नारायणगढ–मुग्लिन सडकको लागत बढेर ३ अर्ब पुग्यो
चितवन, १४ वैशाख । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य ३१ करोड ५२ लाख ६ हजार १८१ रुपैयाँ बढेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा २ अर्ब ८८ करोड ७० लाख १४ हजार २१० रुपैयाँमा ठेक्का दिइएकोमा लागत मूल्य बढेसँगै ३ अर्ब २० करोड २२ लाख रुपैयाँ पुगेको छ । खनालका अनुसार तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखण्डको पहिलो खण्डको करीब ६० करोड ६१ लाखबाट बढेर ६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । खण्ड खमा करीब ९७ करोड ६७ लाखबाट वृद्धि भएर १ अर्ब १० करोड र खण्ड गमा सबैभन्दा बढी १ अर्ब ३० करोडबाट बढेर १ अर्ब ४१ अर्ब पुगेको खनालले बताए । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो । लागत मूल्य बढेसँगै प्रगति प्रतिशत भने घटेको छ । हालसम्म सडकको ८० प्रतिशत मात्रै सम्पन्न भएको देखिन्छ । यसअघिको कूल लागत मूल्यका आधारमा ९० प्रतिशत काम भए पनि लागत मूल्य बढेपछि प्रगति प्रतिशत घटेको हो । हालसम्म पहिलो खण्ड ७९.७५ , दोस्रो खण्ड ९१ र तेस्रो खण्ड ७७.८ प्रतिशत काम सम्पन्न भएको छ । ३३.२ किमीको उक्त सडकखण्डको हालसम्म ३० किमी कालोपत्रे भइसकेको छ । सो सडकको नारायणगढबाट १६ किमीसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने त्यसउता नौ मिटर फराकिलो हुँदैछ । विसं २०७२ वैशाखतिर २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस
प्राइम कर्मर्शियल बैंक रसुवाको कालिकामा, शाखा संख्या ६१ पुग्याे
काठमाडौं । प्राइम कमर्शियल बैंकले रसुवाको कालिका गाउँपालिकामा शाखा विस्तार गरेको छ । सो शाखाको सञ्चालक गजेन्द्र विष्टले उद्घाटन गरेका छन् । यो समेत गरी बैंकको शाखा संख्या ६१ पुगेको छ । बिहीबार मात्रै बैंकले विभिन्न स्थानमा ४ वटा शाखा कार्यलय सञ्चालनमा ल्याएको थियो ।
गभर्नर भन्छन्-वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन सफल भएँ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन सफल भएको दावी गरेका छन् । राष्ट्र बैंकको ६३ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तिय क्षेत्रमा अनुशासन कायम गराउन केन्द्रिय बैंक सफल भएको बताएका हुन् । यसो भने गभर्नर डा. नेपालले मौद्रिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने कार्य भएको छ । ब्याजदर करिडोरमा गरिएको सुधारसँगै अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको परिधीमा कायम गरिएको छ । कृषिमा व्यवसायीकीकरण बढाउन युवालाई दिइने ब्याज अनुदान सम्बन्धी कार्यबिधीलाई थप सुधार गरिएको छ, उत्पादनशिल क्षेत्रलाई प्राथमिकतता प्राप्त क्षेत्रका रुपमा पुनः परिभाषित गरिएको छ । सट्टेबाजीमा वित्तिय साधन केन्द्रित नहोस भनेर रियलस्टेट कर्जा उपत्यकाभित्र बढिमा ५० प्रतिशत कायम गरेका छौं । सेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जालाई प्राथमिक पुँजीको ४० प्रतिशत मात्र प्रवाह गर्न पाउने र एउटै कम्पनीमा आफ्नो प्राथमिक पुँजीको १० प्रतिशत मात्रै दिन पाउने व्यवस्था गरिएको छ । १० अर्ब ८४ करोडको पुनकर्जालाई बढाएर २५ अर्ब पुर्याउने व्यवस्था गरिएको छ । यसले रणनीतिक क्षेत्रमा प्राथमिकता क्षेत्रमा सहुलियत कर्जा प्रवाह गर्न सहयोग पुग्नेछ । त्यस्तै, कानुनी तथा नियामकिय सुधारहरु पनि हामीले गरेका छौं । देशमा स्वच्छ र सुरक्षित भुक्तानी प्रणालीको विकास र नियमन तथा सुपरिवेक्षेत्रका लागि भुक्तानी तथा फर्र्याैट ऐनको मस्यौदा अर्थमन्त्रालय पठाईसकेका छौं । वित्तिय क्षेत्र विकास रणनीतिमा उल्लेख भएको र यस बैंकसँग सम्बन्धीत नितीहरु चरणगत रुपमा कार्यान्वयनमा ल्याउँदैछौं । बाफिया अनुसार बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखहरुको योग्यता तोकेका छौं । पुर्वाधार विकास बैंकको इजाजत सम्बन्धी नीति लागु भएर बंक स्थापनाको प्रक्रिया अघि बढेका छ र एक महिना भित्र पुर्वाधार विकास बैंक स्थापना हुनेछ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका १६ वटा संस्थामध्ये १० वटाको सुधार सकेर अघि बढिसकेका छन् भने बाँकी ६ वटाको आवश्यकता अनुसार नयाँ लगानी कर्ता ल्याएर सुधारको काम अघि बढिरहेको छ । चैत मसान्त अवधीमा २८ वटा बाणिज्य बैंक, ३६ वटा विकास बैंक र ग वर्गका २५ बैंक तथा घ वर्गाका ६४ गरि १५३ वटा बैंक तथा वित्तिय संस्था कायम छन् । ५ हजार ८ सय ४८ वटा शाखा संख्या पुगेको छ भने ७५३ मध्ये ३ सय ९४ वटा स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा पुगिसकेको छ । बाँकी स्थानीय तहमा पनि चालु आर्थिक बर्षभित्रैमा कर्जा बाणिज्य बैंकहरुको शाखा स्थापना भैसक्नेछ । वित्तिय साक्षरता नितीको मस्यौदा तयार भएको छ । राष्ट्र बैंकले विभिन्न संस्थाहरुमा गरेको लगानी फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको छ । एनएफआरएस अनुसार चालु आवको वित्तिय विवरण पेश गराउने प्रक्रिया पनि अघि बढिसकेको छ । मर्जर तथा प्राप्ति विनियमावली लागु भएपछि चैत समान्तसम्ममा क, ख, ग र घ वर्गका १५८ वटा संस्था गाभिएर ४० वटा बनेका छन् । सम्पति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नयाँ नियमावली लागु गरिएको छ । भुक्तानी सेवा प्रदायकको काम गर्ने गरि बैंक तथा वित्तिय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैंकिङ, एसएमएस, मोबाइल बैंकिङ सेवाको लाइसेन्स दिईरहेका छौं । हालसम्म्म भुक्तानी सेवा प्रदायकका लागि ५ वटा संस्थाले अनुमति पाएका छन भने भुक्तानी सेवा सञ्चालनका लागि १६ वटा कम्पनीले आसय पत्र दिएका छौं । विद्युतिय भुक्तानीलाई सुरक्षित, विश्वसनिय र व्यवहारीक बनाउन बैंक तथा वित्तिय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरि जारी गरिएका कार्ड, मापदण्ड, प्रक्रिया र सिमाबारे थप कडाई गरिएको छ । नेपाल नागरिक तथा संस्थाले केन्द्रिय बैंकको स्वीकृतिमा पाँच लाख अमेरिकी डलर र पाँच करोडसम्म भारतीय रुपैंयाँ विदेशस्थित आफन्तसँग ऋण लिन सकिने व्यवस्था गरेका छौं । बाणिज्य बैंकहरुले विदेशी बैंकबाट आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिएको छ । यस बैंकसँग चैत मसान्तसम्ममा ४ खर्ब ७४ अर्ब ९७ करोड पुगेको छ । नगद मौज्दात ५२ अर्ब रहेको छ । आवश्यकता अनुसार नोट उपलब्ध गराउने ३.२५ बर्षका लागि पुग्ने नोट एक खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ कराड ७६ लाख नयाँ नोट चैतसम्ममा बैंकमा भित्रिएका छन् । सात वटै प्रदेशको जनसांख्यिक, सामाजिक र आर्थिक बिषय समेटिएको प्रोफाइल तयार पारेका छौं । त्यसले सरकारलाई नीति निर्माण तथा योजना कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।
विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको पहिलो शाखा खुल्याे
काठमाडौं । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता औधोगीक तथा ब्यापारीक घराना एमभी दुगड़ ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बिहीबार बिराटनगरको बरगाछीमा आफ्नो पहिलो पियाजियो शोरुमको उद्घाटन गरेको छ । नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । सो सवारी सानो पूँजी लगानी बाटै सञ्चालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो साखा बिराटनगरको बरगाछीबाट शुरु गरेको कम्पनीले जानकारी गराएको छ । शाखाको उद्घाटन पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपककुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले सम्युक्त रुपमा गरेका थिए ।
बार्षिक ४० प्रतिशत नाफा पुर्याउने कुमारी बैंकको योजना, ३ वर्षपछि १४७ करोड कमाउने
काठमाडौं । आउदो ३ वर्षमा कुमारी बैंकले नाफा १२२ प्रतिशत बढाउने भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकले खुदनाफा बढाएर १ अर्ब ४७ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको ३ वर्षको वित्तीय प्रक्षेपणमा वार्षिक औसत ४० प्रतिशतका दरले नाफा बढाउने उल्लेख गरेको छ । गत आर्थिक ०७३/०७४ मा बैंकले ६६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । चालु आर्थिक वर्षमा १ अर्ब ४ करोड र आगामी वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ । ३ वर्षमा बैंकले प्रतिसेयर आम्दानी बढाएर १८ रुपैयाँ ३९ पैसा पुर्याउने भएको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ थियो । यो वर्ष बढाएर १३ र आगामी वर्ष १६ रुपैयाँ पुर्याउने भएको छ । बैंकले ब्याज आम्दानी बढाएर ३ वर्षमा ३ अर्ब २३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवमा २ अर्ब ३४ करोड र आगामी वर्ष २ अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गर्ने लक्ष्य लिएको छ । जगेडा कोषको आकार २ अर्ब ११ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ३ करोड रुपैयाँ पुग्ने बैंकको प्रक्षेपण छ । बैंकले निक्षेप परिचालन बढाएर ९५ अर्ब ९८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । चालु आर्थिक वर्षमा निक्षेप बढेर ६८ अर्ब ३५ करोड र आगामी वर्ष ८१ अर्ब ३४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले चुक्तापूँजी बढाउन १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्ने छ । बैंकले बैंशाख २८ गतेदेखि हकप्रद निष्कासन खुला गर्नेछ । हकप्रद निष्कासन बन्द जेठ ३१ गतेसम्मलाई तोकिएको छ ।
सामसङका ग्राहकहरूलाई माइक्रोवेभ ओभन कुकिङ क्लास
काठमाडौँ । सामसङको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिद्वारा आफ्नो ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गर्ने भएको छ। क्लास बैशाख १७ गते देउसो २ बजेदेखि दरबार मार्गको सामसङ प्लाजामा शुरु हुने जनाइएको छ । सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउने उद्देश्यले कम्पनीले उक्त कुकिङ क्लासको आयोजना गर्न लागेको जानकारी दिएको छ । क्लास सामसङका प्रतिनिधिहरूले प्रदान गर्नेछ । क्लासको सहायताले सहभागीहरूले सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर विविन्न परिकारका खानेकुराहरू पकाउन सक्नेछन् विश्वास कम्पनीको छ । साथै सो अवसरमा पकाउँदा अपनाउनु पर्ने सम्पुर्ण सेफ्टीका विषयमा समेत जानकारी दिने आयोजकको भनाइ छ ।
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, एकै छानामुनी धातुकलादेखि पश्मिनासम्मकाे प्रदर्शनी
काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ शुरु भएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेलाको उद्घाटन गरेका हुन् । उनले उद्घाटनको क्रममा मुलुकमा लघु, घरेलु तथा साना उद्योगहरुको विकास आवश्यक रहेको बताए । ती उद्योगहरुको विकासलेनै मुलुकको आर्थिक समृद्धि हुने उनको भनाइ छ । लघु, घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्बद्र्धन, प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको आयोजना गरेको हो । मेलामा एकै छानामुनी लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवम् छरिएर रहेका मौलिक वस्तुहरुको प्रदर्शनी रहेकाे छ । साथै मेलामा बैंक तथा वित्तिय संस्था लगायत व्यवसायीक विकास प्रदायक सस्थाहरुको प्रदर्शनी, अन्तरक्रिया, सेमिनार लगायतका कार्यक्रमहरु रहनेछ । मेलामा काठ/ढुङ्गा/धातु कला, गलैँचा, राडीपाखी, अल्लो, लोक्ता लगायतका नविन तथा परम्परागत हस्तकला सामाग्रीहरुको प्रर्दशनी रहेका छन् । गलबारसम्म सञ्चालन हुने मेलामा विभिन्न २५० स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ ।
उच्च शिक्षाका लागि विदेश जानेको लर्काे, यो वर्षमात्रै ५६ हजार विद्यार्थी विदेशिदै
काठमाडौँ । नेपालमा नै उच्च शिक्षाका लागि अध्ययन गर्न विश्वविद्यालय भएपनि विदेशि जाने विद्यार्थीको लर्को लागेको छ ।यो वर्ष मात्रै नेपालबाट ५६ हजार २१६ जना विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान लागेका हुन् । विदेशमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट ५६ हजार बढी विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । नेपाल राष्ट्र बैंकबाट डलर सटही गर्नका लागि नोअब्जेक्सन लेटर चहिन्छ । नेपालमा विभिन्न १० वटा विश्वविद्यालय हुदाहुदै उच्च शिक्षाका लागि विदेशिनेको संख्या दिनानुदिन बढिरहेको सरकारी तथ्याँकले देखाएको छ । अध्ययनका लागि वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको छ । शिक्षा मन्त्रालयबाट आर्थिक वर्ष २०७४ भित्र अस्ट्रेलियाका लागि २८ हजार ६२४ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । जुन संख्या पछिल्ला वर्षहरुमा क्रमशः उकालो चढिरहेको छ । विभिन्न ७२ वटा देशमा ५६ हजार २१६ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । अस्ट्रेलियापछि जापान पनि विद्यार्थीहरुको रोजोराइमा परेको छ । यो वर्ष १० हजार ८४० जनाले नो अब्जेक्सन लेटर लिएका छन् । अमेरिका २ हजार ३४९, भारतमा १ हजार ९३३, र चीनमा १ हजार ९२२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । यस्तै युक्रेन, रोमानीया, कोरिया गणतन्त्र, लगायतका ६ वटा देशमा १/१ जनाले मात्र नो अब्जेक्सन लेटर लिएका छन् । दक्षिण एसियाका देशहरुको तुलनामा केही महंगो भए पनि अस्ट्रेलियामा सन् २०१२ यता अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या उकालो लागिरहेको छ । जुन अस्ट्रेलियामा पढ्न जाने नेपाली विद्यार्थीहरुको नो अब्जेक्सन लिने संख्याले पनि देखाउँछ । सो तथ्यांकमा नेपाल चीन, भारत र भियतनामपछि चौथो ठूलो अन्तर्रािष्ट्रय विद्यार्थी आउने देशमा परेको छ । नेपालपछि दक्षिण कोरिया र थाइल्याण्ड रहेका छन । नो अब्जेक्स लेटर दिने विभाग (एनओसी) का उपसचिव देविप्रसाद उपाध्याय अस्ट्रेलियामा सबै प्रकारको शिक्षा लिन पाइने भएका कारण त्यहाँ नेपाली विद्यार्थीको आकर्षण भएको बताउँछन् । अस्टे«लियामा सबै प्रकारको शिक्षाको ब्यवस्था र राज्य अनुसार फरक फरक शिक्षा प्रणाली छ,उनी भन्छन ’ब्यवसायिक, प्राविधिक र प्राज्ञिक शिक्षा सबै प्रकारका शिक्षाका अवसर पनि छ । त्यसैले धेरै नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ । उनका अनुसार अस्ट्रेलियामा विद्यार्थी क्षमता अनुसारकै शैक्षिक संस्था पाउने भएकाले पनि सबै विद्यार्थीहरु अटाउने गर्छन् । स्ट्रीमलाइन भिसा प्रणालीमा विश्वविद्यालयलाई नै धेरै अधिकार दिइएकाले पनि नेपाली विद्यार्थीहरुको अस्ट्रेलिया जाने संख्या बाक्लिएको हो । किनभने, यो प्रक्रियामा हाइ कमिसनले विद्यार्थीबारे धेरै खोजीनीति गर्दैन । उसले विश्वविद्यालय र कलेजहरुले आवेदन स्वीकृत गरेका विद्यार्थीहरुलाई निगरानी गर्न समेत आवश्यक ठान्दैन । जसका कारण विद्यार्थीहरुले भिसाका सबै प्रक्रियाहरु राम्रोसँग पूरा गरेमा भिसा लाग्ने सम्भावना सतप्रतिशत रहन्छ । अस्ट्रेलियामा भिसा लाग्ने शुनिश्चित जस्तै हुनु, अस्ट्रेलियामा नेपालीहरुको बढ्दो जनसंख्या, सहज भिसा प्रोसेसिङ, पोष्ट स्टडिज भिसा, राम्रो कमाईं, रोजगारीको अवसर र पीआर आकर्षणजस्ता कारण पनि अस्ट्रेलिया नेपाली विद्यार्थीहरुको शैक्षिक गन्तब्यको पहिलो सूचीमा पर्ने गरेको छ । अस्ट्रेलियापछि क्रमश जापान र संयुक्त राज्य अमेरिका पर्छन । उत्कृष्ट डिग्री, स्थायी बसोबास अवसरस र राम्रो आम्दानीका कारण नेपालीहरु अस्ट्रेलियातर्फ ओइरिनुका प्रमुख कारणहरु हुन् । यस बाहेक धेरै विद्यार्थीहरुले अस्ट्रेलियन सरकारले दिने अस एडमार्फत पनि अस्ट्रेलियामा उच्च शिक्षा लिने अवसर पाइरहेका छन् । के पढ्न जान्छन् विदेशमा ? खासगरी अस्ट्रेलिया जाने विद्यार्थीहरुको छनोटको दायरा उति डाइर्सिफाइड छैन् । नेपालमा विज्ञान र मानविकी पढेकाहरुभन्दा कमर्स पढेकाहरुलाई बढी छनोटका अवसरहरु अस्ट्रेलियामा पाइन्छ । यसबाहेक नर्सिङ पढ्न जानेहरुको संख्या पनि उतिकै छ । नर्सिङमा अस्ट्रेलियामा आकर्षक कमाइ हुने र पिआर आवेदनका लागि पनि सहज नर्सिङ गरिरहेकाहरुका आकर्षण अझ बढी देखिन्छ ।