विकासन्युज

२०२० नेपाल भ्रमण वर्ष, १५ लाख विदेशीलाई नेपाल घुमाउने

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने भएको छ । ०१९ भित्रमा पुर्वाधार विकासको काम सकि ०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको हो । ०१९ को अन्त्यसम्म अन्तर्राष्ट्रिय विमानस्थलको काम सकि ०२० मा १५ लाख बढी पर्यटकलाई नेपाल घुमाउने पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताए । राजधानीमा आयोजित कार्यक्रममा चीनीयाँ पर्यटक लक्षित वेवसाइटको सुरुवात गर्दै मन्त्री अधिकारीले चीनीया पर्यटकलाई नेपाल घुम्ने वातावरण बनाउने बताएका हुन् । वेवसाइटबाट चीनीयाँ पर्यटकले नोपाली पर्यटन क्षेत्र, लोक संस्कृतिक लगायत चीनीयाँ भाषामै पढ्न पाउने छन् । १ वर्षभरीमा चीनले नेपाललाई थप हवाई रुट इजाजत दिने मन्त्री अधिकारीले जानकारी दिए । मैलुङ स्याप्रुबेशी सडकखण्ड तयार भएकोले सडकमार्गबाट पनि चीनीयाँ पर्यटक आउन सक्नेछ । कार्यक्रममा नेपालका लागि चीनीयाँ राजदुत यु होङको पनि सहभागिता रहेको थियो ।

रुवायो लगानीकर्तालाई यूनाईटेड इन्स्योरेन्सले, बोनस पनि दिएन, हकप्रद सेयर निष्काशन गर्ने प्रयास असफल

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई निरास बनाएको छ । कम्पनीले जेठ २७ गते साधारणसभा बोलाएको छ तर लगानीकर्तालाई लाभांश नदिने भएको छ । अघिल्लो वर्ष पनि यस कम्पनीले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर पछि रद्द गरेको थियो । पुर्नबीमा कम्पनीबाट आउनु पर्ने रकम कम्पनीले लिन नसकेपछि बीमा समितिले प्रोभिजन राख्न निर्देशन दिएपछि कम्पनी ३५ करोड रुपैयाँ नोक्सानमा गएको थियो । यस कम्पनीको उच्च व्यवस्थापन समिति भ्रष्ट छ भने सञ्चालक समिति पुरै अस्थिर छ । प्रवद्र्धकहरुको बीमा दावीमा भएको विवादका कारण बीमा दावी भुक्तानी, पुर्नबीमा दावी भुक्तानीमा अनेक विवाद र मुद्दाहरु चलिरहेका छन् । १ बराबर २.४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने यस कम्पनीको नयाँ प्रयास पनि विफल भएको छ । बीमा समितिको निर्देशन पालना नगरेको, अदालतको फैसला लागू नगरेको लगायत गम्भिर विषय उठाउँदै कम्पनीले हकप्रद सेयर निष्काशनमा रोक लगाईदिएको हो । प्रमोटरले चोरबाटोबाट कमाउने तर सर्वसाधारण लगानीकर्तालाई लाभांश नदिई थप पुँजी लगानी गर्न बाध्य तुल्याउने कम्पनीको प्रयास गलत भएकोले हस्तक्षेप जरुरी भएको बीमा समिति स्रोतले बतायो । कम्पनी नियमविपरित चलेको भन्दै बीमा समितिले यस कम्पनीको अग्नी बीमा व्यवसाय रोकिदिएको छ । बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब बनाउनु पर्नेछ । यस कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ मात्र छ । नाफा गरेर बोनस सेयर दिने सम्भावना शुन्य रहेको यस कम्पनीका लागि हकप्रद सेयर निष्काशन गर्ने बाटो पनि बीमा समितिले बन्द गरिदिएपछि कम्पनी थप संकटतर्फ धकेलिएको छ । सीजी इलेक्ट्रोनिक्ससँग सम्बन्धित विवादमा बीमा समितिको निर्देशन तथा त्यसैलाई सदर गर्ने उच्च अदालतको फैसला कार्यान्वयन नभएसम्म हकप्रद सेयर निष्काशन अनुमति दिन नसकिने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईको भनाई छ । हकप्रद सेयर निष्काशनको लागि बीमा समितिको अनुमतिको प्रतिक्षा गरिरहेको यूनाईटेड इन्स्योरेन्सका अध्यक्ष उदयकृष्ण उपाध्यायले बताए । बीमा समितिबाट अनुमति पाएपछि विशेष साधारणसभा गर्ने सोचसहित नियमित साधारणसभा गर्न लागिएको उनले बताए । कम्पनीको आगामी वार्षिक साधारणसभा जेठ २७ गते हुने भएको छ । सो प्रयोजनको लागि जेठ १३ देखि जेठ २७ गतेसम्म कम्पनीको बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

नेपालको अर्थतन्त्र अण्डरग्राउण्डबाट चलेका १७ प्रमाण-उपाध्याय

काठमाडौं । नेपालको अर्थतन्त्र अण्डरग्राउण्डबाट चल्दै आएको छ । घुस, कमिसन बिना कुनै क्षेत्रमा काम हुँदैन् । सरकारहरु आउँछन, जान्छन् तर यीनको खाँडो  जाग्न कहिले कमि भएन् । १) सुन तस्करी। २) रक्तचन्दन तस्करी। ३) जग्गादलाली। ४) बैदेशीक रोजगारी दलाली र सिन्डिकेट। ५) यातायात सिन्डिकेट रोडपर्मिट लुट। ६) शैक्षिक माफियाकरण। ७) मानव वेचविखन र तस्करी। ८) चिकित्या शिक्षा माफियाकरण। ९) निर्माण ठेक्कापट्टा सिन्डिकेट र प्रिपोष्टपेड कमिशनिकरण १०) प्रोजेक्ट प्रमुख र मालदार कार्यालय र प्रोजेक्टमा कर्मचारी सरूवा नियुक्तमा प्रि पोष्ट कमिशनिकरण। ११) राजनीतिक नियुक्तिमा कमिशनिकरण। १२) मुर्ति र पुरातात्विक वस्तु र गहना चोरी तस्करी। १३) भंसार न्युनविजकीकरण र बजार छाडाकरण। १४) कर असुलीमा लुट। १५) राज्यका प्रमूख अंगहरूबीच सॉठगाठ र कानुनको अपव्याख्या र राष्ट्रलाई खरिबौं नोक्सान पार्ने तर लुटेराको हक सम्बर्धन गर्ने जवाफदेहीबिहीन फैसला प्रणाली। १६) कमसल धीतो माथि मनग्गे ऋण लगानी गरेर निक्षेपकर्ताको विचल्लीकरण। १७) सरकारका आयोगहरूबाट धमाधम करमिनाहाकरण

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ प्राबिधिक काठमाडौंमा, प्रधानमन्त्रीको भ्रमणमा सम्झौता

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग अध्ययनका लागि चिनियाँ प्राबिधिक टोली काठमाडौं आईपुगेको छ । चिनियाँ रेलवे प्रशासनका प्राबिधिकहरुको टोली आइतबार मात्रै नेपाल आईपुगेको हो । बैशाख १५ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सविच मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्यिय नेपाली टोलीले चीन पुगेर केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी छलफल गरेका थियो । सोही छलफलका आधारमा चिनियाँ प्राबिधिक टोली थप अध्ययनका लागि नेपाल आएको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजलाई जानकारी दिए । ‘केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी अध्ययन गर्न चिनियाँ प्राबिधिक टोली नेपाल आएको छ, संयुक्त टोलीले स्थलगत अध्ययन गर्छ’, रेल विभागका सिडिई उपाध्यायले भने । २०७४ भदौ अन्तिम साता तत्कालिन परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणका क्रममा सो रेलमार्ग निर्माणबारे सहमति भएको थियो । कात्तिक अन्तिम साता चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेर भौतिक पुर्वाधार मन्त्रालयसँग माइन्युटमा हस्ताक्षर गरेको थियो । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भर्खरै सम्पन्न गरेको चीन भ्रमणका क्रममा पनि सो रेलमार्ग निर्माणबारे छलफल भएको थियो । मन्त्री ज्ञवालीले अनुदानमा रेलमार्ग निर्माण गरिदिन आग्रह गरेका थिए भने चीनले डिपिआरसम्म निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेको थियो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा सम्झौताको तयारी प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्नेबारे सम्झौता गर्ने तयारी भैरहेको छ । नेपालले शतप्रतिशत अनुदानमा रेलमार्ग निर्माण गरिदिन आग्रह गर्नेछ । प्रधानमन्त्रीले ओलीले आफ्नो चीन भ्रमण अघि नै पुर्व तयारी गरिसक्ने निर्देशन दिएका छन् । ओलीले आफ्नो चीन भ्रमणमा सो रेल मार्गको डीपीआर बनाउने देखि निर्माणसम्मका कामबारे ठोस सम्झौता गराउने तयारी गरेको बताइन्छ । कस्तो हुन सक्छ रेल ? नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुरुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको थियो । सो कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव गरेको थियो ।

जोशी हाइड्रोपावरको आईपीओ भोलीदेखि, १८०० कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भोली मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासिन्दाले आईपीओका लागि आवेदन दिन पाउने छन् । न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने सिद्धार्थले जानकारी दिएको छ । आईपीओ निष्कासनका लागि इक्रा एनपी आईपीओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । यो धेरै कम ग्रेड हो । कम्पनीले ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।आयोजना बनाउन प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जारीपुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्तापुँजी १८ करोड ९४ लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि जोशीको चुक्तापूँजी बढेर २२ करोड ६५ लाख १४ हजार रुपैयाँ पुग्ने छ । आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक ९ करोड ८५ लाख युनिट बिजुली उत्पादन हुने छ ।  

ठगी गर्ने ११९ ट्याक्सीलाई एकै दिन कारबाही, अब प्रिन्टर मिटर जडान गर्नुपर्ने

काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि ८ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । “२ हजार ५०० ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेशिन जडान गरेका छैनन्, ती ट्याक्सीमाथि छानबिन गरिरहेका छौँ,”– उनले भने। विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रिन्टर मेशिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए । यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ । पहिले १५/२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाले जनाएको छ । रासस

मेची-महाकाली जोड्ने चौथो विकल्पः चुरेमा १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्ग

काठमाडौं । पुर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग निर्माण गर्ने भएको छ । सडक विभागले तयार पारेको डिजाइन अनुसार सरकारले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुरे पहाडमा मदन भण्डारी राजमार्ग निर्माण गर्न लागेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चुरेमा १२ सय किलोमिटर लामो राजमार्ग निर्माण गर्ने र त्यसको नाम मदन भण्डारी राजमार्ग राख्ने निर्णय गरेको हो । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पुर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्य पहाडी लोकमार्गको निर्माण भैरहेको छ । त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ । सरकारले मेची–महाकली जोड्ने चौथो विकल्पका रुपमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय गरेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरेमा १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्ग निर्माण हुनेछं’, सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने । धरान–चतरा–गाइघाट–सिन्धुली–हेटौँडा सडकलाई नै विस्तार गरेर मेची देखि महाकाली पुर्याउन लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ । ‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ’, सडक विभागका प्रवक्ता गौतमले भने । उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।

बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठक

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।