ब्याज आम्दानीमा बढाउन नसकेपछि नाफामा गिरावट आएको देखाएको छ । गत चैतसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवाको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ०.३५ प्रतिशत छ । निक्षेप लागत ७.५३, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.६६, आधार ब्याजदर ११.१० र ब्याजदर अन्तर ४.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७५ पैसा छ । बैंकको संचित कोष बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ६८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ६२ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।
नेपाल बंगलादेश बैंकको नाफा २७ करोड बढेर ७१ करोड पुग्याे
काठमाडौं । नेपाल बंगलादेश बैंकले ३ महिनामा नाफा २७ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ७१ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकको नाफा ४३ करोड ८० लाख रुपैयाँ थियो । यद्यपी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ११ करोड रुपैयाँ घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा बैंकले ब्याज आम्दानी बढाएपछि नाफामा बढेत्तरी भएको जनाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ७४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेर १.७७ प्रतिशत पुगेको छ । गत पुसमा यस्तो कर्जा १.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ७.९८, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.६०, आधार ब्याजदर ११.६०, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड० ३.५९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । यस्तै बैंकको संचित कोष बढेर ३ अर्ब रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा बैंकले ४२ अर्ब ३६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
योजना आयोगका उपाध्यक्ष डा.कँडेलद्वारा सपथ ग्रहण
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली समक्ष सपथ ग्रहण गरेका हुन् । सपथलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा गोेपनियताको सपथ ग्रहण गराएका हुन । सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुयाँल र सुशील भट्टलाई उपाध्यक्ष कडेलले सपथ ग्रहण गराएका हुन । अर्का सदस्य उषा झा मुलुक बाहिर रहेकाले सपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नु भएको आयोगका अधिकारीले जानकारी दिए । लामो समयदेखि खाली रहेको आयोगमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पदाधिकारी नियुक्त गरेको थियो । सपथ ग्रहण पश्चात उपाध्यक्ष कडेल सहित सदस्यहरुलाई आयोगमा स्वागत गरिएको थियो । पदभार ग्रहण पश्चात पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उपाध्यक्ष कडेलले सरकारको निर्देशन, संविधानले निर्दिष्ट गरेका प्रावधान र अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वय गर्दै अगाडी बढ्ने बताए ।