बाजुराको घटमुना बजारमा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुराको घटमुना बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो सातौ शाखारहित बैंकिङ्ग सेवा हो । यस सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा घटाल ब्रह्रादेव जनरल स्टोर (प्रोप्राईटरः कलक बहादुर रोकाया) लाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै, स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सिन्डिकेटधारीको साढे २ अर्बमा मन्त्री रघुवीर महासेठको नजर, रोक्का बैंक खाता खोल्ने तयारी
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिडिकेटधारी यातायात व्यवसायीको पक्ष लिदैं यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् । सिन्डिकेटको अन्त्य गरी चर्चा कमाएका विभागका महानिर्देशक भट्टराइलाई व्यवसायीको दावावमा महासेठले मन्त्रालयमा तानेका हुन् । महासेठले अर्का निर्देशक तुलसीराम अर्याललाई पनि तान्ने तयारी गरेका छन् । सिन्डिकेटका अन्त्य भएपनि विभागले जारी गरेको कार्यविधि तथा निर्देशिका कार्यान्वयनको बेलामा भट्टराइलाई मन्त्रालय तान्नुले मन्त्रीको नियतमाथी शंका देखिएको हो । सिन्डिकेटधारी २४५ व्यवसायीको बैंक खातामा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम रहेको अनुमान गरिएको छ । बैंक खाता खोल्नका लागि गृह र यातायात मन्त्रालयले सामूहिक निर्णय गरी अर्थ मन्त्रालयमा चिठ्ठी लेख्नु पर्नेछ । अर्थले नेपाल राष्ट्र बैंकलाई चिठ्ठी लेखेपछि मात्रै व्यवसायीको खाता खुल्ने राष्ट्र बैकका सहायक प्रबन्धक गोविन्द नागिलाले बताए । यातायात व्यवसायीका अनुसार मन्त्री महासेठले बैंक खाता खुल्ला गरिदिने सहमति गरिसकेको बताएका छन् । व्यवसायीहरुको वैद्यानिकता सकिन करिब ५५ दिन बाँकी रहँदा सो अगावै बैंक खाता खोल्न व्यवसायीहरुले मन्त्रीलाई दबाब दिइरहेका छन् । श्रोतका अनुसार सिन्डिकेट अन्त्य गर्न कडा कदम चालेको विभागका महानिर्देशकलाई व्यवसायीको दबाबमा मन्त्रीले हटाएका हुन् । ुअहिले कार्यविधि तथा निर्देशिका लागू गर्ने महत्वपुर्ण समय हो, रुट इजाजतका लागि टेण्डर खोल्ने तयारी गरिरहेको बेला महानिर्देशकलाई हटाएर सिन्डिकेट फिर्ता गर्ने अभियानमा मन्त्री लागेका छन् श्रोतले विकासन्युजसँग भन्यो । बैंक खाता खुल्ला गर्ने सरकारसँग कानूनी बाटो रहेको छैन । संस्था दर्ता ऐन २०३४ अनुसार व्यवसायी रकम राज्य कोषमा आउने देखिन्छ तर यसलाई रोक्न मन्त्री महासेठ लागि परेका छन् । मन्त्री महासेठले २० वर्ष पुराना सवारीलाई समेत पुन सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । २० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने व्यवसायीको मागलाई सम्बोधन गर्दै यस विषयमा पुन विचार गर्ने बताइसकेका छन् । यसअघि नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघले २० वर्ष पुराना गाडीले प्रदुषणको मापदण्ड पास गरे सञ्चालन गर्न पाउनु पर्ने र नयाँ सवारी खरिदमा करछुट दिनुपर्ने माग गरेका थिए ।
नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले शुक्रबार(आज) ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको सो मात्राको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३८६ रुपैयाँ रहेको छ ।
ईटहरीमा टाटा मोटर्सकाे कार मेला शुरु, निःशुल्क टेस्ट ड्राइभ गर्न सकिने
काठमाडौं । टाटा मोटर्सको ‘टाटा मोटर्स कार मे सिजन थ्री’ शुक्रबार(आज)बाट ईटहरीको ओसन पार्कमा शुरु भएको छ । उक्त मेला आजदेखि पर्सी(अर्थात जेठ ६ गते)सम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.कालागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । यस मेलामार्फत ग्राहकहरुले आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै, उक्त मेलामा टाटा मोटर्सद्धारा टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । यस मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।
अघि बढ्यो नागढुंगा-धुलिखेल मेट्रो रेलः विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर
काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी प्रक्रिया औपचारिक रुपमै अघि बढेको छ । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरेको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो । बोर्डले सोही निर्णयका आधारमा बिहिबार विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर निकालेको हो । आगामी तीन साता भित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्नेछ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने जिम्मा पाएको छ । लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रो रेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले ग्लोबल टेण्डर निकालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजि हुनेछ । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल खण्डमा मेट्रो रेल निर्माण प्रक्रिया अघि बढाउने र दोश्रो चरणमा बुढानिलकण्ठ सातदोबाटो हुँदै फास्ट ट्रयाक स्टेशनसम्म अर्काे लाइन निर्माण गरिने बताए । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कल लागत १८० अर्ब पुग्नेछ । जमिनमाथी पुल निर्माण गरेर मेट्रो रेल सञ्चालन गरिनेछ । ‘एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो’, वाग्लेले भने । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाई नेपाल सरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ । ‘मेट्रो रेल निर्माण, सञ्चालन र हस्तान्तरण मोडलमा अघि बढ्छ, त्यसका लागि निर्माण कर्ता कम्पनीलाई केहि अनुदान वा सहुलियत प्रदा गर्नेछ, त्यसको मोडालिटी कस्तो हुने भन्नेबारे भने बोर्डले थप अध्ययन गर्नेछ ।’, वाग्लले भने । उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।
ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतको विद्यालयमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुर्खेत स्थित जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टरको उद्घाटन विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कडेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् । यसका साथै, बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
‘माहेश्वरी अन्तर्राष्ट्रिय समागम’ जेठ ५ गतेदेखि शुरु
काठमाडौं । अखिल भारत वर्षीय माहेश्वरी महासभाको २८औं सत्रको पंचम कार्य समिति बैठक “माहेश्वरी अन्तर्राष्ट्रिय समागम” जेठ ५ गतेदेखि शुरु हुने भएको छ । उक्त समागम माहेश्वरी सदन काठमाडौंको नक्साल, कमलपोखरीमा ६ गतेसम्म हुने भएको छ । उक्त कार्यक्रमको उद्घाटन संघीय गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । उक्त समारोहको विशिष्ट अतिथिमा मित्र राष्ट्र भारतका राजदुत मंजीव सिंह पुरी, नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवनमित्तल र अखिल भारत वर्षीय माहेश्वरी महासभाका सभापति श्याम सुन्दर सोनी रहेका छन् । नेपाल माहेश्वरी परिषद (नेपाल चैप्टर)को संयोजन र माहेश्वरी समाज काठमाडौंको आतिथ्यतामा “माहेश्वरी अन्तर्राष्ट्रिय समागम” सुसम्पन्न हुने भएको छ । उक्त कार्यक्रम अखिल भारत वर्षीय माहेश्वरी महासभाको कार्य समितिको नियमित बैठक अन्तर्गत २८औं सत्रको पाँचौ कार्यसमिति बैठकको रुपमा हुन गइरहेको छ । साथै, कार्यक्रमको प्रमुख उद्देश्य विश्वभर रहेका माहेश्वरी बन्धुहरुलाई एकै छाता मुनी संगठीत गराउनु रहेको संगठनले जनाएको छ ।
एनएडीईपी लघुवित्तले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई अंकित मूल्य १००को ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले चार करोड ८० लाख रुपैयाँकाे आइपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।