२० औद्योगिकग्रामको लागि २८ करोड
काठमाडौं । आगामी आर्थिक वर्ष सात प्रदेशमा प्रत्येक प्रदेशमा २० औद्योगिकग्राम बनाइनेछ । त्यसका लागि सरकारले २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बजेट प्रस्तुत गर्दैै अर्थमन्त्रि डा. युवराज खतिवडाले बताए । उनले औद्योगिकग्रामको माध्यमबाट रोजगार सृजना, स्वदेशी उत्पादन बढ्ने जानकारी दिए ।
अब योगदानमा आधारित पेन्सन
काठमाडौं । आउदो वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने भएको छ ।
औद्योगिक उत्पादनको निर्यात अनुदान १५० प्रतिशतले वृद्धि
काठमाडौं । सरकारले औद्योगिक वस्तुहरुको निर्यातमा ५ प्रतिशत नगद अनुदान उपलब्ध गराउने भएको छ । सरकारले बढ्दो व्यापार घाटा कम गर्न र मुलुकको औद्योगिक विकासमा सहयोग गर्न यसअघि दिदै अाएकाे अनुदानमा १५० प्रतिशत नगद अनुदान वृद्धि गरेकाे हाे । यसअघि सरकारले निर्यातमा २ प्रतिशतसम्म नगद अनुदानको दिदै आएको थियो । अब ५ प्रतिशत नगद अनुदानले निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने र व्यापार घाटा हुने सरकारकाे विश्वास छ । भारत र चीनमा यस्ताे अनुदान १० प्रतिशतसम्म रहेकाे बताउँदै अनुदान रकम वृद्धि गर्न सरकारमाथि दवाव पर्दै अाएकाे थियाे । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा ५ प्रतिशत नगद अनुदानको व्यवस्था गरेका हुन् ।
जग्गा दलालकाे व्यापार सरकारले खाेस्याे, अब कम्पनीबाट मात्र काराेबार हुने
काठमाडाैं । सरकारले जग्गा दलालकाे व्यापार खाेसेकाे छ । अब जग्गाकाे व्यवसायिक काराेबार संगठित संस्थाबाट मात्र गर्न मिल्ने व्यवस्था गरिने अर्थमन्त्री युवराज खतिवडाले बताए । कम्पनीबाट जग्गाकाे काराेबार गर्दा सरकारले यस्ताे काराेबारबाट राजश्व प्राप्त गर्नेछ । सरकारले १० लाख रूपैयाँभन्दा बढी मूल्यकाे काराेबार हुने जग्गामा पुँजीगत लाभकर लागू गरेकाे छ । यसअघि ३० लाख रूपैयाँ भन्दा बढीकाे जग्गा काराेबारमा मात्र पुँजीगत लाभकर बढेकाे थियाे ।
प्रदेश र स्थानीय तहलाई कति बजेट ?
काठमाडौं । सरकारले ७ वटा प्रदेश र ७५३ वटा स्थानीय तहलाई वित्तिय समानीकरण शिर्षकमा १ खर्ब ३५ अर्ब ५० करोड ७३ करोड रकम उपलब्ध गराउने भएको छ । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटले ७ वटा प्रदेश सरकारहरुलाई समपुरक अनुदान तर्फ ६३ अर्ब १३ करोड ५५ लाख उपलब्ध गराउने उल्लेख छ । त्यस्तै, स्थानीय तहरुले ससर्त अनुदान तर्फ १ खर्ब ९ अर्ब ८४ करोड ५६ लाख रुपैंयाँ पाउनेछन् । प्रदेश र स्थानीय तहरुलाई बिशेष अनुदान अन्तर्गत भने जम्मा २० अर्ब उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेछ ।
पीएम कृषि आधुनिकिकरण परियोजनाको लागि आगामी वर्ष ४ अर्ब ७७ करोडको व्यवस्था
काठामाडौं । आगामी वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा ४ अर्ब ७७ करोड रुपैयाँको व्यवस्था गरेको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए । उनले परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने जानकारी दिएका छन् ।
७० वर्ष नाघेका सबै नेपालीकाे स्वास्थ्य बीमा, १ लाखसम्मकाे बीमा शुल्क सरकारले बेहाेर्ने
काठमाडाैं । सरकारले ७० वर्ष उमेर नाघेका सबै नेपालीकाे स्वास्थ्य बीमा गरिदिने भएकाे छ । १ लाख रूपैयाँसम्मकाे उपचार खर्चमा लाग्ने सबै खर्च बीमाबाट गरिने भएकाे छ । एक लाख रूपैयाँसम्मकाे बीमाका लागि सबै बीमा शुल्क सरकारले बेहाेर्ने भएकाे छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्रीले साे घाेषणा गरेका हुन् । सरकारले कृषि तथा बालीकाे बीमाकाे ७५ प्रतिशत अनुदानलार्इ निरन्तरता दिएकाे छ ।
शिक्षामा १३४ अर्ब ५० करोड
काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।